संविधान सभा एकैछिन भए पनि पूनस्र्थापना हुनैपछ शोभाकर पराजुली, पूर्व सभासद् नेपाली काँग्रेस

Nepal Khabar

० तपाईँहरु पार्टी निर्णयविपरित जान खोजेको हो ?
कसले भन्छ पार्टी निर्णयविपरित भनेर ? हाम्रो अभियान सबै लोकतान्त्रिक विकल्पलाई खुल्ला गर्न पार्टीलाई दबाबपूर्ण आग्रह मात्र हो । यसलाई पार्टी निर्णय विपरित भन्न मिल्दैन ।
० पार्टीले त अब निर्वाचनमै जाने भनेर लिखित निर्णय गरिसकेको अवस्था हैन र ?
हामीले निर्वाचनमा नजाने भनेका छैनौं, निर्वाचनमा जान विधि पुयाएर जाने भनेका मात्र हौं । संसद पुनस्र्थापना नगरी निर्वाचनमा जान नसकिने हाम्रो भनाई हो । यो कुरा निर्वाचन आयोगले भनेको कुरा हो । बाबुराम भट्टराईले अवैधानिक रुपमा गरेको चुनावी घोषणा बेवारिसे अवस्थामा रह्यो । यदि संविधान संशोधन नगरी चुनावमा जाने भन्ने हो भने त्यो पनि बेवारिसे नै हुन्छ । संविधान संशोधन गरेर चुनावमा जाने हो । अध्यादेशबाट संविधान संशोधन सम्भव छैन ।
० अनि यो ७८ जनामा शिर्ष नेताहरु पनि हुनुहुन्छ ?
७८ जना बाहेक पुनस्र्थापनाको पक्षमा रहेका नेताहरुमा शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत, रमेश लेखक, बालकृष्ण खाँड, लक्ष्मणप्रसाद घिमिरे, बिमलेन्द्र निधिलगायतका थुप्रै नेताहरु छन् । सबै गरेर झण्डै ९५९६ जना नेता तथा पूर्व सभासद पुनस्र्थापनाको पक्षमा हुनुहुन्छ ।
० कतै पार्टी नेतृत्वमा निर्वाचनमा पराजित भएकाहरुको बाहुल्यताले गरेको निर्णय पो हो कि ?
संविधान सभामा पराजित भएर संविधान सभामा सदस्य नभएका केही नेता तथा केन्द्रीय सदस्यहरु, देशको संकट समाधान गर्ने कुरा भन्दा पनि आफ्नो स्वार्थको केन्द्रमा राखेर अगाडि बढ्न खोजेको देखिन्छ ।
० तर, उनीहरुले नै तपाईंहरुलाई फेरि मनोनयनमा नपर्ने र चुनाव पनि नजित्ने भएपछि पुनस्र्थापनामा जोड दिएको आरोप लगाएका छन् नि ?
त्यो त जनतामा गइसकेपछिको कुरा हो । चुनावको कुरा गर्ने, तर उनीहरु नै चुनाव नभए हुन्थ्यो भन्ने चाहन्छन् । हामी चुनावकै पक्षमा हौं । तर, चुनाव पनि संविधानसभा पुनस्र्थापना गरेर मात्रै हुन्छ भन्ने हो । ० कानुनी अडचनले गर्दा निर्वाचनमा जाने भएपनि संविधान संशोधन गरेर अगाडि बढ्नुपर्छ भन्ने कुरा तपाईंहरुको होला । तर, सर्बोच्च अदालतले पनि बाधा अड्काउ फुकाउन राष्ट्रपतिलाई अधिकार दिएको सन्दर्भमा पूनस्र्थापनाकै अडान त ठिक भएन कि ? होइन बाधा अड्काउ फुकाउ अन्तरिम संविधानको धारा १५८ मा यो संविधानको कार्यन्वयन गर्न केही कुराहरु अप्ठ्यारो पयो भने मात्रै हो, संविधानमा हुँदै नभएको विषयमा नयाँ धारा बनाएर बाधा अडकाउ फुकाउन असम्भव छ । यो असंवैधानिक हुन्छ । ० अन्तरिम संविधानमा संविधान सभा फेरि पुनस्र्थापना गर्ने कानुनी प्रावधान नै छैन नि ? पहिलो कुरा धारा ८२ ले संसदको शुन्यताको परिकल्पना गरेको छैन । अर्को संसदको निर्वाचन नभएसम्मका लागि संविधान सभा रहन्छ भनिएको छ । दोस्रो कुरा म्याद नसकिँदै यसको हत्या गरियो त्यसकारण त्यो बाँकी रहेको छोटो समयलाई उपयोग गर्न सकिए पुनस्र्थापना गर्न सकिने प्रशस्त सम्भावना छ । ० त्यसो भए कसले, कसरी, कुन प्रावधानबाट पुनस्र्थापना गर्ने त ?
