Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

ईजाजत विनाका हतियार बुझाउः सुरक्षा समिति

ईजाजत विनाका हतियार बुझाउः सुरक्षा समिति
आश गुरुङ, लमजुङ, साउन ५ गते ।
जिल्ला सुरक्षा समिति लमजुङले ईजाजत विना राखिएका हतियारलाई एक महिना भित्र बुझाउन नागरिकलाई आग्रह गरेको छ । नेपाल सरकार गृह मन्त्रालयले विना ईजाजत हतियार राख्नेलाई कार्वाही गर्ने निर्णय गरेसंगै जिल्ला सुरक्षा समितिले अवैध हतियार बुझाउन नागरिकलाई आग्रह गरेको हो ।

»More

सवै गाविसलाई भदौसम्ममा खुला दिसामुक्त बनाईने

सवै गाविसलाई भदौसम्ममा खुला दिसामुक्त बनाईने
अनिशा श्रेष्ठ लमजुङ, साउन ५ गते ।
लमजुङ जिल्लाका सवै गाउँ विकास समितिलाई भदौ महिनाभित्रमा खुला दिसामुक्त गाविस घोषणा गरिने भएको छ । जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितिको बैठकले लमजुङमा शौचालय निर्माणको अभियान अन्तिम चरणमा पुगेकाले जिल्लामा खुलादिसा मुक्त हुन बाँकी गाविसलाई भदौ महिना सम्ममा खुलादिसा मुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको हो । 

»More

अस्पतालमा जन्मियो ५ किलोको बच्चा

अस्पतालमा जन्मियो ५ किलोको बच्चा
वेदराज खनिया, लमजुङ, साउन ५ गते ।
लमजुङ जिल्ला सामुदायिक अस्पतालमा एक महिलाले झण्डै ५ किलोग्रामको बच्चा जन्माएकीछन् । भुलभुले गाउँ विकास समिति वडा नम्बर १ बडागाउँकी भगवती विकले ४ किलो ६ सय ५० ग्रामकोे बच्चा जन्माउनुभएको हो । सामान्यतयः शिशुहरुको तौल साढे २ देखि ३ किलोसम्म हुने चिकित्सकहरु बताउँछन् । यसअघि २ छोरी जन्माइसक्नुभएकी विकले तेस्रो सन्तानको रुपमा असार २९ गते छोरा जन्माउनुभएको हो 

»More

माटोको ढिस्कोले पुरिएर मृत्यू

माटोको ढिस्कोले पुरिएर मृत्यू
ईलमजुङ समाचारदाता, लमजुङ, साउन ४ गते ।
करापूको कल्याङबेसीमा माटोको ढिस्कोले पुरिएर आइतबार एक जनाको मृत्यू भएको छ । करापू गाविस १ कल्याङ बेसीमा नहर सफागर्ने क्रममा ढिस्कोले पुरिएर स्थानीय ४० बर्षीय डिल्लीजंग गुरुङको घटनास्थलमै मृत्यू भएको हो । माटोको ढिस्काले पुरिएर अन्य २ जना गम्भीर घाईते भएकाछन् ।

»More

बेसीशहर बजार भत्काउन नदिईने

बेसीशहर बजार भत्काउन नदिईने
आश गुरुङ, लमजुङ, साउन ३ गते ।
सदरमुकाम बेसीशहरका वासिन्दाले बजारको मुख्य सडक ३० मीटरको फराकिलो बनाउन नदिने अडान दोहो¥याएको छ । सरकारले सहायक राजमाग बनाउने भन्दै बाटोको बीचबाट दायाँबायाँ १५÷१५ मीटर फराकिलो बनाउने नीति अघि सारेपछि सदरमुकाम बेसीशहरका वासिन्दाले फेरी आन्दोलन थालेकाछन् । 
सरकारले तनहुँको डुम्रेदेखि लमजुङ सदरमुकाम बेसीशहर हुँदै मनाङ सदरमुकाम चामेसम्म सहायक राजमार्ग बनाउने र यसको दायाँबायाँ १५÷१५ मीटर बाटो फराकिलो बनाउने लक्ष्य राखेको छ । तर, सदरमुकाम बेसीशहरका वासिन्दाले बजारको मुख्य क्षेत्रको बीचबाट नभई अन्यत्र ठाउँबाट सडक लानुपर्ने विकल्प अघि सारको छ ।

»More

बाढीले नहर बगाउँदा विद्युत बन्द

ईलमजुङ समाचारदाता, लमजुङ, साउन २ गते । 
मिदिम खोलामा आएको बाढीले पश्चिम लमजुङको इशानेश्वर गाविसमा पर्ने करापुटार सिञ्चाई आयोजना बगाएको छ । अबिरल परेको बर्षासंगै आएको बाढीले ईशानेश्वर गाउँ विकास समिति वडा नम्वर २ को सहेरी खोला मुनीपट्टीको ७० मिटर नहर बगाएको हो । २ वर्षअघि आरसीसी ढलान गरी निर्माण १ सय ६० मिटर नहरको पहिरोसंगै आएको बाढीले सिञ्चाईको मुहान बगाएको स्थानीयवासिन्दाले वताएकाछन् । 

»More

मध्यमस्र्याङ्दी परियोजनाबाट तामाको तार चोरी

आश गुरुङ, लमजुङ, साउन २ गते ।
लमजुङमा रहेको मध्यमस्र्याङ्दी जलविद्युत परियोजनाबाट लाखौँ मूल्य बराबरको तामाको तार चोरी भएको छ । झण्डै डेढ महिनाअघि तार चोरी भएपनि ढिलोगरिमात्र यसको खुलासा भएको छ । ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत आयोजनाको सिउँडीबारमा रहेको विद्युतगृह नजिकै स्टोरबाट तामाका तार चोरी भएको हो । स्टोरमा रहेको पावर कप्पर केबुल ४ सय एमएमको २ सय २७ मीटर र कप्पर केबुल ७ थरिका गरी १ हजार मिटरको चोरी भएको मध्यमस्र्याङ्दी जलविद्युत केन्द्रले जनाएको छ । 

»More

लमजुङमा घरेलु हिंसाको घटना बढ्यो

पूजा परियार, लमजुङ, साउन २ गते ।
महिला तथा बालबालिका माथि हुने हिंसा न्युनकिरणका लागि चौतफी पहल भएपनि लमजुङमा हिंसामा परेर न्यायको माग गर्दै प्रहरी समक्ष पर्ने उजुरीको सङ्ख्या बढ्दो छ ।
आर्थिक बर्ष २०७०÷०७१ मा मात्रै  घरेलु हिंसाको ७१ वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय लमजुङको महिला सेलले जनाएको छ । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रुपमा देखा परेको छ । 

»More