मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

सेनालाई सडक नछोड्न स्थानीयवासिन्दाको आग्रह
सेनाले तत्काल हात झिक्दैनः सचिव
मनाङ, मंसिर ७ गते ।
हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।
मनाङ सदरमुकाम चामेसम्म मोटर चलेपछि आज वेसीशहर-चामे सडकमा यातायात संचालनको एक कार्यक्रमका बीच नेपाली सेनाका प्रधान सेनापति महारथी गौरब शम्सेर जवराले उद्घाटन गर्नुभएको छ ।
मनाङ सदरमुकाम चामेको नमस्ते गेटमा आयोजना गरिएको वेसीशहर चामे मोटरबाटो संचालनको उद्घाटन कार्यक्रममा मनाङका १३ वटै गाउँ विकास समितिका स्थानीयवासिन्दाको बाक्लो उपस्थिति रहेको थियो ।
सडक उद्घाटनका लागि प्रधान सेनापति लगायतको टोली हेलिकप्टर मार्फ चामे गाविसको स्यार्क्र्यूमा ओर्लिएर कार्यक्रमस्थल नमस्ते गेटमा पुगेपछि मनाङका स्थानीयवासिनदाले भब्य स्वागत गरेका थिए । उद्घाटन कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका सचिव कृष्णहरि बास्कोटा, राष्ट्रिय योजना आयोगका सचिव युवराज भुसाल, रक्षा मन्त्रालयका सचिव तिलकराम शर्मा, भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौला, अर्थमन्त्रालयका सहसचिव लोकदर्शन रेग्मी, सडक विभागका महानिर्देशक दिङ्कर शर्मा, नेपाली सेनाका उपरथी नरेशबहादुर बस्न्यात, उपरथी पवनबहादुर पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि लगायत सरकारका सचिवहरुलाई मनाङका वासिन्दाले सडकको स्तरोन्नति गदिदिन र सडकलाई यस्तै अवस्थामा नछोड्न आग्रह गरेका थिए । स्थानीयवासिन्दाको जिज्ञासालाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्यालयका सचिव कृष्णहरि बास्कोटाले सरकारका तर्फाट मनाङका वासिन्दालाई सँधै सहयोग रहने र नेपाली सेनाले तत्काल सडकबाट हात नझिक्ने आश्वासन दिनुभएको थियो ।
सडक सञ्जालले जोडिएसंगै मनाङमा नियमति रुपमा यातायात संचालन हुने भएकाले बढी भाडा लिएमा र सिण्डेकेट लगाएमा त्यस्ता यातायात ब्यवसायीलाई कार्वाही गर्न सम्बन्धित निकायका प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । कार्यक्रममा औपचारिक रुपमा प्रधानसेनापति गोरव शम्शेर जबराले भने बोल्नुभएन ।
सडक विभागले आर्थिक बर्ष२०५१/०५२ मा वेसीशहर-चामे सडक निर्माण थालेकोमा मुलुकमा विषम परिस्थिति सिर्जना भएपछि २०५७/०५८ मा सडक निर्माणको जिम्मा तत्कालीन शाही नेपाली सेनालाई दिईएको थियो । सेनाले आर्थिक बर्ष२०५८/०५९ बाट सडकको निर्माण शुरु गरेको थियो । सरकारले ४ बर्षेखि हरेक आर्थिक बर्षा मनाङ सदरमुकाम चामेलाई सडक मार्गले जोड्ने घोषणा गर्दै आएपनि नेपाली सेनाको ११ बर्षो अथक प्रयासपछि सदरमुकाम चामेमा मोटरबाटोसंगै मोटर पुर्‍याउन सफल भएको वेसीशहर चामे सडक निर्माण कार्यगणका गणपति मेजर्रर् इन्दिबर गुरुङले वताउनुभयो ।
सडक विभागले प्रारम्भिक र्सर्भे गर्दा सडक निर्माणका लागि १ अर्व ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरेपनि सेनाले त्यो भन्दा आधा रकम ७६ करोड ६६ लाखमा सडकको ट्रयाक खोल्ने काम पुरा गरेको छ । नेपाली सेनाको सामूहिक एकताका कारण निकै दुःख-कष्टका बाबजुत पनि वेसीशहर-चामे सडकको ट्रयाक खोल्न सफल भएको जनाएको छ ।

प्रधान सेनापतिद्धारा पूलको उद्घाटन
प्रधान सेनापति गौरव शम्शेर जवराले आज एक कार्यक्रमका बीच मनाङ जिल्लाको प्रवेशद्धारको रुपमा रहेको तालगाउँलाई जोड्ने पूलको उद्घाटन गर्नुभएको छ ।
नेपाली सेनाले निर्माण गरेको ४५ मिटर लम्बाई रहेको बेलीब्रिजको उहाँले उद्घाटन गर्नुभएको हो । प्रधानसेनापतिले पूलको उद्घाटन गरेसंगै धारापानी गाउँ विकास समिति वडा नम्बर १ मा रहेको तालगाउँमा आज पहिलोपटक मोटर पुगेको छ ।
प्रधान सेनापतिसहित सरकारका सचिवहरुलाई ताल तथा सिरानताल गाउँका वासिन्दाले भब्य स्वागत गरेकाछन् । कार्यक्रममा स्थानीयवासिन्दाले यसअघि सरकारसंग सझौता भएका केही मागहरु अझै पुरा नभएकाले यसलाई अक्षरस रुपमा सम्बोधन गरिदिन मागपत्र समेत बुझाएका थिए ।

सडक निर्माणका क्रममा १२ जनाको ज्यान गयो
नेपाली सेनाले सडक निर्माणको थालनी गरेदेखि वेसीशहर चामे सडक निर्माणका क्रममा १२ जनाले ज्यान गुमाएकाछन् ।
ज्यान गुमाएका मध्ये ३ जना नेपाली सेनाका र ९ जना सिभिलतर्फा रहेका नेपाली सेनाले जनाएको छ ।
ज्यान गुमाएकाहरु मध्ये नेपाली सेनाका प्राविधिक हुद्दा कुमारसिंह लामा, सिपाही चिन्ताबहादुर थापा र सिपाही श्याम बहादुर तामाङ रहेकाछन् । यस्तै, सिभिलतर्फविकास तामाङ, राजकुमार चेपाङ, बुद्धिमान तामाङ, रमेश तामाङ, राजन तामाङ, बुद्ध स्याङतान, राजेश सापकोटा, प्रेमबहादुर रुम्बा, माइँला थिङले ज्यान गुमाएको वेसीशहर-चामे सडक निर्माण कार्यगणले जनाएको छ । नेपाली सेनाले सडक निर्माणका क्रममा ज्यान गुमाएका सैनिक तथा गैरसैनिकहरुको स्मृतिमा तालगाउँ नजिकै म्यार्दीभीरमा शिलालेख राख्ने तयारी गरिएको वेसीशहर चामे सडक निर्माण कार्यगणका गणपति मेजर्रर् इन्दिबर गुरुङले वताउनुभयो । सडक निर्माणका क्रममा केही सैनिक र मजदुरहरु र्घाईते भएका सेनाले जनाएको छ ।


Posted on:November 22, 2012, 4:54 pm




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More