Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

नमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् ।

स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका लिएर स्वागतका लागि गाउँको डिलैमा आएर कुर्छन् । घरको काम छाडेर पाहुनालाई स्वागत गर्न तयार हुनु उनीहरुको स्वभाव हो । बनेलु तथा घरेलु फूलको माला पाहुनाको गलामा नराखे नरमाईलो मान्छन् उनीहरु । फूलमालाका साथ सेतो टिका लगाएर पाहुनालाई भित्र्याउँछन् । समुदायको भवनमा लगेर सत्कार गर्छन् ।


प्रकृतिको स्वाद चाख्नेहरुका लागि खोजेर पनि नपाईने ठाउँ हो घनपोखरा । त्यसैले त र्स्वर्गलाई समेत चुनौति दिएको छ घनपोखराले । आँखै अगाडि देखिने लमजुङ हिमाल, अन्नपुर्ण, डाक्टर हर्क गुरुङ हिमाल, बौद्ध, ङादीचूली, मनास्लू, अन्नपूर्ण दोस्रो र माछापुच्छे्रको दन्तेलस्करै दृश्यले जो कोही पनि मोहित हुन्छन् । आँखै अगाडि हिउँ देख्नेलाई हिमालको महत्व तब थाह हुन्छन्, जब घनपोखराको डाँडामा पुगेर आनन्दको सास फेर्छन् ।


Jhakriहिमश्रृङ्खलाको मनमोहक दृश्यसंगै विहानीको मिर्मिरेपछि ओछ्यानबाटै सूर्योदयको दृश्यावलोकन, घनपोखराको बर्णन गरेर साध्य छैन । त्यति वेला नै चिरबिर गर्ने काँडे भ्याकुर, कालिज, लुइँचे, पिउरा तथा मृगका आवजले झन् पर्यटकलाई कुन विन्दुमा पुगेको भन्ने आभाष हुन्छ ।
लमजुङ जिल्लाको सवैभन्दा उच्चस्थानमा रहेको घनपोखरा, जहाँवाट लमजुङका विभिन्न ग्रामीणभेगमात्र नभएर तनहुँ, गोरखा, धादिङ, कास्की, स्याङ्जा, पाल्पा लगायतका जिल्लाहरु सजिलै देख्न सकिन्छ । 'सलल सुस्ताउने मर्स्याङ्दी र मिदिमले सवै दुःख विर्साउँदो रहेछ' आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष पासङ शर्ेपाले भने ।

शहरी कोलाहलले उकुसमुकुस भएकाहरुलाई घनपोखराको वातावरणले दिनानुदिन तानीरहेको छ । ग्रामीण पर्यटकीयस्थलले ख्याति कमाएका कारण स्वदेशी मात्र नभएर बिदेशी पर्यटकको पनि गन्तब्यस्तल बनेको छ घनपोखरा । त्यसैले त घनपोखरा सवैका लागि आनन्दको खेति बनेको छ ।


घनपोखरा पर्यटन ब्यवस्थापन उपसमितिका अध्यक्ष जीतबहादुर गुरुङका अनुसार अहिले के बालक, के युवा र के बृद्धबुद्धा सवै पाहुना आउने सुइँको पाउने वित्तिकै वाटोसम्म लिन जान्छन् । पाहुनालाई पारिवारिक वातावरणमा राख्नु उनीहरुको अर्को विशेषता हो । आहा ! कति मिठो आत्मियता, घनपोखरा पुगेका पर्यटकहरु यस्तै भन्ने गर्छन् ।

घनपोखराका गुरुङसेनीका मीठा अनि नम्र व्यवहारले पाहुना मख्ख पर्छन । जब पाहुना गाउँमा पुग्छन्, तब गाउँलेहरु खुशीभर्इ परम्परागत पोशाकमा गीत संगीत तथा पौराणिक नृत्य प्रस्तुत गर्छन् । त्यसो त ग्रामीण पर्यटन प्रवर्द्धन गरि स्थानीय कला संस्कृतिको संरक्षण गर्न घनपोखराका वासिन्दाले २०६० सालदेखि हरेकवर्षमहोत्सवको आयोजना पनि गर्दै आएको छ । यसका लागि घनपोखरा गाविस, जिल्ला विकास समिति लमजुङ, राष्ट्रिय प्रकृति संरक्षण कोष-अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना -एकयाप), नेपाल पर्यटन बोर्ड लगायतले सहयोग गर्दै आएको छ ।


