Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् ।
हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

नार र फू गाविसमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कुनै पनि सरकारी निकायले उपस्थिति नजनाउँदा स्थानीयको मन कुँढिएको छ । उनीहरु दर्जनौँ पीडा भोग्न बाध्य छन् । उनीहरुको पीडालाई सरकारले अहिलेसम्म बुझेको छैन ।

समुन्द्री सतहदेखि झण्डै ४ हजार २ सयदेखि ४ हजार ५ सय मीटरको उचाईमा रहेको नार र फू गाउँ भौगोलिक दृष्टिकोणले वारपारको गाउँ हो । तर, समस्या भने उस्तै । सदरमुकाम चामेबाट मुस्किलले २ दिनको पैदलयात्रापछि पुग्न सकिने नार र फू गाउँमा उप-स्वास्थ्य चौकी, पशु सेवा कार्यालय, गाविस कार्यालय, हुलाक लगायत स्थापना त गरिएको छ तर, बर्षौँदेखि बन्द छ । ती कार्यालयमा कहिलेकाहीँ मात्रै कर्मचारी आउने र आफ्नै ढंगले र्फकने गरेको स्थानीयवासिन्दाको गुनासो छ ।

कृषि र पशु सेवा कार्यालयमा झण्डै ६/७ बर्षेखि ताल्चा मारिएको छ । हेल्थ पोष्टमा पनि पियन बाहेक स्वास्थ्यकर्मी छैनन् । कोही नभएपछि उनीपनि जाँदैनन् । सामन्य रोगहरुलाई घरमै घरेलु उपाचार गर्ने गरेका स्थानीयवासिन्दा जटिल र धेरै पैसा खर्च गर्नुपर्ने रोगहरुको उपचार गर्न अर्समर्थ छन् । आर्थिक र सेवासुविधाका कारण स्थानीयवासिन्दाको ज्यान समेत जाने गरेको फू गाउँकी लाक्पा लामाले बताईन् ।
गाउँमा विद्यालय भएपनि अधिकांश सयम बन्द हुन्छ । खानेपानीको कुनैपनि श्रोत नहुँदा गाउँका वासिन्दा हिउँखोलाको बलौँटे पानी खान बाध्य छन् । गाउँमा उत्पादित विजुली पनि जनआन्दोलनसंगै निभेपछि स्थानीयवासिन्दा अँध्यारोमा बाँच्न विवस छन् । 'गाविस सचिव गाउँ फर्केर नआउनाले पीडा सुनाउन पनि पाएका छैनन्' स्थानीय कर्सर्ाालामाले भनिन्, 'हामीलाई कसैले पनि हेरेन, सायद यसरी नै जोवन जान्छ होला ।' आर्थिक अभावका कारण उनीहरु त्यो ठाउँ छोडेर अन्यत्र जान नसकेको लामाले सुनाईन् । नार र फू गरि २ गाउँ विकास समितिमा झण्डै १ सय २० घर रहेकाछन् ।

सरकारले हरेक वर्षगाउँका विकासका लागि भनेर बजेट विनियोजन गरेको हुन्छ । तर, त्यसको मुख समेत हर्ेन पाएका छैनन् नार र फूका वासिन्दाले । केही टाठावाठालाई गाविस सचिवले सदरमुकाम चामेमै बोलाउने तथा परिषद्को नाउँमा त्यहीँ बाँडफाँड गर्ने र विकासलाई गाउँमा आउन नदिएको स्थानीयवासिन्दाको भनाई छ । गाविस सचिव र गाउँका टाठावाठा मिलेर विकासको रकमलाई खाल्ती भर्ने काम मात्रै गरेको नार र फू गाउँलेको आरोप छ ।

६ महिना हिउँ पर्ने र अन्य समय सँधै चिसो हुने नार र फू गाउँका वासिन्दाले चामल ढुवानी गरेर खान समेत सकेका छैनन् । ढुवानी गर्ने एकमात्रा साधन खच्चडपनि हिँड्न नमिल्ने गरि बाटोमा पहिरो गएकाले स्थानीयवासिन्दा गाउँमा उत्पादित फापर खाएर बाँच्नुपर्ने अवस्था रहेको नारका पेम्बा लामाले वताए । गाउँमा फापर, जौ, गहुँ, आलुको उत्पादन हुने भएपनि पछिल्लोपटक खेतवारीमा हुने खेतीपनि विस्तारै घट्दै गएको छ । खच्चडवाट ढुवानी गर्दा चामल महंगो पर्ने भएकाले स्थानीयवासिन्दा खानाका लागि आलु-फापर नै सेवन गर्न बाध्य छन् ।
नार र फू गाउँका स्थानीयवासिन्दाले मनाङका राजनीतिक दलसंग गाउँको विकासका लागि अनुरोध नगरेका पनि होईनन् । तर, उनीहरुले आश्वासनबाहेक केही नदिएको फू गाउँका कृष्ण लामा वताउँछन् ।

सिंगो जिल्लामा १३ गाविस रहेको मनाङलाई विशेषतः ३ क्षेत्रमा विभाजन गरिएको छ । तल्लो मनाङ, माथिल्लो मनाङ र नार-फू उपत्यका । नार-फू उपत्यका बाहेकका स्थानीयवासिन्दाले विकासको मुख हर्ेन त पाएकै छन् । विशेषत तल्लो मनाङका वासिन्दाले सरकारी तथा गैरसकारी कार्यालय र कार्यक्रमका फाईदा लिन सकेका छन् । माथिल्लो मनाङको घ्यारु, ङावल लगायतका गाविसका वासिन्दाले पनि विकासको स्वाद खासै चाख्न पाएका छैनन् ।

Nar phu gaun, Manang

Nar phu gaun, Manang

Nar phu gaun, Manang

Nar phu gaun, Manang

Nar phu gaun, Manang

Nar phu gaun, Manang

Nar phu gaun, Manang

Nar phu gaun, Manang


Posted on:September 23, 2010, 7:15 am




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More