Media Partners

www.elamjung.com on Facebook

रोपाइँ साहित्य



Bookmark and Share Subscribe

Untitled Document लमजुङ, कहिले टन्टलापुर घाम त कहिले सिमसिमे पानी । सायद मनसुन भित्रिएको धेरै समय नभएर होला लमजङको गाउँशहर-नरुवलफाँटलाई ढाक्ने वातावरण छिनछिनमा परिवर्तन भईरहेको थियो । मौसमले जति फेरबदलको वहाना बनाएपनि रोपाइँमै साहित्य भर्न गएका साहित्यकारलाई कुनै कष्ट भएन । सदरमुकाम वेसीशहरवाट खाना खाईओरी गएका साहित्यकारहरु खेतमा पुग्दा रोपारेहरु गीत गाउँदै थिए ।

असारमा खाने दुधिला मकै साउनमा खाने खीर
घरमा छैन शितलु बचन, मनमा छैन थिर ।
आज नि रोपाइँ भोलि नि रोपाइँ पर्सि नि जानु छ
ससुरा बा को अमिलो बचन पेटभरि खानु छ ।

उनीहरुले गीत गुञ्जाउँदै गर्दा सदरमुकाम साथै बाहिरी जिल्लावाट किसानकै घरआँगनमा पुगेका साहित्यकार तथा पाहुनाहरुलाई स्थानीयवासिन्दाले माटोको टिका र धानको विउ फूलस्वरुप लगाईदिएका थिए । पर्ूव पर्यटनमन्त्री समेत रहेका एमाले सभाषद् पृथ्बीसुब्बा गुरुङ मुसुमुसु हाँसिरहँदा स्थानीयवासिन्दाले छिट्टै र्सवसाधारण सुहाउँदो संविधान निर्माण गरिदिन आग्रह समेत गरे । साहित्यमय बनेको नरुवालफाँटको खेतैआडमा गीत, गजल, कविता, मुक्तक लगायतका रचना बाचन गर्दा सवै छक्क परेका थिए ।

सदरमुकाम वेसीशहरवाट ५ किलोमीटर पर सडकमै पाहुनालाई लिन पुगेका परियार दाज्युभाइले दिनभरि पञ्चेबाजा घन्काए । त्यही तालमा विउ उखेल्दै गरेका महिला कृषकहरु असारे गीत गाउँदै थिए । तब, नजिकैको चौतारोमा गीतकार राजेन्द्र थापा सभाषद् पृथ्वी सुब्बा गुरुङतर्फर्फकँदै वर्तमान परिवेश सुहाउँदो रचना बाचन गरिरहेका थिए ।

'संविधानवाट 'संवि' झिकेर वचेको धान लगेर सुदुरमा खुवाइयोस्
कानुनवाट 'का' झिेकेर वचेका नून लगेर कर्ण्र्ाामा पर्‍ुयाइयोस
नयाँ संविधान कस्तो बन्छ मलाइ थाहा छैन
त्यसैले संविधान बन्नु अघि नेपालबाट 'ने' झिकेर
वचेको 'पाल' लगेर सुकुम्वासीको छानो छाइयोस्'
वरिष्ठ गीतकार राजेन्द्र थापा यस्तै यस्तै व्यङ्ग्यत्मक चोटिला रचना सुनाउँदा हाँस्नेको लर्को पनि कम थिएन । नजिकै रहेका सभाषद् गुरुङ हाँसिरहेकाले होला सायद, थापाले पनि प्रश्नात्मक शैलीमा आफ्नो रचना प्रस्तुत गरे ।

'गफ त खुवै हाँक्दै हुनुहुन्छ तर देश हाँक्ने कहिले नी -
आमूल परिवर्तन भन्नु हुन्छ सिन्को भाच्ने कहिले नी -
हाम्रा ढोका र भित्ताहरुमा तपाइँहरुको फोटो खुवै टाँसियो
तपाइको भित्ता र ढोकाहरुमा जनताको फोटो टास्ने कहिले नी -'
थापाले रचना बाचन गर्दा खेतमा रहेका कृषकहरु पनि रचना सुन्न चौतारोमा पुगेका थिए । अर्कोतर्फबाउसे र रोपारेहरुबीच जुहारी चलिरहेको थियो, अनि माथिल्लो गरामा ब्याडे अनि लाठेहरु -आली लगाउने) हरुबीच हिलो छेपाछेप गर्दाको रमाइलो भने झन छुट्टै थियो । गोरु जोत्नेहरु कोही ह.. ह.. माले, ह....ह तारे गर्दै खेतका गरा हिलाउँदै थिए भने कोही भने दाँते लगाएर हलगोरु दौडाउँदै थिए ।

