लमजुङको घलेगाउँमा ओईलिएको फूल

आश गुरुङ,

लमजुङ, असार ९ गते ।

र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'च्ह्याल्यबै ट' अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ ।

गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटेर तयार पारिएको कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन घलेगाउँमा ९० प्रतिशत गरिएको चलचित्र युनिटले जनाएको छ ।

यसका साथसाथै घलेगाउँलाई विश्वसामु चिनाउनका लागि गरिएका प्रयासहरुलाई समेटेर चलचित्रको छायांकन गरिएको छ ।

सुपर युनिक एम्यूजमेन्ट प्रालि पोखराको पहिलो प्रस्तुतिको रुपमा निर्माण गर्न लागिएको चलचित्र च्ह्याल्यबै ट अर्थात ओइलिएको फूल युनिटले लमजुङको घलेगाउँमा १९ दिनमा आफ्नो चलचित्रको छायांकन सकाएको हो । चलचित्रका लेखक तथा निर्देशक एवं नायक मनोज गुरुङले घलेगाउँमा ९० प्रतिशत छायांकन गरिएको च्ह्याल्यबै ट अर्थात ओइलिएको फूल पोखरामा १० प्रतिशत छायांकन गरिने वताए । उनले दशैँ र तिहारको बीचमा दर्शकहरुले चलचित्रलाई हर्ेन पाउने समेत जानकारी दिए ।

गण्डकी ताराको रुपमा परिचित कलाकार मनोज गुरुङको पहिलो प्रयास चलचित्र च्ह्याल्यबै ट अर्थात ओइलिएको फूल झण्डै १२ लाख रुपैँयाको लागतमा निर्माण गरिन लागेको हो । गुरुङ जातिको आदिमथलो क्होला सोँथरबाट गुरुङहरु बर्साई सरेको र त्यसपछि विभिन्न ठाउँमा छरेर आ-आफ्ना भाषा, कला र संस्कार संस्कृतिका साथ बसोवास गर्दै आएका गुरुङ समुदायको कथाब्यथा बोकेर चलचित्र निर्माण गर्न लागिएको निर्देशक गुरुङले वताए ।

गुरुङ चलचित्रको भीडमा त्रिकोणात्मक कथाबस्तु बोकेर निर्माण गर्न लागिएको चलचित्र च्ह्याल्यबै ट अर्थात ओइलिएको फूलको नायकमा राजु गुरुङ, मनोज गुरुङ र राजु गुरुङ रहनेछन् । यस्तै नायिकाहरुमा निस्ता गुरुङ, कविता गुरुङ, केवल गंगा गुरुङ साथै प्रतिमा गुरुङ, सुकराज र्सर्बुजा गुरुङ लगायतका कलाकार रहनेछन् । विराज गुरुङ र प्रशान्त सुनार निर्माता रहेको चलचित्र च्ह्याल्यबै ट अर्थात ओइलिएको फूलमा छायांकन खिमबहादुर गुरुङ, सम्पादन प्रेमबहादुर गुरुङको रहेको छ । नृत्यमा सविन गुरुङ र विशाल गुरुङ साथै गीत/संगीतमा मनोज गुरुङ नै रहेकाछन् ।


Posted on:June 24, 2013, 8:25 am




Comments on above topic:





बैर्ंकर्सका गोविन्दका 'पल'

आश गुरुङ,

'पलपल निष्ठुरीको सम्झनाले मलाई सताइ रहन्छ,
बैगुनीको छायाँले सापनीमा पनि झस्काइ रहन्छ '
     
गीत सुन्दा निकै सरल लाग्छ, तर भित्री भाव भने पलपल मायाको याद र सम्झनामा तडि्पएको हुन्छ । त्यही सम्झनाको पललाई लिएर बैर्ंकर्स गोविन्द गुरुङ श्रोतामाझ आएका छन् । अहिले सिभिल बैंक लिमिटेडको कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत -महाप्रबन्धक तह) मा कार्यरत गुरुङको यो

»More

लमजुङको घलेगाउँमा ओईलिएको फूल

आश गुरुङ,

र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'च्ह्याल्यबै ट' अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ ।

गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटेर तयार पारिएको कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन घलेगाउँमा ९० प्रतिशत गरिएको चलचित्र युनिटले जनाएको छ ।

यसका साथसाथै घलेगाउँलाई विश्वसामु चिनाउनका लागि गरिएका प्रयासहरुलाई समेटेर चलचित्रको छायांकन गरिएको छ ।

»More

प्रधानमन्त्रीज्यू ! जवाफ पाऊँ ! गच्छदार देशका गृहमन्त्री कि लोकतान्त्रिक फोरमका ?

