Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

एन आर एन ए, एन सी सी साउदी अरेवियाको प्रथम महधिबेशन सम्पन्न ।

सागर श्रेष्ठ, साउदीअरेविया

गल्फ देशहरुमध्य सबै भन्दा बढी एन आर एनहरु रहेको देश साउदी अरेवियामा आजभन्दा २ बर्ष अगाडी विभिन्न कष्ट पिडाको बादजुद गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको रियाद स्थित दुताबासको प्राङ्गणमा विधिवत रुपमा स्थापना भएको थियो । त्यसको ठिक २ बर्ष पछि जुन १९ तारिकको दिन साउदी अरेवियाको प्रमुख शहर दमाम स्थित होटल पारागनमा संघको अध्यक्ष श्री गोपाल घिमिरे ज्यूको सभापतित्व तथा नेपाली दुताबास रियादका लागी राजदुत श्री हमिद अन्सारी ज्यूको प्रमुख आतिथ्यमा र गैर आवशीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका अध्यक्ष डा। उपेन्द्र महतो ज्यूको विशेष उपस्थितिमा भब्य समारोह विच प्रथम महाधिबेशन सम्पन्न भएको छ । उक्त पावन अबसरमा परिषदका केन्द्रिय सचिव सागर नेपाल गल्फ सह संयोजक श्री चोला पाठक आई सी सी सदस्यद्वय श्री राम बहादुर बेलबासे श्री टि बि कार्की दुताबासका कुटनितिक नियोग प्रमुख दुताबास परिवार समाजसेबी पत्रकार ब्यापारी बुद्विजीवी कलाकार विभिन्न संघ संस्थाका प्रमुखहरु र सर्वसाधारण गरि करिब ४०० जना नेपालीहरुको उपस्थिति रहेको थियो ।

nnrprathammahaadhibeshanअधिबेशनको पुर्ब शन्यामा समाजसेवी तथा एन सी सी साउदी अरेवियाको सल्लाहकार श्री राजुशैयद र वहाँको धर्म पत्नी यस्मीन बेगम ज्यूले डा। उपेन्द्र महतो ज्यूको विशेष उपस्थितिमा रात्री भोजको आयोजना गरिएको थियो । उक्त अबसरमा दुताबासको सम्पुर्ण परिवार विशिष्ठ ब्यक्तिहरु पत्रकार समाजसेवी एन सी सी साउदी अरेवियाका बोर्डका सदस्यहरु आदीको उपस्थिति रहेको थियो ।

