Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

ईतिहासभित्र गुरुङ जातिको आदिमथलो

आश गुरुङ प्रतीक लमजुङ /तस्वीरः विर्खराज गुरुङ

क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । गण्डकी अञचल,लमजुङ जिल्ला घनपोखरा गाउँ विकास समिति वडा नं। ८, को लेकमा पर्ने यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ ।

bhagnabasesh पुराना मावनवस्ती अनि घरका भग्नावशेषहरु खण्डहरको रुपमा परिणत भएको छ । हालको गुरुङवस्तीवाट निकै टाढा । सवैभन्दा नजिक मानिएको लमजुङको भुजुङ-पसगाउँ र कास्कीको ताङतिङ-सिक्लेसवाट साढे दुईदिनमा पुग्न सकिने क्होला सोँथर अर्थात क्होला सोँप्रे कुनै समय गुरुङहरुको राजधानी थियो । मंगोलमा गुरुङहरुको उत्पत्ति भएपछि तिब्बत हुँदै क्होलामा आएर गुरुङहरुले आदिमराज्य कायम गरेको इतिहासमा उल्लेख छ ।

पहिले तितरवितर अवस्थामा रहेका गुरुङहरु त्यतिवेला मृगको शिकार गरेर खान्थे । विस्तारै मनोचेतना आएपछि उनीहरुले पछिल्लो सयम त्यहीँ घर बनाएका हुन् । ढिकीजाँतो गरि उनीहरुले बनेलु फलफूल ल्याएर खान थाले । यकिन तथ्य मिति थाह हुन नसकेपनि यो समय पाँचसय देखि एकहजार वर्षविचको अनुमान गरिएपनि एकीन समय थाह हुन नसकेको गुरुङ्ग इतिहासविदहरुले वताएकाछन् ।

okhalसवै गुरुङहरु एकजुट भएर वसिरहेको क्होलामामा तत्कालीन समयमा तीनटोल थियो । क्होलः डाँडाको दक्षिणी भेगमा अर्थात सवै भन्दा तल मु क्होला, बीचमा पु क्होलः र उपल्लो मु क्होलः गरि सोँथर अर्थात सोँप्रे टोलमा विभाजित छ । मु क्होलःमा ७० देखि ८० वटा घरहरु रहेको अनुमान गरिएको छ । त्यस्तै, पु क्होलःमा दुईवटा दरबारसहित २० वटा घरकुरियाहरु र तेश्रो वस्तीमा ५० वटा घरकुरियाहरु छर्लङ्ग रुपमा रहेको छ ।

सवैभन्दा तल रहेको मु क्होलःमा हाल देखिएका भग्नावशेषहरुको अध्ययन गर्दा मु क्होलको पनि मध्यभाग र त्यसको दाँया-वाँया गरी तीन ठाउँमा बस्ती बसेको पाईन्छ । गुरुङ पुरोहित तथा गुरुङ शास्त्रमा उल्लेख भएअनुसार ८० घर हुनुपर्नेमा सन् २००१ मा क्याम्ब्रीज विश्वविद्यालय, नेपाल पुरातत्व विभाग र तमू प्ये ल्हु संघको प्रथम संयुक्त अनुसन्धान र उत्खनन्बाट जम्मा ६० वटा घरको भग्नावशेष फेला पारिएको उल्लेख छ । हाल क्होलः छोजधिँको आगनमा ढुङ्गाको चार फिट छ इन्च अग्लो खम्बा गाढिएको छ । पूर्व प्राज्ञ डाक्टर जगमान गुरुङ भन्छन्, त्यो खम्बा क्होलः राज्यको मौलो हो, यसलाई त्हो युमः अर्थात मौलो ढुङ्गाको रुपमा मान्यता दिई आदर सम्मान गर्नु पर्छ ।

