Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

२०६६ साउन ३१ र ३२ गते वुटवलमा सम्पन्न नेपाल पत्रकार महासंघ पश्चिमाञ्चल सभाषदहरुको सम्मेलनवाट पारित महत्वपूर्ण १९ बुँदे प्रस्तावहरु

आश गुरुङ 'प्रतीक'

२०६६ साउन ३१ र ३२ गते वुटवलमा सम्पन्न नेपाल पत्रकार महासंघ पश्चिमाञ्चल सभाषदहरुको सम्मेलनवाट पारित महत्वपूर्ण १९ बुँदे प्रस्तावहरु

१. संविधान निर्माण प्रक्रियालाई अगाडि बढाएर निर्धारित समयमै संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पुरा गर्न सवै राजनीतिक दलहरु सहमतिपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता भएकाले त्यो वातावरण तयार गर्न सरकार र सरोकारवालाहरुबाट उचित पहल होस भन्ने आग्रह गर्दछौँ ।

२. अव बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रावधान राखिनुपर्छ । जस्ले गर्दा संकटकालमा समेत पे्रेस स्वतन्त्रता खोसिने तथा प्रेस र अभिब्यक्ति स्वतन्त्रता माथि कतैवाट पनि प्रहार हुन नसक्ने वातावरण तयार गरिनुपर्दछ ।

३. विभिन्न सूचना र समाचार प्रवाह गरेकै कारण संचारकर्मी र संचारमाध्यम माथि धम्की, आक्रमण तथा अपहरण लगायतका घटनाहरु घटिरहेको वर्तमान अवस्थामा संचारकर्मी र संचाारमाध्यम माथि हुने गरेका सवैखाले आक्रमणको विरोध गर्दै सुरक्षाको पूर्ण प्रत्याभूति दिन र दोषीलाई कानुन बमोजिम कार्वाही गर्न जोडदार माग गर्दछौँ ।

४. विभिन्न संगठित र असंगठित समूह एवं अन्य विभिन्न क्षेत्रवाट संचारकर्मी र सञ्चारमाध्यम माथि दिईने धम्की र आक्रमण तथा विभिन्नखाले व्यवसायिक समुह र उनीहरुबाट सञ्चारमाध्यममा गरिएको लगानीका कारण त्यस्ता सञ्चार माध्ययममा संलग्न सञ्चारकर्मीहरुको सम्पादकीय स्वतन्त्रता समेत हनन हुने खालका घटनाहरु भैरहेकोले सम्पादकीय स्वतन्त्रता हनन् हुन नदिनको लागि महासंघ लगायतका संस्थाले गम्भीरतापूर्वक आवाज उठाउन र राज्यले उचित वातावरण श्रृजना गर्नुपर्ने ठहर यो सम्मेलनले गर्दछ ।

५. विगत अर्थात् द्वन्द्वकालमा एवं विभिन्न खाले द्वन्द्वका मारमा परेका पीडित पत्रकारहरु लाई उचित क्षतिपूर्ति र दोषीहरु माथि कारवाही गरिनुपर्छ ।

६. श्रमजीवि पत्रकार ऐनको कार्यान्वयन हुन नसक्दा पत्रकारहरुको पेशागत सुरक्षाको सवाल गंभीर बनिरहेको छ । तर्सथ यो सम्मेलन श्रमजीवि पत्रकार ऐनको पूर्ण कार्यान्वयन गरि पत्रकारहरुको पेशागत सुरक्षाको ग्यारेन्टी गर्न माग गर्दै ऐनको कार्यान्वयन नगर्ने सञ्चारमाध्यम लाई राज्यले दिदै आएको सेवा सुविधाबाट बञ्चित गर्ने वातावरण तयार गरिनुपर्छ भन्ने माग गर्दछौं ।

७. नेपाल पत्रकार महासंघले विगतमा पेश गरेको २६ बुँदे अवधारणापत्र र १५ बुँदे मागका सम्बन्धमा राज्इले तत्काल ध्यान दिनुपर्नेमा सम्मलेनले जोडदार माग गर्दछ र ०६५ पुसमा महासंघ र सरकार विच भएको १० बुँदे सहमति तत्काल कार्यान्वयन गर्न माग गर्दछौं ।

८. विभिन्न सरकारी तथा नीजि सञ्चारमाध्यममा कार्यरत् श्रमजीवि पत्रकारहरु लाई आस्थाको आधारमा र विभिन्न वाहनामा सञ्चार माध्यमबाट निष्काशन गर्ने क्रम नरोकिएको कारण सञ्चारकर्मी लाई निष्काशन गर्ने क्रम तत्काल बन्द गर्न र निष्काशन गरिएका लाई पर्ुनवहाली गर्न माग गर्दै त्यस्तो प्रवृत्ति आगामी दिनमा रोकिने नीति तयार गर्न सरकार सँग माग गर्दछौं ।

९. देशभरका पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको संस्थागत र भौतिक विकासको लागि सरकारले अनुदान एवं विभिन्न खाले सहयोगको नीति अगाडी ल्याईनुपर्ने कुरामा सम्मेलनले जोड दिन्छ ।

