Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

जिविस लमजुङद्धारा १४ गाविसको सघन अनुगमन

आश गुरुङ, लमजुङ, साउन २७ गते ।
जिल्ला विकास समिति लमजुङले १४ गाविसको सघन अनुगमन गरेको छ । जनताको सवैभन्दा नजिक रहेर काम गर्ने सरकारी निकाय गाउँ विकास समितिको सेवाप्रवाहलाई जिविसले अनुगमन गरेको हो । आर्थिक बर्ष २०७०÷०७१ मा जिल्ला विकास समितिले परेवाडाँडा, सुन्दरबजार, भोटेओडार, धुसेनी, नेटा, कुन्छा, समीभञ्ज्याङ, रम्घा, सूर्यपाल, तान्द्राङटक्सार, बाँझखेत, हिलेटक्सार, बन्सार र खुदी गाविसको सघन अनुगमन गरेको हो । गाविसहरु लामो समयदेखि निर्वाचित प्रतिनिधिविहीन रहेको अवस्थामा गाविस सचिवहरुको भूमिका र कार्यसम्पादन प्रभावकारी नभएको जनगुनासोसंगै जिविसले सघन अनुगमन गरेको जनाएको छ । 

»More

माओवादी पूर्व लडाकूसहित ३ जना जेल चलान

आश गुरुङ, लमजुङ, साउन २६ गते ।
अत्याधुनिक हतियारसहित मनाङमा पक्राउ परेका ३ जनालाई जेल चलान गरिएको छ । जिल्ला प्रशासन कार्यालयका कायमुकामय प्रमुख जिल्ला अधिकारी रामहरि शर्माको आदेश अनुसार उनीहरुलाई कारागार चलान गरिएको हो । प्रहरीले चेकजाँचका क्रममा हतियारसहित पक्राउ परेका माओवादी पूर्व लडाकू रुकुम जिल्ला हुकाम गाउँ विकास समिति वडा नम्बर ९ का २५ बर्षिय नवीन रोकामगर, रुकुम जिल्ला जाङ गाउँ विकास समिति वडा नम्बर ९ का ३८ बर्षिय उजिर रोकामगर र जाङ गाउँ विकास समिति वडा नम्बर ९ कै ३२ बर्षीय कूलबहादुर रोकमागरलाई पुर्पक्षका लागि थुनामा पठाएको प्रहरीले जनाएको छ ।

»More

एकैदिनमा १५ वटा मोटरसाईकललाई कारवाही

आश गुरुङ, लमजुङ, साउन २५ गते । 
लमजुङको ग्रामीण भेगमा सवारी नियम उल्लंघन गर्दै सवारी चलाउने प्रवृत्ति बढेको छ । मोटर साईकल चलाउँदा हेलमेट नलाउने, ३ जना चढ्ने र विना लाईसेन्स सवारी चलाउने प्रवृत्ति बढेको हो । सदरमुकाम लगायत मुख्य बजारका क्षेत्रहरुमा ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेलाई कडा कारवाही गरेपछि ग्रामीण भेगमा सवारी नियम उल्लंघन गर्नेहरु बढेको हो । ग्रामीण भेगका कच्ची सडक साथै कच्ची सडकसंग जोडिएका मुख्य सडकहरुमा समेत सवारी नियम उल्लंघन गर्नेहरुको संख्या बढी देखिएको छ ।

»More

सुनचाँदी व्यवसायी संघको अध्यक्षमा रवीन

आश गुरुङ, लमजुङ, साउन २५ गते ।
लमजुङ सुनचाँदी व्यवसायी संघको अध्यक्षमा रवीन विश्वकर्मा सर्वसम्मत चयन हुनुभएको छ । संघको प्रथम जिल्ला अधिवेशन तथा साधारण सभाले अध्यक्षमा रवीनसहित ११ जना कार्यसमितिका पदाधिकारीलाई सर्वसम्मत चयन गरेको हो । शनिबार राती सम्पन्न अधिवेशनले प्रथम उपाध्यक्षमा लालबहादुर विश्वकर्मा, द्धितीय उपाध्यक्षमा अशोक सुनार, सचिवमा देवबहादुर विश्वकर्मा, कोषाध्यक्षमा तोत्रबहादुर विश्वकर्मा र सहसचिवमा गंगालाल धमाललाई चयन गरिएको छ ।

»More

सरकारी तथा गैरसरकारी कार्यालयको समीक्षा

आश गुरुङ, लमजुङ, साउन २२ गते ।
आर्थिक वर्ष २०७०÷०७१ मा लमजुङका सरकारी तथा गैरसरारी कार्यालयले गरेका काम कारवाहीको प्रगति समिक्षा कार्यक्रम आज सम्पन्न भएको छ । जिल्ला विकास समितिको सभाहलमा आयोजना गरिएको २ दिन कार्यक्रमको आयोजना गरिएको थियो । कार्यालयले गएको आर्थिक बर्षमा गरेका काम तथा कार्यक्रमबारे प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।

»More

घनपोखरामा स्थानीय बाली विविधता परियोजना

घनपोखरामा स्थानीय बाली विविधता परियोजना
आश गुरुङ, लमजुङ, साउन ८ गते ।
लमजुङको घनपोखरा गाउँ विकास समितिमा उच्च पर्वतीय क्षेत्रको खाद्य सुरक्षाका लागि स्थानीय बाली विविधिता परियोजना शुरु गरिएको छ । ग्रामीण क्षेत्रमा रहेका लोपुन्मुख बालीको संरक्षण र संवद्र्धनका लागि स्थानीय बाली विविधिता परियोजना शुरु गरिएको हो ।
विभिन्न दातृ निकायको सहयोगमा ली–बर्डले ८ वटा लोपुन्मुख अन्नबालीको संरक्षण र संवद्र्धन गरि स्थानीयवासिन्दाको जीवनस्तर उकास्न परियोजना शुरु गरेको हो ।

»More

सिउरुङमामा गोरेटो बाटो निर्माण

सिउरुङमामा गोरेटो बाटो निर्माण
अनिशा श्रेष्ठ, लमजुङ, साउन ७ गते ।
लमजुङको पर्यटकीय गाउँ सिउरुङ जाने गोरेटो बाटोको निर्माण गरिएको छ । गाउँ नजिकैको  गेटबाट गाउँ हुँदै गाउँका मुख्य भागहरुमा बाटो निर्माण गरि सिँढी लगाईएको छ । गाउँमा जाने पर्यटकहरुलाई गाउँमा पुग्न सजिलोका लागि बाटोमा ढुङ्गा बिच्छाएर बाटो निर्माण गरिएको गाउँलेले बताएकाछन् । उनीहरुले असार साउनको महिना नभनि गाउँमा गोरेटो बाटो निर्माण गर्नुका साथै व्यवस्थित गरेका हुन् । 

»More

लमजुङको २० करोड विकास बजेट फ्रिज

लमजुङको २० करोड विकास बजेट फ्रिज
आश गुरुङ, लमजुङ, साउन ६ गते ।
आर्थिक बर्ष २०७०÷७१ मा लमजुङका लागि स्वीकृत बजेटमध्येबाट झण्डै २० करोड रुपैँया फ्रिज भएको छ । कूल २ अर्ब १३ करोड ३५ लाख १२ हजार रुपैँया बजेट स्वीकृत भएकोमा १९ करोड ८५ लाख ९९ हजार रुपैँया फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय लमजुङले जनाएको छ ।

»More