Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

लमजुङ-कास्कीको लेक विवाद् आफ्नो भू-भाग फर्काउने कसरतमा लमजुङे

आश गुरुङ,



 लमजुङ, पुस ७ गते ।
आदिम समयदेखि लमजुङेले भोगचलन गर्दै आएको लेकाली भू-भागहरु कास्कीका वासिन्दाले भोगचलन गर्न थालेपछि यसलाई फर्काउने कसरतमा लमजुङका वासिन्दा जुटेका छन् । लमजुङको दशथरमा पर्ने उत्तरकन्या, घनपोखरा र भुजुङ गाविस साथै पाँचगाउँमा पर्ने पसगाउँ र भोँजे गाविसका लेकाली क्षेत्रहरु 'टोपो ग्राफिक्स् म्याप' मा कास्की जिल्लाको नामार्जुङ गाविसमा देखिएपछि स्थानीयवासिन्दा आफ्नो पुरानो क्षेत्रलाई कानुनी रुपमा फर्काउने प्रयत्नमा जुटेका हुन् ।
सरकारले २०४२ सालमा नापी गर्दा बस्ती क्षेत्रको मात्रै गरेको र सो क्षेत्रको बनजंगल क्षेत्रमा सिमांकन नगरेपनि १९९१ को नापी अनुसार नै लमजुङको ५ गाउँ विकास समितिका वासिन्दाले ती लेकाली क्षेत्रहरु प्रयोग गर्दै आएका थिए । तर, पछिल्लो समय 'टोपो ग्राफिक्स् म्याप' मा ती सवै क्षेत्रहरु कास्कीमा पारिएपछि नामार्जुङका वासिन्दाले प्रयोग गर्न थालेकोमा यसलाई आफूहरुले उपभोग गर्न पाउनुपर्ने भन्दै लमजुङका ५ वटा गाउँ विकास समिति झण्डै २ दशकपछि कानुनी उपचारको खोजीमा जुटेका हुन् ।
पहिले लमजुङको भू-भाग र पछिल्लो समय कास्कीले प्रयोग गर्न थालेको भू-भागमा गुरुङ जातिको उद्गम एवं आदिम थलो ख्होल अर्थात क्होला सोँथरसहित १ सय भन्दा बढी खर्क तथा चरणक्षेत्रहरु रहेका छन् । केही बर्षघि सम्म कास्कीका गोठालाहरुले ती ठाउँमा गोठ ल्याउँदा खर्क तथा चरणक्षेत्र भोगचलन गरेबापत कस्केलीले लमजुङेलाई सर्ेमा अर्थात भाडा तिर्दै आएकोमा अहिले छोडेको छ । गुरुङ जातिको उद्गमस्थल लमजुङ भएको भन्दै २०६६ सालमा लमजुङमा पहिलो पटक नालसभा आयोजना गरिएकोमा त्यसपछि पटक-पटक गरिँदै आएको अध्ययन अनुसार लमजुङेले भोगचलन गर्दै आएको क्षेत्र कास्कीमा पर्ने भन्दै कस्केली गोठालाहरुले लमजुङे गोठालाहरुलाई सर्ेमा तिर्न छाडेको हो । पछिल्लो समय खर्क भोगचलन गरेवपत घनपोखरालाई २५ र उत्तरकन्या घलेगाउँलाई एउटा साँढ सर्ेमा तिर्दै आएकोमा अहिले त्यो तिर्न छाडेको गोठालाहरुले बताएका छन् ।
अहिले आफ्ना भू-भाग समेत आफूले प्रयोग गर्न नपाएको भन्दै अतिक्रमित भू-भाग फिर्ता ल्याउन लमजुङका एक विज्ञसहितको कार्यदल गठन भएको छ । जिल्ला विकास समिति लमजुङका पर्ूव सभापति एवं राप्रपाका सहायक महामन्त्री समेत रहेका घनपोखरा गाविसका हेमजंग गुरुङको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । समितिको सहसंयोजकमा उत्तरकन्या गाविसका प्रेम घले, सचिवमा पसगाउँ गाविसका चन्द्रप्रसाद गुरुङ रहेका छन् । यस्तै सदस्यहरुमा भोँजे गाविसका गमप्रसाद गुरुङ, भुजुङ गाविसका नारायणबहादुर गुरुङ, उत्तरकन्या गाविसका लिलबहादुर घले र घनपोखरा गाविसका खगेश्वरजंग गुरुङ रहेका छन् । यस्तै सल्लाहकारमा भोँजे गाविसका यमबहादुर गुरुङ र उत्तरकन्या गाविसका गंगाबहादुर घले रहेका छन् ।