ghokhalnethaunक्होलः सोँथर अर्थात सोँप्रेको वास्तविक अवस्था तथा अध्ययन अनुसन्धानका लागि पछिल्लोपटक गुरुङ बुद्धिजीविहरु सहितिको एक टोलीले भ्रमण समेत गरेको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको प्रायोजन तथा तमू हृयुल छोजधिँ गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समितिको आयोजनामा पूर्व प्राज्ञ डा। जगमान गुरुङको संयोजकत्वमा तमू विद्वानहरुको २७ सदस्यीय टोलीले गत जेठ १ देखि १० गते सम्म क्होलःको स्थलगत भ्रमण गर्यो । क्होल सोँप्रे ट्हो र गुरुङ सामुदायबीचको भावनात्मक सम्बन्ध प्रष्ट्याउने, तत्कालीन समयमा हाम्रा पुर्खाहरु क्होलः छाडेर अन्यत्र लाग्नु पर्ने कारणहरु पत्तालगाउने, त्यहाँ रहेको पुरातात्विक वस्तुहरुको अभिलेख राख्ने, अन्वेषणका लागि भग्नावशेषहरुको संरक्षण गर्न सुझाव तयार गर्ने र क्होलः को राष्ट्रिय तथा अन्तराष्टि्रय महत्वलाई स्पष्ट पार्ने उद्देश्यका साथ अध्यन अनुसन्धनका लागि भ्रमण गरेको तमू हृयूल छोँजधिँका प्रचार सचिब धनमान गुरुङले वताए । उनका अनुसार आगामी असार २७ गते अध्ययन अनुसन्धानको भ्रमण टोलीले क्होलः को वारेमा प्रतिवेदन सार्वजनिक गर्दैछ ।

लमजुङ हिमालको दक्षिणीभेग र अन्नपूर्ण दोश्रोको दक्षिणपूर्वीमा पर्ने क्होलः छोजधिँको पूर्वतर्फ ठूल्ठूला ढुङ्गाको छप्पनी छापिएको भग्नावशेष छ । यसलाई क्होंइँबोधिँ मानिएको छ । केही वर्षअघि सम्म क्होलः राज्यको छोजधिँ -सभाघर० देखि दक्षिणपट्ट जाँतोको ढुङ्गा एउटा रुखको टुप्पामा रहेको थियो र सो रुख क्होलः सोँप्रेँ ट्होँको एउटा आकर्षक थियो तर अहिले कहाँ थियो भन्ने देखिँदैन ।

jhomaसमुद्री सतहबाट निकै उचाईमा भएका कारण क्होलः क्षेत्र मंसीरदेखि फागुन सम्म चार महिना हिँउले ढाकिएको हुन्छ । देवदार, सल्लो, बाँझ, खस्रु, भोजपत्र, पैंयू र विभिन्न रङ्गमा फुल्ने गुराँसको घना जंगल रहेको र जंगलबीचमा तीन गाउँमा क्होलः सोँथरको भग्नावशेषहरु रहेका छन् । गुरुङहरुले हजारौ वर्षसम्म आवाद गरेको आदिम थलोलाई ऐतिहासिक, धार्मिक, सांस्कृतिक, भाषिक, सामाजिक, नीति नियम, शासन प्रशासन र जैविक पक्षबाट अति नै महत्वका साथ लिइएको छ । शास्त्रअनुसार क्होलःबाट गुरुङहरुको राज्य संचालन भएको उल्लेख गुरुङ शास्त्रहरुमा पाइन्छ । यहाँबाट पश्चिममा मादी नदीको शिर करु भन्ने स्थान देखि पूर्वमा मिदिम खोलाको शिरसम्म, दक्षिणमा क्रबुच्हों र उत्तरमा दूधपोखरीसम्म क्होलः राज्य फैलिएको थियो । इतिहास र शास्त्र अनुसार मादी र मर्स्याङ्दीको बीच तथा मर्स्याङदीको शिरानका दायाँ वायाँको इलाका लमजुङ चारनाल र उँभोखोलामा गुरुङहरुको स्वायत्त शासन कायम थियो । गुरुङहरुको आदिम राज्य व्यवस्था पनि गणतन्त्रात्मक पद्धति अनुरुपको थियो । घलेहरु त्यसबेला राजा थिए तर मुलुकको शासनमा प्रत्यक्ष जनताको हात रहेको हुन्थ्यो । तत्कालिन गुरुङहरुको राज्यनीतिमा जनमतको कदर हुन्थ्यो र जनभावना अनुसार राज्य सञ्चालन हुन्थ्यो ।

