Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

बाहुनडाँडा “एक चिनारी”

Sher Ghale
ghalenepal2000@yahoo.com

लमजुङको रमणिय गाँउहरुमध्ये बाहुनडाँडा पनि एक हो । बाहुनडाँडा गा.वि.स.मा अवस्थित यस गाउ“को नाम बाहुनडाँडा रहनुमा केही कथन सुन्न पाईन्छ । सबैभन्दा पहिले यो स्थानको डाँडामा बाहुनजतिको १ परिवार बस्दथे । त्यहि बाहुनबस्ने डाँडालाई बाहुनको डाँडा बाहुनको डाँडा भन्दा भन्दै शब्द अपभ्रंस भई बाहुनडाँडा नाम रहन गएको जन विश्वास पाईन्छ ।
समुन्द्रि सतह देखी १३१० मिटर.उचाईमा रहेको बाहुनडाँडा गाँउ प्राकृतिक तथा जैवीक सम्पदाले धेरै धनि कहलिएको छ । नजिकैबाट बगेको मर्स्याङदी नदीले यस गाउ“को सौर्न्दर्यतालाई अति नै समृद्ध तुल्याएको छ । चारैतिरबाट डाँडा काँडाले घेरिएको यस गाउँ बाट सबै वरिपरिका सुन्दर र रमणिय दृश्यहरु देख्न पाउदा आजको ब्यस्त अनि कोलाहल जिन्दगीबाट मुक्ती लिनु र जिन्दगीलाई त्यही पाखा पखेरा, हरियाली डाँडा काँडा खोला नालामा समेटी प्राकृतिक सौर्न्दर्यता संग जिन्दगी भरी मितेरी गा“सु जस्तो लाग्नु धेरै स्वभाविक जो कोईलाई पनि लाग्न सक्छ । यहाँका जिवन परिवेश र सामाजिक संरचनालाई हेर्दा विभिन्न जाती तथा जनजाती हरुमा घले-गुरुङ, बाहुन-क्षेत्री, र अन्य जात जातिका मानिसहरु बस्दछन् । सांस्कृतिक विविधता बोकेको यो गाउ“मा हरेक जाती,जनजाती तथा वर्गहरुमा धेरै नै एकता र मेल मिलाप कायम रहिआएको छ । एक अर्काका संस्कृतिहरु धार्मिक कार्यक्रम र संस्कारहरुमा सरिक हुनु र साटा साट गरिनु, एक आपसमा मैत्रीभाव हुनुले यस गाउँलाई चिनाउने राम्रो माध्यम बनेको छ । यहाँका मानिसहरुको मुख्य पेशा भनेको नै खेती किसान, नोकरी र ब्याबसाय हुन भने मुख्य उत्पादनहरुमा धान, मकै, कोदो, गहुँ र सुन्तला हुन । यहाँका मानिसहरु प्राय जसो कृषीमा नै निर्भर रही आएको छ । त्यस पछी नोकरी र ब्यबसाय पनि यिनीहरुका पेशा हुन् । शैक्षिक अवस्थाको कुरा गर्ने हो भने एकमात्र हाई स्कूल रहेको यस गाउ“मा शैक्षिक विकासका पूर्बाधारहरु निर्माण हुने प्रकृयाहरु त्रि्र रुपमा चलिरहेका छन् । सामाजिक संघ संस्थाहरुमा सरकारी तथा गैर सरकारी संघ संस्थाहरु केही यूवा समुह हरु गाउँको विकासको लागी सक्रिय रहदै आएको छ । बाहुनडाँडा स्थित योङ्ग स्टार कल्बद्वारा भईरहने ज्ञान बर्द्घक कार्यक्रमहरु, मनोरञ्जनात्मक कार्यक्रमहरु र सामाजिक हित तथा उत्थानका कार्यक्रम तथा सेवाहरु लाई विकासका सवल पक्ष मान्न सकिन्छ । स्वास्थको हिसाबले यस गाउ“ स्थित क्निक, जनस्वाथ्य केन्द्र र आयुर्बेदिक औषधालय बाट यहाँका मानिसहरु ले प्रत्यक्ष स्वाथ्य लाभ लिईरहेको पनि देखिन्छ । सुचना तथा संचार माध्यमको हिसावले पहाडी क्षेत्रमा हुलाक सेवा सक्रिय रुपमा चलेकै देखिन्छ । विद्युतीय क्षेत्रको विकासले त झन पहिलेको रेडियोलाई अनुपातिक रुपमा टेलिभिजनले विस्थापित गर्दै जानु र इलेक्ट्रोनिक संजाल (इन्टरनेट)को माध्यमबाट इमेल इन्टरनेटले अव चाँडै नै विश्व परिवेशलाई यस गाउले समेट्न खोजेको यहाँका पर्यटकिय सुवधा यूक्त लज तथा होटल र पसलहरुबाट पनि अनुमान लगाउन सकिन्छ ।
अन्नपुर्ण राउन्डको मार्गमा पर्ने यो अन्य व्यावसायीले भन्दा पर्यटकीय व्यवसायी र पर्यटकीय क्षेत्रले बढी चिनिने हुदा भविष्यको दृष्टिकोणमा यो गाँउको जिवन स्तर धेरै फस्टाउने देखिन्छ । पर्यटकहरु काठमाण्डौ देखि लमजुङको सदरमुकाम बेशीसहर र बेशीसहर देखी सिधै बाहुनडाँडामा नै बास बस्ने गर्दछ । पर्यटकहरुलाई लक्षित गरी होटलब्यवसायी हरुले स्वदेशी तथा विदेशीलाई सेवा प्र्रदान गर्दैआएको छ । यहाँका मुख्य होटलहरु होटल माउन्टेन भ्यू, होटल सुपरब भ्यू, होटल स्विस् अल्डेन, होटल टिबीटेन लगाएत अन्य स साना होटलहरुले पनि सक्रियरुपमा सेवा प्रदान गर्दै आएको छ । यहाँका आमा समुहहरुले संचालन गर्ने सामाजिक तथा सेवामुलक कार्यहरु मा निकै प्रभावकारी देखिन्छ |


Posted on:11/21/07, 07:00




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More