चिनलाई नगुहारी भएन , सुद फिर्ता जाउ

सञ्जीव सत्याल

मलाई याद छ, करिव ३५ वर्षपहिले झापा हो वा र्सलाहि क्षेत्रको नेपालको पातलो वस्ती भएको ठूलै भूभाग भारतले रातारात कव्जा गरी अतिक्रमण गर्‍यो र नेपालसंग केही उपाय नभएकोले चुप बस्यो । तर त्यसको तीन दिन पश्यात त्यो अतिक्रमित ठाँउमा रात भर कुनै हवाइ जहाजले बम हान्यो र भारतीय पक्ष त्यहावाट भोली पल्टै चुपचाप हट्यो । पञ्चायत कालमा यस्ता घटना बारम्वार हुने गरेका थिए । स्पष्ट छ, नेपाल आज पनि भारतसंग केही प्रतिवाद गर्न सक्ने हैसियत राख्दैन । ती वेला भारतले अतिक्रमण गरेका क्षेत्रमा बम हान्ने हैसियतमा नेपाल थिएन र आज पनि छैन । आज नेपाली राजनीतिमा भारतको निर्लज हस्तक्षेप भएकोले नेपालको राजनीति हदै सम्म भाँडिएको सवैले देखेकै छन् । उता सरकार र नेतृत्व तहलाई विभिन्न बहानामा कमजोर बनाएर भारत सयौ ठाँउबाट नेपाल भारतको सीमा स्तम्भ उखेलेर अवशेष समेत नरहने गरी गायव गर्देछ मात्र नभएर अन्तराष्ट्रिय मान्यता विपरीत सीमामा नै नेपाल डुवाउने हेतु बाँध बनाउने अभियानमै लागेको छ । अवत नेपाली क्षेत्रमा भारतीय सीमा सुरक्षा वल प्रवेश गरेर दशौं हजार नेपालीलाई विस्थापित गर्ने र भारतको सरकारी सुरक्षा वललेनै सीमा स्तम्भ सयौ मिटर नेपाल तिर ठेल्ने गर्दै आएको खवर हर दिन मेडियाले फुक्दै छन । उता भारतीय राजदूत केही हुदै नभएको सफेद झुठ बोल्दैछन र सो को जन स्तरमा नै आक्रोश सडकमा छताछुल्ल भएको छ । तर यस्तो अवस्थामा देशलाई माया गर्ने कुनै नेता वा राजनीतिज्ञ नभएको होइनन् होला । हैन भने टंक प्रसाद आर्चाय देखि वि.पी. कोइराला - सत्ता र व्यवस्थै च्युत) , राजा महेन्द्र हुदै राजा वीरेन्द्र - जसको नेपाललाई भारतको पञ्जाबाट बचाउदा बचाउदै पञ्चायत व्यवस्थाको ढलान सहित नेपाली जनतासामू घँूडा टेक्नु पर्‍यो मात्र हैन समूल परिवार सहित आफ्नै हत्याको नियती भोग्नु पर्‍यो ) , गिरिजा - जसलाई भारतले भनेको नमान्दा उसले क्षेत्रीय पार्टी खोलाई कांग्रेसलाई नराम्रो पराजयको सामना गरायो) शेर बहादूर देउवा जो भारतको उक्शाहटमा वारम्वार सत्ताच्युत मात्र भएनन वल्कि थुनामा समेत राखिए, ज्ञानेन्द्र जसले गद्धि नै गुमाउनु पर्‍यो, र हुदा हुदा प्रचण्डले समेत सशक्त र देशैको ठूलो पार्टी हुनुको वावजूद भारतको दवावमा राजीनामाको तीतो अनुभव भोग्नु पर्‍यो । यि सवले देशलाई माया गरी नेपाल माथी भारतले भूटान जस्तै भारतको सुरक्षा छाता र बैदेशिक नीतिमा पार्ने गिद्धे दृष्टि विरुद्ध ५२ बर्षदेखि उनीहरुले गरेको यो दूष्प्रयाशको प्रतिवादका कारण मूल्य चुकाएका छन । आज माधव नेपाललाई त्यहि उदेश्य पुरा गर्न नयाँ अप्राकृतिक समिकरण बनाउन बाध्य पारेर प्रधान मन्त्री त बनायो भारतले , के अव माधव नेपालले ५२ वर्षेखि नेपालका जस्तो सुकै गैवार र गद्धार शासकले पनि आफ्नो देश प्रतिको इमान्दारीता संझी नमानेको त्यो अडान विरुद्ध भारतको निगाहमा प्रम बनाइएको र उता भारतले सो उदेश्य प्राप्त गर्न कहिले सीमा अतिक्रमण, सीमा स्तम्भ गायव, र सीमा क्षेत्रका बासिन्दालाई दूर्व्यवहार गरेकै कारण सही गर्न मान्लान - सो परि माधव नेपाललाई भारतीय पत्रिकाले भारतीय मूलकै भनेर प्रस्तुत गरेको पनि छापामा पढन पाइएको छ । तर पनि नेपाललाई भारतको सुरक्षा छाता भित्र राख्न नमान्दा मूल्य चुकाएका राजा देखि सत्ताको लागि फेरी फेरी भारतमा आश्रीत आजका प्रमुख दलका प्रमुख नेता भारतले नेपाल र नेपाली प्रति गरीरहेको ज्यादती प्रति भारतको एहसान खाएकैले नेपाल र नेपालीको दूर्दशा सहेर पनि मौन छन् । नेपाललाई यसै गरी हृयुमिलेट गरेर वा दुख दिएर भएपनि भारत चाँडो भन्दा चाँडो माधव नेपाल लगायतका नेतालाई तर्सएर नेपाललाई सुरक्षा छाताको त्यो ५२ वर्षदेखि प्रयास गर्दै आएको त्यो सन्धीमा सही गर्न वाध्य तुल्याई नेपालको स्वतन्त्र अस्तित्व आफ्नो कव्जामा लिन चाहान्छ । उसलाई लाग्छ अहिले अडान लिने राजा पनि निकालियो, उता नेपालमा ६६ प्रतिशत कम्युनिष्ट भैसके अहिले यो काम गराउन नसके भोली नेपाली नेताहरुले हामीलाई टेर्दैनन् र अर्को तर्फयिनीहरु चीनको साथ पाउन सफल रहे उनीहरु असफल रहन्छन् । त्यसैले उनीहरु हृयमिलेट र तर्साउन नेपालालाई यस्ता अत्याचार गर्दै छन् । तर पनि किन सत्तारुढ नेताहरु बोल्दैनन, जनतालाई जागरुक गर्दैनन्, सीमा क्षेत्रमा जादैनन र मर्न र मार्न तैयार हुदैनन् - के यो देश उनीहरुको हैन - के उनीहरुलाई यो देशको माया छैन

