Follow us |
रबिन राउत लमजुङ
खसहरु
वसाईसरी घलेहरुले सुरु गरेको तथा खर्सु घलेले वस्ती सुरु गरेको कथन लाई ,खर्सुवाट
अप्रभ्रंस भई खासुर नाम रहन गएको किम्वदन्ति भनाई रहेको छ यसै खासुर गाँउको मनमोहक
दृष्य तथा यस गाँउको रहन सहन तथा कला सस्कृतीको वेजोड नमुना रहको गाँउ हो खासुर ।
लमजुङ जिल्लाको वाँझाखेत गाविस वडा नं १ मा अवस्थित रमणिय एवं पर्यटकिय गाँउ खासुर
वास्तवमै रमणिय एवं पर्यटकिय गाँउ हो । गाउँलेहरु पाहुनाको लागी स्थानिय कला
सस्कृतीको प्रदर्शन गर्न र विभिन्न सस्कृतिक कार्यक्रमको आयोजना गरी पाहुनाको थकाई
मेटन आतुर देखिन्छन ।खासुरको भौगोलिक चित्रलाई हेर्ने हो भने यो गाँउ ५ सय मिटरको
उचाईमा पर्दछ । गाँउभरी देखिने ढुङगाले छाएका घरहरुले सवैको मनै लोभ्याउदछ । कुनै
कथा जस्तो झै सुन्दर लाग्ने खासुरमा लाम्चो आकरका परम्परागत घरहरु घना जगलको
चरचुरङगीहरुको मिठो चिरिविर र सिरसिर हावले ले त र्स्वर्गको अनुभुति दिलाउदछ ।
विहानै उठेर आगनवाट देखिने अन्नपूर्ण हिमालले त भनै खासुर गएको पर्यटकहरुलाई लठै
वनाउदछ ।
वेशिसहरवाट
करिव १ घण्टा ३० मिनेटको हिडाई पछि पुगिने खासुर गाँउमा तल रहेको लेते फाट देखि
गाँउ सम्म गाँउलेकै सक्रियतामा सिडि लगाइएको छ । गाँउ पूर्ब पट्टी देखिने वेशिसहर
वजार तथा उत्तर पट्टी वाट खुदि वजार झनै लोभलाग्दो दृष्यले झनै मनमोहक वनाउदछ साथै
यस गाँउवाट देखिने अन्नपूर्णहिमालको दृष्यले त भनै त्यहाँ जाने पर्यटकहरुको त मनै
लोभ्याउछ । गाँउमा ४२ घर घले ३० घर गुरुङ ,बिश्वर्कमा २८ घर, परियार ४ घर, तमाङ ३
घर ,मगर ६ घर ,घर्ती १६ घर , अन्य जातीको गरी जम्मा १५३ घर धुरी रहको सो गाँउ
वाँझाखेत गाविसकै सवैभन्दा ठुलो वडा हो । गाँउको मुख्य पेशाको रुपमा पशुपालन र कृषि
नै रहेको छ । विषेश गरी पहिले पहिले हिन्दु धर्म मानिदै आएता पनि अहिले आएर हिन्दु
,वौद्ध , क्रिष्चियन आदि धर्म मान्दै आएको सो गाँउका वासिन्दा भिन्न भिन्नै धर्म
मान्दै आएता पनि सवै सामुदायीक कार्यका भने कुनै धर्म नभनी एकै साथ लागेको देखिन्छन
। सामाजीक कार्य भनौ या कुनै रितिरिवाज भनौ सवै जना एकैसाथ मिलेर कार्य गरेका
हुन्छन ।
गाँउमा एउटा सामुदायीक भवन रहेको छ सो भवन खसु रोधि युवा क्लवको नामले
परिचीत छ । आन्तरीक पर्यटन विकास तथा वाहृय पर्यटनको आगमन वृद्धिको उद्देश्यले २०५९
सालमा दर्ता गरी आन्तरीक पर्यटन विकास भन्ने नाराका साथ एउटा प्याकेज ल्याएको थियो
सो समयमा देशमा बढ्दै गई रहेको श-सस्त्र द्धन्दको कारणले गर्दा सो प्याकेज वन्द
गर्नु परे को थियो । शुरुमा मुख्य पेशाको रुपमा पशुपालन रहेता पनि अहिले आएर तरकारी
तथा सरकारी क्षेत्रमा पनि यस गाउँका वासिन्दा अगाडी देखिन्छन साथै वैदेशिक रोजगार
तथा भारतिय सैनिकमा पनि यस गाँउमा युवाहरु अत्याधिक मात्रामा छन । राजनैतिक
क्षेत्रमा पनि यस गाउँका वासिन्दाहरु निकै अगाडी छन ।
समग्रहमा हेर्ने हो भने खासुर गाँउ एक पर्यटकिय गाँउ हो । प्रचार प्रसारको कमिले
गर्दा पर्यटकिय गाँउ वन्नमा निकै चुनौतीहरु देखा परेका छन । त्यस्ता आई परेका
चुनौतीहरुलाई
सामना गर्दै जाने र सहि व्यवस्थापन गर्न सकेमा खासुर गाँउ
पनि लमजुङकै एक उत्कृष्ट
पर्यटकिय गाँउ वन्न सक्दछ ।
Posted on:2008-11-20 03:25:16
January 23, 2012, 11:07 pm
@202.50.55.243
November 18, 2010, 11:12 pm
@113.199.236.190
October 27, 2010, 9:40 pm
@218.102.92.105
August 14, 2010, 5:24 am
@203.88.10.130
August 11, 2010, 1:11 pm
@79.170.6.218
August 10, 2010, 6:18 am
@124.41.238.168
August 10, 2010, 5:39 am
@124.41.238.168
April 28, 2010, 1:20 am
@89.211.190.85
February 25, 2010, 7:21 am
@86.20.176.81
February 22, 2010, 8:08 am
@193.164.98.74
November 5, 2009, 3:06 pm
@92.40.14.73
September 27, 2009, 6:07 pm
@77.99.81.53
September 22, 2009, 1:06 pm
@89.211.146.64
September 3, 2009, 9:47 pm
@117.201.98.33
July 23, 2009, 2:18 am
@68.13.37.200
March 3, 2009, 5:19 am
@119.193.100.95
January 12, 2009, 6:13 pm
@62.189.131.65
January 12, 2009, 4:17 pm
@62.189.131.65
January 1, 2009, 10:02 am
@89.211.173.228
December 29, 2008, 12:41 pm
@78.101.82.19
Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.
