Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

लुकेर वसेको कुमारी गाउँ भुजुङ

ज्योती गुरुङ

लमजुङ , वैशाख ३ नेपालमा नै एउटै गाउँ र एउटै गाविस भएको प्राकृतिक र सांस्कृतिक सौर्न्दर्यले भरिपूर्ण ग्रामीण पर्यटकीय गाउँ भुजुङ आफैँमा सुन्दर र अनुपम छ । सदरमुकाम वेसीशहरवाट करीब ६ घण्टामा नेपालकै सर्न्दर्भमा एकै एक गाविस रहेको भुजुङ लमजुङ जिल्लाको प्रख्यात गाउ मध्ये एक हो । लुकेर वसेको कमारी गाउ भुजुङमा भने अधिकांस पर्यटकहरु पुग्न नसकेता पनि केही वर्षता आर्कषण वन्न थालेको छ । र् भर्खर मात्र गामिण पर्यटन तर्फकदम चाल्दै गरेका भुजुङ भने गाउमा पर्यटनका खान र वस्न व्यासयिक होटलहरु ३ वटा भएपनि मैसममा भने समितीले नै व्वस्थापन गर्नै गर्दछ । लमजुङको अत्यन्तै सुन्दर गाउँ भुजुङमा ४ सय घरधरी र २ हजार ५ सय जनसंख्या छन् । ९२ प्रतिशत गुरुङहरुको बाहुल्याता भएको यस गाउँका वासिन्दा खेति किसानमा आश्रति छन् । अधिकांश गुरुङहरु भारतीय तथा बृटिस सेनामा पेन्शन वाला र बहालवाला छन् । पछिल्लोपटक युवाहरु वैदेशिक रोजगारका लागि विदेश पलायन भएका देखिन्छन् । भने गाउमा वस्ने युवती र वुढापाका आफना भेष भुषा सहित पाहुना सत्कार गर्नै गर्दछन । गाउलेहरु पाहुनाको लागी स्थानिया कला संस्कृतिको प्रदर्शन गर्न र विभिन्न संस्कृतिक कार्यक्रमको आयाजना गरी पाहुनाको थकाई मेटने गरी मनोरञ्जन दिलाउने गर्दछन । यसो त यहांका स्थानिया परिकारका स्वाद वेग्लै खालको पाइन्छ । गुन्द्रुकको अचार सिस्नुको खोले र लोकल कुखुराको मासुसंगै कोदोको ढेडो को स्वाद यस गाउको विशेषतामा पर्दछन् । लमजुङको अन्य गुरुङ गाउँको भन्दा वेग्ले गुरुङ संस्कृति वोकेको यस गाउँमा त्यसो त परापूर्वकालवाट चल्दै आएको रोधीँ वस्ने परम्परा गाउँमा चटक्कै छाडिएको र विर्सरको पनि छैन । संस्कृतिक सम्पदाको धनी भुजुङमा मैलिक पराम्परा वोकेको मा गुरुङ जातिको संस्कृति झल्कने रीतिरिवाजहरु देख्न पाइन्छ । चार्डवर्प वा वाहिराका पाहुना आएमा सत्कारका लागि रोधीँ वस्ने चलन चाहि छोडेको छैन । त्यस्तै यहाँको कुसुण्डा, सती र वाह्रमासे घाँटू अन्य गुरुङ वस्तीमा भन्दा वेग्लै मानिन्छ र नाचिन्छ पनि । जव घाँटूको मादलसंगै गीत वज्न थाल्छ, घाँटूसरीहरुदेखि लिएर पुराना घाँटूसरीहरु सवैलाई घाँटू लाग्छ, यो नै भुजुङ गाउँमा प्रचालित कुसुण्डा घाँटूको विशेषता हो । घाँटू गीतमा लठिँदै मुर्छा खेल्ने र वेहोस हुने दृश्य साँच्चै नै हेर्न लायकको देखिन्छ र सवैले भन्छन्, ुयस्तो त कहिल्यै पनि देखिएको थिएन ।