नेपालको कुटनीतिक इतिहासमा के.भी. राजन र राकेश सुद भन्दा बदनाम राजदूत नत हिजो थिए नत भोली हुने छन् । त्यसमाथी राकेश सुदले कुटनीतिको नाममा गरेको गुण्डागर्दीले नेपालीहरुको घर घरमा खिल्ली र आक्रोशको विषय समेत बनीसके उनी । उनले पर्ुव प्रम प्रचण्डलाई एक दिनमा ६ पटक सम्म भेटेको र प्रचण्डले राजीनामा गर्न नमानेकोले ठूलो स्वरले कारीन्दालाई जस्तै हप्काएको कुरा नेपाली आम नेपालीहरुमा चर्चाको विषय बनेको छ । के राकेश सुद यहाँ आतंक फैलाउन र देश लुटन, राजनीतिक अस्थिरता गर्न , सीमा क्षेत्रका नेपालीको घर जलाउन र विस्थापित गराउन र सीमा स्तम्भ गायव गरी सीमा अतिक्रमण गराउन आएको - यहि हो कुटनीति - राकेश सुद तपाईको नाङ्गो हस्तक्षेपले हामी नेपाली जनतानै थाकी सक्यौं त्यसैले हामीलाई तपाईको जरुरत छैन फिर्ता जानोस । तपाईको कुनै पनि सुत्र नेपालमा सफल भएन । तपाईको सत्ता दिलाउने एहशान तल नेताहरु दव्वीए होलान हामी जनता त दव्वीएका छैनौ । हामी हाम्रो देशको रक्षाको लागि चीनलाई र्सार्वजनिक रुपमै तपाई र तपाईको देशको ज्यादति विरुद्ध आहवान गर्न वाध्य हुनेछौ । हामी एक सेन्टीमिटर पनि अतिक्रमण सहन्नौं । नेताहरुलाई जस्तो हामी जनतालाई तपाईले आफ्नो दूतावासको पे रोलमा राख्न पनि सक्नु हुन्न र खरिदन पनि सक्नु हुन्न ।
अव तपाईहरुको ज्यादतिले अन्तराष्ट्रिय रुपमै चर्चा पाई सकेको छ । नेताहरुले तपाईहरुको नुनको सोझो गरेर त्यो ज्यादतीको बिरुद्ध प्रतिवाद गर्ने हिम्मत नगर्लान तर अव हामी गर्र्छौ । यस्तै चालाले नेपाल र नेपालीलाई सताउन थाले विश्वले पनि टवाल्ल हेरेर नवस्न सक्छ र त्यही बाट युद्ध शुरु हुन सक्छ । अनि तपाईहरुले पहिले भारत चीन युद्धमा आफ्नो सीमा नेपालको आधा भूभाग वरावर खुम्च्याए झै भोली त्यो भन्दा ठूलो परिणाम भोग्नु पर्ला है । बरु नेपाललाई सही अर्थमा उपयोग गर्नु भयो भने तपाइको गुमेको भूभाग फिर्ता आउन सक्छ ।