 

studygroupहिमालको काखमा भएका कारण क्होलः सोँथर अर्थात क्होलः सोँप्रे सुन्दर प्राकृतिक दृश्यहरुले सजिएको छ । विभिन्न जातका जंगली जीवजनावरहहरु बाघ, भालु, मृग, ब्वाँसो, थार, घोरल, कस्तुरी, झारल, डाँफे-मुनाल पाइनुका साथै खुल्ला र ठूल्ठूला खर्क खर्चरी र चरनहरु रहेकाले मौसमी रुपमा चरिचरनका लागि भेडीगोठहरु लगिने गरिन्छन् । क्होलःदेखि पूर्व दक्षिणमा रहेको क्रबुडाँडा, कुदबिच्हाँ, खुइदो, र ठीक पूर्वमा रहेको चोम्रोँ, च्रि्रेँ, हाजु, तप्रोँ र म्रुँधिँच्हो लागयतका स्थानहरु पुरातात्विक दृष्टिले महत्वपूर्ण छन् । क्होल सोँप्रेँ ट्हाँबाट मनाङ जाने बाटोमा स्थित थुर्जु -नुन भन्सार० र नामुन भञ्याङ पनि ऐतिहासिक एवं पर्यटकीय दृष्टिले महत्वपूर्ण् छ । जैविक विविधताले भरिएका सुन्दर खर्कहरु तथा अनुपम भौगोलिक बनोटहरु यस क्षेत्रको आकर्षणका केन्द्रविन्दुहरु हुन् । पुरातात्विक र ऐतिहासिक वस्तुहरुको भण्डार नै भएकाले पनि यस क्षेत्रमा पर्यटनहरुलाई आकरि्ष गर्ने प्रशस्त वस्तुहरु र ठाउँहरु रहेकाछन् ।

गुरुङहरुको पुख्र्यौलीवस्ती क्होलः हो भन्दा धेरैलाई पत्याउन गाह्रो हुन्छ । मुस्किलले भेडीगोठहरुमात्रै पुग्ने सो स्थानवाट गुरुङहरु विस्थापित हुनका कारण खोजिको विषय बनेको छ । नेपाल तथा अन्य मुलुकहरुमा समेत छरिएर रहेका गुरुङहरुको एउटैमात्र ऐतिहासिक तथा आदिम थालोको रुपमा चिनाउन गुरुङ बुद्धिजीविहरु लाग्नुपर्ने देखिन्छ । हरेक जातिले आफ्नो जन्मभूमि र पुख्र्यौली भूमिलाई पवित्र स्थलको रुपमा मान्ने गर्छन् । त्यसैले पनि क्होलः सोँथर आफैँमा एउटा ऐतिहासिक स्थल हो, जुन ठाउँमा महत्वपूर्ण पुरातात्विक वस्तुहरुले भरिएको छ । त्यसैले त्यस क्षेत्रको संरक्षण गरि ऐतिहासिक स्थलको रुपमा विकास गर्नु अति आवश्यक छ । यसका लागि राजनीतिक स्वार्थ र ब्यक्तिगत स्वार्थवाट माथि उठ्नुपर्ने जरुर देखिन्छ । हिँड्दै, पाईला मेट्दै भन्नेु उखानसंग अब गुरुङहरु दौडिन थालेभने आफ्नो इतिहास र पूख्र्यौली थलोको विकास संभव छैन ।


Posted on:July 4, 2009, 10:33 pm





Comments on above topic

Nokh Gurung,Ghanpokhara

धन्याबद बुद्धी जी, यस्तो कुरा सबैलाई ज्ञान दिहेकोमा I

November 18, 2011, 12:15 am
@86.96.98.31

santos gurung

This is Superb! I'm sure i'm gonna visit this place ( feels so proud to include this in my next target list) when i come to Nepal. Thanks to everyone for all those valuable infos about our Tamu History.

February 24, 2011, 8:05 am
@219.79.203.83

Huma Gurung

Thank you very much to you all guys for giving such important information and congratulation for doing such and i wish to you all entire team for best of luck.Cheers

January 11, 2011, 3:32 am
@115.187.16.1

krishna tamu

thanks for giving such a important information about our past.I am feeling so proud that we also have a beautiful history in past.

September 5, 2010, 6:51 am
@79.170.6.218

lok gurung

thanks for information. today i am proud to say that we gurung(sapri) ancistor live in LOO.

