Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

जिल्लाभरी तीजको रमझम

आश गुरुङ, लमजुङ, भदौ १२ गते ।
हिन्दू नेपाली महिलाको ठूलो पर्व हरितालिका तीजको दिन विहीबार जिल्लाभर विभिन्न कार्यक्रम भएका छन् । जिल्लाभर विभिन्न महिला समूह तथा क्लबले औपचारीक कार्यक्रम गरेकाछन् । सदरमुकाम बेसीशहरमा लमजुङ मस्र्याङ्दी युवा क्वले तीज गीत उत्सव कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा सहभागीले दिनभर रमाईलो गरी तीज गीत उत्सव मनाए । राष्ट्रिय तथा स्थानीय कलाकारको वेजोड प्रस्तुतिमा बेसीशहरका वासिन्दाले छमछमी नाचे । 

»More

भीरबाट लडेर मृत्यु

आश गुरुङ, लमजुङ, भदौ १२ गते ।
बाग्लुङपानी गाविसमा पर्ने पुमाभीरबाट खसेर एकजनाको मृत्यू भएको छ । भीरबाट खसेर बाग्लुङपानी गाउँ विकास समिति वडा नम्बर ९ बिम्दागाउँका ५० बर्षीय चन्द्रबहादुर गुरुङको मृत्यू भएको हो । बाग्लुङपानीमा आयोजना भईरहेको मेला हेरेर फर्किने क्रममा भीरबाटो आएका गुरुङको बुधवार राती भीरबाट खसेर मृत्यू भएको स्थानीयवासिन्दाले बताएकाछन् ।

»More

लमजुङमा ३ सय २४ बालश्रमिक

आश गुरुङ, लमजुङ, भदौ १० गते ।
लमजुङमा बालश्रमिकको संख्या ३ सय २४ जना रहेको एक अध्ययनले देखाएको छ । जिल्ला बाल कल्याण समितिले गरेको तथ्याङ्क अनुसार केही बर्षयता बालश्रमिकको संख्या घटेको छ । पछिल्लो तथ्याङ्क अनुसार लमजुङमा यातायाततर्फ ४०, होटलमा १ सय ३५, घरेलु बालश्रममा ५५, सडकमा आश्रित १४, इट्टाभट्टामा १५ र अन्य नखुलेका काममा ६५ जना बाल श्रमिक रहेकाछन् 

»More

भाइरल ज्वरो फैलिएपछि विद्यालय बन्द

आश गुरुङ, लमजुङ, भदौ ९ गते ।
     विद्यालयमा भाइरल ज्वरो फैलिएपछि पूर्वी लमजुङको पाचोक माध्यमिक विद्यालय बन्द भएको छ । भाईरल ज्वरोले विद्यालयका विद्यार्थी विरामी पर्न थालेपछि विद्यालय बन्द भएको हो । विद्यालयमा अध्ययनरत २ सय बढी विद्यार्थीमध्ये अधिकांश विद्यार्थी विरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक मेघनाथ दवाडीले जानकारी दिनुभयो ।

»More

काँडेल्हूँमा खेकी–चोकी भेला हुने

आश गुरुङ, लमजुङ, भदौ ७ गते ।
    लमजुङको उत्तरकन्या गाउँ विकास समिति वडा नम्बर ७ को फुल्म्रो काँडेल्हूँमा गुरुङ समुदायको खेकी चोकीको भेला गरिने भएको छ । तमू पे ल्हु संघ केन्द्रीय समिति पोखरा र तमू पे ल्हु संघ दुबई शाखाको आयोजनामा खेकी चोकी भेलाको आयोजना गरिने भएको हो । गुरुङ समुदायको पुरोहितलाई खेकी भनिन्छ भने गुरुङ समुदायमा रीतिथिति बसाल्ने मुख्य व्यक्तिलाई चोकी भनिन्छ ।

»More

जनगायक शर्मा, भीसीडी र पत्रिका बेच्दै

आश गुरुङ, लमजुङ, भदौ ३ गते ।
२०३६ सालको आन्दोलन अघि नै लेखिएका यी गीतका हरफहरु सुन्दा लाग्छ, समाजमा अझै क्रान्ति गर्नुपर्छ, जनताले शान्ति खोजिरहेकाछन् अनि अमनचयन पनि । आफ्नो पहिलो सिर्जनाबाट सर्वहारा मुक्तिका लागि अघि बढेका गायक जीवन शर्मा, उमेरले ५ दशक काटिसक्दा पनि तिनै सर्वहाराको मुक्तिको आन्दोलन गरिरहेकाछन् गीतसंगीतमार्फत । मुखिया, जिम्मलमात्रै नभएर प्रधानपञ्चको विरासत बोकेको परिवारमा जन्मेका शर्माको नाउँमा अहिले कुनै जग्गाजमिन छैन । पत्याउन मुस्कील परेपनि पत्याउनै कर लाग्छ, उनको जीवनयापन देखेर ।

»More

महेन्द्रदेव माविको छात्रवास भवन शिलान्यास

आश गुरुङ, लमजुङ, साउन ३० गते ।
उत्तरी लमजुङको भुलभुले गाउँ विकास समिति वडा नम्बर ५, तराञ्चेमा रहेको महेन्द्रदेव माध्यमिक विद्यालयका छात्रवास भवनको निर्माणकार्य शुरु भएको छ । भवनको शिलान्यास भएसंगै निर्माणकार्य शुरु भएको विद्यालयले जनाएको छ । भवनको सिनो हाइड्रो सगरमाथा पावर कम्पनीका सहायक म्यानेजर ल्याङ चुङ पाऔंले रिबन काटेर र जग्गादाता ८० बर्षीया तोला गुरुडले पूजा आज गरेर शिलान्यास गर्नुभएको हो । २२ लाख १५ हजार रुपैयाँको लगानीमा निर्माण गरिने छात्रवास भवन निर्माणका लागि भुलभुले ५, ताङ्लीचोककी तोला गुरुङले १३ आना २ दाम जग्गा दान गर्नुभएको छ ।

»More

चुनाबी आचारसंहिताको पालना गर्नुपर्ने

आश गुरुङ, लमजुङ, साउन २९ गते ।  
चुनावका बेला निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिले जोड दिएकाछन् । निर्वाचन आचारसंहिताको पालना नगरे त्यस्तो अवस्थामा भएको चुनावलाई निष्पक्ष भन्न नसकिने उनीहरुको भनाई छ । सुन्दरबजारमा आज आयोजना गरिएको कार्यक्रमका सहभागीले निर्वाचनका बेला राजनीतिक दल र तिनको भातृसंगठन तथा समर्थकहरुले विधिविधान एकातिर, व्यवहार अर्कोतिर गर्ने गरेको गुनासो गरेका थिए । 

»More