जिल्ला कृषि विकास कार्यालय, हिमालचुली कलासाहित्य प्रतिष्ठान र दीपज्योति कृषि सहकारी संस्थाको संयुक्त आयोजनामा 'कृषि भूमिको संरक्षण गरौ, धानको उत्पादन वढाऔ' भन्ने नाराका साथ सातौँ राष्ट्रिय धान दिवस तथा रापोइ महोत्सवको आयोजना गरिएको थियो । सो अवसरमा जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यलयका पदाधिकारीहरु, राजनीतिक दलका प्रतिनिधिहरु, जिल्ला तथा जिल्ल्ाा वाहिरका साहित्यकारहरु, सञ्चारकर्मी, समाजसेवी, कृषकहरु तथा स्थानीयबासीन्दाहरुको सहभागीता थियो, यो १५ असारको दिन थियो ।
असार महिना मानो खाएर मुरी उब्जाउने महिनाको रुपमा मात्र परिचित नभई यो महिनामा हिलो खेल्नर्ुपर्छ र हिलो छुनर्ुपर्छ भन्ने सांस्कृतिक मान्यता समेत रहेको छ । विशेष रुपमा कृषि क्षेत्रको पर््रवर्द्धन गर्ने उद्धेश्यले पनि रोपाई महोत्सव आयोजना गरिएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख किशोरप्रसाद पन्तले वताए । सो अवसरमा वाजाको तालमा धानको वीउ रोपिएको थियो । 'धानको विउ रोप्दा साहै्र मज्जा आयो ।' सभाषद् पृथ्वीसुब्बा गुरुङसंगै छुपुछुपु धान रोपिरहेकी एमाले केन्द्रीय सदस्य टुका हमालले भनिन्, 'किसानको दुःख र सुखमा हाम्रो पार्टर्ीीदैव साथ दिन तयार छौँ ।'

एसआरआइ प्रविधि अर्थात सघन धान रोपाइँ विधिद्धारा एक वित्ताको फरकमा १० देखि १२ दिनको कलिलो वीउ एक एक सरो रोप्दा दोव्वर उत्पादन वढ्ने कृषि विशेषज्ञहरुको भनाइ छ । सोही प्रविधि सिकाउन समेत धान महोत्सव आयोजना गरिएको जिल्ला कृषि विकास कार्यलयले जनाएको छ ।

हिमालचुली कला साहित्य प्रतिष्ठान लमजुङका अध्यक्ष आनन्द घिमिरेले रोपाइँ साहित्य आयोजना गर्नुको वारेमा चर्चा गर्दै असारे गीतबाटै साहित्यको सुरुवात भएको र असारे गीतबाटै गीत, कविताको सृजना भएको दावी गरे । असारमा रोपाइँ साहित्य र मंसिरमा दाइँ साहित्य गर्दै आएको हिमालचुलीले र्सवसाधारणको पीरमर्का बुझेर साहित्यलाई पनि जोगाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको वताए ।

आज दैनिक हजारौको संख्यामा युवाहरु वैदेशिक रोजगारका लागि विदेश पलायन हुनु, ग्रामीण भेगका जग्गाहरु वाँझो हुनु, उर्वर जमिनमा घर बनाएर वस्ती बसालिनुको कारणले समेत कृषि पेशा धरासयी बन्दै गएको भन्दै स्थानीय किसानहरुको मनोवल वढाउन र आधुनिक तरीकाले धानको उत्पादन वढाउन समेत रोपाइँ महोत्सव तथा साहित्यको कार्यक्रम गरिएको हिमालचुलीका सह-सचिव नबीनचन्द्र घिमिरेको भनाई छ ।

