माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

लमजुङ, कार्तिक ११ गते ।
हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो । यर्सपर्वलाई मनाङी भाषामा ने पर्व भन्ने गरिन्छ । पर्वको अन्तिम दिन विवाह भएका र ६० बर्षननाघेका पुरुषहरुले अनिवार्य रुपमा घोडा नचढे १ हजार रुपैयाँ जरीवाना गर्ने चलन छ ।
बेग्लै महत्व बोकेको यो पर्व स्थानीयवासिन्दाले यसवर्षकार्तिक पहिलो साता धुमधामका साथ मनाएकाछन् । स्थानीय संस्कृतिबिद् ग्याल्पोकालु गुरुङका अनुसार मनाङमा नेलाई वर्षो अन्तिम मैजारो पर्वका रुपमा मनाउने गरिन्छ । यसको समापनसँगै वर्षरीका सबै चाडवाड सकिन्छन् । त्यसपछि मात्र हिउँदे गन्तब्यतिर लाग्ने चलन छ ।
'हिउँदे गन्तब्य फरक फरक हुन्छन्' ग्याल्पोकालु भन्छन्, 'आफूलाई पायक पर्ने ठाउँमा गएर हिउँदको जाडो छल्नु उनीहरुको वाषिर्की हो ।' बर्षरीको दुःख तथा मनमुटाव बिर्सर्ााे पर्वका रुपमा ने पर्वलाई लिने गरेको उनको भनाई छ ।
यो पर्वमा सबै साथीभाई एकै ठाउँमा भेला हुन्छन् । तितो कटुता तथा मनमुटाव बिर्सर्ेेसबैले घोडा दौडाउँछन् । हुम्डेेस्थित जुलुपिक गेस्ट हाउसका सञ्चालक कान्छा गुरुङका अनुसार जाडो सुरु हुने बेला भएकाले सबैले आफ्ना बस्तुभाउ लेकबाट गाउँमा ल्याएका हुन्छन् ।
संस्कृतिकर्मी मिङ्मर तेन्जिङ गुरुङका अनुसार ने पर्व समापनसँगै जो कोहीलाई पनि हिउँदे गन्तब्यतिर लाग्ने बाटो खुल्छ । पर्व मनाउन आयोजक समिति गठन गरिएको हुन्छ । जसलाई स्थानीय भाषामा नन्दी भनिन्छ । पर्व अवधिभर पर्वमा सामेल हुनेलाई खानपानको व्यवस्था उनीहरुले मिलाउने गर्छन् । नन्दीलाई गाउँलेको साथ मिल्छ । प्रत्येक बर्षनन्दी फेरिन्छन् ।र्
पर्वको अवधिभर दिउसो घोडा दौडाउने र साँझ स्थानीय पोचो गुम्बामा पूजाआजा गर्ने गरिन्छ । पर्वको अन्तिम दिन सबै जना गुम्बामा पूजा गर्दै सामुहिक बत्ती बालेर रातभर नाचगान गर्छन् । पौराणिक कथाहरुलाई गीतको माध्यमबाट व्यक्त गरिन्छ । पर्वमा गीतका पारखीहरु रातै र्छलङ्ग हुने गरी गीत गाएर नाच्ने गर्छन् । र्'पर्व पहिले जस्तो परम्परागत तवरले मनार्इँदैन' पर्यटन व्यवसायी समिति मनाङमा अध्यक्ष बिनोद गुरुङ भन्छन्, 'अचेल घोडचढीलाई एकै ठाउँमा भेला गराएर प्रतिस्पर्धा गर्राईन्छ ।' अग्रस्थान ओगट्नेलाई आयोजकले पुरस्कृत समेत गर्ने गर्छन् । घोडचढीको लागि अहिले मनाङमा १ सय १५ वटा घोडाहरु ल्याइएको गुरुङले वताए । र्
पर्वको अन्तिम दिन विवाह भएका र ६० बर्षननाघेका पुरुषहरुले अनिवार्य रुपमा घोडा नचढे १ हजार रुपैयाँ जरीवाना गर्ने चलन छ । यस पर्वमा स्वदेशी तथा विदेशी पर्यटकहरुले पनि उत्साहजनक रुपमा सहभागिता जनाएका थिए ।


Posted on:October 27, 2012, 6:40 pm




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More