माथिल्लो मनाङमा पहिलोपटक जीप

आश गुरुङ

लमजुङ, भदौ १० गते । हिमालपारीको जिल्ला मनाङको पनि माथिल्लो मनाङमा पहिलोपटक ब्याट्रिबाट चल्ने ईलेक्ट्रोनिक जीप पुगेको छ । पर्यटकिय दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिएको उपल्लो मनाङका ७ गाविस निस्याङ भ्यालीको मनोरमतालाई खलबलिन नदिन र ७ स्थानीयवासिन्दालाई सहयोग पुयाउने उद्धेश्यले एक स्थानीय ब्यक्तिले मनाङमा ब्याट्रिबाट चल्ने जीप लगेका हुन् ।
उपल्लो मनाङको निस्याङ भ्यालीलाई ग्रीन भ्यालीको रुप दिन स्थानियबासीहरुले पहल चालिरहेको बेला सोही भ्याली अन्तरगत भ्राका गाविसका कालु घलेले १९ लाख रुपैयाँ खर्चेर पहिलो पटक जीप मनाङ लगेको हुन् ।
पहिलो पटक चीनबाट हेलिकप्टर मार्फत सो इलेक्ट्रिक जीप मनाङ पुयाएपछि त्यस क्षेत्रका स्थानियहरु खुसी भएका मनाङका पर्यटन ब्यवसायी बिनोद गुरुङले वताए । हाल हङकङमा रहनुभएका घलेले आगामी दिनमा इलेक्ट्रिक जीपहरु थप्दै जाने र अहिले केही एउटा जीप परीक्षणका लागि ल्याईएको वताए ।

यो जीपले पर्यटन प्रवद्र्धनमा समेट टेवा मिल्नेछ गुरुङ भने, कोही हिँड्न नसक्ने पर्यटक र थाकेका पर्यटकलाई समेत ओसारपसारमा यसले सहयोग गर्ने छ ।
मानव र सामागीहरु समेत ओसारपसार गर्न मिल्ने जीपले ५ सय किलो सम्मको लोड बोक्न सक्ने वताईएको छ । मनाङबासीले गरेको यस्तो कार्यमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप मनाङले पनि सहयोग गर्ने जनाएको स्थानीयवासिन्दाले वताएकाछन् ।
यसअघि मनाङमा रहेको विमानस्थलको मालसामान ओसारपोसार गर्नका लागि ट्याक्टर समेत पुयाइए पनि मानिस बोक्ने साधन माथिल्लो मनाङ पुगेको यो पहिलो पटक हो । १३ गाविस रहेको मनाङ जिल्लालाई छुट्टाछुट्टै ३ क्षेत्रमा बाँडिएको छ । निस्याङ भ्यालीमा ७ गाविस, नार र फू उपत्यकामा २ गाविस र तल्लो मनाङमा सदरमुकाम चामेसहित ४ गाविस रहेका छन् । माथिल्लो मनाङमा पुगेको ब्याट्रिबाट चल्ने जीपमा रमाउँदै स्थानीयवासिन्दा । तस्विर सौजन्यः विनोद गुरुङमनाङ


Posted on:August 27, 2012, 8:59 pm




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More