नरुवलका फणिन्द्र थापाको खेतमा आयोजना गरिएको रोपाइँ साहित्य कार्यक्रममा पर्ूव पर्यटन मन्त्री समेत रहेका सभासद् पृथ्वी सुव्वा गुरुङ, वरिष्ठ गीतकार तथा साहित्य राजेन्द्र थापा, कृषि विकास कार्यलयका प्रमुख किशोर प्रसाद पन्त, क्षेत्रिय कृषि विकास कार्यलयका विरेन्द्र हमाल, साहित्यकार गोविन्द वहादुर कुँवर लगायतको सहभागीता भएको सो कार्यक्रममा स्रष्टाहरुले असारे गीत तथा असारे धान रोपाइ सम्वन्धि गीत, गजल, कविता वाचन गरेका थिए । उनीहरुले असारे गीतमा वाजाको तालमा धान रोप्दै, वाजाको तालमा नाच्दै वाउसे गर्दै हिलो आपसमा छ्यापाछाप गरेको क्षण साञ्चै रोमाञ्चकारी बनेको थियो ।

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010

Ashar-Pandra-1-at-Lamjung-2010





Bookmark and Share Subscribe

आश गुरुङ, तस्वीर : लेखक

Posted on:2010-07-01 02:17:22


Comments on above topic:

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:



Once a man was smoking at the airport......

A gentleman came & asked him, How much do you smoke a day?
Smoker: Why are you asking such question?
Gentleman replied: If you had collected that money instead of smoking, the plane in front of you, would have been yours.

»More

Ticket please!

In a train, ticket checker to a saint: Ticket please!
Saint: I don't have.
TT: Where do you want to go?
Saint: Lord Ram's birth place, Ayodhya!

»More

अधेरीमै आउनु तिमी / कबिता

उजाड मेरो जिन्दगीमा हरियाली बसन्त
बनि आउनु तिमी
सुनौलो बिहानीमा भेट नहोला
अधेरी रातमा नै आउनु तिमि

»More

Wife isn't in the car

On a rural road a state trooper pulled this farmer over and said: "Sir, do you realize your wife fell out of the car several miles back?" To which the farmer replied: "Thank God, I thought I had gone deaf!"

»More

बुझनै सकिन

सुस्ताउँछ बतास पनि आउदा तिमी बुझनै सकिन ॥
जुदायौ नयन मस्किएर मुस्कान मसँग बुझनै सकिन ॥
कहिले जिस्किन्छौ कहिले ठूस्किन्छौै बुझनै सकिन ॥
अनुहार तिम्रो पढ्न खोजेँ जवाफ पाउनै सकिन ॥

»More

आउँछ याद

Prem Gurung आउँछ याद त्यो गाउँ वन पाखा ।
गाउँदै सुसेलेर कोईलीको भाका ॥
गाँस्यौँ माया प्रीति, हिडयौँ मेला अनि वनपात ॥

»More

अफगानको आकाश र लादेन

Prem Gurung उडी रहेछन् अफगानको आकाशै भरि ।
हेली कप्टर, फाईटर, जेट अनि मानव रहित यान पनि ।
चिल उडे झै उड्छन् यिनीहरु ।
चौविसै घण्टा कान र मुटु नै फुटाउलान कि झै गरी ।

»More

रोपाइँ साहित्य

Ashar-Pandra-1-at-Lamjung-2010 कहिले टन्टलापुर घाम त कहिले सिमसिमे पानी । सायद मनसुन भित्रिएको धेरै समय नभएर होला लमजङको गाउँशहर-नरुवलफाँटलाई ढाक्ने वातावरण छिनछिनमा परिवर्तन भईरहेको थियो । मौसमले जति फेरबदलको वहाना बनाएपनि रोपाइँमै साहित्य भर्न

»More

English is really crazy

There is no egg in eggplant nor ham in hamburger; neither apple nor pine in pineapple. English muffins were not invented in England or French fries in France. Sweetmeats are candies,

»More

Easy to Swallow? Funny story.

My sister, Mina, and her husband Roshan, had just finished tucking their young ones into bed one evening when they heard crying coming from the children's room. Rushing in,

»More