Media Partners

www.elamjung.com on Facebook

रेविज लागेर एक महिलाको मृत्यू

आश गुरुङ ‘प्रतीक’

लमजुङ, साउन १२ गते । लमजुङको चन्द्रेश्वर गाउँ विकास समिति वडा नम्बर १, स्वाँरा गाउँकी एक महिलाको रेविज लागेर ज्यान गएको छ । आफ्नै घरमा पालेको कुकुरले टोकेको तीन महिनापछि स्थानीय ५१ वर्षिया निर्मला अधिकारीको आज बुधवार विहान ज्यान गएको हो । विगत ७ बर्षदेखि स्वास्थ्य स्वयंसेविकको रुपमा कार्यरत अधिकारीको उपचारका क्रममा विहान काठमाडौँस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ज्यान गएको आफन्तले वताएकाछन् ।

बैशाख अन्तिमतिर कुकुरले टोकेकोमा साउन दोश्रोसातामात्रै निर्मलालाई रेविजको लक्षण देखिएपछि उपचारका लागि सोमवारमात्रै काठमाडौँ लगिएको थियो । बैशाखमा कुकुरले टोक्ने वित्तिकै उपचारका लागि स्वास्थ्य संस्थामा गएको तर, स्वास्थ्यकर्मीले सामान्य टोकाईमा उपचारको आवश्यक नपर्ने वताएपछि वहाँले थप उपचार नगरेको आफन्तले वताएकाछन् । निर्मलाको निधन भएपछि स्वाँरा गाउँका वास्न्दिा त्रसित बनेकाछन् । कुकुरलाई यसअघि नै मारिदिएपनि कुकुरले टोकेको, झम्टिएको र कुकुरसंग नजिक रहेका निर्मलाकी सासुसहित १२ जनालाई उपचारका लागि आज बुधवार काठमाडौँ पठाईएको दुराडाँडाका स्थानीय ईश्वरीप्रसाद अधिकारीले जानकारी दिएकाछन् ।

निर्मालाको श्रीमान् महेन्द्रराज अधिकारी लमजुङस्थित मध्यमस्र्याङ्दी जलविद्युत परियोजनामा कार्यरत छन् । लमजुङमा रेविज विरुद्धको खोप एन्टी रेविज भ्याक्सीन नहुँदा सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको छ । यसको ज्वलन्त उदाहरण हो, लमजुङ दुराडाँडाकी निर्मला अधिकारीको ।
नेपाल सरकारले जिल्ला जनस्वास्थ्य कार्यालयमार्फत निःशुल्क वितरण गरिने एन्टी रेविज भ्याक्सीन नभएपछि सर्वसाधारणको अकालमै ज्यान जाने खतरा बढेको हो । बाघभालू तथा कुकुर लागायतका जनावरले टोकेपछि दिईने रेविज रोग विरुद्धको एन्टी रेविज भ्याक्सीनकै अभावमा यसअघि लमजुङमा एकजनाको मृत्यू भईसकेको छ ।


Posted on:July 29, 2010, 2:59 am


Comments on above topic:

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




लमजुङमा ट्राफिक प्रहरीको सक्रियाता

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

Traffic-checking-at-Besisahar लमजुङ सदरमुकाम वेसीशहर लगायत शहरबजारमा सवारी चालकहरुले नियम उल्लंघन गरेको भन्दै ट्राफिक प्रहरीले कर्डाई गर्न थालेको छ । ट्राफिक प्रहरीले वेसीशहर, शेरा, भोटेओडार, रानीकुवा लगायतका ठाउँमा वसेर सवारी चेकजाँच तीब्र पारेर नियम उल्लंघन गर्नेको सवारी साधनलाई नियन्त्रणमा लिने गरेको छ ।

»More

Acharya asks UML to give up neutrality stance

THT online

Nepali Congress (NC) central member Narahari Achayra said the country has been taken hostage due to delay in the formation of new government, adding the parties staying neutral should take up the responsibility of the consequences resulted from the situation.

