Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

पसगाउँकी सन्ध्यालाई मिस तमूस्योको उपाधी

आश गुरुङ, तस्विरः jukson.com


 लमजुङ, मंसिर १४ गते ।

मिस तमुस्यो २०१४ को उपाधी लमजुङकी सन्ध्या गुरुङ -तमूस्यो)ले हात पारेकी छन् । देशभरबाट छनोट चरणमा पुगेका १८ प्रतियोगीलाई उछिन्दै लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नम्बर ६ की १८ बषर्ीया सन्ध्याले उपाधी चुमेका हुन् । उपाधिसंगै सन्ध्याले नगद ५० हजार रुपैयाँ, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर र एक साता लामो हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधि सहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन् ।
हाल पोखरा उपमहानगरपालिका वडा नम्बर १३, गौँडाको मुख बस्दै आएका सन्ध्याले एक म्युजिक भिडियोमा खेल्ने अवसार समेत प्राप्त गरिन् । उनी भद्रकाली उच्च मावि कक्षा १२ की विद्यार्थी हुन् । सामान्य परिवारकी सन्ध्या बाबा गमप्रसाद गुरुङ र आमा करकुमारी गुरुङको जेठी छोरी हुन् । सन्ध्याले आफ्नो 'कन्फीडेन्ट' हेरेर आफूलाई मिस तमूस्योको ताज पहिर्‍याएको हुनसक्ने टेलिफोनमा बताईन् । पहिले पर्ढाईलाई कम्प्लीट गरेर गुरुङ भाषा, कला र संस्कार संस्कृतिको संरक्षण र जगर्ेनामा लाग्ने उनले बताईन् ।
प्रतियोगितामा दोलाखाकी अनिता गुरुङ फष्ट रनर अप भईन् । उनले नगद ३५ हजार, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर हात पारिन् । शनिबार साँझ सम्पन्न कार्यक्रममा कास्कीकी कला गुरुङ मिस पपुलरको सवटइटल सहित सकेण्ड रनर अप भइन् । उनले नगद २५ हजार सहित क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर हात पारिन् । प्रतियोगितामा मिस ट्यालेण्ट लमजुङकी सुजन गुरुङ, बेेष्ट पर्सनालिटी कास्कीकी उषा गुरुङ, बेष्ट हेयरमा चितवानकी सुजिता गुरुङ, बेष्ट वाल्कमा कास्कीकी रुपा गुरुङ, बेष्ट स्माइलमा तनहुँकी शशी गुरुङ, बेेष्ट फिगरमा नवलपरासीकी पुनम गुरुङ, बेष्ट फोटो जेनिकमा कास्कीकी पूजा गुरुङ र जक्सन पपुलरमा कास्कीकी प्रविना गुरुङले उपाधी जितिन् । गुरुङ जातिको भाषा, संस्कार, संस्कृति जगर्ेना गर्ने उदेश्यका साथ नेपाल तमु विद्यार्थी छोँज धीं कास्कीले पोखरामा मिस तमुस्यो नेपाल २०१४ को आयोजना गरेको कार्यक्रमका संयोजक भुपाल गुरुङले बताए ।