तपाईहरु आफै सयौ वर्षवेलायतको उपनिवेश भएको देश नेपाल त्यस हिसावमा सधै स्वतन्त्र रहेको छ, तर आज ठूलो छु भन्दैमा नेपाललाई आफ्नो उपनिवेश बनाउने सपना नदेख्नुस । ठूलै मुल्य चुकाउनु पर्ला । नविर्सिनुस भारत चीनको लर्डाई हुनुमा नेपाल पनि एक जमाना कारण बनी सकेको छ त्यस बखत तपाईहरुले आधा नेपाल भन्दा बढी आफ्नो भूभाग गुमाउनु भएको विर्सिनु भयो - राष्ट्रियताको सवालमा एक जूटहुने तपाईहरुको नेपाल प्रतिको यही व्यबहारको कारण के तर्राई वासी के पहाडी र के हिमाली आज फेरी नेपाली जनतामा राष्ट्रियता २०३६ सालमा जस्तै उर्लेर आउदै छ । नेता मनाएर देशै कव्जा गर्छु भन्ने ठान्नु भएको हो भने नेपाली जनताले अस्वीकार गरेको मान्छेलाई प्रधानमन्त्री बनाउनु भएको छ । उनी त जनप्रतिनिधि नै हैनन् । उनको मन्त्रीहरु पनि प्रायशः जनतावाट तिरस्कृत हरुवा छन । अरु नेताले त नियती भोगेका छन् तपाईको कुरा मान्नुको सट्टा अव फेरी मुल्य चुकाउन तैयार रहने छन् । राजा ज्ञानेन्द्रले २०६३ सालको त्यत्रो जनआन्दोलन रोक्ने शर्तमा कर्ण्र्ाासंहको प्रस्ताव नमानेर बरु गद्धिनै त्यागे भने तै पनि तपाईहरु यो असफल प्रयास गर्दै रहनु भयो र नेपाली जनताको सहन शक्तिको वाँध टुटयो भने तपाईको देशमा प्रलय आउन सक्छ । तपाई जस्तै हाम्रो अरु पनि छिमेकी र शुभ चिन्तक छन ।
भारतको यस्तै हेपाहा प्रबृत्ति रहने हो भने र नेपालको अस्तित्वलाई भारतले यसरीनै गिद्धे दृष्टि राख्ने हो भने नेपाललाई र्सार्क क्षेत्रको अन्तराष्ट्रिय मिलिटेरी बेस क्याम्प बनाउन नेपालले आहृवान गर्ने दिन समेत चाँडै आउने छ वा अव सवै नेपालीलाई मिलिसिया तालिम दिन पर्ने हुन्छ । यसो गर्दा कम से कम देश त सुरक्षीत रहन्छ । भारत र चीन बीच अवस्गित नेपाल सामरीक महत्व भएको देश हो ।

