मनाङ घुम्न गएका पर्यटकको गुम्बामा मृत्यू

आश गुरुङ,

लमजुङ, असोज ४ गते । हिमालपारीको जिल्ला मनाङ घुम्न गएका फ्रान्सका एक पर्यटकको आज अचानक मृत्यू भएको छ । मनाङको टंकी मनाङ गाउँ विकास समिति वडा नम्बर ९ मा रहेको प्राकेङ गुम्बामा फ्रान्सका नागरिक ३२ बर्षिय मौरजिन बनार्डको मृत्यू भएको हो ।

नेपाल आएको झण्डै आधा महिनापछि अन्नपूर्ण चक्रीय पदमार्गको मनाङ पुगेर गुम्बामा केहीदिनदेखि बस्दै आएका बनार्डको आज अचानक मृत्यू भएको मनाङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक तीर्थराज सिक्देलले जानकारी दिएकाछन् ।
पासपोर्ट नम्बर ०५ ईआर ७१५८८ का फ्रान्सका नागरिकको मृत्यू अचानक भएको र मृत्यूको कारण खुल्न नसकेको मनाङ प्रहरीले जनाएको छ । स्थानीयवासिन्दाले भने पहिलोपटक मनाङ आएका बनार्डको लेक लागेका कारण मृत्यू भएको हुनसक्ने वताएको छ । बनार्डको शवलाई टंकी मनाङवाट मनाङ ल्याएर राखिएको र दूतावासमार्फत उनको परिवारलाई खबर गरिसकेको प्रहरी नायब उपरीक्षक सिक्देलले वताए । शवलाई भोलि काठमाण्डू लाने तयारी भईरहेको मनाङ प्रहरीले जनाएको छ ।


Posted on:September 20, 2012, 9:25 pm




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More