१०. सूचना र प्रविधिमा भैरहेको वृहत्तर र तीव्र विकासको क्रमले हाम्रो परम्परागत पत्रकारितालाई ठुलो चुनौती दिईरहेको छ । यस पर्रि्रेक्ष्यमा सम्पूर्ण पत्रकारहरु लाई पेशागत सफलता प्राीप्तीको लागि उनीहरुको क्षमता अभिवृद्धि पहिलो आवश्यकता भएकोले यस तर्फस्वयं पत्रकार, विभिन्न संस्था र सरकारले पनि उचित नीति र वातावरण तयार गर्न उचित पहल गरियोस् ।

११. पत्रकारहरु र सञ्चारगृहको पेशागत र व्यवसायिक क्षमता अभिवृद्धि गर्नको लागि आवश्यक पर्ने सञ्चार उपकरण तथा अन्य आवश्यक सामाग्रीहरु सहुलियत दरमा उपलब्ध गराउने नीति तत्काल ल्याईयोस् र सञ्चारकर्मी र सञ्चारकर्मीहरुको लागि सरकारी एवं अन्य निकायबाट प्रदान गरिने सेवा सुविधा टेलिफोनर्,र् इन्टरनेट, विजुली आदिमा सहुलियत दिने नीति तयार गरियोस् ।

१२. वर्तमान अवस्थामा अनलाईन पत्रकारिता प्रतिको आर्कषण र यसको महत्व पनि बढ्दै गएको छ । तर्सथ यसलाई पनि छापा र विद्युतिय सञ्चार माध्यम सरह वर्गीकरण गरि विभिन्न सुविधा दिने नीति ल्याईयोस् ।

१३. कुनैपनि सञ्चार माध्यममा कार्यरत् सञ्चारकर्मी र उनीहरुले प्रयोग गर्ने उपकरणको सम्बन्धित सञ्चार माध्यम बाटै विमा/जीवनविमा गर्ने खालको नीति तयार गरियोस् ।

१४. फोटोग्राफी/भिडीयोग्राफी विधामा प्रतिलिपि प्रयोग गर्नेक्रम बढ्न थालेकोले त्यस्तो क्रियाकलाप गर्ने जो सुकैलाई पनि प्रतिलिपी अधिकार ऐन अर्न्तगत कारवाही गरियोस् ।

१५. सरकारले सञ्चार माध्यमहरु लाई दिने विज्ञापन सम्बन्धमा तयार गरेको समानुपातिक विज्ञापन नीति तत्काल कार्यान्वयन गरियोस् र मोफसलको विज्ञापन मोफसलकै सञ्चार माध्यमहरु लाई नै दिने नीति तत्काल ल्याईयोस्

१६. नेपाल पत्रकार महासंघको विधान संशोधन गर्नुपर्ने आवाज पनि उठीरहेकोले विद्यमान विधानलाई थप समाबेशी र लोकतान्त्रिक बनाउन समयानुकुल संशोधन गरियोस् ।

१७. पत्रकारहरुले पनि पत्रकार आचारसंहिता लाई पालना गर्नुपर्नेमा सम्मेलन जोड दिन्छ ।

१८. पश्मिाञ्चल विकास क्षेत्रकै कपिलबस्तु जिल्लाका पत्रकार तथा नेपाल पत्रकार महासंघ कपिलवस्तु शाखाका कोषाध्यक्ष सी.पी. शर्माको केहीदिन अघि सवारी दुर्घटनामा परि दुखद निधन भएकोमा शोक प्रस्ताव पारित गर्दै दिवंगत पत्रकार शर्मा प्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौं । साथै वहाँमा आश्रति परिवारका सदस्यलाई राहतका लागि महासंघ केन्द्रिय समितिले पहल गरिदिन आग्रह गर्दछ ।

१९. नेपाल पत्रकार महासंघका सभाषदहरुको सम्मेलनको आतिथ्यता गर्ने पत्रकार महासंघ रुपन्देही शाखालाई धन्यवाद दिदै यो सम्मेलनमा सहयोग पुर्‍याउने सबैलाई धन्यवाद ज्ञापन गर्दछ ।

नेपाल पत्रकार महासंघ


Posted on:August 20, 2009, 8:27 am





Comments on above topic:

payday loans

przakfg payday loans :-O payday loans VUCoEg payday loans iyKRDb payday loans 8]]] payday loans 1740 payday loans gmzNGR

November 24, 2014, 1:31 am
@62.210.91.186

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज बसेको बैठकले विराटनगर, जनकपुर, महेन्द्रनगर, चितवन र मुगु लगायत मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि श्रृङ्खलाबद्धरुपमा भएका आक्रमणका घटनाको विरोधमा दोस्रो चरणको देशव्यापी कार्यक्रम घोषणा गरेको छ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान लिनेगरी आक्रमण भएको दर्ुइ साता पूरा हुँदासमेत घटनाका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई पक्राउ गरी कानुनको दायरामा नल्याएकोमा बैठकले सरकारप्रति खेद व्यक्त गरेको छ । बैठक सो घटनाका मुख्य योजनाकार बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ ।