ु भुजुङको भौगोलिक चित्रलाई हेर्ने हो भने यो गाउँ १ हजार ६ सय मीटरको उचाइमा पर्दछ । गाउँभरी देखिनै देखिने ढुङ्गाले छाएका घरहरुले सवैको मन लोभ्याउँछ । कुनै कथा जस्तो झै सुन्दर लाग्ने भुजुङमा गोलकारका परमपरागत घरहरु र घनाजंगलको चराचरुङको मिठो चिरविर र सिरसिर वग्ने चिसो हावाले कुनै र्स्वर्गमा रहेको अनुभव हुने पर्यटक वताउछन् । सिजनमा गरिने भीर माहुरीको शिकार, सन्तानेश्वर महादेव, हरिया फाँटहरु गाउँका आकर्षा विन्दु हुन् । ग्रामीण पर्यटकीय गाउँ घलेगाउँ आएका पर्यटकहरु साढे १ घण्टा हिँडेर यस गाउँमा वास वसि पसगाउँ जान्छन् या फर्किन्छन् । विहानै उठेर आगनवाटै देखिने लमजुङ हिमालको सुन्दर मुस्कान र नजिकैको घनाजंगलको हरियालीले विहानपखको समयलाई अति रमाइलो वनाइदिन्छ भने वग्दै गरेको मिदिम खोला को सुन्दर दृश्यले कुनै तस्वीरमा वसेको अनुभव हुन्छ । विसं। २०५५ वाट २६ रोपनी जग्गामा गरेको सामुहिक चियाखेतिले पश्चिमाञ्चलमै इलामको झ-झल्को दिन्छ । भुजुङ गाउको सुन्दरतामा सुगन्ध थप्ने काम गरेको छ । यसरी आमसमुह मिलेर गरेको चिया मा हरेक पर्यटकलाई मोहित पारेको छ । भने गाउलेहरु चियापत्ति आफना इष्टमित्रलाई कोसेली स्वरुप पठाउने गर्दछन् । भुजुङ आउने जाने पर्यटन त्यहांको चियाको वयन गरेकै पाइन्छ । भने चिया नजिकै रहेको सो थो नामक गुफा भने श्रोत र साधनको अभावले गर्दा व्याबस्थित हुन नसकेका र गर्न सके पर्यटनको आकर्षक हुन सक्ने स्थानिया वासिन्दा गुनासो पोख्छन् । सेता काइँयो झरनाको संगीतमय झन्कार र वनपाखामा लोपुन्मुख काँडेभ्याकुर सजिलै हेर्न सकिन्छ । कालिज, लुइँचे लगायत मृगहरुले जो कोहीलाई पनि गिज्याउने गर्दछन् । भुजुङमा राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एक्याप० ले २०५९ सालदेखि वन्य पशुपन्छी चोरी शिकारी गर्न वन्देज गरेको छ । काठमाण्डौवाट पश्चिमी पृथ्वीराजमार्ग पर्ने तनहुको डुम्रे वजार हदै लमजुङ जिल्लाको सदरमुकाम वेशीशहर आइपुगेपछि करिव १ घन्टाको गाडीको वाटो एंव सुन्दर पार्क र पिकनिक स्र्पोट वाग्लुङपानी हुदै कपुर गाउँ र कपुरगाउवाट करिव २ घन्टाको पैदल यात्र पछि र्सार्ककै नमुना गा्रमिण पर्यटन गाउ घलेगाउ हुदै रमणीया हिमश्रीखलाको अवालोकन गर्दै नायु हुदै भुजुङ पुग्न सकिन्छ भने यसका अरु २ ३ वटा वाटोहरु पनि छन् । शहरवजारमा लोडसेडिङ भईरहेको वेला पनि भुजुङमा चौविसै घण्टा विजुली वलिरहन्छ । २०५६ सालमा गाउँकै मिदिम खोलावाट ८० किलोवाटको विजुली निकालिएको छ । यसैवाट स्थानीयवासिन्दाले घरघरमा टेलीभीजन, रेडियो चलाउनका साथै सःमिल पनि चलाएका छन् । त्यतिमात्रै नभएर गाउँमा १ दर्जन भन्दा बढी पानीघट्टा पनि संचालनमा छन् ।


Posted on:May-17-2008




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More