विजेतालाई प्रमुख अतिथि तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्ष रेशम गुरुङ, मिस तमुस्यो नेपाल २०१४ का कार्यक्रम संयोजक भुपाल गुरुङ, तमु विद्यार्थी छोँज धीं कास्कीका पर्ूव अध्यक्ष तिलक गुरुङ, तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद्का प्रचार सचिव मनोज गुरुङ, परिषद् उपत्यका प्रमुख टेक बहादुर गुरुङ, तमु विद्यार्थी छोँज धींका अध्यक्ष लोक गुरुङ, कोषध्यक्ष विमेश गुरुङ, विद्यार्थी छोँज धीं पर्ूव महासचिव लाल गुरुङ, स्काई टच रेष्टुरेन्ट एण्ड लञ्च बारका प्रोप्राइटर बीबी विष्ट लगायतले पुरस्कार वितारण गरेका थिए । १ महिने लामो प्रशिक्षणपछि अन्तिम प्रतिष्पार्धमा उत्रिएका प्रतियोगीहरुलाई वरिष्ठ सौर्न्दर्यकर्मी मिना गुरुङ, इन्जिनियर देउकाजी गुरुङ, गुरुङ फिल्म एशोसियसन नेपालका अध्यक्ष वेदबहादुर गुरुङ 'श्याम', शिक्षाविद् पम्फा गुरुङ र मिस तमुस्यो नेपाल २०५४ का विजेता बुद्धिलक्ष्मी गुरुङ लगायतले गरेको निर्ण्ाायको आधारमा विजेता घोषणा गरिएको थियो । भदौ २५ गते देखि छनोट चरणको अडिसन शुरु गरेर कार्तिक १५ गते देखि प्रशिक्षणमा रहेका प्रतियोगीहरुलाई नेतृत्व, व्यक्तित्व, भाषा, संस्कार, संस्कृति सम्बन्धि विभिन्न कक्षाहरु संचालन गरिएको थियो ।
सोही समय प्रतियोगीहरुले गुरुङ समुदायको बाक्लो बसोबास रहेको कास्कीको पर्यटकीय गाउँ ताङतिङको समेत भ्रमण गरे । प्रतियोगीहरुलाई दैनिक रुपमा मिस तमुस्यो नेपाल २०११ का विजेता नमिता गुरुङले कोरियोग्राफर, तमु प्ये ल्हुं संघ युवा समितिका महासचिव शुक्रराज गुरुङले भाषा कक्षा र ट्रेनर नेपालका अध्यक्ष रविन गुरुङले ग्रुमिङ कक्षा लिनुभएको थियो । प्रतियोगीताको अनलाइन पार्टनर जक्सन डट कम, रेष्टुरेन्ट एण्ड भेनु पार्टनरका रुपमा स्काई टच रेष्टुरेन्ट एण्ड बार, टेलिभिजन पार्टनर सगरमाथा टेलिभिजन, टेलिभिजन लाइभ प्रायोजक तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद, व्युटिपार्लर पार्टनर हङकङ व्युटि कलेज, टिर्सट प्रायोजक देउराली याक होटल घान्द्रुक, टिकट प्रायोजक बैदम केवल, भोटिङ पेपर प्रायोजक लोटक ट्रेनिङ्ग इन्ष्िटच्युट, होटल पार्टनर थकाली गेष्ट हाउस पृथ्वीचोक र विशेष सहयोगीमा नेपाल टेलिकम, पोखरा फाइन्नस, धौलागिरी होटल धम्पुस, मनाकामना प्रट्रोल पम्प, तमु हृयुल छोँज धीं गुरुङ राष्ट्रिय परिषद कास्की, एलजि एशोसियसन युके, हङकङ, सेन्चुरी होटल व्यवसायी, हेरिटेज फेसन एण्ड कल्चर, भिराइटी ग्राफिक्स सोलुसन, अनुशिलन कला केन्द्र, इन्टर नेशनल फेसन कलेज, थुम्रो इन्टरनेशनल कम्पनी प्राली, भ्रें फिल्म युनिट, स्टेभन्ट गोर्खा ओभरसिज र्सर्भिस प्राली सनेपा काठमाडौँ, परिचय एडभाटइजिङ, एस के साउण्ड, नवबुद्ध चाँदी पसल, अनुशीलन कला केन्द्र, लागीगुराँस कल्चर, एक्स आर्मी लाहुरे ट्रेनिङ सेन्टर, ताङतिङ युवा क्लव, ताङतिङ होम स्टे व्यवस्थापन समिति, ताङतिङ आमा समुह लगायतको सहयोग रहेको थियो ।




