मनाङको बैंकमा पैसाको अभाव, सरकारी कामकाज ठप्प

आश गुरुङ,

लमजुङ, असार ११ गते ।
हिमालपारीको जिल्ला मनाङको एकमात्र बैंक नेपाल बंैकको शाखा कार्यालयमा
पैसा सकिएको छ ।
मौसममा आएको खराबीका कारण सदरमुकाम चामेमा हेलिकप्टर अवतरण हुन
नसकेपछि बैंकमा पैसाको अभाव देखिएको हो ।
नेपाल राष्ट्र बैंक पोखरावाट बैंकलाई चाहिने पैसा लाने गरिएपनि मौसममा
आएको खराबीले हेलिकप्टर अवतरण हुन नसक्दा पैसाको अभाव भएको नेपाल बैंक
लिमिटेड शाखा कार्यालय मनाङका निमित्त प्रवन्धक महेन्द्र न्यौपानेले जानकारी दिए

पछिल्लो समय गत जेठ ३१ गते ५ करोड रुपैँया ल्याईएकोमा असार ५ गते नै सवै
सकिएको न्यौपानेको भनाई छ ।
एकमात्र बैंकमा पैसा सकिएपछि सरकारी कार्यालयको आर्थिक कामकाज र
उपभोक्ताको विकासे सम्झौताहरु समेत रोकिएकाछन् । सम्झौतासहित
उपभोक्ताले पेश्की रकम मागेपछि योजनाहरुको सम्झौताहरु समेत हुन नसकेको
जिल्ला विकास समिति मनाङले जनाएको छ ।
यता, सम्झौता गर्न गाउँगाउँवाट सदरमुकाम झरेका उपभोक्ताहरु अलपत्र परेकाछन्
। सम्झौतापछि पेश्की रकम कर्ुदाकर्ुर्दै सवै पैसा रित्तिएको ङावल गाविस्थित पूल
तथा बाटो उपभोक्ता समितिका अध्यक्ष कृष्ण लामाले वताउए । आर्थिक वर्षसकिन
१ महिनापनि बाँकी नरहेको अवस्थामा योजनाका सम्झौता गर्न सदरमुकाम झरेका
उपभोक्ताहरुले पर्यटकीय ठाउँको महंगीमा खान र बस्न पर्दा आफूहरुलाई
ब्यक्तिरुपमै आर्थिक भार परेको गुनासो गरेकाछन् ।


Posted on:June 26, 2012, 10:33 pm




Comments on above topic:



मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडियो

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे औपचारिक रुपमा सडक सञ्जालले जोडिएको छ ।
नेपाली सेनाको अथक प्रयासपछि ११ बर्षो अन्तरालमा लमजुङ सदरमुकाम वेसीशहरबाट मनाङ सदरमुकाम चामे सडक सञ्जालले जोडिएको हो ।
सरकारले घोषणा गरेको ४ बर्षछि चामेसम्म सडक सञ्जालले जोडिएसंगै आजदेखि औपचारिक रुपमा मोटर चल्न थालेको छ । २ वटा हिमाल मनास्लु र लमजुङ हिमाललाई पछाडि पार्दै अन्नपर्ूण्ा हिमालको फेदमा पर्ने चामेमा आज पहिलोपटक मोटर पुगेपछि स्थानीय वासिन्दा दंग परेकाछन् । वेसीशहर-चामे सडकको लम्बाई ६५ किलोमीटर रहेको छ ।

»More

माथिल्लो मनाङमा नेे पर्व

आश गुरुङ,
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ

हिमालपारीको जिल्ला मनाङको मनाङ गाउँमा यसवर्ष३ दिनसम्म धुमधामका साथ ने पर्व अर्थात घोडाजात्रा पर्व मनाईएको छ ।
वर्षा दर्ुइपटक मनाईने यो पर्व बाली भित्र्याउने वेला र बाली रोपाइँ कार्य सकिएपछिको खुसीयालीमा मनाउने गरिन्छ ।
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाईन्छ । घोडाजात्राको रुपमा पनि परिचित यो पर्व स्थानीयवासिन्दाले धुमधामसंग मनाउने गर्छन्
स्थानीयवासिन्दाले हिउँदयाममा गाउँ छाड्नु पर्ूव यस पर्वलाई धुमधामसंग मनाउने चलन रहेको पर्यटन ब्यवसायी मनाङका अध्यक्ष समेत रहनुभएका स्थानीय विनोद गुरुङले वताउनुभयो ।

»More

२५ भन्दा बढी जीप चामे नजिकै पुगे

आश गुरुङ,

लमजुङ, कार्तिक १ गते । हिमालपारीको जिल्ला मनाङ सदरमुकाम चामे नजिकै आज पहिलोपटक २५ वटा भन्दा बढी मोटर पुगेको छ । आज विहान लमजुङ सदरमुकाम वेसीशहरबाट गएको जीप आज साँझ मनाङ सदरमुकाम नजिकै कातो भन्ने स्थानमा पुगेको हो । एकैचोटी यतिका मोटर देखेपछि मनाङका वासिन्दा दंग परेकाछन् ।

»More

मनाङका ब्यापारीमा खुसियाली

आश गुरुङ,

लमजुङ सदरमुकाम वेसीशहरबाट २ देखि ६ दिनसम्म लाग्ने मनाङमा दैनिक उपभोग्य मालसामान भरिया र खच्चड मार्फत पुयाईने गरिएकोमा अवदेखि मोटरमै लागन सकिने भएपछि ब्यापारीहरु दंग परेकाछन् । अहिलेसम्म ब्यापारीहरुले मनाङको सदरमुकाम चामेसम्म मालसामानहरु लैजानको लागि बेसीशहरबाट च्याम्चेसम्मको करिब ३२ किलोमीटरको दुरी सम्म मोटरमा लैजाने गरेका थिए । त्यसपछि च्याम्चेवाट खच्चड र भरिया मार्फत सो मालसामानहरु ताल, धारापानी हुँदै सदरमुकाम चामे पुयाउने गरिएको थियो ।

»More

Manang linked with road network for first time

myrepublica.com

Locals of Manang district can reach Chame, the headquarters of Manang district, on a vehicle this year to celebrate the Dashain festival.

Locals can reach Besisahar of Lamjung from Chame, and Chame from Besisahar, on a vehicle after the district, which is known as the district beyond the Himalayas, was linked with road network for the first time.

»More