Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

६ लाखको लागतमा सिद्धेश्वर महादेव मन्दिर निर्माण

बेलिना थापा

लमजुङ—बेंसीशहर नगरपालिका २ कोलडाँडा तालफाँटमा स्थानियको सक्रियातामा सिद्धेश्वर महादेव मन्दिर निर्मााण गरिएको छ । मन्दिर निर्माणका लागि कुनै संघसंस्थाको सहयोग नभई स्थानियकै पहलमा देश विदेशमा रहेकाहरुको सहयोगमा निर्मााण गरिएको हो । 
६ लाख लागतमा मन्दिर निर्मााण गरिएको मन्दिर निर्माण सSiddeswor Mandir Nirmanमितिका सचिव नबिन धितालले बताउनुभयो । मन्दिरको मंगलबार एक समारोहबीच बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गर्नुभएको हो । 
पण्डित रामनाथ बरालले स्वस्ती बाचन गर्नुका साथै नगरपालिका प्रमुख अर्यालले मन्दिर परिसरमा रहेको १ सय ८ पानसमा बत्ती बालेर मन्दिरको उद्घाटन गर्नुभएको हो  ।
Siddeswor Mandir Nirman
कार्यक्रमलाई संबोधन गर्दै अर्यालले स्थानियको सक्रियतामा मन्दिर निर्माण हुनु सकरात्मक रहेको बताउनुभयो । नगरपालिकाले पनि मन्दिर संरक्षणका लागि आवश्वक पहल गर्ने बताउनुभयो । धार्मिक स्थल निर्माण सँगै विकासका अन्य क्रियाकलापहरु अघि बढाउनुपर्नेमा उहाँले जोड दिनभुयो । 
कार्यक्रममा बेंसीशहर नगरपालिका २ का वडा अध्यक्ष गणेश कँडेल, लमजुङ उद्योग वाणिज्य संघ लमजुङका अध्यक्ष राजेश थापा, लमजुङ विद्युत् उपभोत्ता संस्थाका अध्यक्ष श्रीकान्त घिमिरे, धिताल सेवा समाजका केन्द्रिय अध्यक्ष भोलाहरी धिताल, नेपाली कांग्रेसकी विष्णुमाया धिताल, नेपाल पत्रकार महासंघ लमजुङ जिल्ला शाखा अध्यक्ष आश गुरुङ, चन्दादाताको तर्फबाट राजुकमार धिताल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो  । 
मन्दिर निर्माण समितिका अध्यक्ष खेमराज धितालको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सरस्वती धितालले स्वागत मन्तब्य राख्नुभएको थियो ।


Posted on:February 15, 2018, 7:09 pm




Comments on above topic:





लमजुङको उदीपुरमा महायज्ञ सुरु

बेलिना थापा

लमजुङ । फागुन ५ । 
बेंसीशहर नगरपालिका¬ १ उदीपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा शनिवारबाट श्रीमद् भागवात महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । विद्यालयमा निकट भविष्यमा नै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ जनकल्याण माविले महायज्ञ सञ्चालन गरेको हो । महायज्ञ शनिवारबाट फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा प्रदेश नं ४ का प्रदेशसभा सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यता थियो । 

»More

रेडक्रस सोसाइटी हिलेटक्सार उपशाखाको सभापतिमा लिलाबहादुर तामाङ

बेलिना थापा

लमजुङ, फागुन ५ ।
नेपाल रेडक्रHiletaksarस सोसाइटी हिलेटक्सार उपशाखाको १४ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । उपशाखाका सभापति मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, शाखाका सदस्य एवं निर्वाचन कमिटिका संयोजक घनबहादुर कुताल, जिल्ला शाखा प्रमुख श्रीकान्त घिमिरे, दोर्दी गाउँपालिका ८ का अध्यक्ष खेमबहादुर गुरुङ, दोर्दी गाउँपालिका ८ का सदस्य नेत्रजङ गुरुङ, बेंसीशहर नगरपालिका वडा नम्बर १० का सदस्य मिनबहादुर तामाङ लगायतको उपस्थितीे थियो ।  

»More

मस्र्याङ्दी ४ का ७ विद्यालयलाई फिल्टर वितरण

बेलिना थापा

लमजुङ, फागुन ३ गते । 
मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ४ Filterवडा कार्यलयमार्फत वडामा रहेका ७ वटा विद्यालयलाई फिल्टर वितरण गरिएको छ । वडालाई २ दशमलव ४ मेगावाटको अपर स्यागे हाइड्रोपावर मार्फत प्राप्त ३५ वटा फिल्टर विद्यालयलाई वितरण गरिएको हो । 
विद्यालयमा शुद्ध पानीको अभाव नहोस् र बालबालिकालाई सहज होस् भन्ने उद्देश्यका साथ ५२ हजार ५ सय रुपैयाँ लागतमा फिल्टर वितरण गरिएको वडा अध्यक्ष सुमन गुरुङले बताउनुभयो । 

»More

६ लाखको लागतमा सिद्धेश्वर महादेव मन्दिर निर्माण

बेलिना थापा

लमजुङ—बेंसीशहर नगरपालिका २ कोलडाँडा तालफाँटमा स्थानियको सक्रियातामा सिद्धेश्वर महादेव मन्दिर निर्मााण गरिएको छ । मन्दिर निर्माणका लागि कुनै संघसंस्थाको सहयोग नभई स्थानियकै पहलमा देश विदेशमा रहेकाहरुको सहयोगमा निर्मााण गरिएको हो । 
६ लाख लागतमा मन्दिर निर्मााण गरिएको मन्दिर निर्माण समितिका सचिव नबिन धितालले बताउनुभयो । मन्दिरको मंगलबार एक समारोहबीच बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गर्नुभएको हो । 

»More

दोस्रो बेंसीसहर महोत्सव सुरु

बेलिना थापा

बेंसीसहरमा सोमबारदेखि दोस्रो बेंसीसहर महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघको बेंसीसहर इकाइले उक्त महोत्सवको आयोजना गरेको हो । 
बेंसीसहरको दनाइँफाँटस्थित महोत्सवस्थलमा औपचारिक कार्यक्रम गर्नुअघि मनाङेचौताराबाट विभिन्न जातजातिका झाँकी तथा ¥याली निकालिएको थियो । मौलिक पोषाकमा सजिएका झाँकीसहित ¥यालीमा विद्यार्थीको पनि सहभागिता थियो ।

»More