Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

हिमाली क्षेत्रमा हिमपात जारी

आश गुरुङ,

लमजुङ, पुस १ गते ।
तस्विर सौजन्यः विनोद गुरुङ/मनाङ
हिमालपारीको जिल्ला मनाङमा अझै हिमपात जारी छ । चारदिनदेखि अविरल परेको हिमपातका कारण स्थानीयवासिन्दा प्रभावित बनेका छन् ।
      हिमपातपछि चिसो बढ्दा माथिल्लो मनाङको निस्याङ क्षेत्र, नार र फू उपत्याका, सदरमुकाम चामे र चामेसहित तल्लो मनाङका ३ गाविसका वासिन्दा घरबाहिर निस्कन समेत सकेका छैनन् । गोरेटोबाटो साथै मानववस्तीमा ३ फिटसम्म हिउँ जमेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताए ।
चिसोका कारण माथिल्लो मनाङको मनाङ बजार र सदरमुकाम चामेको बजार सुनसान जस्तै छ । चिसो संगै माथिल्लो मनाङ क्षेत्रमा मोवाईल सेवा अवरुद्ध छ । चक्रीय अन्नपर्ूण्ा पदमार्गमा पर्यटक समेत पातालिएको छ । मनाङमा हिमपात भएपछि लमजुङ सदरमुकाम बेसीशहरबाट पर्यटक गएका छैनन् भने केही पर्यटक उत्तरी लमजुङतर्फरोकिएका छन् ।
मनाङका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले सदरमुकाम चामेमै बाक्लो हिउँ रहेकाले बाहिर निस्कन सक्ने अवस्था नरहेको बताए । उनका अनुसार मनाङको तापक्रम माईनस १२ ड्रि्री सेल्सियस सम्म झरेको छ । चामे गाविसको तिमाङदेखि थान्चोक र वरपरका डाँडाहरु सेताम्यै रहेको प्रहरी नायब उपरीक्षक रेग्मीले बताए ।
हिमपातका कारणर् इन्टेकमा पानी जमेपछि माथिल्लो मनाङमा रहेको सामुदायिक लघु जलविद्युत आयोजना बन्द भएको थियो । १ सय ६० किलोवाट क्षमताको लघु जलविद्युत आयोजनाको मुहानमा पानी जमेपछि स्थानीयवासिन्दाले हिउँ खनेर पानी बगाएको जलविद्युतका सचिव समेत रहेका विनोद बताए ।  













Posted on:December 20, 2014, 9:21 am




Comments on above topic:





लमजुङ-कास्कीको लेक विवाद् आफ्नो भू-भाग फर्काउने कसरतमा लमजुङे

आश गुरुङ,

आदिम समयदेखि लमजुङेले भोगचलन गर्दै आएको लेकाली भू-भागहरु कास्कीका वासिन्दाले भोगचलन गर्न थालेपछि यसलाई फर्काउने कसरतमा लमजुङका वासिन्दा जुटेका छन् । लमजुङको दशथरमा पर्ने उत्तरकन्या, घनपोखरा र भुजुङ गाविस साथै पाँचगाउँमा पर्ने पसगाउँ र भोँजे गाविसका लेकाली क्षेत्रहरु 'टोपो ग्राफिक्स् म्याप' मा कास्की जिल्लाको नामार्जुङ गाविसमा देखिएपछि स्थानीयवासिन्दा आफ्नो पुरानो क्षेत्रलाई कानुनी रुपमा फर्काउने प्रयत्नमा जुटेका हुन् ।

»More

हिमाली क्षेत्रमा हिमपात जारी

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा अझै हिमपात जारी छ । चारदिनदेखि अविरल परेको हिमपातका कारण स्थानीयवासिन्दा प्रभावित बनेका छन् ।
      हिमपातपछि चिसो बढ्दा माथिल्लो मनाङको निस्याङ क्षेत्र, नार र फू उपत्याका, सदरमुकाम चामे र चामेसहित तल्लो मनाङका ३ गाविसका वासिन्दा घरबाहिर निस्कन समेत सकेका छैनन् । गोरेटोबाटो साथै मानववस्तीमा ३ फिटसम्म हिउँ जमेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताए ।
चिसोका कारण माथिल्लो मनाङको मनाङ बजार र सदरमुकाम चामेको बजार सुनसान जस्तै छ । 

»More

एसएलसीमा जिल्ला प्रथमलाई १ लाख प्रदान

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा २०७० सालको एसएलसी परीक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई स्थानीय समाजसेवीले १ लाख रुपैँया प्रदान गरेका छन् । जिल्ला भरी नै सर्वोत्कृष्ठ हुने अन्नपर्ूण्ा मावि मनाङबाट प्रवेशिका दिनुभएका सुनिता गुरुङलाई एक कार्यक्रमकाबीच समाजसेवी कर्म घलेले नगद पुरस्कार प्रदान गरेका हुन् । हाल काठमाण्डूमा रहनुभएका घलेले पठाउनुभएको रकमलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्ला शिक्षा समितिका सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य विनोद गुरुङले विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

»More

पसगाउँकी सन्ध्यालाई मिस तमूस्योको उपाधी

आश गुरुङ, तस्विरः jukson.com

मिस तमुस्यो २०१४ को उपाधी लमजुङकी सन्ध्या गुरुङ -तमूस्यो)ले हात पारेकी छन् । देशभरबाट छनोट चरणमा पुगेका १८ प्रतियोगीलाई उछिन्दै लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नम्बर ६ की १८ बषर्ीया सन्ध्याले उपाधी चुमेका हुन् । उपाधिसंगै सन्ध्याले नगद ५० हजार रुपैयाँ, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर र एक साता लामो हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधि सहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन् ।

»More

Lucrative pisciculture attracts Lamjung farmers

RAMJI RANA

After the District Agricultural Development Office (DADO) began providing assistance to farmers for pisciculture, the number of fish farmers is increasing in Lamjung. 

The 11.3 hectare land has been used of pisciculture in the district currently. 

A DADO Officer, Prakash Bastakoti, said farmers of the district produced 11 metric ton fish last year.

»More