»More

"राम्रो छ, राम्रो गर्दै जानुस्"

ज्योती गुरुङ

१० पौष पोखरा
आफ्नो प्रकाशनको सय अङ्कमा प्रवेश गरेको गोल्डेन न्यूज पत्रिकाका र्समर्थक तथा शुभचिन्तकहरुले पत्रिकाले छोटो समायमा धेरै उपलब्धी हाँसिल गरेको भन्दै गन्तव्यमा पुर्‍याउन आफ्नो र्समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । उनिहरुले बिगतमा भएका राम्रा कुरालाई निरन्तरता दिँदै कमीकमजोरी सच्याएर अघि बढ्न पनि उनीहरुले आग्रह गरे । पत्रिका सय अङ्कमा प्रवेश गरेका उपलक्ष्यमा सुनौलो पब्लिकेसन्स प्रालिले बिहीवार पोखरामा आयोजना गरेको समीक्षात्मक छलफल कार्यक्रममा बोल्दै उनीहरुले पत्रिकासँग हातेमालो गरी अघि बढ्न आफूहरु इच्छुक रहेको बताए ।

»More

नेपालमा पत्रकारहरुको जीवन खतरामय

डम्बर सुब्बा

एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष बिष्ण निष्ठुरीले नेपालमा पत्रकारहरुको जीवन आतंकवादी, तस्करी तथा पार्टीका कार्यकर्ताबाट खतरमयमा रहेको बताउनु भएको छ । गत डिसेम्बर २ तारिख देखि कोरियाको राजदानी सिओलमा भई रहेको एशिया पत्रकार महासंघको ५ औ सम्मेलनको दोस्रो दिन राष्ट्रिय म्युजिममा भएमा भएको एक कार्यक्रममा वहांले सो कुरा बताउनु भएको हो । वहांले नेपालमा राजतन्त्रको अन्त

»More

एशिया पत्रकार महासंघको उपाध्यक्षमा निष्ठुरी मनोनित

डम्बर सुब्बा

गत २ तारिख देखि ४ तारिख सम्म दक्षिण कोरियाको सिओलमा भएको एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनले उपाध्यक्षमा एशिया पत्रकार महासंघ केन्द्रिय कमिटिको उपाध्यक्षमा एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष विष्णु निष्ठुरीलाई र्सवसम्मतीमा उपाध्यक्षमा मनोनित गरेको छ । एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनमा २६ राष्ट्रका १०० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको थियो । एशिया

»More

२०६६ साउन ३१ र ३२ गते वुटवलमा सम्पन्न नेपाल पत्रकार महासंघ पश्चिमाञ्चल सभाषदहरुको सम्मेलनवाट पारित महत्वपूर्ण १९ बुँदे प्रस्तावहरु

आश गुरुङ 'प्रतीक'

१. संविधान निर्माण प्रक्रियालाई अगाडि बढाएर निर्धारित समयमै संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पुरा गर्न सवै राजनीतिक दलहरु सहमतिपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता भएकाले त्यो वातावरण तयार गर्न सरकार र सरोकारवालाहरुबाट उचित पहल होस भन्ने आग्रह गर्दछौँ । २. अव बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रावधान राखिनुपर्छ । जस्ले गर्दा संकटकालमा समेत पे्रेस स्वतन्त्रता खोसिने तथा

»More

नेपाली तामाङ्ग समाज साउदी अरेबियाको प्रेस बक्तब्य

सागर श्रेष्ट,साउदी अरेबिया

बैशाख २९ गतेका दिन काठमाण्डौ भाटभटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षो बृध्दाले १५ देखी १६ बर्षी अबोध नाबालीका माथि गरेको असमाजिक क्रकृत्यको घोर भर्त्सना गर्दछ तामाङ्ग समाज साउदी अरब । निरीह प्रशासन ,कमजोर नागरीक समाज, र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध

»More

एन आर एन ए, एन सी सी साउदी अरेवियाको प्रथम महधिबेशन सम्पन्न ।

सागर श्रेष्ठ, साउदीअरेविया

गल्फ देशहरुमध्य सबै भन्दा बढी एन आर एनहरु रहेको देश साउदी अरेवियामा आजभन्दा २ बर्ष अगाडी विभिन्न कष्ट पिडाको बादजुद गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको रियाद स्थित दुताबासको प्राङ्गणमा विधिवत रुपमा स्थापना भएको थियो । त्यसको ठिक २ बर्ष पछि जुन १९ तारिकको दिन साउदी

»More

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)

New Media Nepal

संक्रमणकालीन अबस्थासँगै स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुको ध्यान केन्द्रित भएको बेला त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले बिभिन्न शीर्षकमा परीक्षा शुल्क सयदेखि दुई सय प्रतिशतसम्म बृद्धि गर्‍यो । हाम्रो संगठन केन्द्रीय समितिको तर्फाट चैत्र १४ का मितिमा बृद्धि गरिएको परीक्षा शुल्क खारेज गर्न गरिएको मागबारे कुनै सुनुवाई नभएकाले संघर्षका निम्न कार्यक्रमहरु र्सार्वजनिक गरेका छौं ।

»More