Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको आयोजना हुँदै आएको यो गाउँका वासिन्दा पर्यटक भित्र्याउन निकै कम्मर कसेर लागेकाछन् । पाहुनालाई राख्नका लागि सिउरुङका ५० वटा घरमा पर्ूवाधार खडा भइसकेको छ । त्यसबाहेक छुट्टै गेष्ट हाउसपनि स्थापना गरिएको छ । शान्ति बहालीको प्रक्रियासंगै सिउरुङमा आउने स्वेदशी तथा विदेशी पर्यटकको संख्यामा बृद्धि हुन थालेपछि सिउरुङका वासिन्दा खुसी भएकाछन् ।

र् पर्यटकको स्वागत सत्कार गर्न सिउरुङवासी खप्पीस छन् । पाहुना आएको सुइँको पाउनेवित्तिकै स्थानीयवासिन्दा बाटोमै लिन आइपुग्छन् । भुलभुलेको बजारदेखि थोरै माथि टारीकुनादेखि उकालो लाग्नासाथ स्वागतका लागि जुटेका गाउँलेहरुको ताँती देख्न सकिन्छ, तव उकालोको भोगाई पनि मेटिन्छ । सिउरुङ नपुगेसम्म बाटोमा स्वागत जारी रहन्छ । कोही फुलका माला लिएर बसेका हुन्छन, त कोही दहीमा मुछिएका सेता अक्षताका थाली र खाजा । अनि स्वागतको प्रतिक्षामा हुन्छन, बाजागाजासहित परम्परागत पोशाकमा सजिएका युवायुवती, केटाकेटी र भद्रभलादमी । आफ्नो बीचमा राखि नाच्दै र गाउँदै भित्र्याउँछन, अतिथिहरुलाई ।

सिउरुङमा एक सय १२ घरधुरी छन् । अतिथि सत्कारको लागि सिउरुङका सबै बासिन्दा उत्साहित छन् । पाहुनालाई गाउँको समाजघरमा राखेर सत्कार गर्नु, घाँटू, कृष्णचरित्र, घ्याब्रे, पच्यु, लामा, सोरठी लगायतका परम्परागत नृत्य प्रस्तुत गर्नु सिउरुङबासीको परम्परा हो । सिउरुङबासीको स्वागत र सत्कारले सबैलाई हषिर्त र मोहित बनाउँछ । पाहुनाहरुलाई आत्मियताका साथ स्वागत गर्नु नै सिउरुङवासीको धर्म हो भन्नुहुन्छ सिउरुङ ग्रामीण पर्यटन ब्यवस्थापन उप-समितिका सचिव उमरबहादुर गुरुङ ।

सिउरुङमा शहरीया खाना भने पाइदैन । गाउँमा उब्जेका धान, मकै, कोदो, भट्टमास, फापर लगायत परिकार स्थानीय खसी, बोका, भेडा तथा कुखुराको मासु, रायोका साग, सिस्नुको खोले, विभिन्न किसिमका च्याउ, कर्कलो सिउरुङका विशेषता हुन् । पाहुनाको सत्कार संगसंगै आफ्ना कला संस्कृति जोगाइ राख्न जुटेका छन् सिउरुङका वासिन्दा । त्यसैले, पच्यु घ्याब्रे, लामा, सोरठी, कृष्णचरित्र, झाँक्री, सर्ेका, झ्याउरे, चुट्का लगायतका लोपोन्मुख संस्कृति पनि संरक्षित छन् । सिउरुङको विशेषता मध्ये रोधी पनि एक हो । सिंगो लमजुङ जिल्लामा नै रोधी प्रथा हटिसकेको बेला सिउरुङवासीले भने रोधीलाई बचाईराखेका छन । अझैपनि बेलुकी सबै दौँतरी रोधीघरमा भेला हुन्छन र सुखदुख साटासाट गर्छन् । सिउरुङमा ६ वटा रोधीघर अझै जिवितै छन् ।

प्रकृतिले सिंगारिदिएको सिउरुङ आफैमा सुन्दर छ । मनास्लु अन्नपर्ूण्ा, माछापुच्छ्रे, बौद्ध, लमजुङ हिमालका मनमोहक टाकुरासंगै बिहानीको मिर्मिरेपछि ओछ्यानबाटै सुर्योदयको दृश्यावलोकन ज्यादै रमाइलो हुन्छ । परम्परागत ढुंगा र खरले छाएका घुमाउने घरहरु, वाक्लो वस्ती अनि चौविसै घण्टा विजुली र पानीको सेवा । त्यसो त गुरुङसेनी सोल्टीनीहरुको सहयोगीपन, सालिनता, कति पनि छलकपट गर्न नजान्ने गुरुङ आमा, बाबाहरु अनि बालबालिका तथा बुढाबुढी आमाहरुको एउटा निष्कलङ्क ब्यबहारले सिउरुङ पुगेका पाहुना तत्काल र्फकन मन गर्दैन । त्यसो त अत्यन्तै सुन्दर वनपाखा, चराचुरुङ्गीको चिर्विराहट, सितल हावापानीका कारण जहिले पनि सिउरुङ आउँआउँ झैँ लाग्ने होटल तथा पर्यटन ब्यवसायी एवं वेसीशहरस्थित होटल टुकुचे पिकका संचालक रामकुमार श्रेष्ठ वताउँछन् ।

