स्याक्लुुङकोट भ्यु टावरलाई सवा लाख सहयोग

हुम तमु



Bookmark and 

Share Subscribe

Untitled Document पोखरा, २ असार

कास्की हंसपुर ७ स्याक्लुङ घर भइ हङकङमा रोजगारीमा रहेका स्याक्लुङबासीले स्याक्लुङकोट भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित एक लाख चौबिस हजार एक सया छब्बिस रुपैया आज पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ ।

हङकङमा स्थित डाडा गाउले समाजका कार्यसमिति सदस्य उदय कुमार तमुले स्याक्लुङकोट गाँउ पर्यटन विकाश समितिका उपाध्यक्ष चन्द्र प्रसाद तमुलाई हस्तान्तरण गर्नुभएको हो ।

भ्यु टावरका लागि स्याक्लुङ, थुम्की, माझठाना, रुपाकोट, थप्रेकबाट रोजगारीका लागि हङकङ पुगेकाहरुसँग सहयोग संकलन गरिएको उदय कुमार तमुले जानकारी दिनुभयो । कार्यक्रममा गुरुङ फिल्म एशोसियसनका अध्यक्ष माओत्से तमु, इन्सेकका सनबहादुर थापा लगायतले जन्म ठाँउको विकासको लागि सबैले पहल गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

ग्रामीण पर्यटन पर््रवर्द्धनका लागि स्याक्लुङकोट गाउँ विकास समिति र सेभेज स्टार युथा क्लवको पहलमा आठ लाख रुपैयामा निर्माण भएको टावर पैतिस फिट अग्लो रहेको छ ।



Bookmark and 

Share Subscribe

www.elamjung.com on Facebook


Posted on:July 21, 2010, 12:16 am


Comments on above topic:

प्रेम गुरुङ, देउराली-७, रामादी, कास्की(हाल अफगानिस्तान)

नेपालीहरु विश्वको जुन सुकै कुनामा गएर बसेता पनि आफ्नो जन्म थलाकॊ विकास प्रति सँधै चिन्तित् हुन्छन् भन्ने कुरा डाँडा गाउले हंगकंगको सहयोगले पनि पुष्टि गर्दछ । मलाई लाग्छ स्याक्लुङकोटको भ्युउ टावरले त्यस भेगको ग्रामिण पर्यटनको विकासको लागि धेरै थोरै भए पनि सहयोग पुग्ने छ । ।डाँडा गाउले हंगकंगका सहयोगी हातहरु र स्याक्लुङकोट गाउँ विकास समिति र सेभेज स्टार युथ कल्वको यो कार्य प्रति हार्दिक आवर प्रकट गर्दै धन्यवाद ।

July 21, 2010, 6:38 am
@202.161.136.135

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




रसाइली माथि भएको दर्ुर्ब्यबहारको प्रेस चौतारीद्धारा विरोध

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

मुस्ताङ जिल्लावाट प्रकाशन हुने एकमात्र पत्रिका 'हिमालपारिको आवाज' साप्ताहिकका प्रकाशक/सम्पादक एंव प्रेस चौतारी नेपाल मुस्ताङ शाखाका उपाध्याक्ष भीम रसाइली माथि भएको दुरब्यबहारको प्रेश चौतारी लमजुङले विरोध गरेको छ ।प्रेस चौतारीका केन्द्रीय सदस्य एंव गण्डकी अञ्चल इन्चार्ज कृष्ण केसी र प्रेस चौतारी लमजुङ शाखाका अध्यक्षर् इश्वर पाण्डेले आज मंगलवार एक विज्ञप्ती प्रकाशित गरी

»More

भक्ति गुरुङ्गको उपचारका लागि हालसम्म पौने पाँच लाख संकलन

हुम तमु

मृगौला पीडित भक्ति गुरुङ्गको उपचारका लागि हालसम्म करिब पाँच लाख सहयोग संकलन भएको छ । भक्ति गुरुङ बचाउ अभियान समितिले संकलन गरेको ३ लाख ४६ हजार ८ सय ८७ रुपौंया सहित विभिन्न संघ संस्था र सहयोगदाताहरुबाट संकलित सहयोग रकम गरी कुल ४ लाख बयासि हजार आठसय चवालिस रुपैया सहयोग संकलन भइसकेको छ ।

»More

एम्बुलेन्स दर्ुघटना हुँदा तीनजनाको मृत्यू

शिव अप्रिय,

गोरखाबाट बिरामी लिएर पोखरा जाँदै गरेको एम्बुलेन्स गएराती दर्ुघटना हुँदा तीनजनाको घटनास्थलमा नै मृत्यू भएको छ । चारजना गम्भीर घाइते भएका छन् । गोरखा नगरपालिकाकाको खोलखोलेमा गएराती १२ वजे वंुकोट स्वास्थ्य चौकीको एम्वुलेन्स दर्ुघटना भएको हो । बंुकोट गाविस वडा नं १ मकैपुरस्थित कुलोमा लडेर बेहोश भएका पोखरा पार्दीका विष्णुकुमार

