Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइदै

बेलिना थापा

लमजुङमा आगामी फागुन १२, १३ र १४ गते हात्तीपाइले अर्थात फाइलेरिया रोग विरुद्धको औषधी खुवाइने भएको छ ।
जन्मेको २ बर्षमाथिका नागरिकलाई हात्तिपाइलेविरुद्धको डाइईथाइलकार्बामाजिन (डीइसी) र जुकाको औषधी अल्वेन्डाजोल खुवाउन लागेको हो । यसका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र १ हजार १ सय ५५ जना स्वयंसेवक खटिने जिल्ला जनस्वास्थ्य कार्यालय लमजुङले जनाएको छ । यसपटक जिल्लाका १ लाख ५८ हजार ८ सय ८४ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइ“ले जानकारी दिनुभयो । गतबर्ष १ लाख २० हजार ८ सय ६ जनालाई औषधी खुवाइएको थियो । फागुन पहिलो दिन फागुन १२ गते प्रत्येक टोलरटोलको पायक पर्ने स्थानमा हात्तीपाइले रोगविरुद्धको औषधी खुवाइने साथै दोश्रो र तेश्रो दिन घरदैलो गरी औषधी खुवाउने कार्यक्रम तय गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ । उक्त अभियान अन्तर्गत ४ सय १६ जना स्वस्थ्यकर्मी र १ हजार १ सय ५५ जना स्वयंसेवक खटिने भएको छ ।
उक्त औषधी दुई वर्ष नपुगेका केटाकेटी, गर्भवती र ७ दिन सम्मका सुत्केरी, सिकिस्त बिरामी, क्यान्सर, मुटु, कलेजो, मृगौला, फोक्सोका दीर्घरोगी साथै छारे रोग, २४ घण्टा भित्रमा ज्वरो आएको, कडा कुपोषण भएका ५ वर्ष मुनिका बालवालिकालाई खुवाउन नहुने चिकित्कसहरुले बताएका छन् । यस्तै, ७० बर्ष भन्दा माथिका बृद्धबृद्धालाई राम्रोसंग स्वास्थ्य जा“च गरेरमात्रै खुवाउनुपर्ने उनीहरुको भनाई छ । हात्तीपाइले रोग विरुद्धको औषधी पूर्ण रुपमा सुरक्षित भएकाले सामान्य रिंगाटा लागेमा आत्तिहाल्न नहुने स्वास्थ्यकर्मीले बताएको छ । हात्तीपाइले रोगको लक्षण देखिन लागेका ब्यक्तिमा सामान्य रिंगाटा लाग्ने समस्या देखिने र केही नहुने स्वास्थ्यकर्मीले बताएका छन् ।
जनस्वास्थ्य कार्यालयले यसबारे कार्यक्रम तय गरी बुधबार आयोजित हात्तीपाइले रोग निवारण विरुद्धको जिल्लास्तरीय समन्वय समितिको बैठकमा पेश गरेको थियो । कार्यक्रम अन्तर्गत माघ २५ गते जिल्लास्तरीय योजना तर्जुमा तथा समीक्षा गोष्ठी, २६ गते स्वास्थ्यकर्मीका लागि गोष्ठी, माघ २७ देखि फागुन १ गतेसम्म स्वास्थ्यकHattipaile Meeting in Lamjungर्मीका लागि अभिमूखिकरण, ३ गते जिल्लास्तरीय जनचेतना अभिबृद्धि अन्तरक्रिया कार्यक्रम, ४ गते पत्रकार सम्मेलन तथा अन्तरक्रिया कार्यक्रम, ४ गते नै नगरपालिकास्तरीय जनचेतना अभिबृद्धि कार्यक्रम, ४ गतेदेखि १४ गतेसम्म पत्रपत्रिका, एफएमरेडियो तथा टिभीबाट सूचना प्रसारण, ५ देखि ७ गतेसम्म वडास्तरीय जनचेतना अभिबृद्धि कार्यक्रम, फागुन ७  देखि ९ गतेसम्म १ स्वयंसेवकका लागि १ दिन अभिमूखिकरण कार्यक्रम, ९ गतेदेखि १३ गतेसम्म माइकिङ, फागुन १२, १३ र १४ गते हात्तीपाइले रोगविरुद्धको औषधी खाुवाई फागुन २० गतेसम्म प्रतिवेदन संकलन गर्ने कार्यक्रम तय गरेको छ ।
प्रमुख जिल्ला अधिकारी युवराज मैनालीको अध्यक्षतामा भएको जिल्लास्तरीय समन्वय समितिको बैठकमा स्थानीय विकास अधिकारी डिल्लीराम सिग्देल, जिल्ला शिक्षा अधिकारी गोपालप्रसाद क“डेल, महिला तथा बालबालिका अधिकृत विष्णुमाया पौडेल, प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्ट, जिल्ला जनस्वास्थ्य अधिकृत केशवप्रसाद चापागाइ“, लमजुङ जिल्ला सामुदायिक अस्पतालका डाक्टर हिक्मत भण्डारी, नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, एमाले प्रतिनिधि सुभाष पौडेल, कांग्रेस प्रतिनिधि नाराइनबहादुर सुयेल, नेपाल पत्रकार महासंघ लमजुङ शाखा अध्यक्ष आश गुरुङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण जनस्वास्थ्य निरीक्षक मनोजसिंह बोहोराले गर्नुभएको थियो ।
क्यूलेक्स जातिको लामखुट्टेले हात्तीपाइले रोग लागेका मान्छेलाई  टोकेपछि उक्त लामखुट्टेले निरोगी मान्छेलाई टोकेमा हात्तीपाइले रोग लाग्ने स्वास्थ्यकर्मीको भनाइ छ । हात्तीपाइले रोग लागेका ब्यक्तिमा ज्वरो आउने, लिम्फ नलीहरु सुन्निने, पुरुषमा अण्डकोष वरपरका नसाहरु फूल्ने, दुख्ने, महिलामा यौनअंग सुन्निने, खुट्टा सुन्निएर हात्तीपाइले÷फाइलेरिया हुने, पिसाव धमिलो दूधदही जस्तो वाक्लो हुने लक्षण देखा पर्ने स्वास्थ्यकर्मीको भनाई छ । यसवाट बच्न लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधी सेवन गर्नुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ ।