मेरो भनाई त संविधानको मर्म भावनाअनुसार संसद छ भन्छु । धारा ८२ लाई राम्रोसँग हेर्ने हो भने अर्को चाहिँ लिग भन्दा बाहिर गएको कुरालाई संविधान सभाको बाँकी रहेको आधा घन्टामा पनि बैठक बोलाएर व्यवस्थापिका संविधान संशोधन गरेर पुनस्र्थापना गर्ने प्रशस्त सम्भावना छ ।
० धेरैले त के भन्न थालेका छन् भने ०४७ सालमा खारेज भएको संविधानलाई टेक्न खोजिएको हो र केही कांग्रेसी पहिलेदेखि उक्त संविधान ब्यँुताउन खोजिरहेका छन् भनिन्छ नि ?
होइन समय धेरै अगाडि बढिसकेको छ । त्यसकारण पछाडि फर्कने सम्भावना रहँदैन । सकारात्मक सम्भावनातिर लाग्नुपर्छ । ० संविधान सभाको हत्या भएको पाँच महिना बितिसक्यो अब निर्वाचनमा जाने कि संसद पुनस्र्थापनामा जाने लामो बहस भइरहँदा देश अनिर्णयको बन्दी भइरह्यो नि ?
होइन, निर्वाचन कि पुनस्र्थापना भन्ने कुरा होइन, निर्वाचनमै जाने हो । तर, त्यसको लागि पुनस्र्थापना गरेर मात्रै निर्वाचनमा जाने भन्ने कुरा हो । हामी निर्वाचनमा नजाने भनाई होइन । हामी निर्वाचनमै जाने हो । ० कति समयका लागि संसद पुनस्र्थापना हुनुपर्छ ? कम्तिमा एक घन्टा पुनस्र्थापना हुनुपर्छ, नभइकन संवैधानिक बाटो फुक्दैन । ० एक घन्टा मात्रै भए पुग्छ ?
पुग्छ भन्ने कुरा होइन कि कमसेकम पुनस्र्थापना भएपछि संविधान संशोधन गर्नलाई २५ दिनको समय भए पनि पुग्छ । ० फेरि यसरी लम्बिदै गयो भने नि ?
होइन, दुनियाँमा केही पनि एउटा जनप्रतिनिधि निकायले एउटा प्रतिबद्धता गरेको हुन्छ । लोकतन्त्रमा जनताले शासन गर्ने कुरा हुन्छ । यसरी जनतासमक्ष झुट बोलियो भने जनताले आवधिक रुपमा ऐन मौकामा सजाय दिने छन् । त्यसकारण जनतासमक्ष झुट बोल्नु हुँदैन । जनतालाई सजाय दिने अधिकार सुरक्षित छ ।
० ७८ जनाको लिखित माग नै आइसकेको र केही नेताहरुको नाम लिँदाखेरि ८० प्रतिशत भन्दा बढी सभासदको संख्या देखिने भयो, हैन ?
हेर्नुस् ८० प्रतिशतभन्दा बढी सभासद पुनस्र्थापना गरी संविधान संशोधन गर्दै निर्वाचनमा जानुपर्ने पक्षमा छन् ।
० नेपाली कांग्रेस चुनावदेखि भाग्न खोजेको त हैन ?
पाँच महिनामा पुनस्र्थापनामा सहमति जुटाउन सकिएन भन्दै पुनस्र्थापनाको ढोका बन्द गरियो भनेर केही नेताहरुले भन्छन् । यदि त्यसो भन्दै निर्वाचन बैशाखमा हुने कांग्रेसले भनेको छ । यदि निर्वाचन बैशाखमा भएन भने निर्वाचनको ढोका बन्द गर्ने हो त ? होइन । जुन वैधानिक विकल्प छ । त्यसमा अगाडि बढ्नुपर्छ । यसलाई हामी अझै छलफल र वार्ता गरिरहेका छौं ।
० यस्तो निष्कर्षविहीन वार्ता र छलफल कहिलेसम्म ?
हामी वार्तामै विश्वास गर्ने हो, लोकतन्त्र भनेको वार्ता र छलफलमा विश्वास गर्नै सैद्धान्तीक आधार हो । त्यसैले आफ्ना कुराहरु जनतामा राख्दै सार्वजनिक गर्दै वार्ताले अगाडि बढाइरहने छ ।