अन्यथा भारतले नेपालका सत्तालोलुप नेताहरुलाई गलत तरीकाबाट हात लिई बोल्न नसक्ने -न्बन) तुल्याई सीमा अतिक्रमण, हाम्रो सीमामा अनियमित तरीकाले बाँध बनाएर नेपाली क्षेत्र डुवाउने, लगायत दुख दिने गर्छन र हाम्रो अतिक्रमित जमिन फिर्ता नगर्ने भए हामी अव चीनलाई भारतको हस्तक्षेपको विरुद्ध गुहार्न बाध्य हुने छौं ।
२००७ सालको भारत प्रवासमा राज त्रिभूवनले १० करोड रुपैया निजलाई दिएर देश भारतकै अंग वनाउन भने पछि नेहरुले नै विश्वको एक मात्र हिन्दू राष्ट्र, सोझा राजा, भलादमी राजा, नेपाल जम्मै हिन्दूको पुण्य भूमी भनी भनी राणाहरुलाई समेत धपाई प्रजातन्त्र समेत ल्याएर देश त्रिभूवनलाई फिर्ता दिएका हुन । त्यही बेलामा भारत किन चुक्यो त - तर भारतलाई आज कमजोर नेपालको सीमा अतिक्रमण गर्न र सुस्ता नेपालबाट लुटेर जनतालाई बाँडनु र त्यहा हतियारले सुसज्जित सेना तैनाथ गरेर भारतले राजनीतिक समिकरण विगारेर र नेपाललाई तर्सर्ााे प्रयास गर्नुको उदेश्य चाँडो भन्दा चाँडो नेपाललाई आफ्नो सुरक्षा छाता र विदेश नीतिभित्र कैद गर्नु मात्र हो । किनकी अहिले आएर जति प्रयास गरेपनि भारत एक मधेश एक प्रदेशको नारालाई व्यवहारमा उतार्न असफल भएकोले उ अहिले विच्छिप्त भएकोले नेपालमाथी यस्तो अत्याचार गर्दै छ । यस्तै हो भने नेपालीहरुले चीनलाई गुहार्न बाध्य हुने छन जसको नतिजा राम्रो हुने छैन ।

पुनश्चः - हामीले जति आक्रोश गरे पनि आज नेपाली समाजमा २० /२० बर्षशासन गर्ने कांगे्रसले आफ्नो जरुरत पुरा गर्न भारतसंग पैसा सापट लिएर विस्तारै विस्तारै सीमा बेची पछि सीमा अतिक्रमण गर्न सहमत भएको आरो जनताले गलाउदै आएका छन । आज कांग्र्रेसलाई जनताले देश बेचुवाहरुको पार्टी भनेर चिन्ने गरेका छन ।

