Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

डाँडा पारी हिमाल गिलुङ गाँउ झलल

ज्योती गुरुङ लमजुङ

Gilung Village Lamjung हरियो डाँडाले शिरमा सेतो ताज पहिरिएको जस्तो देखिने चाँदी जस्तै टल्किएका जस्ताले छाएको छाना यसो हेर्दा मन्द मन्द मुस्काएको जस्तो डाँडा पारीको गाँउ हो गिलुङ ।
विहानको झुल्के घाम सँगैको चिसो वतास र आँखाले हेर्न नभ्याउने सम्म सन्दर हरिया डाँडाकाँडाले एक किसिमको आनन्द र आरम दिन्छ  । त्यती मात्र नभइकन गाँउ नजिकैको सामुदायिक वनमा रहेको विभिन्न थरीका चरा चुरुङीको मिठो चिरविर र जंगली जनावारको रुपमा वांदर लोखार्केको चमत्कारी ले कस्को मन लोभ्याउदैन र !
हेर्दा स्वर्ग झै देखिने गिलूङ गाँउ सपनाको गाँउ मध्ये एक हो । साना साना च्याट परेका जस्ताले छाएका घरहरु ढुङाले छाएका ठुला ठुला आँगन त कतै परमपरागत घुमाउरो घरहरुले त्यस गाँउको सुन्दरतामा सुगन्ध थप्ने काम गरेको छ ।
गिलुङ गाविस अन्तरगत जसमा टक्सर छापा  गाँउहरु पर्दछन् । जसमा गिलुङ गाँउ पनि एक हो । गुरुङहरुको बाक्लो वस्ति भएको गिलुङ गाँउ सुन्दरताको मात्र होइन की कला संस्कृतिको पनि उत्तिकै धनी छन् । गुरुङको कला संस्कृति घाटु चरित्र सोरठी चुट्का आदीले यस गाँउलाई अझ सम्पन्न वनाएको छ ।
झन गाँउमा पाइने स्थानिय खाना गुन्द्रकको अचार कोदोको ढेडो र लोकल कुखरको झोलले त्यहां आउने हरेक पर्यटक नयाँ स्वाद फेरेको छ ।  पिर नै भुल्ने शान्ता र स्वच्छ वातावरण र मनै लाभ्यउने सुन्दरताले कस्को मन नतान्ला र   पोखरा स्थित मेरी स्टोपका सञ्चालिका शान्ति गुरुङ वताउछिन् । 
गिलुङ गाँउको अनुपम सुन्दरता शान्ता वातवरण र दुख पिर नै भुलाएकर एउट छुटै संसरमा डुव्छन् । मितेरी साइनो गासु गासु लाग्ने गिलुङ गाँउ पुगेपछि एउट वेग्लै दुनियाँमा पुगेको आभाष हुन्छ ।
हिउदको मौसममा प्राय जसो त्यस गाँउमा पर्यटनले भरेको पाइन्छ । देशभरका विभिन्न ठाँउवाट पोखरा घुम्न आउने पर्यटक र पोखराकै स्थानिय पनि घुम्न आउने गर्दछन् । यसो त वाह्य पर्यटकको पनि कुनै कमी छैन् ।
Gilung_dhungaगिलुङ वाट पोखरा एकैदिनमा हिडेर पुगिने भएकोले पनि पैदल यात्रीहरु वढेको हो भने गिलुङ वासी पनि पोखरा जान सजिलो भएकोले सदरमुकाम वेशीशहर त्यती नजाने सरकारी कामकाजको लागी  मात्र  जाने वताउछन् । 
त्यस गाँउमा पनि अरु गाँउको जस्तो युवकहरु विदेशिने चलन रहेको छ ।प्रवेशीका परीक्षा पास गर्नै वित्तिकै कोही लाहुर जान्छन् त कोही विदेश धाउछन् । यसरी गाउका युवाहरु बिदेशीने हुनाले घर सम्हाल्ने देखी लिएर  गाउमा आउने पाहुनालाई पनि खुव राम्रो स्वागत  पनि आउछ यी गाँउलेलाई । सुन्दरताले भरीपूर्ण गिलुङ गाँउमा भने ग्रामिण पर्यटन गाँउ वन्ने क्रममा छन् ।
यसो त त्यस गाँउमा भने एक अच्चमको परम्परा के छ भने अरु गाँउमा जस्तै सामाजिक मेलमिलाप भएता पनि गाँउमा जस्तै विहे पुटपुटे मुत्यु काण्ड अथवा अर्गूम भएता पनि गाँउ नवार्ने चलन  रहेछ ।
गिलुङ जाने धेरै वाटाहरु छन् । वेसीशहर देखी वाग्लुङपानि रापासिं कपुरगाउ हुदै मालिङ सम्म गाडीमा जान सकिन्छ भने मालिङ देखी मिदिम खोला तरी घाम्रङ वेसी हुदै साल्मे टक्सर पुगी १ घण्टामा पुग्छ । भने दमौली वाट रम्घा भोर्लेटार रामवजार लक्ष्मीवजार हुदै डढुवा छापा हुदै गिलुङ पुग्छ ।


Posted on:January 3, 2009, 10:50 pm




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More