सदरमुकाम बेसीशहरमा भएको भेलाले २०४२ सालको नापी नक्सामा लमजुङ र कास्की जिल्लाको सिमाना पहिलेको भन्दा फरक कामय हुन गई लमजुङका ५ गाविसले भोगचलन गर्दै आएको खर्च खर्चरीहरुसहित गुरुङ जातिको उद्गमस्थल ख्होल समेत कास्की जिल्लाको सिमानाभित्र पर्न गएको देखिएकाले सो स्थानलाई यथावत कायम गर्न अघि बढ्ने निर्ण्र्ाागरेको छ । यस्तै, अहिलेसम्म गुरुङ जातिको उद्गमस्थल विभिन्न नामबाट प्रचलित रहेकोमा यसलाई एकरुपता ल्याउने उद्देश्यले 'ख्होल' राख्ने निर्ण्र्ाासमेत गरेको छ । कार्यक्रममा पाँचै गाविसका पुराना ब्यक्तिहरु, सीमा क्षेत्रमा जाने र खर्कहरुमा गोठ बसाल्दै आएका गोठालाहरु साथै गाउँका मुख्यमुख्य ब्यक्तिहरुको उपस्थिति रहेको थियो । तमू हृयूला छोँज धीँ गुरुङ राष्ट्रिय परिषद् लमजुङका अध्यक्ष प्रेम घलेको समन्वयमा भएको कार्यक्रमलाईर् इन्जिनियर हेमजंग गुरुङ र एक्यापमा कार्यरत यमबहादुर गुरुङले सहजीकरण गरेका थिए ।
२०३२ सालमा गाउँपञ्चायत हुँदा लमजुङका ६ वटा गाउँपञ्चायत कास्कीमा गाभिएको थियो । त्यतिबेला बेला सदरमुकाम आउजाउमा अप्ठ्यारो भएपछि पसगाउँ गाउँपञ्चायत लमजुङमै राखिएको थियो भने त्यसपछि ०३६ सालमा भएको नापीले पुरानै सिमाङ्कनलाई कायम राखेको पाइएको छ । सरकारले विश्वसम्पदा सूचिमा गुरुङहरुको आदिम थलोको रुपमा रहेको ख्होल लाई सूचिकृत गर्न ठेगाना लेख्नेक्रममा सो क्षेत्र कास्कीमा परेको देखिएको र यसविषयमा पहिल्यै देखि काम शुरुवात गर्ने प्रयास गरेपनि अहिलेमात्र सवै एकजुट हुन सकेको तमू संग्रहालयका वरिष्ठ परम आजीवन सदस्य समेत रहेका हेमजंग गुरुङले वताए । लमजुङको भुजुङ-पसगाउँ-घनपोखरा क्षेत्रबाट ती ठाउँहरुमा जान जान २ देखि ३ दिन लाग्छ । कास्कीको ताङतिङ-सिक्लेसवाट १ दिनमै पुग्न सकिने भएकाले पनि उनीहरुको अतिक्रमण बढेको लमजुङेको बुझाई छ ।
गुरुङ जातिको उद्गम स्थल एवं आदिम थलो ख्होलको बारेमा सन् २००० मा बेलायतस्थित क्याम्ब्रीज विश्वविद्यालय, नेपाल पुरातत्व विभाग र तमू प्ये ल्हु संघद्धारा पहिलोपटक संयुक्त अनुसन्धान र उत्खनन् गरिएको थियो । त्यहाँ रहेका कतिपय महत्वपर्ूण्ा सामाग्रीहरु हाल बेलायतको संग्रालयमा समेत भेटिएका त्यहाँ पुग्ने नेपालीले फेला पारेको गुरुङले वताएकाछन् ।
मंगोलमा गुरुङहरुको उत्पत्ति भएपछि तिब्बत हुँदै क्खोलमा आएर गुरुङहरुले आदिमराज्य कायम गरेकोर् इतिहासमा उल्लेख छ । पहिले तितरवितर अवस्थामा रहेका गुरुङहरु त्यतिवेला मृगको शिकार गरेर खान्थे । विस्तारै मनोचेतना आएपछि उनीहरुले पछिल्लो सयम त्यहीँ घर बनाएका हुन् । ढिकीजाँतो गरि उनीहरुले बनेलु फलफूल ल्याएर खान थाले । यकिन मिति थाह हुन नसकेपनि यो समय १३ सय बर्षपुरानो रहेको गुरुर्ङर् इतिहासविद्हरुले वताएकाछन् । तर, पुरातात्व विभागले १२ सय बर्षअगाडिकोर् इतिहास भएको पुष्टि गरिसकिएको छ । ती ठाउँ समुद्री सतहदेखि करीब ३ हजार ३ सय ३० देखि ४ हजार २ सय मीटरको उचाईमा रहेको छ ।
सवै गुरुङहरु एकजुट भएर वसिरहेको ख्होलमामा तत्कालीन समयमा तीनटोल थियो । सवै भन्दा तल मु, बीचमा प र सवैभन्दा माथि तु गरी ३ वटा टोलमा विभाजित भएको पाइएको छ । गुरुङ पुरोहित तथा गुरुङ शास्त्रमा उल्लेख भएअनुसार ८० घर हुनुपर्ने सो स्थानमा सन् २००० मा क्याम्ब्रीज विश्वविद्यालय, नेपाल पुरातत्व विभागले अनुसन्धानबाट जम्मा ६० वटा घरको भग्नावशेष फेला पारिएको उल्लेख छ । सोही ठाउँमा ढुङ्गाको ४ फिट र्६र् इन्च अग्लो खम्बा गाडिएको छ । पर्ूव प्राज्ञ डाक्टर जगमान गुरुङले त्यो खम्बा ख्होल राज्यको मौलो भएको र यसलाई त्हो युमः अर्थात मौलो ढुङ्गाको रुपमा मान्यता दिई आदर सम्मान गर्ने गरिएको बताए ।