भारतले नेपालको सीमान २०४६ सालको परिवर्तन पछि मात्र मिच्न शुरु गरेको हो । यसमा गिरिजा लगायतका नेताहरुको नियत छ भनेर जनताले बुझन थालेका छन की सरकार चलाउन शासकले भारत संग भित्र भित्रै भारतीय नेताहरुसंग पैसा माग्थे, त्यो पनि अरवौं खरबौंमा । त्यस पैसामा भारत सरकारले गोप्य कागज गर्ने गथ्र्यो । हामीलाई थाहा छ की कांग्रेसले विदेशबाट यसरी देशको लागि पैसा ल्याउनासाथ २५ प्रतिशत कमिशन ल्याउनेले लिने गर्थे । बाँकी ७५ प्रतिशत पैसा पनि गलत ठाँउमा पतिशत पैसा दुरुपयोग हुने गथ्र्यो । भाखा पुरा भए पछि सरकारलाई भारत सरकारले भाखा गरेको कागज देखाएर पैसा फिर्ता माग्थ्यो तर कांग्रेसको सरकारले तिर्न सक्दैन थियो । अनि भारत सरकारले त्यसो भए त्रि्रो यो जिल्लाको सिमाना अतिक्रमण गर्छु तिमीले चुप बस्नु भनेर नेपाल को सरकार - ऋण लिने नेपाली कांगे्रस)संग मौन सहमति बनाएर नै सीमा अतिक्रमण गर्ने गरेकोले र उक्त ऋणको केही हिस्सा एमाले लगायतलाई पनि गिरिजाले दिने गरेकाले नेपालका पार्टर्ीी नेपालको ५२/५२ ठाँउमा सीमा अतिक्रमण गर्दा पनि चुप बसेका हुन । अर्थात यिनले ऋणको बहानामा आफ्नो पोल्टामा खर्वौ रुपैया पारेर विस्तारै विस्तारै देश बेच्दै छन भन्ने आरोप आम जनताले कुरा कानीको शिलशिलामा गर्दै आएका छन । हाम्र्रो साधारण जीवनमा पनि मानौ कुनै जाँड खाने मुलीले "मेरो घरमा नभन्नु भनी भनी जाँड खान र जुवा खेल्न लाखौ रुपैयाँ बाहिरको मूली संग सापट लिन्छन र समय आएपछि ऋणीले पैसा फिर्ता माग्छ तर उसले फिर्ता दिन नसके पछि भाखा गरेको कागज अनुसार ऋणिले जडयाहाको जग्गा कव्जा गरेर प्र्रयोग गर्न थाल्छ । परिवार झगडा गर्न गए वा अदालत गए ऋण दिनेले जडयाहाले पहिले उक्त जग्गा भाखा गरेको कागदेखाइ दिन्छ । उ कानूनी उपचारबाट समेत बञ्चित भैसकेको हुन्छ त्यसरीनै सीमा अतिक्रमण पनि कांग्र्रेसले सरकार चलाउन यो यो क्षेत्र भनी बन्दकी राखेर लिइ आफै खर्च गरी - देश विकाश निर्माणमा प्र्रयोग नगरी खर्च गरेकोले भारतले सहमतिमै सीमा अतिक्रमण गरेको, अन्दधुन्द बाँध बाँधेको ले सरकार र पार्टी बोल्न नसकेका हुन भन्ने आम भनाई आजकाल आम जनता भन्न थालिसकेका छन । कांग्र्रसलाई देश बेचुवा पार्टी भनेर जनता घृणा गर्न थालेका छन. ।

त्यसो त साइलेण्ट डिप्लोम्यासीको कुरा उठाउने गिरिजाले प्रधानमन्त्रीमा कायम रहने शर्तमा सुस्ता क्षेत्र भातरलाई मोटो रकम लिएर बेचेकै हुन । हैन भने प्रम को हैसियतले सीमा मिचिदा समेत चुइक्क नबोल्नुका् अर्थ के । भोली सीमा विवादमा नेपाली जनताले धेरै हंगामा गरे साउथ वल्कले त्रि्रो फलानो नेताले यो अतिक्रमित भूमी पहिल्यै बन्दकी राखेर यति अर्व रुपैया लिएर गएको थियो भनेर प्रमाण देखाउन के बेर लगाउछन - हैन भने ठूला ठूला कुरा गर्ने नेता भारतले देशको हाक्का हाक्की सीमा मिच्दा किन केही बोल्दैनन - देश बेचेर प्रजातन्त्रको दुहाइ दिएर कोही पनि देश भक्त वा प्रजातन्त्रबादी हुनै सक्दैन त्यस्ता गददारलाई जनताविच लगी परिवार सहित जिउदै आगोमा हाली मारीदिनु पर्छ

