Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

खुमबहादुरको कैद पैसाले किनिएन

Nepal Khabar

काठमाडौं । पूर्वमन्त्री एवम् कांग्रेस नेता खुमबहादुर खड्काले आफूलाई भ्रष्टाचारी ठहर गरी जेल पठाउने निर्णयविरुद्ध दायर गरेको पुनरावलोकन मुद्दा सर्वोच्च अदालतले दर्ता अस्वीकार गरेको छ । खड्काले निवेदनमा माग गरेअनुसार कैद सजाय पैसामा परिवर्तन गरेर जेलमुक्त गर्न नमिल्ने भन्दै सर्वोच्च अदालतका सहरजिष्ट्रार नहकुल सुवेदीले पुनरावलोकनका लागि दिएको निवेदन अस्वीकृत गरेका हुन् । पूर्वमन्त्री खड्काले आफूलाई सर्वोच्चले भ्रष्टाचार ठहर गरी तोकेको डेढ वर्ष कैद रकम बुझाएर जेलमुक्त गर्न माग गरेका थिए ।

»More

मुद्रा तस्करीको छानविन गर्ने जिम्मा तस्करकै संरक्षकलाई

Nepal Khabar

काठमाडौं । चार दिन अघि विमानस्थलबाट सेटीङ मिलाएर तस्करी गर्ने क्रममा विमानभित्रै बाट ठूलो परिमाणको विदेशी मुद्रा बरामद गरिएको घटनाक्रम बारे छानविन गर्न प्रहरी प्रधान कार्यालयले एआईजी भिष्म प्रसाइँको नेतृत्वमा समिति गठन गरेको छ । सोमबार गठन गरिएको समितिमा प्रहरीकै अपराध अनुसन्धान विभागका निमित्त प्रमुख डीआईजी दिनकर शमशेर राणा र नेपाल प्रहरीकै केन्द्रीय अनुसन्धान व्यूरो (सीआईवी) प्रमुख डीआईजी उपेन्द्रकान्त अर्याल रहेका छन् । समितिलाई सात दिनभित्र तथ्य बुझेर प्रतिवेदन बुझाउन जिम्मेवारी तोकिएको छ ।

»More

सीए पौडेलको बद्मासी

NepalNews

काठमाडौं । सीए अर्थात् चार्टड एकाउन्टेन्टको काम सेवाग्राहीको हिसाव किताव दूरुस्त पारिदिने हो । तर, आफ्नो पदिय जिम्मेवारीको हैसियत बाहिर गएर कसैलाई थर्काउने तर्साउने गर्दै आफ्नो स्वार्थ पूरा गर्ने चार्टड एकाउन्टेन्ट सुरेन्द्र कुमार पौडेलका कृयाकलापले थुप्रै व्यवसायीले तनाव भोग्नु परेको छ । नेपालको राम्रै व्यवसायी मानिने दिब्य श्रेष्ठको ठूलो लगानी रहेका भरतपुरका नारायणी विकाश बैंक र क्रिष्टल फाइनान्स मर्ज हुन बाट बाधक बन्दै सीए पौडेलले ठूलो आर्थिक बद्मासी गरेको बताइएको छ ।

»More

अख्तियारमा पौडेललाई निमित्त !

NepalNews

काठमाडौं । सरकारको निकम्मापनका कारण झण्डै तीन वर्षदेखि पदाधिकारीविहीन भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग विस्तारै कर्मचारीको पनि अभावमा लङ्गडो बन्दैछ । झण्डै साँढे दुई वर्ष कार्यवाहक प्रमुखका रुपमा अख्तियार हाँकेका सचिव भगवतीकुमार काफ्लेले आजदेखि सेवा अवधि पूरा भएकाले स्वेच्छिक अवकास लिँदैछन् । उनले अवकास लिनुअघि नै आयोगको नेतृत्वकर्ताका रुपमा कसलाई चयन गर्नुपर्ने हो, त्यसतर्फ सरकारले चासो नदिँदा कार्यवाहकका अघि निमित्त झुण्ड्याउनुपर्ने अवस्था आइपरेको छ ।

»More

विदेशी मुद्रा र सुन तस्करहरुको रुवावासी कता लुके मलोहोत्रा, जमालिया, पोदार र लोहीया ?