July 8, 2010, 11:40 pm
@202.51.78.8

prakash gurung

thanks bro gurung bhai patrakar bhayera yeti bhujna paiyo gurung ko barema again thanks

March 5, 2010, 8:36 pm
@115.187.16.1

Milan gurung

thank's la ! yo lekh ta ajhai kamti vayenara ? ajhai dherai lekhana yaar !!!

October 21, 2009, 8:55 am
@86.96.228.87

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




पर्यटनको सम्भावित गन्तव्यस्थल लिगलिगकोट अझै ओझेलमा

कस्तुप देबकोटा
आँपपिपल-२, राउतेपानी, गोरखा
हाल नुवाकोट एफ. एम. १०६.८ मेगाहर्ज
महामण्डल-२, नुवाकोट
सम्पर्क नं. ९८४१७२९९०७,९८१३४५९१३२

लाई सफल बनाउन आन्तरिक पर्यटनको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भए पनि त्यसका लागि आवश्यक तयारी भरपर्दोरूपमा भएको पाइँदैन । प्राकृतिक र सांस्कृतिक दुवैरूपमा अनुपम रहेको नेपालमा नयाँनयाँ गन्तव्यको विकास गरी आन्तरिक र बाह्य दुवै पर्यटनमा नयाँ आयाम थप्न सकिनेतर्फ पर्याप्त ध्यान पुग्न अझै बाँकी नै देखिन्छ । पोखरा, चितवन, लुम्बिनी, काठमाडौँ उपत्यका र उच्च हिमाली भेगलगायतका केही क्षेत्रमा मात्र पर्यटन गतिविधि सीमित राखेर न त कुनै पर्यटन वर्ष आशातीतरूपमा सफल हुन्छ, न पर्यटन उद्योगको माध्यमबाट नेपाली जनताको मुहारमा सम्पन्नताको दिगो खुसियाली ल्याउन सकिन्छ ।

»More

ईतिहासभित्र गुरुङ जातिको आदिमथलो

आश गुरुङ प्रतीक लमजुङ /तस्वीरः विर्खराज गुरुङ

okhalpicthumbnail क्होलः सोँथर अर्थात क्होलः सोँप्रे गुरुङ -तमूहरुको आदिम थलो हो । गण्डकी अञचल,लमजुङ जिल्ला घनपोखरा गाउँ विकास समिति वडा नं। ८, को लेकमा पर्ने यो ठाउँ समुन्द्री सतहदेखि करीब तीनहजार तीनसय ३० देखि चारहजार दुईसय मीटरको उचाईमा रहेको छ । पुराना मावनवस्ती अनि घरका भग्नावशेषहरु खण्डहरको रुपमा परिणत भएको छ । हालको गुरुङवस्तीवाट निकै टाढा । सवैभन्दा नजिक मानिएको लमजुङको भुजुङ-पसगाउँ र कास्कीको ताङतिङ-सिक्लेसवाट साढे दुईदिनमा पुग्न सकिने क्होला सोँथर अर्थात क्होला सोँप्रे कुनै समय गुरुङहरुको राजधानी थियो । मंगोलमा गुरुङहरुको उत्पत्ति भएपछि तिब्बत हुँदै क्होलामा आएर गुरुङहरुले आदिमराज्य कायम गरेको इतिहासमा उल्लेख छ ।

»More

पर्यटनको नारा बोकेको पाल्पामा पर्यटक आगमनकै अनभिज्ञता

पाल्पा २६ कार्तिक - देशमा शान्ति स्थापना सगै पर्यटन आगमनमा निकै बृद्धि भइरहेको छ । पर्यटन प्रबद्धनका लागि राजधानी देखि सुदूर पश्चिमका जिल्लाहरुमा समेत थुप्रै महोत्सवहरु भइरहेका छन् ।

यद्यपी पर्यटन प्रबर्द्धन भइरहेको बताए पनि कुन कुन जिल्लामा पर्यटकहरुको आगमन कति छ भन्ने कुराको तथ्याङ्क नै छैन । अहिले थुप्रै पर्यटकीय र पर्यटन उन्मुख जिल्लाहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुको हृवात्तै बृद्धि भएको छ । तर पर्यटकको तथ्याङ्क लिन पर्यटन मन्त्रालय नै धाउनु पर्छ । जिल्ला जिल्लामा यसको तथ्याङ्क छैन भने मन्त्रालयको तथ्याङ्क कति वास्तविकता होला भनेर कसरी विश्वास गर्न सकिएला र

»More