Posted on:August 30, 2009, 2:55 am

Comments on above topic:

mongol gurung

सत्त्यालजी तपाईंको भनाइ र लेखाइ एकदम ठीक छ। हामी सबै नेपाली आफ्नो मार्तभुमिको लागि कसैले बिगारने र भ्हतकौने बिरुद्ध पसिना भये पसिन र रगत भये रगत पनि बगाउन तयार हुनु पर्छ जस्तो लाग्छ मलाई।

September 2, 2009, 8:47 pm
@67.247.36.97

Navin Shrestha

म सहमत छु, तँपाइको बिचार सँग । हामी लडाईं लड्न त सक्दैनौ, तर चीन लाई सहयोग को लागी आग्रह गर्न त सक्छौ । मलाई लाग्छ चीन ले सहयोग पनि गर्नेछ । आग्रह गर्ने बेला आएको हो कि?

August 31, 2009, 5:10 am
@82.167.171.131

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:

सैनिक शासन लागु गर्ने एमाले र कांग्रेसको मनस्थिति !‏

विश्लेषण आङ काजी शेर्पा किसान

संविधानसभाको पुनस्थापना र निर्वाचन दुवै हुनै नदिने !
पहिचान सहितको संघीयताको पक्षमा उत्पीडितहरुको सडक आन्दोलन चर्केमा ! सैनिक शासन लागु गर्ने एमाले र कांग्रेसको मनस्थिति !
एमाले र कांग्रेसलाई सैनिक शासन लागु गर्ने मनस्थितिमा पुग्नुका मुल कारणहरु

»More

संविधान सभा एकैछिन भए पनि पूनस्र्थापना हुनैपछ शोभाकर पराजुली, पूर्व सभासद् नेपाली काँग्रेस

Nepal Khabar

० तपाईँहरु पार्टी निर्णयविपरित जान खोजेको हो ? कसले भन्छ पार्टी निर्णयविपरित भनेर ? हाम्रो अभियान सबै लोकतान्त्रिक विकल्पलाई खुल्ला गर्न पार्टीलाई दबाबपूर्ण आग्रह मात्र हो । यसलाई पार्टी निर्णय विपरित भन्न मिल्दैन । ० पार्टीले त अब निर्वाचनमै जाने भनेर लिखित निर्णय गरिसकेको अवस्था हैन र ?

»More

अहिलेको विकल्प भनेको सर्वपक्षीय गोलमेचसभा नै हो

-राजेन्द्रप्रसाद चिमौरिया,

सीपी गजुरेल 'गौरव' सचिव, नेकपा माओवादी ० अन्तत पार्टी विभाजन भएको छ, अब कसरी अगाडि बढुनु हुन्छ ? एनेकपा माओवादी पात्र भित्र मौलाउादै गएको विकृति र अन्तयमा आएको नवसंशोधनवादीमा पतनको स्थिति थियो । त्यसकारण हामीले सम्वद्ध विच्छेद गरेका छौ । माओवादी पात्रको पुर्ननिर्माण भएको छ । अब हामी व्यवस्थित रुपले हाम्रो ऐतिहासिक राष्ट्रिय भेलाले पारित गरेको दस्तावेजहरुका अधारमा संगठन र संघर्षका कार्यक्रमहरु अगाडि बढाउछौ । दस्तावेजहरु तयार भएका छन् हामी त्यसलाई प्रकाशित गरौा ।

»More

संबिधान लेखनकै बिसयमा दलहरुबिच मतभेद

योगेन्द्र जोगी 'संघर्ष', yogendra.yogen@yahoo.com

०५२ सालदेखि ०६३ साल सम्मको दौरानमा नराम्रोसंग आन्तरिक द्वन्दको भुमरीमा फसेको नेपाल वृहत शान्ति संझौता ०६३ , ऐतिहाँसिक संविधानसभा निर्वाचन ०६३/०६४ हुँदै मुलुकको एउटा मुल कानुन नयाँ संविधान लेख्ने मोडमा आइपुगेको छ भने नेपाल पूर्ण रुपमा गणतन्त्रमय भइसकेको पनि करिव २ बर्ष हुन थालिसक्यो । शान्ति