जुन १९ तारिकको दिन विहान करिब ११ बजेबाट शुरु भएको कार्यक्रमलाई ३ चरणमा बाँडीएको थियो । नेपालको राष्ट्रिय गानबाट शुरु भएको उक्त कार्यक्रम पहिलो चरणमा धरम के सी दोस्रो चरणमा राम श्रेष्ठ र तेस्रो चरणमा राम बहादुर बेलबासे ज्यूहरुले साचालन गर्नु भएको थियो । पहिलो चरणको कार्यक्रमको विचमा डा। महातो ज्यूले समाजसेवामा गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै नेपाली दुताबासका राजदुत श्री हमिद अन्सारी ज्यूले दोसल्ला ओडाएर डा। महतोलाई सम्मान गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महानुभाबहरुलाई उपाध्यक्ष हरी घिमिरे ज्यूले स्वागत मन्तब्य दिनु भएको थियो भने विभिन्न वक्ताहरुले विविध शिर्षकमा आ आफ्नो मन्तब्य दिनु भएको थियो । जस अनुसार एन आर एन ए को संक्षिप्त परिचय तथा यसका गतिविधिहरुको बारेमा श्री राम बहादुर बेलबासे मध्यपुर्वमा एन आर एन एको महत्व श्री चोला पाठक साउदी अरेवियामा एन आर एन ए को स्थापना र आवश्यक्ता श्री कृष्ण प्रशाद शर्मा सुबेदी एन आर एन एको गरिमा तथा यसको महत्वको बारेमा श्री विमल गौतम एन आर एन ए को अभियानमा मिडियाको भूमिकाको बारेमा श्री सागर श्रेष्ठ विभिन्न संघ संस्थाहरुसंग एन आर एन एको हातेमालोको बारेमा श्री तारा भण्डारी समाज सेवामा एन आर एन एको सम्भाब्य भूमिका तथा योगदानको बारेमा राजुशैयद बैदेशिक रोजगार र साउदी एन आर एन एको बारेमा भिम थापा एन आर एन ए संग नेपाली दुताबास विषयमा श्री कन्सुलर श्री पारस घिमीरे ज्यू श्रमिकका समस्या समाधानमा नेपाली दुताबासको पहल विषयमा श्री खड्ग प्रसाद दहाल अतिथिको तर्फबाट विशेष मन्तब्य सचिव सागर नेपाल र केन्द्रिय सदस्य टि बि कार्की ज्यू र साउदी अरेवियामा नेपाली महिलाहरुको स्थितिको बारेमा यास्मीन बेगम ज्यूले आफ्नो धारणा राख्नुभएको थियो साथै अन्य वक्ताहरुले आ आफ्नो विषयमा प्रकाश पार्नु भएको थियो । साउदी अरेवियाकै इतिहासमा यस्ता कार्यक्रमहरुमा महिलाहरुको तर्फबाट मन्तब्य दिने यास्मीन बेगम पहिलो महिला हुनुहुन्छ । उक्त मन्तब्यको क्रममा सबैको तालीको गडगडाहठले हलनै गुन्जयमान भएको थियो ।
कार्यक्रमको विच विचमा सांस्कृतिक टिमका कलाकारहरुले गित तथा नृत्यबाट मनोराजन दिएको थियो । उक्त अधिबेशनमा श्री धरम के सी ज्यूले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिबेदन श्री राजेश बुढाथोकी ज्यूले प्रस्तुत गर्नु भएको थियो । स्मरण रहोस आर्थिक प्रतिबेदन तथा महासचिवद्वारा प्रस्तुत प्रतिबेदनमा कहि कतै पनि प्रमाणीत हस्ताक्षर थिएन र आर्थिक प्रतिबेदन सभामा मौन रहि अनुमोदन भएको थियो । सम्मानीत ब्यक्तिहरुलाई सम्बोधन नभएकोमा उपस्थित प्रायको गुनासो पनि थियो यसमा डा। उपेन्द्र महतो ज्यूले समेत ब्यबस्थापनको कमजोरी भएको गुनासो पोख्नु भएको थियो । उक्त समारोहको पावन अबसरमा साउदी अरेवियामा विविधकारणले आपत विपतमा परेका नेपालीहरुलाई सहयोग गर्ने भावना अनुरुप एउटा एनआरएन कल्याणकारी कोष खडा गरिएको छ । उक्त कोषमा त्यसै दिन स्वफुर्त सहयोग उठेको रकम करिब रु १३ लाख रहेको छ । उक्त कोषमा सबै भन्दा बढी डा। उपेन्द्र महतो ज्यूले १० हजार युएस डलर सहयोग प्रदान गर्नु भएको थियो ।
पुरानो समितिको विघटन कार्यक्रमको सभापति तथा अध्यक्ष श्री गोपाल घिमिरे ज्यूले घोषणा गर्नु भएको थियो र धरम के सी जयूको अध्यक्षतामा नव गठित बोर्डका सदस्यहरुलाई डा। उपेन्द्र महतो ज्यूले सपथ खुवाउनु भएको थियो । साथै पुष्प गुच्छाद्वारा नयाँ पदाधिकारीहरुलाई स्वागत गर्नु भएको थियो ।
नव निर्वाचित पदाधिकारीहरुको नामावली यस प्रकार छः
१। इ। धरम के।सी।अध्यक्ष
२। भीम थापाउपाध्यक्ष
३। नारायण गुरुङ्गमहा सचिव
४। राजु पौडेलसचिव
५। छोटु थापाकोषाध्यक्ष
६। पुरुषेात्तम श्रेष्ठसह कोषाध्यक्ष
७। राम श्रेष्ठप्रबक्ता
८। टेकनाथ नेपालसदस्य रियादबाट
९। राम बहादुर बस्नेतसदस्य रियादबाट
१०।बिरेन्द्र चौधरीसदस्य दमामबाट
११।टोलराज वाग्ले नारनसदस्य दमामबाट
१२।नारायण भटराईसदस्य जेद्धाबाट
१३।बिजय रेग्मीसदस्य अलहासाबाट
१४।चिरिाजवी अर्यालसदस्य जुबैलबाट
१५।नविन अधिकारी सदस्य पुर्बााचल बिकास क्षेत्रबाट
१६।दिनेश शाहुसदस्य मध्यमााचल बिकास क्षेत्रबाट
१७।श्रीराम कुंवरसदस्य पश्चिमााचल बिकास क्षेत्रबाट
१८।पुर्ण बि।क।सदस्य दलितबाट
१९।राजेश रमण कर्णसदस्य तराई मधेशबाट
२०।भरत लामासदस्य आदिबासी तथा जनजातिबाट
२१।अमित गुरुङ्गसदस्य बिशेषज्ञ
निर्वाचन समितिले जनाएअनुसार हाल रिक्त देखिएका दमाम र जेद्धा क्षेत्रका उपाध्यक्ष र मध्यपश्चिमााचल र सुदुर पश्चिमााचल बिकास क्षेत्रका प्रतिनिधि सदस्यका पदहरु नवनिर्वाचित राष्ट्रिय समन्वय परिषदको पूर्ण बैठकमा बहुमतले चयन हुनेछन । त्यसैगरी बिधानतः यसै महाधिवेनबाट चयनहुनुपर्ने आइसिसी सदस्यकोलागि पनि नव निर्वाचित एनसिसीको प्रथम बैठकको बहुमतको निर्णयबाट चयन गर्न यस महाधिवेशनको स्वीकृतिका लागि निर्वाचन समितिले प्रस्ताव राखेकोमा हलमा उपस्थित सबैले ताली बजाएर सोका लागि स्वीकृति प्रदान गरेको थियो ।