नेपाल पर्यटन बोर्ड, जिल्ला विकास समिति, लमजुङ उद्योग वाणिज्य संघ, गाउँ विकास समिति लगायतका निकायसंग समन्वय गर्ने र सिउरुङलाई राष्ट्रिय एवं अन्तर्रर्ााट्रय रुपमा चिनाउने सिउरुङका वासिन्दाको धोको छ । पर्यटक भित्र्याउनका लागि सिउरुङ मात्र नभई खुदी गाविसमा तरापु, रावा, काउले, नानाम्रोँ, ढगै र टुनिखर्क लगायतका गाउँहरु पनि सक्रिय छन् ।

गाउँभन्दा केही माथि रहेका खिलाँपु र हर्सिङ डाँडावाट दर्जनौं हिमश्रृङखला, मर्स्याङ्दी र खुदीको नागबेली तथा चारैतिर थुप्रै थुप्रै मानववस्तीहरु अवलोकन गर्न सकिन्छ । सिउरुङवासीले खिलापु डाँडामा भ्यू टावर बनाउने योजना बनाएका छन, तर त्यो योजना साकार हुन सकेको छैन । तर, उनीहरुले गाउँ प्रवेशद्वारा भने बनाएकाछन् । सिउरुङमा आउने पर्यटकको स्वागतार्थ बनाईएको प्रवेशद्वारका लागि सिउरुङ ग्रामीण पर्यटन विकास उपसमितिको १६ हजार र रोटरी क्लब अफ लमजुङको तीनहजार गरि करीब २० हजारको लगानी छ ।

सिउरुङबाट थर्ुर्जु-दुधपोखरी हुँदै कास्कीको पर्यटकीय गाउँ सिक्लेस-ताङतिङ जाने बाटा समेत छ । त्यस्तै, सिउरुङबाट ताघ्रिङको कालाघिरिङ हुँदै अन्नपर्ूण्ा पदयात्रा मार्गको च्याम्चे र नामुनभञ्ज्याङ हुँदै मनाङ पुग्ने दर्ुइवटा बाटाहरु छन । यो पदयात्रा मार्ग संचालन हुन सके पर्यटकको बर्साईलाई बढवा मिल्ने त छँदै छ, नेपाल आउने पर्यटक समेत बृद्धि हुने देखिन्छ ।

समुन्द्री सतहदेखि १ हजार ६ सय ८० मिटरको उचाइमा रहेको सिउँरुङका आमा समूह, युवा समूह तथा स्थानीयवासिन्दाले आफ्नै सक्रियतामा विजुली निकालेकाछन् । विजुली आमा समूहको सक्रियतामा निकालिएको हो । सिउरुङको विकास गर्न आमा समूह निकै अगाडि छन् । लामोसमयदेखि नाचगान गरेर जम्मा पारेको पैसाले उनीहरुले धेरै राम्रा राम्रा काम गरेका छन् । १३ बर्षअघि समूहमा अबद्ध भई एकजुट भएर नाचगान गरि उनीहरुले करिब ६ लाख रुपैया आम्दानी गरिसकेका छन् । आमाहरुले १ लाख ६० हजार रुपैया लगानी गरि गाउँमा सामुदायिक भवन र सौचालय निर्माण गरेका छन् । त्यस्तै गाउँकै लता कुञ्ज निम्न माध्यमिक विद्यालयको नीजि शिक्षकलाई तलब खुवाउँदै आएको आमा समूहकी अध्यक्ष जामाया गुरुङ वताउँछिन् ।

आमा समूहले १२ हजार रुपैया नगद र श्रमदान गरि गाउँमा टसी गुम्वा निर्माण गरेको छ । आमाहरुको प्रयास देखेर राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपर्ूण्ा संरक्षण क्षेत्र एक्यापले पनि ४५ हजार रुपैया थपिदिएका छन् । उनीहरुले विकास सगसगै गाउमा सरसफाइ र चेतनाका कुराहरु पनि उठाउदै आएका छन् । गाउँमा हरेक साता शनिबारका दिन सरसफाइ कार्यक्रम राखिएको छ । त्यस्तै बाटोमा दिशापिसाव गर्नेलाई कारबार्ही गर्ने नियम बनाएको छ । गाउँमा सामुहिक घास खेती गर्न थालेका छन् । त्यसबाट हुने आम्दानी पनि विकासनिर्माणमै लगानी गर्ने गरेका छन् । लमजुङमा आमा समूहको सक्रियतामा धेरै उदाहरणीय कार्यहरु हुँदै आएको छ । ती मध्ये सिउरुङ पनि एक हो । महिलाहरुले चाहेमा संसार परिवर्तन गर्न सकिन्छ भन्ने उदाहरण सिउरुङका आमाहरुले देखाएकाछन् । ताकि पहिलेको सिउरुङ र अहिलेको सिउरुङमा आकाशपातालको फरक छ ।

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung

Suirung gaun, Lamjung


Posted on:March 18, 2010, 7:46 am




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More