»More

नालसभामा जारी लमजुङ घोषणा पत्र २०६६

नालसभा लमजुङ, घोषणा पत्र २०६६

लगभग छ सय वर्ष अघिदेखि गुरुङहरुले संचालन गर्दै आईरहेको नाल सभा ५८ वर्ष पछि लमजुङ स्थित बेशिशहरमा यहि २०६६ अशोज २५, २६ र २७ गते सम्पन्न भएको छ । गाँउघरका सानातिना झैझगडा, मुद्धामामिला गाँउका नाइके क्रबको रोहवरमा भद्रभलाद्मी बसेर मिलाउने, गाँउमा मिलाउन नसकेका विशेष प्रकृतिका मुद्धाहरु, एक गाँउदेखि अर्को गाँउसँग सम्वन्धित लेक, गोठ, खर्चरी, निगाला पुवा, भिर मह र मौरीको मुद्धा, जातभात सम्वन्धी मुद्धाहरुको बृहत छलफल गरी अन्तिम निर्णय गर्ने अधिकार नालसभालाई थियो । नालसभा न्यायालयतर्फको सर्वोच्च निकाय भएको हुनाले हरेक खालका गंभिर मुद्धाहरुको छिनोफानो हुने महत्वपूर्ण थलो थियो । उक्त नाल सभा स्वशासित र स्वतन्त्र संयन्त्र थियो । त्यहि परम्परालाई समयनाकूल आवश्यक परिमार्जन गर्दै तिन दिने बृहत छलफल बहस पश्चात तमू जातिको जातीय राजनैतिक, भाषिक, धार्मिक, साँस्कृतिक, सामाजिक, आर्थिक तथा न्यायिक अधिकार सुनिश्चित गर्न २१ बुंदे लमजुङ घोषणा पत्र २०६६ जारी गरिएको छ ।

»More

राष्ट्रपतिको कदम राजा ज्ञानेन्द्रको कु जस्तै हो- डा. भट्टर्राई

हरि बहादुर सारुमगर

Babu Ram Bhattarai नेकपा माओबादीका उपाध्यक्ष तथा वरिष् नेता बाबुराम भट्टर्राईले राष्ट्रपतिको बैशाख २० को असंवैधानिक कदम,राजा ज्ञानेन्द्रको माघ १९ को कु कदमको पुनराबृत्ति भएको बताउनु भएको छ । उहाले उक्त कदम सञ्चिए मात्र सहमति हुन सक्ने पनि बताउनु भयो । अर्घाखाचीको अर्घामा भएको जनसभा तथा सास्कृतिक कार्यक्रममा सहभागी भएर पाल्पा आईपुग्नु भएका डा.भट्टर्राईले सोमबार तानसेनमा भएको पत्रकार सम्मेलनमा यो कुरा बताउनु भएको हो । माओबादि नेता डा. भट्टर्राईले शान्तिपूर्ण संवादको ढंगले सहमति हुन नसके निर्णायक आन्दोलनको विकल्प नभएको बताउदै यसको लागि तिहारपछि नै आन्दोलन गर्ने तयारी भइृरहेको समेत खुलासा गर्नु भयो । त्यसैले एउटा हातमा सहमती र अर्को हातमा आन्दोलनको तयारीलाई लिएर आफुहरु जिल्ला जिल्लामा विभिन्न कार्यक्रम लिएर हिडिरहेको पनि खुलासा गर्नु भयो । डा.भट्टर्राईले राष्ट्रपतिको असंवैधानिक कदमका कारणले संविधान निमार्णमा ढिलाई भएको दावि गर्दे नेपाली जनताले एमाओबादिलाई ड्रार्इभर,नेपाली कांग्रेसलाई कण्डक्टर र नेकपा एमालेलाई खलासिको जिम्मा लगाई संविधान सभाको गाडि हाक्ने जिम्मा दिएकाले माओबादीको नेतृत्वमा राष्ट्रिय सरकार बनाई संविधान निमार्ण गर्नु पर्ने कुरा दोहोयाउनु भयो । क्र