Posted on:December 1, 2014, 2:44 am




Comments on above topic:





Ghantu, Dance of Spirit

Bishnu Gurung

Ghantu is very rare dance performed by Gurung, Magar, Dura and Kumal, in Western Part of Nepal. There are three types of Ghantu.Ghantu
Barha Maase Ghantu
Sati Ghantu
Kusunda Ghantu
Barsha Maase Ghantu can be performed at any time of year but Sati Ghantu and Kusunda Ghantu need to performed during the specific time.

It is believed when Nepal was ruled by various kings, There was a king named Parasar and his wife Ambawati. They lived a fairy tale life until one day; the king had to go to a war. Assuring his wife that he would return soon, unfortunately, he was killed in battle. But wife refused to believe it Even on seeing her husbands dead body.

»More

लमजुङ-कास्कीको लेक विवाद् आफ्नो भू-भाग फर्काउने कसरतमा लमजुङे

आश गुरुङ,

आदिम समयदेखि लमजुङेले भोगचलन गर्दै आएको लेकाली भू-भागहरु कास्कीका वासिन्दाले भोगचलन गर्न थालेपछि यसलाई फर्काउने कसरतमा लमजुङका वासिन्दा जुटेका छन् । लमजुङको दशथरमा पर्ने उत्तरकन्या, घनपोखरा र भुजुङ गाविस साथै पाँचगाउँमा पर्ने पसगाउँ र भोँजे गाविसका लेकाली क्षेत्रहरु 'टोपो ग्राफिक्स् म्याप' मा कास्की जिल्लाको नामार्जुङ गाविसमा देखिएपछि स्थानीयवासिन्दा आफ्नो पुरानो क्षेत्रलाई कानुनी रुपमा फर्काउने प्रयत्नमा जुटेका हुन् ।

»More

हिमाली क्षेत्रमा हिमपात जारी

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा अझै हिमपात जारी छ । चारदिनदेखि अविरल परेको हिमपातका कारण स्थानीयवासिन्दा प्रभावित बनेका छन् ।
      हिमपातपछि चिसो बढ्दा माथिल्लो मनाङको निस्याङ क्षेत्र, नार र फू उपत्याका, सदरमुकाम चामे र चामेसहित तल्लो मनाङका ३ गाविसका वासिन्दा घरबाहिर निस्कन समेत सकेका छैनन् । गोरेटोबाटो साथै मानववस्तीमा ३ फिटसम्म हिउँ जमेको मनाङका पर्यटन ब्यवसायी विनोद गुरुङले बताए ।
चिसोका कारण माथिल्लो मनाङको मनाङ बजार र सदरमुकाम चामेको बजार सुनसान जस्तै छ । 

»More

एसएलसीमा जिल्ला प्रथमलाई १ लाख प्रदान

आश गुरुङ,

हिमालपारीको जिल्ला मनाङमा २०७० सालको एसएलसी परीक्षामा जिल्ला प्रथम हुने विद्यार्थीलाई स्थानीय समाजसेवीले १ लाख रुपैँया प्रदान गरेका छन् । जिल्ला भरी नै सर्वोत्कृष्ठ हुने अन्नपर्ूण्ा मावि मनाङबाट प्रवेशिका दिनुभएका सुनिता गुरुङलाई एक कार्यक्रमकाबीच समाजसेवी कर्म घलेले नगद पुरस्कार प्रदान गरेका हुन् । हाल काठमाण्डूमा रहनुभएका घलेले पठाउनुभएको रकमलाई विद्यालयमा एक कार्यक्रमको आयोजना गरि जिल्ला शिक्षा समितिका सदस्य एवं विद्यालय ब्यवस्थापन समितिका सदस्य विनोद गुरुङले विद्यार्थीलाई हस्तान्तरण गरेको हो ।

»More

पसगाउँकी सन्ध्यालाई मिस तमूस्योको उपाधी

आश गुरुङ, तस्विरः jukson.com

मिस तमुस्यो २०१४ को उपाधी लमजुङकी सन्ध्या गुरुङ -तमूस्यो)ले हात पारेकी छन् । देशभरबाट छनोट चरणमा पुगेका १८ प्रतियोगीलाई उछिन्दै लमजुङको पसगाउँ गाउँ विकास समिति वडा नम्बर ६ की १८ बषर्ीया सन्ध्याले उपाधी चुमेका हुन् । उपाधिसंगै सन्ध्याले नगद ५० हजार रुपैयाँ, क्राउन, ट्रफि, विभिन्न गिफ्ट हृयम्पर र एक साता लामो हङकङ भ्रमणको अवसार प्राप्त गरिन् । उनले उपाधि सहित भ्युअर च्वाइसको सवटइटल पनि जितिन् ।

»More