Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun ka yubati haru 2349;ौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ ।
लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको छ पसगाउँ ।


विकटताका कारण आधुनिक सेवा र सुविधाबाट बञ्चित रहेपनि प्राकृतिक छटावाट कहिल्यै पनि टाढा छैन पसगाउँ । समुद्री सतहबाट एकहजार छ सय ५० मीटरको उचाइमा रहेको पसगाउँमा दर्ुइसय ५० भन्दा बढी घरधुरी छन् । पुरानो बस्ती अनि पुरानो रहनसहन । त्यसलाई जोगाएर राखेकाछन् पसगाउँका वासिन्दाले । गुरुङ कला र संस्कृतिको जीवन्त हर्ेन पर्यटकहरु पसगाउँ पुग्ने गर्दछन् । अन्य गाउँहरुको तु्लानामा अत्यान्तै फरक तरिकाले नाचिने लोपोन्मुख सतिघाँटु र कुसुण्डाले पर्यटकको मनमस्तिष्क तानिरहेको हुन्छ । यसका अलवा कृष्णचरित्र, सोरठी, घ्याब्रे, सारंगीलगायतका नाचले जो कसैको मनलाई मोहनी लगाएको हुन्छ ।


स्थानिय परम्परागत हस्ताकलामा पसगाउँ लमजुङकै धनीमा गनिने गाउँ हो । सिस्नो र अल्लोवाट बुनेका झोला, सुरुवाल, भाङ्ग्रा साथै बरुवाल भेडाको उनबाट बनेका बख्खु, कम्मल, राडीपाखी साथै निगालोको चोयाबाट बुनेका थुन्से, भकारी, ढोको, डालो, नाम्लो, डाला लगायतका हस्तनिर्मित सामाग्रीहरुले पसगाउँको महत्व दर्शाएको छ ।
Pas Gaun पसगाउँमा हप्तैपिच्छे सरसफाई कार्यक्रमको आयोजना हुन्छ । सरसफाई कार्यक्रममा के बुढा के बुढी, विद्यार्थी र जान मन लाग्नेहरु सवै गएर सरसफाई गर्ने गरेका पसगाउँस्थित दूधपोखरी युवा क्लबका अध्यक्ष मनलाल गुरुङ वताउँछनु ।


गाउँका हरेक घरमा पक्की शौचालय निर्माण गरिएकाछन् । होमस्टेका लागि छुट्याईएको घरमा तातो र चिसो पानीले नुहाउनका लागि बनाईएको बाथ रुम पनि छन् । घरघरमा सोलार जडान गरिएकाछन् । पाहुनाका लागि विशेष कोठाको ब्यवस्था गरिएको पसगाउँमा कला, संस्कृति, रीतिरिवाज, रहनसहन त्यतिकै हेर्नलायकछन् भने पाहुनाको स्वागतसत्कार र सेवा सुविधाको निम्ति उनीहरु ज्यान दिएर लागिपर्छन् । 'पसगाउँ र्सार्कराष्ट्रको नमुना गाउँ घलेगाउँभन्दा कम छैन' भ्रमणका लागि पसगाउँ पुगेका मानवअधिकारकर्मी एवं इन्सेक लमजुङका प्रतिनिधि कृष्ण प्रसाद अधिकारी भन्छन्, 'पसगाउँमा आउने पर्यटकले गर्व गर्ने ठाउँ निकै छ ।' पसगाउँका आमा समूह, युवा समूह, र रोधीँ परिवारको होस्टेमा हैँसे देखेर छक्क परेको अधिकारी वताउँछन् ।
Pasgaun'मान र सम्मानका लागि गुरुङ गाउँ जानू' भन्ने उखान अहिले लमजुङमा प्रचलित छ । गुरुङ गाउँमध्ये पसगाउँ पनि एक हो, तैपनि अन्य गाउँभन्दा पसगाउँ निकै भिन्न छ । सामाजिक काम र पर्यटकको स्वागतसत्कारका लागि ज्यानै दिएर लागिपर्ने पसगाउँवासिन्दाको माया पसगाउँ पुगेपछिमात्रै थाह हुन्छ, ता कि तपाइँले सोँचेको भन्दा पनि निकै भिन्न र फरक ।


पसगाउँलाइ स्वदेश तथा विदेशमा चिनाएर पर्यटक भित्र्याउन तथा स्थानीय कला र संस्कृतिको संरक्षण एवं सर्ंवर्द्धन गर्न विगत सातवर्षेखि पसगाउँमा महोत्सवको आयोजना पनि हुँदै आएको छ । त्यसको अलाव १५ पुस अर्थात ल्होसार, बैशाख पूणिर्मा र दशैँ तिहारमा पनि पसगाउँमा मेला लाग्ने गर्दछ । '२०६० सालको भदौ १६ गते तत्कालीन सुरक्षा फौजको अक्रमणवाट नेकपा माओवादीका ११ जना कार्यकर्ता मारिएपछि गाउँ डरमग्न बनेको थियो' पसगाउँ गाविसका निवर्तमान अध्यक्ष बलराम गुरुङ भन्छन्, 'अहिले शान्ति र अमनचयन छाएपछि पसगाउँमा कुनै डर छैन ।' उनी भन्छन्, 'सोँचे अनुरुप आएका छैनन्, त्यसैले पसगाउँ पर्यटकको पर्खाइमा छ ।'