»More

कृष्णप्रमोद विद्यालयमा वालसंरक्षण आचार संहिता लागू

आश गुरुङ 'प्रतीक', Lamjungnews@gmail.com

पर्ूर्वी लमजुङको श्रीमञ्ज्याङ गाउँ विकास समिति वडा नंं ३ लामागाउँस्थित कृष्णप्रमोद प्राथामिक विद्यालयमा बालसंरक्षण सम्बन्धी आचार संहिता लागू गरिएको छ । यस सम्बन्धमा विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थीहरुले आचार संहिताको गर्न हुने २२ र नहुने १३ वटा बुँदामा हस्ताक्षर गरेका छन् । जसमध्ये बालबालिकालाई मित्रवत् ब्यवहार गर्ने, सम्मानजनक सम्बोधन गर्ने,

»More

भुलभुले छिनखोलामा अलैची भट्टी

lamjungnews@gmail.com

उत्तरी लमजुङको विकट भुलभुले गाविस वडा नं. ८ छिनखोलामा अलैँची सुकाउने २ वटा भट्टीको निर्माण गरिएको छ । मनासुलु अलैँची खेती समूहको सक्रियता, स्थानीय वासिन्दाको श्रमदान र गाविसको ५० हजार रुपैँयाको सहयोगमा अलैँची भट्टीको निर्माण गरिएको हो । भट्टीमा दैनिक ८ कुइन्टलसम्म काँचो अलैंली सुकाउन सकिन्छ ।

»More

पहिरोले २ घर र ३ धन्सार वगायो

आश गुरुङ 'प्रतीक',

अबिरल बषर्ाका कारण पहिरो जाँदा लमजुङमा दर्ुइ घर र तीनवटा धन्सार बगाएको छ । परेवाडाडा गाउँ विकास समिति वडा नम्बर ४ स्थित देउराली भञ्ज्याङमा रहेको जुद्धमान श्रेष्ठ र ओम प्रकाश सेढाइँको घर साथै सन्तलाल श्रेष्ठ, हरि वहादुर खड्का र जुद्धमान श्रेष्ठकै धन्सारलाई पहिरोले बगाएको हो ।

»More

मोटरसाइकलको ठक्करबाट बालक र्घाईत

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

लमजुङ सदरमुकाम बेसीशहरमा मोटर साइकलको ठक्करबाट आज शुक्रवार एक ५ बषर्ीय बालक गम्भीर र्घाईते भएका छन् । बिरगञ्ज भई हाल बेसीशहर त्रिवेणी टोल बन्दै आएका ५ बषर्ीय विवेक यादवलाई बेसीशहरको मनाङे चौतारबाट शेरा तर्फजाँदै गरेको ग ४ प ७७१९ नम्बरको मोटरर्साईकले बेसीशहर-२ स्थित राष्ट्रिय बाणिज्य बैंक नजिकै अपरान्ह ठक्कर दिएका थिए ।

»More

लमजुङमा जलबायु परिवर्तनसम्बन्धी छलफल

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

जलवायु परिवर्तन सम्बन्धी अध्ययन तथा अनुसन्धान गर्ने स्थलका रुपमा छनौट गरिएको लमजुङको खासुर गाउँमा स्वदेशी तथा विदेशी अनुसन्धानकर्ताहरुले अनुसन्धान थालेकाछन् । नेपाल आदिवासी जनजाति जिल्ला समन्वय परिषद लमजुङको सक्रियतामा खासुरलाई जलवायु परिवर्तनको अध्ययन स्थलको रुपमा छनोट गरिएपछि आदिवासी जनजाति महासंघका केन्द्रीय अध्यक्ष राजकुमार लेखी,

»More

लमजुङमा रोपाइँजात्रा

Aash Gurung lamjungnews@gmail.com

Ropai-Jatra-2010,-Lamjung लमजुङको सदरमुकाम बेसीशहर, भोटेओडार, सुन्दरबजार लगायत नेवार समुदायको बाहुल्य भएको शहर तथा ग्रामीण क्षेत्रमा नेवार समुदायले रोपाइँजात्रा गरेकाछन् । श्रीकृष्ण जन्मअष्टमीको अवसर पारेर नेवा खलः लगायत नेवारहरुको संस्थाले आ आफ्नो ठाउँमा धुमधामका साथ रोपाइँजात्रा गरेका हुन् । सदरमुकाम वेसीशहरमा लमजुङ नेवा खलः, भोटेओडार र सुन्दरबजारमा नेवा खलः

»More