NepalNews

हवलदारलाई बलिको बोको बनाउँदै डीआईजी र एसएसपी जोगीने उपायको खोजीमा, भरीया पक्रेर मुख्य तस्कर उम्क्याउने भित्री योजना मधु लम्साल काठमाडौं । पाँचपाँच वटा कडा सुरक्षा घेरा छलेर गर्न खोजीएको विदेशी मुद्राको तस्करी प्रकरणको खुलासा भएपछि देशको सुरक्षा अवस्थामाथि प्रश्न त उठेकै छ, त्योभन्दा पनि नेपाल तस्कर र माफियाको ट्रान्जिट प्वाइन्ट भएको विदेशी आरोपको समेत पुष्टि भएको छ । लामो समयदेखि काठमाडौंमा विद्युतिय उपकरणको व्यवसाय गर्दै आएका भारतीय राहदानीबहाक विनोद कुमार सोनीले शुक्रबार फ्लाई दुवईको उडानबाट तस्करी गर्न खोजेको झण्डै सवा करोड बराबरको विभिन्न मुलुकका मुद्रा विमान चेकजाँचका क्रममा बरामद भएपछि मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल माफिया र तस्करको कब्जामा रहेको प्रमाणित भएको छ ।

»More

हवलदारको टाउकोमा दोष थुपार्दैे उम्कने डीआईजीको प्रयास

Nepal Khabar

काठमाडौं । डीआईजी नारायण बस्ताकोटीले पत्रकार सम्मेलनमार्फत् आफू जोगीने उपायको खोजी गर्दै विदेशी मुद्रा पास गरेको अभियोग हवलदारको टाउकोमा थुपार्दै आफ्नो टाउको जोगाउने प्रयास गरेका छन् । डीआईजी बस्ताकोटीले छानविन समितिले काम नथाल्दै अनुसन्धानलाई नै असर पुयाउने गरी प्रहरी हवलदार सोभित कार्कीलाई दोषी ठहर गरेका छन् । डोमेस्टीक एअरलाइन्समा ड्यूटी रहेका भनिएका हवलदार कार्कीले त्यहाँबाट छिरेर उक्त रकम अन्तर्राष्ट्रिय उडानको यात्रु प्रतिक्षालयस्थित शौचालयमा लगेर भारतीय नागरिक सन्तोष कुमार सोनीलाई दिएको डीआईजी बस्ताकोटीले पत्रकार सम्मेलनमार्फत् जानकारी गराएका छन् ।

»More

एआईजी बढुवामा दौडधूप डीआईजी विनोद सिंहलाई मात्रै अवसर किन?

नेपाल खबर

काठमाडौं । नेपाल प्रहरीको रिक्त पाँच एआईजी पदमा सम्भवतः भोली पूर्ति हुँदैछ । गृहमन्त्रालय उच्च स्रोतका अनुसार भोली बस्ने नियमित मन्त्रिपरिषद्को बैठकमा बढुवाको प्रस्ताव लैजान तयारी भइरहेको छ । बढुवाका लागि प्रतिस्पर्धीले राजनैतिक लविङ गरे पनि महानिरीक्षक कुवेर सिंह रानाले वरिष्ठताक्रमकै आधारमा बढुवाका लागि विभागिय मन्त्री विजय कुमार गच्छदारसँग आग्रह गर्नु भएको बताइएको छ । पाँचपाँच वटा एआईजी पद खाली हुँदा संगठनको आन्तरिक कार्य प्रभावित भएको गुनासो महानिरीक्षक रानाले गरेपछि मन्त्री गच्छदार एआईजी बढुवाका लागि सहमत भएका हुन् ।

»More

विमानस्थल माफियाको कब्जामा, सुरक्षाकर्मी नै बिके डीआईजी बस्ताकोटीलाई निलम्वन गरेको ख्वै ?

नेपाल खबर

काठमाडौं । नेपालको सुरक्षा संयन्त्रप्रति विश्वास नगरेर वर्षाैदेखि देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भारतले अन्तिम चेकिङका रुपमा विमानको द्वारमै आफ्ना सुरक्षाकर्मी तैनाथ गर्नुको अर्थ पुष्टि भएको छ । भारतले केही वर्ष अघि काठमाडौंबाट उडेको आफ्नो ध्वजाबहाक विमान अपहरण भएदेखि नै नेपालको सुरक्षा संयन्त्रप्रति अविश्वास गर्दै विमानसम्म पुग्दाको अन्तिम चेकिङ आफ्नै सुरक्षाकर्मीबाट गराउँदै आएको छ । तर, भारतीय विमान बाहेक अन्य मुलुकका विमानले भने आजका दिनसम्म नेपालकै सुरक्षा संयन्त्रलाई विश्वास गरेको अवस्था छ ।

»More