Posted on:December 22, 2014, 4:11 pm




Comments on above topic:





लमजुङ-कास्कीको लेक विवाद् आफ्नो भू-भाग फर्काउने कसरतमा लमजुङे

आश गुरुङ,

आदिम समयदेखि लमजुङेले भोगचलन गर्दै आएको लेकाली भू-भागहरु कास्कीका वासिन्दाले भोगचलन गर्न थालेपछि यसलाई फर्काउने कसरतमा लमजुङका वासिन्दा जुटेका छन् । लमजुङको दशथरमा पर्ने उत्तरकन्या, घनपोखरा र भुजुङ गाविस साथै पाँचगाउँमा पर्ने पसगाउँ र भोँजे गाविसका लेकाली क्षेत्रहरु 'टोपो ग्राफिक्स् म्याप' मा कास्की जिल्लाको नामार्जुङ गाविसमा देखिएपछि स्थानीयवासिन्दा आफ्नो पुरानो क्षेत्रलाई कानुनी रुपमा फर्काउने प्रयत्नमा जुटेका हुन् ।

»More

हिमाली क्षेत्रमा हिमपात जारी

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा अझै हिमपात जारी छ । चारदिनदेखि अविरल परेको हिमपातका कारण स्थानीयवासिन्दा प्रभावित बनेका छन् ।
      हिमपातपछि चिसो बढ्दा माथिल्लो मनाङको निस्याङ क्षेत्र, नार र फू उपत्याका, सदरमुकाम चामे र चामेसहित तल्लो मनाङका ३ गाविसका वासिन्दा घरबाहिर निस्कन समेत सकेका छैनन् । गोरेटोबाटो साथै मानववस्तीमा ३ फिटसम्म हिउँ जमेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताए ।
चिसोका कारण माथिल्लो मनाङको मनाङ बजार र सदरमुकाम चामेको बजार सुनसान जस्तै छ । 

»More

एसएलसीमा जिल्ला प्रथमलाई १ लाख प्रदान

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा २०७० सालको एसएलसी परीक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई स्थानीय समाजसेवीले १ लाख रुपैँया प्रदान गरेका छन् । जिल्ला भरी नै सर्वोत्कृष्ठ हुने अन्नपर्ूण्ा मावि मनाङबाट प्रवेशिका दिनुभएका सुनिता गुरुङलाई एक कार्यक्रमकाबीच समाजसेवी कर्म घलेले नगद पुरस्कार प्रदान गरेका हुन् । हाल काठमाण्डूमा रहनुभएका घलेले पठाउनुभएको रकमलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्ला शिक्षा समितिका सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य विनोद गुरुङले विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

»More

पसगाउँकी सन्ध्यालाई मिस तमूस्योको उपाधी

आश गुरुङ, तस्विरः jukson.com

मिस तमुस्यो २०१४ को उपाधी लमजुङकी सन्ध्या गुरुङ -तमूस्यो)ले हात पारेकी छन् । देशभरबाट छनोट चरणमा पुगेका १८ प्रतियोगीलाई उछिन्दै लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नम्बर ६ की १८ बषर्ीया सन्ध्याले उपाधी चुमेका हुन् । उपाधिसंगै सन्ध्याले नगद ५० हजार रुपैयाँ, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर र एक साता लामो हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधि सहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन् ।

»More

Lucrative pisciculture attracts Lamjung farmers

RAMJI RANA

After the District Agricultural Development Office (DADO) began providing assistance to farmers for pisciculture, the number of fish farmers is increasing in Lamjung. 

The 11.3 hectare land has been used of pisciculture in the district currently. 

A DADO Officer, Prakash Bastakoti, said farmers of the district produced 11 metric ton fish last year.

»More