Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

गुहार माग्दै ३ नेपाली मजदुर प्रहरीको शरणमा

Damber Subba

रोजगारीको सिलसिलामा ईपीएस मार्फत ३ महिना अघि कोरिया आई क्यगिदोको ईछन स्थित मिरे कन्सल्ट सानअप नामक कम्पनीमा कार्यरत ३ नेपाली कम्पनीलाई काम गर्ने कोरियन मेनेजनको अमानविय कुटपिट सहन नसकेर सोही क्षेत्रको स्थानिय प्रहरीको शरण पुगेको छ ।

प्रहरीको शरणमा गुहार माग्दै पुगेका सुनसरी धरान निवासी रामले भने ३ महिना अघि कोरिया आए पछि सो कम्पनीमा लगनशील र मेहेनत साथ काम गर्दथ्यौ तर त्यस कम्पनीको फे नामक मेनेजर भाषा नबुझेर भएको सानो सानो गल्तीमा पनि झापडले लातले हिर्काउने गर्दथ्यो । हामीले ३ महिना सम्म लगातार सहेर बसौ । धेरै संघसंस्था, राजदूतावासहरुलाई सहयोग माग्यौ तर कसैकोबाट सहयोग पाएनौ ।
उनले रुदै थप भने यस्तै किसिमको दिनहु भई रहने शारिरीक, मानसिक तनावको कारण आत्माहत्या गर्ने सम्म सोच राखेका थियौ । त्यस्तै पोखरा निवासी माधवले भने कोरिया आएर काम गरेको पहिलो पल्ट हो, कामको बारेमा केहि थाहा हुदैन,राम्रो तरिकाले सिकाउनुको सटटा पहिला हिकाउने त्यस पछि नराम्रो गाली गर्दे काम सिकाउने गर्दथ्यो । बिहान काम शुरु गरेपछि कहिले कस्तो किसिमले कुटने हो जहिले पनि मनमा चिन्ताले सताउंथ्यो । आज पनि हामी तीनै जनालाई लातै लातले हिर्काउदा जीउ ज्यानको सुरक्षाको लागी प्रहरीको शरणमा आएका हौ ।

पिडित ३ नेपाली मजदुरले नेपाली राजदूतावाका श्रम सहचारी अनिल गुरुलाई उद्धार गरिदिनको लागी अनुरोध गर्दा श्रम सहचारी गुरुले आफुलाई पनि भाषाको समस्या भएको अन्य कुनै व्यक्तिलाई पठाउने आश्वासन दिए पनि कुनै व्यक्ति उद्धारको लागी नआएका बताए ।

ईछन प्रहरी कार्यलयका प्रहरी अधिकृत सीन ग्य छलले नेपाली मजदुरलाई कुटपिट गर्ने कम्पनी मेनेजर फे र कम्पनी मालिकलाई बोलाएर बयान लिई सकेका छौ । कम्पनी मेनेजरले कुटपिट गरेको पनि स्वीकार गरि सकेको बताए । उनले थप भने पिडित ३ नेपाली मजदुरले चाहेको खण्डमा कुटपिट सम्बन्धी कानुन बमोजिम कानुनी प्रक्रिया अगाडी बढाउने छौ ।

कम्पनी मालिक रु ज हयनले ३ महिना अघि देखि नेपाली मजदुरहरुलाई कम्पनी मेनेजर फेले कुटपिट गर्दे आएको रहेछ मैले त अहिले प्रहरी कार्यलयमा आएर पो थाहा पाए । आज भन्दा अघि मलाई कुटपिट गरेको सम्बन्धमा कुनै किसिमको जानकारी भएन । कुटपिट र अमानविय व्यवहार गरेको मेनेजर फेले पनि स्वीकार गरि सकेको छ । त्यसको लागी म भित्री आत्माबाट माफी माग्न चाहन्छु र नेपाली मजदुरहरुले जे चाहन्छ त्यो गर्न तयार छु भने ।

सोही स्थानमा दोभाषेको लागी आएका कोरियाका साना तथा मझौता उधोग महासंघका कर्मचारी वादी लामाले भने म प्रहरी कार्यलयमा पुग्न ३ जना नेपाली मजदुर भाईहरु प्रहरी कार्यलयको कुनाको टुहुरा जस्तै बिजोग अवस्थामा थियो । त्यो देख्दा एक नेपालीको हैसियत मन एकदमे दुख्यो ।

यस्तो विषयमा नेपालको सम्बन्धीत सरकारी निकाय नेपाली राजदूतावाले समयमा नै उद्धार गर्नु पर्ने हो । कोरियामा रहेका नेपाली मजदुरहरुलाई आपत विपत आई परेको बेलामा सहयोग दिन नसकेकोले नेपाली मजदुरहरुले थप दुख कष्ट भोग्नु परि रहको उनले थप बताए ।