Posted on:November 2, 2012, 7:20 am





Comments on above topic:

Baksanymn

Отправились в отпуск, и занемог ребенок, а денег маловато. Без усилий получили ссуду онлайн, на кредитную карту пришли денюжка мгновенно.Вернули через недельку уже дома. Никаких справок либо поручителей. Нужен только лишь телефон и кредитка с которой можно забрать всю ссуду буквально через несколько минут после одобрения заявки. Выручали подобные быстрые наличные и родственников, когда знакомому необходимо было немедленно проплатить экзамен. Никому не надо объяснять, унижаться и вымаливать. Лично выбираешь сумму и период отдачи. Рекомендую всем, кто оказался в трудной ситуации.

October 2, 2017, 2:39 am
@195.181.160.68

viagra

kfykema viagra 6809 buy viagra online tyAxgH generic cialis JWmpJ online cialis >:-[

May 18, 2015, 3:20 pm
@62.210.177.122

payday loans

asoyan payday loans 2998 payday loans 1579 payday loans >:]] payday uk =-] payday loans >:-[

April 24, 2015, 4:10 pm
@142.4.215.148

money mutual

nkycmg money mutual uverCS payday loans 5782 payday loans 4633

October 6, 2014, 1:02 am
@62.210.152.149

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




सैनिक शासन लागु गर्ने एमाले र कांग्रेसको मनस्थिति !‏

विश्लेषण आङ काजी शेर्पा किसान

संविधानसभाको पुनस्थापना र निर्वाचन दुवै हुनै नदिने !
पहिचान सहितको संघीयताको पक्षमा उत्पीडितहरुको सडक आन्दोलन चर्केमा ! सैनिक शासन लागु गर्ने एमाले र कांग्रेसको मनस्थिति !
एमाले र कांग्रेसलाई सैनिक शासन लागु गर्ने मनस्थितिमा पुग्नुका मुल कारणहरु

»More

संविधान सभा एकैछिन भए पनि पूनस्र्थापना हुनैपछ शोभाकर पराजुली, पूर्व सभासद् नेपाली काँग्रेस

Nepal Khabar

० तपाईँहरु पार्टी निर्णयविपरित जान खोजेको हो ? कसले भन्छ पार्टी निर्णयविपरित भनेर ? हाम्रो अभियान सबै लोकतान्त्रिक विकल्पलाई खुल्ला गर्न पार्टीलाई दबाबपूर्ण आग्रह मात्र हो । यसलाई पार्टी निर्णय विपरित भन्न मिल्दैन । ० पार्टीले त अब निर्वाचनमै जाने भनेर लिखित निर्णय गरिसकेको अवस्था हैन र ?

»More

अहिलेको विकल्प भनेको सर्वपक्षीय गोलमेचसभा नै हो

-राजेन्द्रप्रसाद चिमौरिया,

सीपी गजुरेल 'गौरव' सचिव, नेकपा माओवादी ० अन्तत पार्टी विभाजन भएको छ, अब कसरी अगाडि बढुनु हुन्छ ? एनेकपा माओवादी पात्र भित्र मौलाउादै गएको विकृति र अन्तयमा आएको नवसंशोधनवादीमा पतनको स्थिति थियो । त्यसकारण हामीले सम्वद्ध विच्छेद गरेका छौ । माओवादी पात्रको पुर्ननिर्माण भएको छ । अब हामी व्यवस्थित रुपले हाम्रो ऐतिहासिक राष्ट्रिय भेलाले पारित गरेको दस्तावेजहरुका अधारमा संगठन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउछौ । दस्तावेजहरु तयार भएका छन् हामी त्यसलाई प्रकाशित गरौा ।