»More

मनाङमा पहिलोपटक पस्मीना अध्ययन शुरु

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

हिमालपारिको जिल्ला मनाङमा पहिलोपटक पस्मीना संवन्धि अध्ययन अनुसन्धान शुरु गरिएको छ । राष्ट्रिय पशु विज्ञान अनुसन्धान प्रतिष्ठानका बरिष्ठ वैज्ञानिकद्धय डाक्टर मेघराज तिवारी र डाक्टर प्रकाश पोख्रेलले पस्मीना संवन्धि अध्यायन अनुसन्धान शुरु गरेकाछन् । प्रतिष्ठानका पशु आहारा विशेषज्ञ डाक्टर तिवारी र पशु प्रजनन् विशेषज्ञ डाक्टर पोख्रेलले आगामी ४ बर्षा लागि पस्मीनाको अध्ययन अनुसन्धान शुरु

»More

Paragliding remains closed since a year

thehimalayantimes.com

Paragliding remains closed in the tourist town of Bandipur in Tanahu for the past one year. Paragliding that used to take place from the Gurungche hill was stopped after the direction of the Tourism Aviation Office to do so, stating that it was an air route for planes flying into the capital,

»More

झाडापखालाले पाँचको मृत्यु, ४० भन्दा बढी बिरामी

शिव अप्रिय

जिल्लाको उत्तरी क्षेत्रमा फैलिएको भाइरल झाडा पखालाबाट पाँच जनाको ज्यान गएको छ । १० दिनदेखि फैलिएको भाइरल झाडापखालाबाट गुम्दाको माछाखोला, खानीबेशी र लप्सीबोटमा तीनजना र काशीगाउँमा दर्ुइजनाको मृत्यु भएको हो । गुम्दा ५ र ६ स्थित माछाखोला, खानीबेशी र लप्सीबोट ६० बषर्ीया छल्ने गुरुङ्ग, सोही ठाउँको ३० बषर्ीय कुलबहादुर गुरुङ्ग र नाम खुल्न

»More

काङ्ग्रेस गोरखाको गाउँ अधिवेशन र्सबसम्मत

शिव अप्रिय

नेपाली कांग्रेस गोरखाले आज र्सबसम्मत रुपमा सबै गाविस र नगरपालिकाका वडाहरुको अधिवेशन सम्पन्न गरेको छ । जिल्लाका ६६ गाविस र गोरखा नगरपालिकाको ११ वटा वडाको अधिवेशन र्सब सम्मत रुपमा सम्पन्न गरेको हो । जिल्लामा रहेको एक गोरखा नगरपालिकाको नगर अधिवेशन भने भोली हुने कांग्रेस गाोरखाका सचिव किरणबाबु श्रेष्ठले बताए । प्रत्येक गाविस र नगरपालिकाको वडाबाट २ जना महिला, १ जना

»More

स्याक्लुुङकोट भ्यु टावरलाई सवा लाख सहयोग

हुम तमु

कास्की हंसपुर ७ स्याक्लुङ घर भइ हङकङमा रोजगारीमा रहेका स्याक्लुङबासीले स्याक्लुङकोट भ्यु टावर निर्माणका लागि सहयोगार्थ संकलित एक लाख चौबिस हजार एक सया छब्बिस रुपैया आज पोखरामा एक कार्यक्रम बिच हस्तान्तरण गरिएको छ । हङकङमा स्थित डाडा गाउले समाजका कार्यसमिति सदस्य उदय कुमार तमुले स्याक्लुङकोट गाँउ पर्यटन विकाश समितिका उपाध्यक्ष चन्द्र

»More

मनाङमा हवाई सेवा बन्द

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

हिमालपारिको जिल्ला मनाङवाट पोखरा र पोखरावाट मनाङ जिल्लामा संचालन भइरहेको हवाई सेवा बन्द भएको छ । नेपाल वायु सेवा निगमले हिमाली भेगमा आएको मौसम खराबीको कारण देखाउँदै ३ महिनाको लागि हवाई सेवा बन्द गराएको हो । हवाई सेवा बन्द भएपछि हवाई जहाज तथा हेलिकप्टरमार्फ आवत-जावत गर्ने यात्रु तथा पर्यटक मर्कमा परेकाछन् ।

»More

हिमाली गुरुङ परिवारको रजतवर्षा विविध कार्यक्रम

देविजंग तमु

पोखराको माटेपानीमा समाजघर रहेको हिमाली गुरुङ परिवारले समाज स्थापनाको पच्चिसवर्षपुगेकोमा विविध कार्यक्रम गरी रजतवर्षमनाउने भएको छ । लमजुङ जिल्लाबाट पोखरा आई वसोवास गर्ने तमुहरुको समाजको रुपमा चिनिने हिमाली गुरुङ परिवारले साउन १ गते लामा गुरुबाट दीप प्रज्वलन र अध्यक्षबाट रजत वर्षो उद्घाटन, विहान ८ बजे रक्तदान र दिउँसो घाँटु लगायत मौलिक साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।

»More