Pasgaun ma ghumauro gharसदरमुकाम वेसीशहरवाट पसगाउँ जान एकदिनको वाटो तय गर्नुपर्छ । पर्यटकीय गाउँ, बाग्लुङपानी, घलेगाउँ, धनपोखरा, भुजुङ हुँदै पसगाउँ पुग्न सकिन्छ । त्यस्तै, बाग्लुङपानीवाट मालिङ, घाम्राङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । तनहुँ सदरमुकाम दमौलीवाट भोर्लेटार-रामबजार, गिलुङ, भोँजे, चरागाउँ, कुम्लुङ हुँदै पनि पसगाउँ पुग्न सकिन्छ भने कास्कीको बेगनासवाट तालवेसीहुँदै रामबजार पगेर गिलुङ हुँदै पसगाउँ पुग्ने वाटा पनि छन् । त्यतिमात्र नभएर पोखरादेखि कालिकास्थान, सौरे, थुन्सीकोट, गहते, पाखुरीकोट-नागिधार हुँदै पनि पसगाउँ पुग्न सकिन्छ । जुनसकै शहरवाट पनि पसगाउँ पुग्न एक दिन लाग्छ भने गिलुङको बाटो जाँदा भने दुर्इदिन लाग्छ ।


पसगाउँ जानका लागि अहिले ग्रामीण सडकको र्सर्भे भईसकेको छ । यद्यपी सडकको ट्र्याक खन्न भने धेरै बाँकी छ । कास्कीतर्फगहतेवेसीसम्म मोटर गुडेको छ भने गिलुङतर्फसाल्मेभञ्ज्यासम्म र बाग्लुङपानी तर्फकपुरगाउँसम्म ।
प्राकृतिक हिसावले भरिपूर्ण पसगाउँमा सूर्यस्तको दृश्य मनमोहक रुपमा देख्न सकिन्छ । पसगाउँवाट तनहुँ, कास्की, स्याङ्जा लगायका जिल्लाहरु प्रस्ट रुपमा देख्न सक्ने भएकाले पनि क्षितिज हेर्न रुचाउने पर्यटकहरु वेशेषगरि गाउँमा आउनेजाने गरेका स्थानीयवासिन्दा वताउँछन् ।
lamjungnews@gmail.com


Posted on:August 12, 2009, 10:30 pm




Comments on above topic:





Ghyuasibas, a small Gurung village in Lamjung

Bishnu Gurung

Ghyuasibas, Lamjung, Nepal Ghyuasibas is small Gurung village situated in hill of Lamjung. It is 45 minute uphill walk from Udipur and 1 hour travel by jeep from Besisahar and 30 minutes from Udipur. The road from Udipur to Ghyuasibas is small and kacha road. There are around 54 houses mostly Gurung and few Sarkis, Kami and Damai,.
The hiking to Ghyuasibas is a wonderful experience in itself as it goes uphill along rivers; passing through terrace field along the way amidst the chirping of birds and wild insects.

»More

सरकारबीहिन नार-फू

लेखकः आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः कमान गुरुङ

Nar phu gaun, Manang ढुंगा र बालुवा मिसिएको चट्टानमाथि गाउँ । ढुंगाले बारेर माटोले छाएका घरहरु । गाउँ नै पहिरोको जोखिममा । कडा चट्टान भएर पनि असुरक्षित गाउँ, एउटा अन्यत्रैको देश जस्तो । भाषा, धर्म अनि कला संस्कृति र रहनसहनले पनि लाग्छ, उनीहरु यो देशका होईनन् । तर, झण्डै एक दशक अगाडिमात्रै उनीहरुलाई नागरिकता दिईएपछि स्थानीयवासिन्दा नेपाली कहलिएका हुन् । हिमालपारीको जिल्ला मनाङ । मनाङको पनि विकट नार र फू गाउँ । गाउँ पनि उही र गाविस पनि उही । जुन गाउँका वासिन्दाले वर्षौँदेखि सरकारवीहिनको पीडा भोग्दै आएकाछन् ।

»More

सिरानामा सिउरुङ

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
Photos: Khim Gurung, Lil Gurung, Aash Gurung and Prem Gurung

शीरमा हिमाल, बीचमा जंगल अनि जंगलको फेदमा सिउरुङ गाउँ । पर्यटकीय दृष्किोणले निकै महत्वपर्ूण्ा मानिएको गाउँ हो सिउरुङ । मनास्लु हिमालको काखमा अवस्थित सिउरुङ गाउँ उत्तरी लमजुङको खुदी गाविस वडा नं. ८ र ९ मा पर्दछ । विगत पाँच वर्षेखि महोत्सवको

»More

स्वर्गमाथि घनपोखरा

आश गुरुङ 'प्रतीक'/लमजुङ

GhanPokharaनमरिकन र्स्वर्ग पुग्ने र्इच्छा हुनेलाई लमजुङको घनपोखरा गन्तब्य बन्न सक्छ । घनपोखराको प्राकृतिक तथा साँस्कृति विविधता साथै आर्गानिक वस्तु नै पर्यटकका लागि र्स्वर्गतुल्य बनाउने अवयवहरु हुन् । त्यसैले त केही समयका लागि घनपोखरा पुग्नेहरु एकरात नवसी र्फकँदैनन् । स्थानीयवासिन्दाको आतिथ्य पनि उस्तै । पाहुना आउने सुइँको पाउने वित्तिकै फूलमाला र सेतो चामलको टिका

»More

पर्खाइमा पसगाउँ

आश गुरुङ 'प्रतीक'/लमजुङ तस्वीरः लेखक

Pas gaun
भौगोलिक विकटमा रहेपनि लमजुङको पसगाउँ निकै मनमोहक छ । रहनसहनदेखि चालचलन र पाहुनालाई आदारसत्कार गर्ने प्रशंसनीय कार्यले पसगाउँको पहिचान झल्काउँछ । लहरै मिलेका ढुंगाले छाएका घरहरु । ढुंगा नै विछ्याएका सफा आँगन अनि गोरेटोहरु । गुरुङ जातिको वसोवास, उनीहरुको आत्मिय ब्यबहारले लोभैलाग्दो बनेको

»More