Media Partners

www.elamjung.com on Facebook

वेसीशहर–डुम्रे सडक खण्ड खुल्यो

आश गुरुङ ‘प्रतीक’

लमजुङ, साउन १३ गते - लमजुङ सदरमुकाम वेसीशहरदेखि तनहुँको डुम्रे सम्मको बन्द सडक मध्यान्नदेखि खुलेको छ । आफ्ना कर्मचारीलाई कुटपिट गरेको विषयलाई लिएर यातायात मजदुरहरुले आज विहानदेखि डुम्रे–वेसीशहर सडक बन्द गराएका थिए । कुटपिटमा संलग्नलाई पक्राउ गरि कार्वाही गर्ने सहमतिपछि झण्डै ६ घण्टापछि यातायात संचालनमा आएको

»More

रेविज लागेर एक महिलाको मृत्यू

आश गुरुङ ‘प्रतीक’

लमजुङ, साउन १२ गते - लमजुङको चन्द्रेश्वर गाउँ विकास समिति वडा नम्बर १, स्वाँरा गाउँकी एक महिलाको रेविज लागेर ज्यान गएको छ । आफ्नै घरमा पालेको कुकुरले टोकेको तीन महिनापछि स्थानीय ५१ वर्षिया निर्मला अधिकारीको आज बुधवार विहान ज्यान गएको हो । विगत ७ बर्षदेखि स्वास्थ्य स्वयंसेविकको रुपमा कार्यरत

»More

प्यासिफिकद्वारा तिन महिने अग्रीम ब्याज

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

लमजुङ सदरमुकाम बेसीशहरमा प्रधान कार्यालय रहेको प्यासिफिक डेभलपमेन्ट बैंकले एक बर्षभन्दा बढीको मुद्धती खातामा तीनमहिने ब्याज अग्रिम दिने योजना घोषणा गरेको छ । मुद्धती खातामा १४ प्रतिशत सम्म व्याज प्रदान गर्दै आएको बैंकले दोस्रो बर्षप्रवेशको अवसरमा आज मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बैंकका कार्यकारी अध्यक्ष भेष बहादुर पौडेलले बैंकले एक बर्षा नै उल्लेख्य मात्रमा प्रगगि गरेको जानकारी दिए ।

»More

ठेकेदार खसेको भीरमा सडक निर्माण बन्द

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

निर्माणाधिन वेसीशहर चामे सडकको च्याम्चे छहरेभीर वरपर कडा चट्टानमा सडक निर्माण कार्य बन्द गरिएको छ । सडक निर्माणका लागि आवश्यक सवै पर्ूवाधार रहेपनि अविरल वषर्ाका कारण बम पड्काईएका ठाउँवाट ढुंगा र पहिरो खसिरहेकाले असुरक्षाका कारण देखाउँदै सो क्षेत्रमा सडक निर्माण कार्य बन्द गरिएको हो । वषर्ातका बेला निर्माण गरिएको सडक वरपर राखिएको ढुंगामा टेकेका कारण भीरवाट खसेर असार अन्तिम साता

»More

आफैँले पढाएको छात्रालाई शिक्षकले भगाए

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

लमजुङको कुन्छा गाउँ विकास समितिस्थित एक शिक्षकले आफैँले पढाएको छात्रालाई भगाएकाछन् । कुन्छा गाविस ५ अधिकारीगाउँ स्थित भगवती प्राथमिक विद्यालयमा पढाउँदै आएका शिक्षक दीपक दुराले ६ कक्षामा पढ्दै गरेकी १५ वषर्ीया छात्रालाई भगाएका हुन् । छात्रा प्राथामिक विद्यालयवाट गत वर्षात्रै उत्तर्ीण्ा भएकी थिईन् । भगाएर विवाह गरेका दुराले आफूले दोश्रो विवाह गरेको स्वीकार गरेका स्थानीयवासिन्दाले वताएकाछन् ।

»More

र्राईस हिप्पाको कारण धान खेतीमा नोक्सानी

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

लमजुङको विभिन्न स्थानहरुमा लगाईएको धानखेतीमा र्राईस हिप्पा भनिने खपटे किराले नोक्सानी पुर्‍याउन थालेको छ । र् भर्खर रोपिएको धानमा किराले नोक्सानी पुर्‍याउन थालेपछि किसानहरु निरास बनेकाछन् । रोपेर झण्डै एक महिनाको हरियो धानमा खपटे किरा लागेको हो । यो किराले धानको कलिलो पातलाई खाने, चुँडाउने गर्नाले धानवालीहरु मर्न थालेकाछन् । समयमै यसको उपचार नखोजिए धानबाली सखाप हुने कृषकहरुको भनाई छ ।

»More

घरमा लुटपाट

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

लमजुङको चिती गाउँ विकास समिति वडा नम्बर ७ रामचोक वेसीमा अज्ञात समूहले एक ब्यक्तिवाट गरगहना तथा नगद लुटेको छ । अज्ञात समूहले गएराती घरको ढोका फोरेर स्थानीय मैखु तामाङको कानमा लगाएको आधा तोला सुन र साथमा रहेको ४ हजार नगद लुटेको हो । लुटेराहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

»More

Nabil Bank in Besisahar

my republica

Nabil Bank Limited has established a new branch in Besisahar of Lamjung district. With the opening of new branch, the number of branches in the bank's network has reached 42."We are establishing many branches to make our service available to everybody," the bank said in a press statement.

»More