Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

जवाफ (7)

गर्दिनथे मैले बिहे बाध्यतामा परे कान्छा
वचनमा हार्दा आज, आफै भित्र मरे कान्छा ।

भगाएर लैजाउ भन्दा आँट गर्न सकेनौ खै
पराईको सिँदुर लगाई अन्तै बिहे गरे कान्छा ।

»More

सवाल जवाफ (7) सवाल

भाग्यमानी रैछौ सरु ठुलै घरमा परिछौ रे
सँगै ज्युँछु मर्छु भन्थ्यौ आज बिहे गरिछौ रे ।

झुप्रो प्यारो तिम्रो घरको चुहिने छानो भए पनि
भनने हिजो तिमी नै हौ महलमा सरिछौ रे ।

»More

जवाफ (6)

तिमि एक्लै कराउदा डराउछु अनयास
बिहोसिमै हराउदा कराउछु म अनयास

यौवनले हैन तिम्रो यो मन लाई सोधि हेर
आज भोलि तिमिलाई मनपराउछु म अनयास ।

»More

सवाल जवाफ (6) सवाल

म एक्लै कराए भने सोध्न नभुल सरु
अकस्मात हराए भने खोज्न नभुल सानु ।

यौवनले भरीएको जोवन तिम्रो देख्दा आखिर
आजआफै डराए भने रोज्न नभुल सरु ।

»More

जवाफ (5)

तिम्रो मेरो संम्बन्धमा,कुरा काट्छन काट्न देउ
चोखो प्रेम मार्न समाज,जे आँट्नेहुन आँट्न देउ ।

दैव लागोस् गाउँले लागुन जिन्दगिभर छुट्टिदैनौ
वरपिपलको हाम्रो जोडी नास्ने भए नास्न देउ ।

»More

सवाल (5)

तिमि र म सँगै बसि पढ्दा कुरा काट्छ समाज
पँधेरीमा सँगै पानि भर्दा कुरा काट्छ समाज ।

पवित्र यो संम्बन्धमा गिद्धे नजर लाउन खोजि
क्यम्पस जादा एउटै साईकल चढ्दा कुरा काट्छ समाज ।

»More

जवाफ 4

सायद बाटो भुल्यौ "सरु"अन्तै बाटो मोड्दै हिड्छ्यौ
आफ्नै जिउको ब्यापार गर्न संम्बन्धलाई जोड्दै हिड्छ्यौ ।

के गरौ त मैले आखिर स्वभिमान बेच्ने लाई
नपचेर गास अनि मेरै घर तोड्दै हिड्छ्यौ ।

»More

सवाल जवाफ (4) सवाल

तिम्रो मेरो नाम ले औकात देखाएर त छाडिदियौ
"अनयास"गरिबिको जात देखाएर त छाडिदियौ ।

महलमा बसि चौरासी ब्यन्जन खानेलाई
झुपडिमा आँटोको भात देखाएर त छाडिदियौ ।

»More

जवाफ

दुनियाको छोरीले नाक कट्दै गाको देख्दा छोरी
आत्तिन्छ मन तिम्रो उमेर सोर्ह्र सालमा टेक्दा छोरी ।

रितिरिवाज परम्परा तोड्दै मोड्दै जादा अचेल
साथि संगत जान सक्छ आफ्नै मनलाई छेक्दा छोरी ।

»More

गजल सवाल (3

सानै छुनि बाबा अहिले बे को उमेर भाको छैन
बिश्वास गर्नुस छोरिमाथि ईज्जत फालि गाको छैन ।
जुन संकारमा हुर्काउनु भो त्यहि संकारमा रमाउदै छु
सरलतालाई त्यागि आज डिस्को तिर धाको छैन ।

»More