आफ्नो मन्तब्यको क्रममा डा। महतो ज्यूले सरल भाषमा एन आर एन एको स्थापना गर्नुको र यस संस्थाको महत्वको बारेमा स्पष्ट पार्नु भएको थियो । साथै देश विकाश भएमा मात्र नेपालीहरुको विश्वमा अन्य देशमा पनि सम्मान हुने भएकोले सबैलाई देशको लागी चिन्तीत हुन र अब केहि समयभित्र समुहिक लगानीमा नेपालमा विभिन्न योजनाहरु साचालन हुनेभएकोले समुहिक लगानीकोलागी अपिल पनि गुर्न भएको थियो । महामहिम राजदुत श्री हमिद अन्सारी ज्यूले एन आर एन ए को हरेक पाईलामा दुताबास र ब्यक्तिगत आवश्यक सहयोग गर्ने बताउनुभएको थियो ।
उक्त कार्यक्रम सफल पार्नको लागी टेलीमनी आई एम ई र वेष्टन युनियन मनि ट्रान्सफरले प्रायोजन गर्नु भएको थियो । कार्यक्रम विर्षजन गर्ने क्रममा प्रत्यक्ष अप्रत्यक्ष रुपमा यस संस्थालाई यहाँ सम्म ल्याई पुर् याउन योगदान दिनुहुने सम्पुर्ण महानुभाबहरुलाई कार्यक्रमका सभापति गोपाल घिमीरे ज्यूले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।


Posted on:June 21, 2009, 10:59 pm





Comments on above topic:

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




प्रेस विज्ञप्ति

नेपाल पत्रकार महासंघ, केन्द्रीय समितिका उपलब्ध पदाधिकारी तथा सदस्यहरुको आज बसेको बैठकले विराटनगर, जनकपुर, महेन्द्रनगर, चितवन र मुगु लगायत मुलुकभर पत्रकार तथा सञ्चार माध्यममाथि श्रृङ्खलाबद्धरुपमा भएका आक्रमणका घटनाको विरोधमा दोस्रो चरणको देशव्यापी कार्यक्रम घोषणा गरेको छ । विराटनगरका पत्रकार खिलानाथ ढकालमाथि ज्यान लिनेगरी आक्रमण भएको दर्ुइ साता पूरा हुँदासमेत घटनाका मुख्य योजनाकार पर्शुराम बस्नेतलाई पक्राउ गरी कानुनको दायरामा नल्याएकोमा बैठकले सरकारप्रति खेद व्यक्त गरेको छ । बैठक सो घटनाका मुख्य योजनाकार बस्नेतलाई तत्काल पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याउन सरकारसँग जोडदार माग गर्दछ ।

»More

"राम्रो छ, राम्रो गर्दै जानुस्"

ज्योती गुरुङ

१० पौष पोखरा
आफ्नो प्रकाशनको सय अङ्कमा प्रवेश गरेको गोल्डेन न्यूज पत्रिकाका र्समर्थक तथा शुभचिन्तकहरुले पत्रिकाले छोटो समायमा धेरै उपलब्धी हाँसिल गरेको भन्दै गन्तव्यमा पुर्‍याउन आफ्नो र्समर्थन रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । उनिहरुले बिगतमा भएका राम्रा कुरालाई निरन्तरता दिँदै कमीकमजोरी सच्याएर अघि बढ्न पनि उनीहरुले आग्रह गरे । पत्रिका सय अङ्कमा प्रवेश गरेका उपलक्ष्यमा सुनौलो पब्लिकेसन्स प्रालिले बिहीवार पोखरामा आयोजना गरेको समीक्षात्मक छलफल कार्यक्रममा बोल्दै उनीहरुले पत्रिकासँग हातेमालो गरी अघि बढ्न आफूहरु इच्छुक रहेको बताए ।

