आश गुरुङ 'प्रतीक'
मोडलिङको संसारवाट एकपटक आफ्नो सुनौलो भविश्य देखेका रामजी रानामगर अहिले
पत्रकारितामा निकै ब्यस्त छन् ।
गोरखाको विकट ग्रामीण क्षेत्र आँपपिपल गाउँ विकास समिति वडा नं. १, जल्जलेमा जन्मेका
रानामगर पत्रकारिता क्षेत्रलाई अंगालेर अगाडि वढिरहेका छन् ।
आँपपिपलको जनता माध्यमिक विद्यालयवाट २०५२ सालमा एसएलसी पास गरेपछि उनी
रत्नराज्यलक्ष्मी क्याम्पसमा काठमाडौंमा भर्ना भई अध्ययन गर्न थालेका थिए ।
पढाइसंगसंगै विस्तारै उनी मोडलिङ क्षेत्रमा प्रवेश गरेका हुन् । उनले २०५९ सालको
अन्तिमतिरवाट द र्याम नामक मोडलिङ एजेन्सीवाट मोडलको तालिम लिएका थिए । त्यतिवेला
उनले द र्याम मोडल हाउसवाट दर्जनौँ ठाउँमा मोडलिङ गरेका थिए भने फेसन शोकै लागि उनले
काठमाडौं, पोखरा, धरान लगायतका ठाउँहरुमा सहभागी हुने अवसर पनि पाएका थिए । उनले
प्रिन्ट तथा विज्ञापनहरुमा पनि मोडलिङ गरेका छन् । त्यतिमात्र नभएर उनले मूख्य र
सहायक गरि आधा दर्जनजति गीतहरुमा पनि आफ्नो प्रस्तुति देखाईसकेका छन् । २६ वषिर्य
अविवाहित रामजी रानामगरको उचाई ५ फिट ९ इन्च छ । ६८ किलो तौल भएका रानामगरको छाति
३६ र वाइसेफ १६ इन्च छ ।
पछिल्लोपटक मोडलिङवाट एक्कासी पत्रकारीता क्षेत्रमा आएका रामजी रानामगरले रत्नराज्य
लक्ष्मी क्याम्पसवाट पत्रकारीता विषयमा स्नातक गरिसकेका छन् । २०६० सालमा हिमाल
मिडियामा मार्फ पत्रकारिता क्षेत्रमा प्रवेश गर्न पुगेका रानामगरले 'हिमाल' खवर
पत्रिका र 'झन' सिने मासिकमा काम गरिसकेका छन् । त्यसपछिको उनको पत्रकारीता यात्रा
'जलन' मासिक पत्रिकामा रहृयो । 'जलन'मा उनी सम्पादक भएर काम गरेका थिए । मोडलिङ
क्षेत्रमा भएको नातावाद र कृपावादका कारण त्यस क्षेत्रलाई छोडेर पत्रकारीता
क्षेत्रमा आएको उनी वताउँछन् ।
अहिले उनी अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिक र एचवीसी, अन्नपूर्ण रेडियो गोरखा, दमौली
लगायत एफएममा लमजुङ संवाददाता भई काम गर्छन । उनी लमजुङवाट प्रकाशित लमजुङ आवज
साप्ताहिकको समाचार संयोजक पनि हुन् ।
पत्रकार रामजी रानामगर नाच्नपनि त्यतिकै पोख्त छन् । लमजुङमा आयोजना हुने गरेका
कतिपय कार्यक्रमहरुमा उनले अहिलेपनि आफ्नो खुवी देखाउन पछि पर्दैनन् । उनको खुवीलाई
प्रशंसा गर्नेपनि थुप्रै भेटिन्छन् ।
तस्वीरः आश गुरुङ 'प्रतीक'
Posted on:December 21, 2008, 9:20 am
आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः प्रेम गुरुङ
गोलो अनुहार अनि मिजासिली । बोलीमा नरम अनि ज्यादै मिलनसार पनि । भन्नुपर्दा कुनै पनि खोट छैन उनमा । भर्खर यौवनले धपक्क बलेकी उनी, शहरबजारमा विकेका आधा शरीर ढाक्ने लुगा भने पटक्कै मन पर्दैन । परम्परागत संस्कार र संस्कृतिमा हुर्केकी उनी पटक्कै लजाउँदैनन् । उनी सवैसामू खुलेर बोल्छिन् अनि खुलेरै
»More
आश गुरुङ 'प्रतीक'
लमजुङ मोडलिङको संसारवाट एकपटक आफ्नो सुनौलो भविश्य देखेका रामजी रानामगर अहिले
पत्रकारितामा निकै ब्यस्त छन् ।
गोरखाको विकट ग्रामीण क्षेत्र आँपपिपल गाउँ विकास समिति वडा नं. १, जल्जलेमा जन्मेका
रानामगर पत्रकारिता क्षेत्रलाई अंगालेर अगाडि वढिरहेका छन् ।
आँपपिपलको जनता माध्यमिक विद्यालयवाट २०५२ सालमा एसएलसी पास गरेपछि उनी
रत्नराज्यलक्ष्मी क्याम्पसमा काठमाडौंमा भर्ना भई अध्ययन गर्न थालेका थिए ।
»More
ध्रुव लम्साल
माण्डवी त्रिपाठी पोहोर साल यो सिजनमा निकै व्यस्त थिइन् । तीज नजिकिँदै गएकोले विभिन्न स्टुडियोमा तीजको भाका उराल्दैमा दिन बितेको पत्तो पाउँदिन थिइन् । तर, यसपालि पोहोरको जस्तो चटारो छैन । यसपालि त तीजको रमझमले छोएन, नाच्ने-गाउँने अर्को वर्ष गर्नुपर्ला, उनले भनिन् । यो फुर्सद अरूको कारण मिलेको होइन ।
»More