Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

पर्यटनको नारा बोकेको पाल्पामा पर्यटक आगमनकै अनभिज्ञता

पाल्पा २६ कार्तिक - देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि सुदूर पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।

यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र -
देशको अन्य पर्यटकिय स्थल जस्तै पाल्पालाई पनि मान्न सकिन्छ । पाल्पामा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकक ह्रवात्तै बृद्धि भएको छ । विगत देखि नै पाल्पाका सरकारी कार्यालय देखि हरेक संघ संस्थाको नारा बनेको छ शिक्षा, स्वास्थ्य र पर्यटन । पाल्पामा यस वर्षमात्र होइन गत वर्षकति पर्यटक आए भन्ने तथ्याङ्क न त जिल्ला विकाश समितिमा छ न त पाल्पाको एक मात्र तानसेन नगरपालिकामा छ ।
यि मात्र होइन पाल्पामा पर्यटन सम्बन्धी जानकारी दिने संस्था गेटअप पाल्पा, होटल संघ जस्ता यस सम्बन्धी सरोकारवाला संघसंस्थाहरु पनि नभएका होइनन् तर कही छैन यस सम्बन्धी तथ्याङ्क । जिल्लामा त्यस्तो तथ्याङ्क राख्ने भनी सम्बन्ति मन्त्रालयबाट कुनै निर्देशन नभएको भनाइ छ पाल्पाका स्थानिय विकाश अधिकरी बद्रीनाथ घिमिरेको । तेस्रो मुलुकबाट पाल्पा आउने पर्यटकहरुको तथ्याङ्क प्रहरी सग हुने स्थानिय विकाश अधिकारी घिमिरेले बताए पनि प्रहरी सग पनि यकिन डाटा छैन् ।
जिल्लाको कुरा मात्र होइन तानसेन नगरपालिकामा मात्रै कति पर्यटक भित्रिए भन्ने कुरा नगरपालिकालाई पनि थाहा छैन । साठी जना कर्मचारी रहेको यो नगरपालिकमा चार जना पर्यटन कर्मचारी भनेर नै छुट्याइएको छ तर उनीहरुको काम श्रीनगर डाडामा फोहर सफा गर्ने र आफ्नै कार्यालय सफा गर्ने रहेको छ । अहिले सम्म यस सम्बन्धमा नसोचिएको नगरपालिकाको कार्यकारी अधिकृत टीकाराम ज्ञवालीले बताए ।
जिल्ला विकास समिति,पाल्पा, पाल्पा उधोग बाणिज्य संघ, तानसेन नगरपालिका,ब्यापार ब्यवसायी र अन्य सरोकारवाला संस्थाहरुको मुख्य नारा नै शिक्षा, स्वास्थ्य र पर्यटन छ भने सबैको योजनामा पाल्पालाई पर्यटन क्षेत्रको रूपमा बिकास गर्नुपर्ने मान्यता रहेको छ ।
पाल्पा जिल्लामा अहिले दैनिक बाह्य र आन्तरिक गरी २ सय भन्दा बढी पर्यटकहरू घुम्न आउने होटल ब्यबसायीहरूको अनुमान छ । यसअघि पनि थुप्रै पत्रपत्रिकामा यस्तै अनुमानका भरमा समाचारहरु आउने गरेका छन् । जिल्लाका सरोकारवाला संघ संस्थाले एक महिना मात्रै तथ्याङ्क संकलन गर्ने हो भने पनि मोटामोटी तथ्याङ्क आउने थियो तर ती संस्थाहरु जिल्लाका राजनीतिक दलहरुबाट परिचालित भएकाले पनि यस सम्बन्धि ध्यान नदिइएको भनाइ धेरैको छ ।
जिल्लाको तानसेन नगर देखि भैरवस्थान,रानीघाट, खानीगाउ, श्रीनगर, झडेवा, मदनपोखरा, रामपुर,कसेनी लगायतका गाउहरु मात्र होइन भौगोलिक, धार्मिक र एतिहासिक महत्वका ठाउहरु पनि पाल्पाका चिनारी बनेका छन् पर्यटन पर््रबर्द्धनका लागि ।
जिल्ला सदरमुकाम तानसेनमा बाह्य पर्यटकलाई मार्गदर्शकको रूपमा काम गरिरहेको गेट अप पाल्पाले जाडो मौसममा पर्यटक बढी भित्रिने बताए पनि यति नै पर्यटक आउछन् भन्ने कुनै तथ्याङ्क दिन सक्दैन ।
पाल्पालाई पर्यटन क्षेत्रको रूपमा विकास गर्ने सरकारको योजनामा पनि भएको भनी जिल्ला बोर्डमा समेत छलफल हुने गरेको छ । पाल्पामा आन्तरिक तथा बाह्य पर्यटन प्रबद्धन गर्नुपर्नेमा यहा आउने सबै मन्त्रीले बताउछन् भने वर्षोनी उद्योग वाणिज्य संघ पाल्पाले पनि पर्यटन विकाश गर्न को लागि पाल्पा महोत्सव पनि गर्दै आएको छ । गणतान्त्रिक नेपालमा पनि पुरानै पाराले यस्ता कुराहरुमा भाषण गर्दै मात्र हिड्ने हो भने के नया नेपालको सपना साकार होला ।
तस्विरः पाल्पाको तानसेनमा मंगलवार देखिएका विदेशी पर्यटकहरु
तस्विरः नारायण पंगेनी


