Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

दोस्रो बेंसीसहर महोत्सव सुरु

बेलिना थापा

लमजुङ–बेंसीसहरमा सोमबारदेखि दोस्रो बेंसीसहर महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघको बेंसीसहर इकाइले उक्त महोत्सवको आयोजना गरेको हो । 
बेंसीसहरको दनाइँफाँटस्थित महोत्सवस्थलमा औपचारिक कार्यक्रम गर्नुअघि मनाङेचौताराबाट विभिन्न जातजातिका झाँकी तथा ¥याली निकालिएको थियो । मौलिक पोषाकमा सजिएका झाँकीसहित ¥यालीमा विद्यार्थीको पनि सहभागिता थियो । बेंसीसहरको उद्योग, व्यापार, जलविद्युत, पर्यटन, कृषि तथा संस्कृतिको प्रवद्र्धन गर्न महोत्सव आयोजना गरिएको उद्योग वाणिज्य संघ बेंसीसहर इकाईका अध्यक्ष प्रदीप बस्नेतले बताए । यस्तै, सुरक्षित तथा व्यबस्थित बजार र सामाजिक, आर्थिक विकासमा टेवा पु¥याउने महोत्सवको उद्देश्य छ । महोत्सव फागुन ८ गतेसम्म संचालन हुनेछ ।
महोत्सव उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले विकासमा समृद्धि नै अहिलेको अवाश्यकता रहेको औंल्याए । ‘हामी आगामी सरकारप्रति निकै आशाबादी छौं । प्रदेश सरकार, स्थानीय सरकारप्रति ठूलो भरोसा छ । विकासमा हामी सरकारलाई सघाउन चहान्छौं’ उनले भने, ‘विकासमा बन्द हड्ताल भने जायक कुरा होइन । यसमा सरकारले निजी क्षेत्रलाई सहयोग गर्नुपर्छ ।’ जलविद्युत, पर्यटन, कृषिमा लगानीमैत्री वातावरण निर्माणको लागि स्थानीय सरकार कटिबद्ध रहनुपर्ने उनले बताए । जिल्ला समन्वय समितिका प्रमुख लोकराज पाण्डेले जिल्लाको विकास निर्माणको लागि स्थानीय तहको हातेमालो आवश्यक रहेको बताए । ‘हामी जलविद्युत, कृषि, पर्यटन, जडिबुटी प्रवद्र्धनमा लगानीमैत्री वातावरण चहान्छौं । यसमा निजीक्षेत्र, स्थानीय र सरकार सवै मिल्नुको विकल्प छैन’ उनले भने । जिल्लास्थित राजनीतिक दलका नेता, ब्यवसायी लगायतले सवैको ध्यान आर्थिक समृद्धिमा रहेकाले यसको वातावरण निर्माण गर्न सवै एक हुनुपर्ने बताए ।
महोत्सवमा औद्योगिक तथा व्यापारीक प्रदर्शनी, स्थानीय घरेलु तथा हस्तकला, कृषि तथा जडीवुटी, पुष्प प्रदर्शनी, फोटो तथा बृत्तचित्र, पुस्तक तथा पुष्प प्रदर्शनी, सरकारी तथा गैरसरकारी कार्यालयको गतिविधि प्रदर्शन गरिएको छ । परम्परागत खाना उत्सव, जिल्लास्तरीय साहित्यिक कार्यक्रम, दैनिक मनोेरञ्जनात्मक कार्यक्रम महोत्सवमा हुनेछन् । बाल उद्यान, पर्यटन सूचना केन्द्र राखिएका छन् । आन्तरिक पर्यटन टुर प्याकेज, मस्र्याङदीमा ¥याफ्टिङ, कार्याशाला गोष्ठी लगायत कार्यक्रम रहेको आयोजकले जनाएको छ । महोत्सवमा १ सय ६५ व्यवसायिक, होटल १३ वटा र कृषि, पशु, घरेलु लगायत गरी कूल १ सय ८३ वटा स्टल राखिएका छन् । महोत्सवले जिल्लामा व्यापार व्यवसाय अद्धिबृद्धि गर्न, स्थानीय सीप र प्रविधिको प्रवद्र्धन तथा लगानीमैत्री वातावरण सिर्जन ागर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ । 







