मनाङ सदरमुकाम चामेमा पहिलोपटक मोटर पुग्यो

आश गुरुङ,

लमजुङ, असोज १७ गते । हिमालपारीको जिल्ला मनाङको सदरमुकाम चामेमा पहिलोपटक मोटर पुगेको छ । नेपाली सेनाको सडक निर्माण कार्यगणले ग १ झ २५२ नम्बरको जीप पहिलोपटक चामे पुयाएको हो । नेपाली सेनाले निर्माण गरको वेसीशहरचामे सडकमा परीक्षणका लागि लमजुङ सदरमुकाम वेसीशहरदेखि गएको जीप मंगलवार साँझ चामे पुयाएको हो ।
सडक निर्माण कार्यगणका प्रमुख ईन्जिनियर ईन्दिबर गुरुङले वेसीशहरदेखि गएको जीप मनाङ सदरमुकाम चामेको नमस्ते गेटसम्म पुगेको वताए । सेनानी भरतलाल श्रेष्ठको नेतृत्वमा गएको टोलीले चामेसम्म जीप पुयाएको र नमस्ते गेट नेर पार्किङस्थल समेत बनाएको जनाएको छ । १९ बर्षदेखि निर्माण हुँदै गरेको वेसीशहरचामे सडक अन्तरगत मनाङ सदरमुकाम चामेसम्म मोटर पुगेपछि स्थानीयवासिन्दा निकै खुसी भएकाछन् । चामेसम्म मोटर पुगेपनि सुरक्षाको कारण देखाउँदै लमजुङको ताघ्रिङस्थित च्याम्चेदेखि माथि अन्य सवारी साधनलाई भने चल्न दिएका छैनन् । चामेसम्म मोटर पुगेपछि यतिवेला नेपाली सेनाको सडक निर्माण कार्यगण सडकको उद्घाटन गर्ने तयारीमा जुटेको छ । सडकको आगामी २ साताभित्र उद्घाटन गर्ने तयारी भईरहेको सैनिक श्रोतले जनाएको छ ।
सडकको उद्घाटनको तयारीसंगै नेपाली सेनाले यतिवेला सडकको मर्मतकार्यलाई तीब्रता दिएको छ । सदरमुकाम वेसीशहरको पुमाखोलादेखि शुरु भएको सडक मर्मतकार्य अहिले मनाङको धारापानी, चामे, लमजुङको ताघ्रिङ गाविसका विभिन्न ठाउँहरुमा भईरहेको छ । १९ बर्ष अघि २०५१ सालमा सडक विभागले शुरु गरेको यो सडक २०५७ सालबाट नेपाली सेनाले निर्माण गर्दे आएको छ । सडक विभागले १७ बर्ष अघि गरेको प्रारम्भिक सर्भेमा मनाङलाई सडक सञ्जालले जोड्न १ अर्ब ३७ करोड रुपैयाँ लाग्ने अनुमान गरेकोमा हालसम्म ७६ करोड रुपैँया मात्र खर्च भएको नेपाली सेनाले जनाएको छ ।
प्रारम्भिक सर्भे अनुसार लमजुङ सदरमुकाम वेसीशहरदेखि मनाङ सदरमुकाम चामेसम्म ६५ किलोमीटर रहेको छ ।


Posted on:October 3, 2012, 5:06 am




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More