घनपोखराका ६० घर सवैमा अहिले होमस्टेको ब्यवस्था छ । आरामदायी बिजुलीको उज्यालोमा सुत्ने कोठा, शौचालय, नुहाउनको लागि बाथ रुम र जाडोयाममा नुहाउन लागि पनि छुट्टै घरको व्यवस्था छ । 'परालको गुन्द्री माथि गाउँकै बरुवाल भेडाको उनबाट निर्मित राडी र गलैंचामा पलेटी मारेर बस्दै पारिवारिक वातावरणमा खानपिन गर्दा साँच्चिनै रमाइलो र नौलो अनुभव भयो' पोखरावाट घनपोखरा पुगेका सन्तोष गुरुङले आफ्नो अनुभव सुनाए ।


स्थानीयस्तरमा उत्पादित चामल, तरकारी, मासु लागयतका खाद्यवस्तुहरु भोजनको रुपमा दिन्छन् । तपाइँ चाहनुहुन्छ भने लोकल कुखुराको मासु र गुन्द्रुकसंग गाउँको लोकल ठर्रा अलिअलि लिएपनि हुन्छ । गाउँमा करिब तीनसयजना अट्ने सामुदायिक भवन छ । जहाँ साँझ खानाखाएपछि सबै जम्मा हुन्छन् र नाचगान गर्छन् । घनपोखराका वासिन्दाले आफ्ना पौराणिक एवं लोपुन्मुख सांस्कृतिक नाचहरु तामारो छोरी, कुखुरा नाच, झ्याउरे, सेर्का, कुसुण्डा घाँटू, घ्याब्रे, कृष्णचरित्र, झाँक्री लगायतका नाच देखाउँछन् । पाहुनाकै लागि भनेर उनीहरुले वर्षौँदेखि यसको संरक्षण र सर्ंवर्द्धन गर्दै आएकाछन् ।


घनपोखरा गुरुङ जातीको उद्गम गाउँ पनि हो । त्यसैले त ऐतिहासिक महत्व बोकेका मठमन्दिर साथै नजिकै रहेका घरवारिका भग्नावशेष हेर्न पनि पर्यटकहरु घनपोखरा पुग्ने गर्छन् । घनपोखरामा गुरुङ जातीको कला, संस्कारसंस्कृति एवं इतिहास् खोज्न समयसमयमा गुरुङ संस्कृतिविद् साथै र्इतिहासकारहरु पनि पुग्ने गर्छन् । प्राकृतिक र साँस्कृतिक अनुपमका कारण पछिल्लोपटक गुरुङ कथानक चलचित्रको पनि छायांकन स्थल बनेको छ घनपोखरा ।

घनपोखरामा पाहुनाको बर्साई बढाउन र गाउँको सुन्दरतका लागि निकट भविश्यमा भ्यु टावरको निर्माण गरिने भएको छ । त्यसवाट पर्यटन आगमनमा थप टेवा पुग्ने छ । संवभत नेपालकै अग्लो स्थानमा रहेको ताल दुधपोखरी, नामुनभञ्याङ पास हुँदै मनाङ जान सक्ने पदमार्गको प्रवेशद्धार घनपोखरा भएकाले यसको प्रचारप्रसार गर्न सकेमा अझै घनपोखरामा पर्यटकको बर्साई लम्बिन सक्छ ।


समुन्द्री सतहदेखि दुर्इहजार एकसय ५० मीटरको उचाईमा रहेको घनपोखरा पुग्न धेरै बाटाहरु छन् । काठमाडौंवाट तनहुँको डुम्रे हुँदै लमजुङ सदरमुकाम बेसीशहर झरेर सात घण्टाको हिँडाइपछि घनपोखरा पुग्न सकिन्छ । बेसीशहरबाट बाग्लुङपानी, घलेगाउँ हुँदै, बेसीशहरबाट खुदी सिम्पानी भलामचौर हुदै र बेसीशहरबाट खुदी, रोप्लेफाँट हुँदै पनि घनपोखरा पुग्न सकिन्छ । अहिले सदरमुकाम वेसीशहरवाट घलेगाउँको वेसीसम्म मोटर पुगेका कारण घनपोखरा पुग्न पौनेघण्टामात्रै लाग्छ ।


Ready to Wel come in Ghale Gaun of Lamjung

Ghan Pokhara village

Ghale Gaun of Lamjung


Beautiful Ghale Gaun of Lamjung

तस्वीरः लेखक
आश गुरुङ 'प्रतीक'
lamjungnews@gmail.com


Posted on:November 23, 2009, 1:03 pm




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More