ईपीएस मार्फत कोरियामा आएका नेपाली मजदुरहरु मध्ये हाल सम्म ७ जना भन्दा बढी नेपालीहरुले आत्मा हत्या गरि सकेको छ । नेपाल सरकारको सम्बनधीत निकाय नेपाली राजदूवासले नेपाली मजदुरहरु समस्या प्रतिको कर्तव्य विमुख कार्य, वेवास्ता, लापारवाही हुदै जाने हो भने थप नेपालीहरुले आत्मा हत्या नगर्न सक्दैन भन्न सकिन्दैन । यसको जिम्मेवार नेपाल सरकार र नेपाल सरकारको सम्बन्धीत निकाय नेपाली राजदूतावास हुने छ ।


Posted on:April 25, 2013, 1:51 am




Comments on above topic:





तमू धीं नेपाल प्रवास शाखा साउदी अरबको आयोजनामा तमू राष्ट्रिय पर्व "त ल्होसार" सम्पन्न,

खेम तमु / साउदी अरब

·         "सहयोग सदभाव एकता, हाम्रो प्रमुखता" भन्ने मूल नारालाई आत्मासाथ गर्दैप्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आफ्नो मौलिक परम्परा, सस्कृति, सँस्कार, भाषा, भेषभुषा,लाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघसँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरुमा अग्रसरता देखाउदै आएको साउदी अरबमा स्थापित तमू धीं नेपाल प्रवास शाखा साउदी

»More

जनवरी २ मा तमु धीं जापानको ल्होसार साँझ २०१४

Shree Gurung

श्री तमु ९टोकियो ० र तमु ९ गुरुङ ० हरुको महान चाड ू त ू ल्होसारको पावन अवसरमा सम्पूर्ण महानुभाबहरु प्रति सुभकामना ब्यक्त गर्दछौ १   तमु धीं जापानले हरेक बर्ष झैँ यो बर्ष पनि ू त ू ल्होसारको अवसरमा बिबिध मनोरन्जनपूर्ण सांगीतिक कार्यक्रम सहित ल्होसार साँझ २०१४ गर्ने भएको छ १ आफ्नो कला सस्कृति भेषभुषा र मौलिक पहिचानलाई  सम्मान, जगेर्ना र सम्बर्धन गर्दै १९ औं ल्होसार साँझ भव्यताका साथ मनाउन गै रहेको छ १ उक्त साँझलाई बेजोड धमाका दिनको लागि कलाकारहरु ईस्वर तमु , शैलेश तमु , गोपी मगर ,

»More

दर्ुवईमा कारको ठक्करबाट मालिङका भजेन्द्र गुरुङको मृत्यू

आश गुरुङ,

रोजगारीको शिलशिलामा विदेश गएका लमजुङका वासिन्दाको मृत्यू हुने क्रम बढेको छ । साउदीमा गत शुक्रवार भुजुङका रामबहादुर गुरुङको मृत्यूको घटना सेलाउन नपाउँदै दर्ुबईमा अर्का एक लमजुङेको ज्यान गएको छ ।

लमजुङको मालिङ गाउँ विकास समिति वडा नम्बर ५, मालिङ घर भएका ४२ बषिर्य भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको छ । दर्ुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिस्टम मनुफक्चरिङ्ग कम्पनीमा कार्यरत भजेन्द्र प्रसाद गुरुङको आईतबार विहान ज्यान गएको लमजुङ

»More

प्रवासमा पनि गुल्मेली एकता

Rajan Ghimire

अमेरिकाको न्यूयोर्कमा विभिन्न पेशामा आवद्ध गुल्मेलीहरुले समाजसेवी एवम् महिला नेतृ गोमा सेनको संयोजकत्वमा गुल्मी अमेरिका सोसाइटी नामको संस्था निर्माण गरेका छन् । न्योर्क राज्यको रोकल्याण्ड काउन्ट्रीमा पर्ने रोकल्याण्ड स्टेटपार्कमा गतहप्ता भएको विशेष भेलाले उक्त संस्थाको न्वारन गरेको हो । अमेरिकामा रहेका पर्शुराम देवकोटा, अपिल भण्डारी, अशोक ज्ञवाली, सरस्वती गौतम, प्रभा देवकोटा, गोविन्द पाण्डे लगायतका जुझारु युवाहरुको सक्रियतामा आयोजित भेलामा नेपाल मिसन युएनका प्रतिनिधि घनश्याम लम्सालले आफू जन्मिएको स्थानलाई माया गरेर

»More

लम्जुङ संपर्क स मिती यूएईको बनभो ज तथा पुनर्गठन सम ्पन्न

भिम तमु सविनय ,योग राज परियार, दुबइ -स् गत शुक्रबार १७ मेमा दुबइ ुयूएईमा रहेका सबै लम्जुङगे एक हौु र ूअनेकतामा एकता लम्जुङको बिकास हाम्रो प्रतिबद्दता र प्रत्यक्ष सह्भागिताू भने मुल नाराका साथ लम्जुङ संपर्क समिती यूएईको तदर्थ समितीले बनभोज तथा पुनर्गठन दुबइको जबील पार्कमा सम्पन्न गरेको छ । साथै राजु घलेको अध्यक्षमा १९ सदसिय समिती गठन गरिएको छ भने उपाध्यक्षमा

»More