Posted on:February 13, 2018, 12:01 pm




Comments on above topic:





लमजुङको उदीपुरमा महायज्ञ सुरु

बेलिना थापा

लमजुङ । फागुन ५ । 
बेंसीशहर नगरपालिका¬ १ उदीपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा शनिवारबाट श्रीमद् भागवात महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । विद्यालयमा निकट भविष्यमा नै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ जनकल्याण माविले महायज्ञ सञ्चालन गरेको हो । महायज्ञ शनिवारबाट फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा प्रदेश नं ४ का प्रदेशसभा सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यता थियो । 

»More

रेडक्रस सोसाइटी हिलेटक्सार उपशाखाको सभापतिमा लिलाबहादुर तामाङ

बेलिना थापा

लमजुङ, फागुन ५ ।
नेपाल रेडक्रHiletaksarस सोसाइटी हिलेटक्सार उपशाखाको १४ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । उपशाखाका सभापति मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, शाखाका सदस्य एवं निर्वाचन कमिटिका संयोजक घनबहादुर कुताल, जिल्ला शाखा प्रमुख श्रीकान्त घिमिरे, दोर्दी गाउँपालिका ८ का अध्यक्ष खेमबहादुर गुरुङ, दोर्दी गाउँपालिका ८ का सदस्य नेत्रजङ गुरुङ, बेंसीशहर नगरपालिका वडा नम्बर १० का सदस्य मिनबहादुर तामाङ लगायतको उपस्थितीे थियो ।  

»More

मस्र्याङ्दी ४ का ७ विद्यालयलाई फिल्टर वितरण

बेलिना थापा

लमजुङ, फागुन ३ गते । 
मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ४ Filterवडा कार्यलयमार्फत वडामा रहेका ७ वटा विद्यालयलाई फिल्टर वितरण गरिएको छ । वडालाई २ दशमलव ४ मेगावाटको अपर स्यागे हाइड्रोपावर मार्फत प्राप्त ३५ वटा फिल्टर विद्यालयलाई वितरण गरिएको हो । 
विद्यालयमा शुद्ध पानीको अभाव नहोस् र बालबालिकालाई सहज होस् भन्ने उद्देश्यका साथ ५२ हजार ५ सय रुपैयाँ लागतमा फिल्टर वितरण गरिएको वडा अध्यक्ष सुमन गुरुङले बताउनुभयो । 

»More

६ लाखको लागतमा सिद्धेश्वर महादेव मन्दिर निर्माण

बेलिना थापा

लमजुङ—बेंसीशहर नगरपालिका २ कोलडाँडा तालफाँटमा स्थानियको सक्रियातामा सिद्धेश्वर महादेव मन्दिर निर्मााण गरिएको छ । मन्दिर निर्माणका लागि कुनै संघसंस्थाको सहयोग नभई स्थानियकै पहलमा देश विदेशमा रहेकाहरुको सहयोगमा निर्मााण गरिएको हो । 
६ लाख लागतमा मन्दिर निर्मााण गरिएको मन्दिर निर्माण समितिका सचिव नबिन धितालले बताउनुभयो । मन्दिरको मंगलबार एक समारोहबीच बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गर्नुभएको हो । 

»More

दोस्रो बेंसीसहर महोत्सव सुरु

बेलिना थापा

बेंसीसहरमा सोमबारदेखि दोस्रो बेंसीसहर महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघको बेंसीसहर इकाइले उक्त महोत्सवको आयोजना गरेको हो । 
बेंसीसहरको दनाइँफाँटस्थित महोत्सवस्थलमा औपचारिक कार्यक्रम गर्नुअघि मनाङेचौताराबाट विभिन्न जातजातिका झाँकी तथा ¥याली निकालिएको थियो । मौलिक पोषाकमा सजिएका झाँकीसहित ¥यालीमा विद्यार्थीको पनि सहभागिता थियो ।

»More