»More

संबिधान लेखनकै बिसयमा दलहरुबिच मतभेद

योगेन्द्र जोगी 'संघर्ष', yogendra.yogen@yahoo.com

०५२ सालदेखि ०६३ साल सम्मको दौरानमा नराम्रोसंग आन्तरिक द्वन्दको भुमरीमा फसेको नेपाल वृहत शान्ति संझौता ०६३ , ऐतिहाँसिक संविधानसभा निर्वाचन ०६३/०६४ हुँदै मुलुकको एउटा मुल कानुन नयाँ संविधान लेख्ने मोडमा आइपुगेको छ भने नेपाल पूर्ण रुपमा गणतन्त्रमय भइसकेको पनि करिव २ बर्ष हुन थालिसक्यो । शान्ति

»More

नालसभामा जारी लमजुङ घोषणा पत्र २०६६

नालसभा लमजुङ, घोषणा पत्र २०६६

लगभग छ सय वर्ष अघिदेखि गुरुङहरुले संचालन गर्दै आईरहेको नाल सभा ५८ वर्ष पछि लमजुङ स्थित बेशिशहरमा यहि २०६६ अशोज २५, २६ र २७ गते सम्पन्न भएको छ । गाँउघरका सानातिना झैझगडा, मुद्धामामिला गाँउका नाइके क्रबको रोहवरमा भद्रभलाद्मी बसेर मिलाउने, गाँउमा मिलाउन नसकेका विशेष प्रकृतिका मुद्धाहरु, एक गाँउदेखि अर्को गाँउसँग सम्वन्धित लेक, गोठ, खर्चरी, निगाला पुवा, भिर मह र मौरीको मुद्धा, जातभात सम्वन्धी मुद्धाहरुको बृहत छलफल गरी अन्तिम निर्णय गर्ने अधिकार नालसभालाई थियो । नालसभा न्यायालयतर्फको सर्वोच्च निकाय भएको हुनाले हरेक खालका गंभिर मुद्धाहरुको छिनोफानो हुने महत्वपूर्ण थलो थियो । उक्त नाल सभा स्वशासित र स्वतन्त्र संयन्त्र थियो । त्यहि परम्परालाई समयनाकूल आवश्यक परिमार्जन गर्दै तिन दिने बृहत छलफल बहस पश्चात तमू जातिको जातीय राजनैतिक, भाषिक, धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक तथा न्यायिक अधिकार सुनिश्चित गर्न २१ बुंदे लमजुङ घोषणा पत्र २०६६ जारी गरिएको छ ।

»More

राष्ट्रपतिको कदम राजा ज्ञानेन्द्रको कु जस्तै हो- डा. भट्टर्राई

हरि बहादुर सारुमगर

Babu Ram Bhattarai नेकपा माओबादीका उपाध्यक्ष तथा वरिष् नेता बाबुराम भट्टर्राईले राष्ट्रपतिको बैशाख २० को असंवैधानिक कदम,राजा ज्ञानेन्द्रको माघ १९ को कु कदमको पुनराबृत्ति भएको बताउनु भएको छ । उहाले उक्त कदम सञ्चिए मात्र सहमति हुन सक्ने पनि बताउनु भयो । अर्घाखाचीको अर्घामा भएको जनसभा तथा सास्कृतिक कार्यक्रममा सहभागी भएर पाल्पा आईपुग्नु भएका डा.भट्टर्राईले सोमबार तानसेनमा भएको पत्रकार सम्मेलनमा यो कुरा बताउनु भएको हो । माओबादि नेता डा. भट्टर्राईले शान्तिपूर्ण संवादको ढंगले सहमति हुन नसके निर्णायक आन्दोलनको विकल्प नभएको बताउदै यसको लागि तिहारपछि नै आन्दोलन गर्ने तयारी भइृरहेको समेत खुलासा गर्नु भयो । त्यसैले एउटा हातमा सहमती र अर्को हातमा आन्दोलनको तयारीलाई लिएर आफुहरु जिल्ला जिल्लामा विभिन्न कार्यक्रम लिएर हिडिरहेको पनि खुलासा गर्नु भयो । डा.भट्टर्राईले राष्ट्रपतिको असंवैधानिक कदमका कारणले संविधान निमार्णमा ढिलाई भएको दावि गर्दे नेपाली जनताले एमाओबादिलाई ड्रार्इभर,नेपाली कांग्रेसलाई कण्डक्टर र नेकपा एमालेलाई खलासिको जिम्मा लगाई संविधान सभाको गाडि हाक्ने जिम्मा दिएकाले माओबादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाई संविधान निमार्ण गर्नु पर्ने कुरा दोहोयाउनु भयो । क्र