»More
लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ
ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।
»More
आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung
शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ ।
मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको
»More
आश गुरुङ 'प्रतीक'/लमजुङ
नमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका
»More
आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको
»More
ज्योती गुरुङ लमजुङ
गिलुङ गाविस अन्तरगत जसमा टक्सर छापा गाँउहरु पर्दछन् । जसमा गिलुङ गाँउ पनि एक हो । गुरुङहरुको बाक्लो वस्ति भएको गिलुङ गाँउ सुन्दरताको मात्र होइन की कला संस्कृतिको पनि उत्तिकै धनी छन् । गुरुङको कला संस्कृति घाटु चरित्र सोरठी चुट्का आदीले यस गाँउलाई अझ सम्पन्न वनाएको छ ।
»More
रबिन राउत लमजुङ
खसहरु वसाईसरी घलेहरुले सुरु गरेको तथा खर्सु घलेले वस्ती सुरु गरेको कथन लाई ,खर्सुवाट अप्रभ्रंस भई खासुर नाम रहन गएको किम्वदन्ति भनाई रहेको छ यसै खासुर गाँउको मनमोहक दृष्य तथा यस गाँउको रहन सहन तथा कला सस्कृतीको वेजोड नमुना रहको गाँउ हो खासुर । लमजुङ जिल्लाको वाँझाखेत गाविस वडा नं १ मा अवस्थित रमणिय एवं पर्यटकिय गाँउ खासुर वास्तवमै रमणिय एवं पर्यटकिय गाँउ हो ।
»More
ज्योती गुरुङ
लमजुङ , वैशाख ३ नेपालमा नै एउटै गाउँ र एउटै गाविस भएको प्राकृतिक र सांस्कृतिक सौर्न्दर्यले भरिपूर्ण ग्रामीण पर्यटकीय गाउँ भुजुङ आफैँमा सुन्दर र अनुपम छ । सदरमुकाम वेसीशहरवाट करीब ६ घण्टामा नेपालकै सर्न्दर्भमा एकै एक गाविस रहेको भुजुङ लमजुङ जिल्लाको प्रख्यात गाउ मध्ये एक हो । लुकेर वसेको कमारी गाउ भुजुङमा भने अधिकांस पर्यटकहरु पुग्न नसकेता पनि केही वर्षता आर्कषण वन्न थाल
»More
Sher Ghale
ghalenepal2000@yahoo.com
लमजुङको रमणिय गाँउहरुमध्ये बाहुनडाँडा पनि एक हो । बाहुनडाँडा गा.वि.स.मा अवस्थित यस गाउ“को नाम बाहुनडाँडा रहनुमा केही कथन सुन्न पाईन्छ । सबैभन्दा पहिले यो स्थानको डाँडामा बाहुनजतिको १ परिवार बस्दथे । त्यहि बाहुनबस्ने डाँडालाई बाहुनको डाँडा बाहुनको डाँडा भन्दा भन्दै शब्द अपभ्रंस भई बाहुनडाँडा नाम रहन गएको जन विश्वास पाईन्छ ।
»More
गणेश पाण्डे लम
लमजुङ केही समयका लागि आएकाहरु घण्टौं बस्छन । प्रकृतिको रसास्वादन गर्नेहरुमात्र होइन, मनोरञ्जन वा पिकनिकका लागि पनि मोहित पारेको छ । शहरी कोलाहलले उकुसमुकुस भएकालाई सांच्चिनै घलेगाउँको शीतलताले सञ्जीवनी दिएको छ । स्वदेशी हुन या विदेशी सबैको समय विताउने गन्तव्य बनेको छ, लमजुङको घलेगाउँ ।
»More