»More

नेपालमा पत्रकारहरुको जीवन खतरामय

डम्बर सुब्बा

एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष बिष्ण निष्ठुरीले नेपालमा पत्रकारहरुको जीवन आतंकवादी, तस्करी तथा पार्टीका कार्यकर्ताबाट खतरमयमा रहेको बताउनु भएको छ । गत डिसेम्बर २ तारिख देखि कोरियाको राजदानी सिओलमा भई रहेको एशिया पत्रकार महासंघको ५ औ सम्मेलनको दोस्रो दिन राष्ट्रिय म्युजिममा भएमा भएको एक कार्यक्रममा वहांले सो कुरा बताउनु भएको हो । वहांले नेपालमा राजतन्त्रको अन्त

»More

एशिया पत्रकार महासंघको उपाध्यक्षमा निष्ठुरी मनोनित

डम्बर सुब्बा

गत २ तारिख देखि ४ तारिख सम्म दक्षिण कोरियाको सिओलमा भएको एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनले उपाध्यक्षमा एशिया पत्रकार महासंघ केन्द्रिय कमिटिको उपाध्यक्षमा एशिया पत्रकार महासंघ नेपाल शाखाका अध्यक्ष विष्णु निष्ठुरीलाई र्सवसम्मतीमा उपाध्यक्षमा मनोनित गरेको छ । एशिया पत्रकार महासंघको ५ औ महा सम्मेलनमा २६ राष्ट्रका १०० भन्दा बढी पत्रकारहरुको सहभागी रहेको थियो । एशिया

»More

२०६६ साउन ३१ र ३२ गते वुटवलमा सम्पन्न नेपाल पत्रकार महासंघ पश्चिमाञ्चल सभाषदहरुको सम्मेलनवाट पारित महत्वपूर्ण १९ बुँदे प्रस्तावहरु

आश गुरुङ 'प्रतीक'

१. संविधान निर्माण प्रक्रियालाई अगाडि बढाएर निर्धारित समयमै संविधान निर्माणको ऐतिहासिक जिम्मेवारी पुरा गर्न सवै राजनीतिक दलहरु सहमतिपूर्वक अगाडि बढ्नुपर्ने आवश्यकता भएकाले त्यो वातावरण तयार गर्न सरकार र सरोकारवालाहरुबाट उचित पहल होस भन्ने आग्रह गर्दछौँ । २. अव बन्ने संविधानमा प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टीको प्रावधान राखिनुपर्छ । जस्ले गर्दा संकटकालमा समेत पे्रेस स्वतन्त्रता खोसिने तथा

»More

नेपाली तामाङ्ग समाज साउदी अरेबियाको प्रेस बक्तब्य

सागर श्रेष्ट,साउदी अरेबिया

बैशाख २९ गतेका दिन काठमाण्डौ भाटभटेनि दुर्गा भबन महतो निवासमा एक ६५ बर्षो बृध्दाले १५ देखी १६ बर्षी अबोध नाबालीका माथि गरेको असमाजिक क्रकृत्यको घोर भर्त्सना गर्दछ तामाङ्ग समाज साउदी अरब । निरीह प्रशासन ,कमजोर नागरीक समाज, र देश संक्रमणकाल बाट गुज्रीरहेको अबस्थामा एक अबोध

»More

एन आर एन ए, एन सी सी साउदी अरेवियाको प्रथम महधिबेशन सम्पन्न ।

सागर श्रेष्ठ, साउदीअरेविया

गल्फ देशहरुमध्य सबै भन्दा बढी एन आर एनहरु रहेको देश साउदी अरेवियामा आजभन्दा २ बर्ष अगाडी विभिन्न कष्ट पिडाको बादजुद गैर आवशीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेवियाको रियाद स्थित दुताबासको प्राङ्गणमा विधिवत रुपमा स्थापना भएको थियो । त्यसको ठिक २ बर्ष पछि जुन १९ तारिकको दिन साउदी

»More

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)

New Media Nepal

संक्रमणकालीन अबस्थासँगै स्ववियु निर्वाचनमा सम्पूर्ण विद्यार्थीहरुको ध्यान केन्द्रित भएको बेला त्रि.वि.वि. परीक्षा नियन्त्रण कार्यालयले बिभिन्न शीर्षकमा परीक्षा शुल्क सयदेखि दुई सय प्रतिशतसम्म बृद्धि गर्‍यो । हाम्रो संगठन केन्द्रीय समितिको तर्फाट चैत्र १४ का मितिमा बृद्धि गरिएको परीक्षा शुल्क खारेज गर्न गरिएको मागबारे कुनै सुनुवाई नभएकाले संघर्षका निम्न कार्यक्रमहरु र्सार्वजनिक गरेका छौं ।

»More