Posted on:February 9, 2018, 10:50 pm




Comments on above topic:





लमजुङको उदीपुरमा महायज्ञ सुरु

बेलिना थापा

लमजुङ । फागुन ५ । 
बेंसीशहर नगरपालिका¬ १ उदीपुरमा रहेको जनकल्याण माध्यमिक विद्यालयको प्रांगणमा शनिवारबाट श्रीमद् भागवात महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन भएको छ । विद्यालयमा निकट भविष्यमा नै प्राविधिक तथा व्यावसायिक शिक्षा सञ्चालन गर्ने उद्धेश्यका साथ जनकल्याण माविले महायज्ञ सञ्चालन गरेको हो । महायज्ञ शनिवारबाट फागुन १२ गतेसम्म सञ्चालन हुनेछ ।
महायज्ञ मूल समारोह समितिका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षतामा सञ्चालित उद्घाटन सत्रमा प्रदेश नं ४ का प्रदेशसभा सदस्य मायानाथ अधिकारीको प्रमुख आतिथ्यता थियो । 

»More

रेडक्रस सोसाइटी हिलेटक्सार उपशाखाको सभापतिमा लिलाबहादुर तामाङ

बेलिना थापा

लमजुङ, फागुन ५ ।
नेपाल रेडक्रHiletaksarस सोसाइटी हिलेटक्सार उपशाखाको १४ औँ साधारण सभा शनिवार सम्पन्न भएको छ । उपशाखाका सभापति मानबहादुर तामाङको सभापतित्वमा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सभापति नारायणप्रसाद घिमिरे, शाखाका सदस्य एवं निर्वाचन कमिटिका संयोजक घनबहादुर कुताल, जिल्ला शाखा प्रमुख श्रीकान्त घिमिरे, दोर्दी गाउँपालिका ८ का अध्यक्ष खेमबहादुर गुरुङ, दोर्दी गाउँपालिका ८ का सदस्य नेत्रजङ गुरुङ, बेंसीशहर नगरपालिका वडा नम्बर १० का सदस्य मिनबहादुर तामाङ लगायतको उपस्थितीे थियो ।  

»More

मस्र्याङ्दी ४ का ७ विद्यालयलाई फिल्टर वितरण

बेलिना थापा

लमजुङ, फागुन ३ गते । 
मस्र्याङ्दी गाउँपालिका वडा नम्बर ४ Filterवडा कार्यलयमार्फत वडामा रहेका ७ वटा विद्यालयलाई फिल्टर वितरण गरिएको छ । वडालाई २ दशमलव ४ मेगावाटको अपर स्यागे हाइड्रोपावर मार्फत प्राप्त ३५ वटा फिल्टर विद्यालयलाई वितरण गरिएको हो । 
विद्यालयमा शुद्ध पानीको अभाव नहोस् र बालबालिकालाई सहज होस् भन्ने उद्देश्यका साथ ५२ हजार ५ सय रुपैयाँ लागतमा फिल्टर वितरण गरिएको वडा अध्यक्ष सुमन गुरुङले बताउनुभयो । 

»More

६ लाखको लागतमा सिद्धेश्वर महादेव मन्दिर निर्माण

बेलिना थापा

लमजुङ—बेंसीशहर नगरपालिका २ कोलडाँडा तालफाँटमा स्थानियको सक्रियातामा सिद्धेश्वर महादेव मन्दिर निर्मााण गरिएको छ । मन्दिर निर्माणका लागि कुनै संघसंस्थाको सहयोग नभई स्थानियकै पहलमा देश विदेशमा रहेकाहरुको सहयोगमा निर्मााण गरिएको हो । 
६ लाख लागतमा मन्दिर निर्मााण गरिएको मन्दिर निर्माण समितिका सचिव नबिन धितालले बताउनुभयो । मन्दिरको मंगलबार एक समारोहबीच बेंसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गर्नुभएको हो । 

»More

दोस्रो बेंसीसहर महोत्सव सुरु

बेलिना थापा

बेंसीसहरमा सोमबारदेखि दोस्रो बेंसीसहर महोत्सव सुरु भएको छ । लमजुङ उद्योग वाणिज्य संघको बेंसीसहर इकाइले उक्त महोत्सवको आयोजना गरेको हो । 
बेंसीसहरको दनाइँफाँटस्थित महोत्सवस्थलमा औपचारिक कार्यक्रम गर्नुअघि मनाङेचौताराबाट विभिन्न जातजातिका झाँकी तथा ¥याली निकालिएको थियो । मौलिक पोषाकमा सजिएका झाँकीसहित ¥यालीमा विद्यार्थीको पनि सहभागिता थियो ।

»More