Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

खुल्ला लोक गीत दोहोरी गीत प्रतियोगिता २०१२ कतार

बुद्दबल गुरुङ - कतार

कतारवासी नेपाली लोक दोहोरी पारखीहरुको लागि तमू सांस्कृतिक परिवार कतारले “खुल्ला नेपाली लोक दोहोरी गीत प्रतियोगिता कतार २०१२” कार्यक्रम आयोजना गर्न गई रहेको जानकारी गराउदछौं । त्यसैले कतारमा कार्यरत नेपाली लोक दोहोरी गायक गायिकाहरु र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाइ तपसिलमा उल्लेख गरिए बमोजिमका कार्यक्रमहरुमा सहभागि भई दिनु हुन हार्दिक अनुरोध गरिन्छ ।

»More

एक नेपाली अस्पतालको आईसियुमा अलपत्र

डम्बर सुब्बा

रोजगारीको सिलसिलामा कोरिया आएका पेम्बा नाम गरेका एक नेपाली काम गर्ने क्रममा गत ५ दिन अघि देखि आनसानको कोदे अस्पतालको आईसियुमा अत्यन्तै सिकिस्त रुपमा रहेको दोभाषेको लागी अस्पताल पुगेका बुद्धि गुरु¨ले जानकारी गराउनु भएको छ । गुरु¨ले कोरियामा केहि दिन अघि भीषण टाईफन आएको दिन क्य¨गिदो स्थित हवास¨ क्षेत्रमा कार्यरत पेम्बाको कंम्पनी मालिकको घरको छाना उडाएको रहेछ ।

»More

कुवेतमा तमू पे ल्हु संघ स्थापना

काशी गुरुङ

अगष्ट ३१ तारिख । तमू प्ये ल्हू संघ, कुवेतको औपचारिक रुपमा स्थापना भएको छ । संस्थापक अध्यक्ष छ्योमान त्हारा तमूको सभापतित्वमा भएको कार्यक्रममा संघका संरक्षक तथा वरिष्ठ सल्लाहरकार कूलप्रसाद मैन्मै तमूले एक काईक्रमबीच विधिवत उद्घाटन गर्नुभयो । तमू प्ये ल्हू संघ, कुवेतको उद्घाटन कार्यक्रममा तमु क्ल्हेप्री चिव, गंगा म्होप्छेँ तमूले पवित्र मन्त्र वाचन गर्नु भएको थियो ।

»More

बाल्टिमोरमा प्रशान्त - अमित सांगीतिक धमाका हुने

DcNepal(शिव विष्ट,)

बाल्टिमोर - बाल्टिमोरमा बिगत लामो समय देखि विभिन्न सफल कार्यक्रम प्रस्तुत गरिसकेका युवा समुहको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर ९, आइतबारका दिन बाल्टिमोरमा ‘प्रशान्त– अमित म्यूजिकल नाइट’ आयोजना हुने भएको छ। उक्त कार्यक्रममा इण्डियन आइडल प्रशान्त तामाङ र इण्डियन आइडलका अर्का सहभागी अमित पलको प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुले समेत विभिन्न प्रस्तुति देखाउनेछन् । बेल एयर रोडको चर्च हल,साँझ ८ बजेदेखि १२ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागिताका लागि २५ डलर टिकट दर तोकिएको छ ।

»More

तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको चौंथौ महाधिबेशन सम्पन्न:

खेम तमु

साउदी अरब २२ अगष्ट २०१२ बैदेशिक रोजगारको सिलसिलामा प्रवासमा छरिएर रहेका सम्पूर्ण तमू दाजु भाई तथा दिदि बहिनीहरुलाई एक शुत्रमा बाँधी आनो मौलिक परम्परा सस्कृति, भाषा, भेषभुषा, प्ये ताँ ल्हु ताँ र धार्मिक पहिचानलाई जगेर्ना गर्ने तथा समय र परिस्थिती अनुरुप प्रवासमा भैपरी आउने समस्याहरुको समाधानको निकाश, क्रियाशील अन्य नेपाली संघ सँस्थाहरुसंग हातेमालो गर्दै सामाजिक कार्यहरु गर्ने उद्धेश्य लिई स्थापना भएको सम्पूर्ण तमूहरुको साझा संस्था तमू धिं प्रवास केन्द्रिय समिति साउदी अरबको आज मिति ५ भदौ २०६९ (२१ अगष्ट २०१२) शुक्रबारका दिन अल खोबर शहरको गल्फ दरबार होटलको हलमा चौथौं महाधिबेशन सम्पन्न भएको छ ।

»More

१६ औ रोंधि साँझ कार्यक्रम सम्पन्न !‏

कुमार तमु -टोक्यो जापान,

तमु धीं जापानले हरेक बर्ष आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधि साँझ कार्यक्रम नेपालदेखि आमन्त्रित चर्चित कलाकारहरु र स्थानिय कलाकारहरुको सांगीतिक प्रस्तुतिहरुका साथ टोक्यो को इकेगामिमा अवस्थित इकेगामी खाईकन हलमा यही अगस्त-१२तारिखमा सम्पन्न भएको छ ! धीं का अध्यक्ष हर्क गुरुङको सभापतित्व र प्रमुख अतिथि जापानका लागी नेपाली महामहिम राजदूत श्री डा.मदन कुमार भट्टराई र बिशेष अतिथि नेपाल आदिबासी जनजाती महासंघ जापानका अध्यक्ष ध्रुब भट्ट्चन, गैर आवासीय नेपाली संघ जापानका अध्यक्ष ओम गुरुङले संयुक्त रुपमा पानसमा बत्ती बाली कार्यक्रमको उदघाटन गर्नु भएको थियो !

»More

तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबको चौथौ एतिहासिक महा‏

खेम तमू (महा-सचिव)

यहि आउँदो भदौ ५ गते मंगलबार (२१ अगष्ट २०१२) का दिन तमू धिं प्रवास केन्द्रीय समिति साउदी अरबको चौथौ एतिहासिक महाधिबेशन भब्यताका साथ सम्पन्न हुन गईरहेको जानकारी गराउँदै उक्त महाधिबेशनमा सम्पुर्ण साउदी अरबमा कार्यरत तमूहरुमा सहभागी हुन बिनम्रताका साथ हार्दिक अनुरोध गरिन्छ ।

»More

रोंधी प्रथालाइ बचाई राख्न

कुमार तमु - टोक्यो, जापान

तमु जातीहरुको सांस्कृतिक धरोहरको रुपमा रहेको रोंधी प्रथालाइ बचाई राख्न हरेक बर्ष तमु धीं जापानले आयोजना गर्दै आइरहेको यस बर्षको १६ औ रोंधी साँझ कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ | यही आउदो अगस्त-१२ तारीख आइतबारका दिन ४.०० बजे देखि टोक्योमा अवस्थित इकेगामी खाईकन हलमा गरिने १६ औ रोंधी साँझ कार्यक्रमका लागी नेपालदेखि आमन्त्रित चर्चित गायक दीपक लिम्बू गायिका इन्दिरा जोशी र लोक दोहोरी गायिका ज्योति लोहोनी यही-९ तारीख बिहिबारका दिन जापान आइपुग्ने र उहाँहरुको स्वागत कार्यक्रम अगस्त-१० तारीख साँझ-७.०० बजे टोक्योको सिबुया स्टेशन नजिक भर्खरै खुलेको

»More