»More

चिनलाई नगुहारी भएन , सुद फिर्ता जाउ

सञ्जीव सत्याल

मलाई याद छ, करिव ३५ वर्षपहिले झापा हो वा र्सलाहि क्षेत्रको नेपालको पातलो वस्ती भएको ूलै भूभाग भारतले रातारात कव्जा गरी अतिक्रमण गर्‍यो र नेपालसंग केही उपाय नभएकोले चुप बस्यो । तर त्यसको तीन दिन पश्यात त्यो अतिक्रमित ाँउमा रात भर कुनै हवाइ जहाजले बम हान्यो र भारतीय पक्ष त्यहावाट भोली पल्टै चुपचाप हट्यो । पञ्चायत कालमा यस्ता घटना बारम्वार हुने गरेका थिए । स्पष्ट छ, नेपाल आज पनि भारतसंग केही प्रतिवाद गर्न सक्ने हैसियत राख्दैन । ती वेला भारतले अतिक्रमण गरेका क्षेत्रमा बम हान्ने हैसियतमा नेपाल थिएन र आज पनि छैन । आज नेपाली राजनीतिमा भारतको निर्लज हस्तक्षेप भएकोले नेपालको राजनीति हदै सम्म भाँडिएको सवैले देखेकै छन् । उता सरकार र नेतृत्व तहलाई विभिन्न बहानामा कमजोर बनाएर भारत सयौ ाँउबाट नेपाल भारतको सीमा स्तम्भ उखेलेर अवशेष समेत नरहने गरी गायव गर्देछ मात्र नभएर अन्तराष्ट्रिय मान्यता विपरीत सीमामा नै नेपाल डुवाउने हेतु बाँध बनाउने अभियानमै लागेको छ । अवत नेपाली क्षेत्रमा भारतीय सीमा सुरक्षा वल प्रवेश गरेर दशौं हजार नेपालीलाई

»More

सीमा नक्सामा हस्ताक्षर गर्नुअघि सोचौं

स्रोत: र्इकान्तिपुर

बुद्धिनारायण श्रेष्ठ

नेपाल र भारतबीच तयार भएका १ सय ८२ थान सीमानक्सामा दुई देशका पदाधिकारीले चाँडै हस्ताक्षर गर्न लागेका छन् । केही समयपछि हुने प्रधानमन्त्रीको भारत भ्रमणका समय दुई परराष्ट्र सचिवले संयुक्त दस्तखत गर्नेछन् । वास्तवमा यस्ता तयारी नक्सा -स्टि्रप म्याप) मा कतिपय क्षेत्रको स्थलगत विवरण नमिलेको पनि देखिन सक्छ । यस्ता नमिलेका विवरण यथार्थरूपमा सुधार गरिएपछि मात्र संयुक्त हस्ताक्षरको काम गरिनुपर्छ । सुधार नगरी हतारमा हस्ताक्षर गरिए नेपाली नागरिक विदेशी बासिन्दामा परिणत हुन जाने र सीमा संकुचन भई नेपाल पछुताउनुपर्ने सम्भावना रहन्छ । यस्ता सीमानक्सा कुन हदसम्म शुद्ध तरिकाले बनाइएका छन् भन्ने कुरा भारतका विदेशमन्त्री प्रणव मुखर्जीको नेपाल भ्रमणका

»More

संविधानसभा र स्ववियु निर्वाचन

नारायण पंगेनी

संविधानसभाको चुनाव सम्पन्न भएको आगामी चैत्र २८ गते एक वर्षपुग्दैछ । संविधानसभाको चुनाव सम्पन्न भएको करिव एक वर्षो अन्तरालमा त्रिभुवन विश्व विद्यालय नेपाल संस्कृत विश्व विद्यालय मातहतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव सम्पन्न भएको छ ।

»More

राज्यको पुनर्संरचनामा राज्यको दायित्व

विजयकुमार
श्रेष्ठ धादिङ, (हाल इराक)

संघीयताको आवश्यकता किन ?
नेपाल बहुजातिय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो भन्ने कुरा घामजत्तिकै र्छलङ्ग छ । तथापि यो देशमा १४० बर्षम्म एकजाति, एक धर्म, एकभाषा, एक संस्कृतिको शासन रहृयो ।

»More