Posted on:2008-11-11 04:17:40





Comments on above topic

installment loans

ufvadmh installment loans :-O money mutual ugDBm payday loans >:-[

October 28, 2014, 10:45 am
@62.210.91.186

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा

कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट
सम्पर्क नं. ९८४१७२९९०७,९८१३४५९१३२

लाई सफल बनाउन आन्तरिक पर्यटनको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भए पनि त्यसका लागि आवश्यक तयारी भरपर्दोरूपमा भएको पाइँदैन । प्राकृतिक र सांस्कृतिक दुवैरूपमा अनुपम रहेको नेपालमा नयाँनयाँ गन्तव्यको विकास गरी आन्तरिक र बाह्य दुवै पर्यटनमा नयाँ आयाम थप्न सकिनेतर्फ पर्याप्त ध्यान पुग्न अझै बाँकी नै देखिन्छ । पोखरा, चितवन, लुम्बिनी, काठमाडौँ उपत्यका र उच्च हिमाली भेगलगायतका केही क्षेत्रमा मात्र पर्यटन गतिविधि सीमित राखेर न त कुनै पर्यटन वर्ष आशातीतरूपमा सफल हुन्छ, न पर्यटन उद्योगको माध्यमबाट नेपाली जनताको मुहारमा सम्पन्नताको दिगो खुसियाली ल्याउन सकिन्छ ।

»More

ईतिहासभित्र गुरुङ जातिको आदिमथलो

आश गुरुङ प्रतीक लमजुङ /तस्वीरः विर्खराज गुरुङ

okhalpicthumbnail क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । गण्डकी अञचल,लमजुङ जिल्ला घनपोखरा गाउँ विकास समिति वडा नं। ८, को लेकमा पर्ने यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ । पुराना मावनवस्ती अनि घरका भग्नावशेषहरु खण्डहरको रुपमा परिणत भएको छ । हालको गुरुङवस्तीवाट निकै टाढा । सवैभन्दा नजिक मानिएको लमजुङको भुजुङ-पसगाउँ र कास्कीको ताङतिङ-सिक्लेसवाट साढे दुईदिनमा पुग्न सकिने क्होला सोँथर अर्थात क्होला सोँप्रे कुनै समय गुरुङहरुको राजधानी थियो । मंगोलमा गुरुङहरुको उत्पत्ति भएपछि तिब्बत हुँदै क्होलामा आएर गुरुङहरुले आदिमराज्य कायम गरेको इतिहासमा उल्लेख छ ।

»More

पर्यटनको नारा बोकेको पाल्पामा पर्यटक आगमनकै अनभिज्ञता

पाल्पा २६ कार्तिक - देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि सुदूर पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।

यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र

»More