»More

चिनलाई नगुहारी भएन , सुद फिर्ता जाउ

सञ्जीव सत्याल

मलाई याद छ, करिव ३५ वर्षपहिले झापा हो वा र्सलाहि क्षेत्रको नेपालको पातलो वस्ती भएको ूलै भूभाग भारतले रातारात कव्जा गरी अतिक्रमण गर्‍यो र नेपालसंग केही उपाय नभएकोले चुप बस्यो । तर त्यसको तीन दिन पश्यात त्यो अतिक्रमित ाँउमा रात भर कुनै हवाइ जहाजले बम हान्यो र भारतीय पक्ष त्यहावाट भोली पल्टै चुपचाप हट्यो । पञ्चायत कालमा यस्ता घटना बारम्वार हुने गरेका थिए । स्पष्ट छ, नेपाल आज पनि भारतसंग केही प्रतिवाद गर्न सक्ने हैसियत राख्दैन । ती वेला भारतले अतिक्रमण गरेका क्षेत्रमा बम हान्ने हैसियतमा नेपाल थिएन र आज पनि छैन । आज नेपाली राजनीतिमा भारतको निर्लज हस्तक्षेप भएकोले नेपालको राजनीति हदै सम्म भाँडिएको सवैले देखेकै छन् । उता सरकार र नेतृत्व तहलाई विभिन्न बहानामा कमजोर बनाएर भारत सयौ ाँउबाट नेपाल भारतको सीमा स्तम्भ उखेलेर अवशेष समेत नरहने गरी गायव गर्देछ मात्र नभएर अन्तराष्ट्रिय मान्यता विपरीत सीमामा नै नेपाल डुवाउने हेतु बाँध बनाउने अभियानमै लागेको छ । अवत नेपाली क्षेत्रमा भारतीय सीमा सुरक्षा वल प्रवेश गरेर दशौं हजार नेपालीलाई

»More

सीमा नक्सामा हस्ताक्षर गर्नुअघि सोचौं

स्रोत: र्इकान्तिपुर

बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच तयार भएका १ सय ८२ थान सीमानक्सामा दुई देशका पदाधिकारीले चाँडै हस्ताक्षर गर्न लागेका छन् । केही समयपछि हुने प्रधानमन्त्रीको भारत भ्रमणका समय दुई परराष्ट्र सचिवले संयुक्त दस्तखत गर्नेछन् । वास्तवमा यस्ता तयारी नक्सा -स्टि्रप म्याप) मा कतिपय क्षेत्रको स्थलगत विवरण नमिलेको पनि देखिन सक्छ । यस्ता नमिलेका विवरण यथार्थरूपमा सुधार गरिएपछि मात्र संयुक्त हस्ताक्षरको काम गरिनुपर्छ । सुधार नगरी हतारमा हस्ताक्षर गरिए नेपाली नागरिक विदेशी बासिन्दामा परिणत हुन जाने र सीमा संकुचन भई नेपाल पछुताउनुपर्ने सम्भावना रहन्छ । यस्ता सीमानक्सा कुन हदसम्म शुद्ध तरिकाले बनाइएका छन् भन्ने कुरा भारतका विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणका

»More

संविधानसभा र स्ववियु निर्वाचन

नारायण पंगेनी

संविधानसभाको चुनाव सम्पन्न भएको आगामी चैत्र २८ गते एक वर्षपुग्दैछ । संविधानसभाको चुनाव सम्पन्न भएको करिव एक वर्षो अन्तरालमा त्रिभुवन विश्व विद्यालय नेपाल संस्कृत विश्व विद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ ।

»More

राज्यको पुनर्संरचनामा राज्यको दायित्व

विजयकुमार
श्रेष्ठ धादिङ, (हाल इराक)

संघीयताको आवश्यकता किन ?
नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै र्छलङ्ग छ । तथापि यो देशमा १४० बर्षम्म एकजाति, एक धर्म, एकभाषा, एक संस्कृतिको शासन रहृयो ।

»More