२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् । कहिल्यै गाडी नदेखेका स्थानीयवासिन्दा गाउँगाउँवाट सदरमुकाम चामेसंगै जोडिएको कोतोमा जीप हेर्न आएकाछन् । लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म सडक निर्माण शुरु भएको झण्डै १९ बर्षपछि नेपाली सेनाले चामे नजिकैसम्म मोटरबाटोसंगै जीप पुयाएको हो । मोटर पुयाउन सफल नेपाली सेनाको सडक निर्माण कार्यगणलाई स्थानीयवासिन्दाले भब्य स्वागत गरेकाछन् । लमजुङ सदरमुकाम बेसिशहरबाट मनाङ सदरमुकाम चामे जोड्ने ६५ किलोमिटर सडकमा आज जीप पुगेसंग अवदेखि निरन्तर रुपमा मोटर चल्ने भएको छ । २०५१ सालमा सडक बिभागले शुरु गरेको यो सडक आर्थिक बर्ष २०५७०५८ बाट नेपाली सेनाले निर्माण गर्दे आएको थियो । सडक विभागले विक्रम सम्बत २०५१ मा वेसीशहर चामे सडक निर्माणका लागि १ अर्व ५ करोड १७ लाख ३० हजार रुपैयाँ अनुमानित लागत लाग्ने अनुमान गरेपनि नेपाली सेनाले भने त्यो भन्दा आधा रकम ७६ करोडमा रुपैँयामा निर्माण सकेको वेसीशहरचामे सडक निर्माण कार्यगणका गणपति ईन्जिनियर ईन्दिबर गुरुङले वताए । कुल ६५ किलोमिटर सडक रहेकोमा ३७ किलोमिटरको दुरीमा रहेको सडकमा सेनाले पहिलो चरणमा धारापानी गाविसको खोत्रो निगालाघारी सम्म मोटर पुयाएको थियो । दोस्रो चरणमा ४८ किलोमिटरको दुरीमा रहेको दानाक्युसम्म मोटर पुयाएको थियो भने तेश्रो चरणमा मनाङ सदरमुकाम चामेको नमस्ते गेटमा मोटर पुयाएको थियो । दशै अगाडी नै उद्घाटन गर्ने भनिएपनि दशै नजिकिएकाले उद्घाटन गर्न नसकिएको नेपाली सेनाले जनाएको छ । चारबर्षदेखि प्रत्येक आर्थिक बर्ष शुरुहुँदा सरकारले मनाङमा यसैबर्ष भित्र मनाङमा मोटर पुयाउने भन्दै घोषणा गर्ने गरिए पनि यस आर्थिक बर्षमामात्रै नेपाली सेनाले सडक निर्माण पुरा गरेको हो ।


Posted on:October 18, 2012, 2:07 am




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More