मधु लम्साल

मुलुकमा गृहमन्त्री छन् कि छैनन् ? यो प्रश्न अनुत्तरीत छ । किनकी, यो प्रश्नको जवाफ सायद गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छ कि छैन भने अरु कोसँग होला ? हुनत डा. भट्टराई नेतृत्वको कामचलाउ सरकारमा गृहमन्त्री मात्रै नभएर उपप्रधानमन्त्री समेतको बिल्ला भिर्दै वरियताक्रममा दोस्रो रहेका बिजय कुमार गच्छदारको नाम उल्लेख छ । तर, उनी आफूले पाएको गृह प्रशासनको जिम्मेवारीप्रति कति जवाफदेहि छन् त ? प्रश्न उठेको छ ।

»More

उत्पीडनको विरोध साम्प्रदायिकता होइन

पृथ्वी सुब्बा गुरुङ

नयाँ संविधान जारी गर्ने बेला नजिकिँदै गर्दा उत्पीडित समुदायहरूको गठबन्धन कसिँदो छ । आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायलाई प्रतिनिधित्व गर्ने सभासदहरूको संयुक्त प्रतिबद्धता यसको उदाहरण हो । यसले भावी नेपालको नयाँ खाका प्रस्तुत गरेको छ । यसले राजनीतिक दल, समाज र सबै तहमा एक प्रकारको तरंग ल्याएको छ ।
तर पार्टी नेताहरू भने यसको अपव्याख्या गर्न तल्लीन छन् । उनीहरूले विशेष गरेर कांग्रेस र एमालेका शर्ीष्ा नेताहरूले पार्टीसँगको सरसल्लाहबिना पार्र्टर्ीको नीतिविपरीत मधेसी मोर्चासँग सहमति गर्न पुगेको भन्दै निन्दा गरेका छन् । त्यति मात्र होइन, आदिवासी, जनजाति सभासदहरूको समूह अर्थात् ककसलाई नै साम्प्रदायिक बनेको आरोप लगाएका छन् ।

»More

जाँडरक्सी विरोधी चलचित्र 'मास्यो'

आश गुरुङ,

गुरुङ समाजमा जाँडरक्सी विना कुनैपनि सामाजिक काम अघि बढ्न सक्दैन । विवाह संस्कारदेखि मृत्यूसंस्कारसम्म तथा पाहुनाको स्वागतसत्कारका लागि जाँडरक्सी प्रयोग गर्ने गरिन्छ ।

राम्रो खालको जाँडरक्सी मर्दापर्दा र पाहुनाको स्वागतमा खर्चिने गरेको गुरुङ समाजमा पछिल्लो समय ब्यवसाय नै संचालन गरेपछि जाँडरक्सीले नराम्रो प्रभाव पार्न थालेको छ । जाँडरक्सीसंगै जुवातासले गर्दा गाउँघर कुरुप बन्दै गएको भन्दै यसविरोधी अभियान गुरुङ कथानक चलचित्रवाट थालिएको छ ।

»More

राजुले नचाए, विष्णुले रुवाए

आश गुरुङ,

लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको तेश्रो लमजुङ महोत्सव २०६८ को मुख्य आकर्षाको केन्द्रविन्दू राष्ट्रिय कलाकारको प्रस्तुति बनेको छ ।

वेसीशहरको त्रिवेणीफाँटमा आयोजना गरिएको महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आईतवार संचालित राष्ट्रिय लोकदोहरी गीतका हस्तीहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपूर

»More

पर्यटकको बर्साई लम्ब्याउन नारायणी, गण्डकी र लुम्बिनी प्याकेज

राजेश घिमिरे

विश्व मानचित्रमा सानो भएपनि पर्यटकीय दृष्टिले नेपाललाई विश्वमै उत्कृष्ट मानिने गरेको छ । प्राकृतिक स्रोतको खानी एवम् धार्मिक तथा सास्कृतिक विविधता हाम्रो पहिचान बनेको छ । हिमाल, पहाड र तर्राईबीचको निकटता तथा जातीय सद्भावले पर्यटक बढाउनमा ठूलै भूमिका निर्वाह गरिरहेका छन् । वर्षोनी लाखौं विदेशी पर्यटक भित्रनुको पछाडि यिनै मुख्य हुन् ।र्
पर्यटनका लागि आवश्यक नीति र योजना नै प्रभावकारी नहुदा पनि पर्यटकको ओइरो लाग्नुमा प्रकृतिले दिएको यहाको स्रोतकै भूमिका महत्वपर्ूण्ा छ । पर्यटन नीति-२०६५ को कार्यान्वयन हुन नसकेका र पर्यटन ऐन-२०५३ लाई परिमार्जन गर्नुपर्ने आवाज उठ्न थालेको अवस्था

»More

मध्य विन्दूमा साहित्य

आश गुरुङ,

तस्विरहरुः लेखक

जहाँ पुग्दैनन् रवी, त्यहाँ पुग्छन् कवि भन्ने त उत्ति नै छ । दुःख होस् या सुख, आनन्द होस् या अशान्ति, महल या झुपडि, जहाँ जसरी पनि साहित्यको सिर्जना भएकै हुन्छ । मेला पात र चाड पर्व त साहित्य सिर्जनाको थलो नै भईहाल्यो, त्यसबाहेक गाईवस्तु चराउन, गोठालो जाँदा होस् या खेतवारीमा समेत अहिले साहित्य फूल्न थालेको छ ।

नेपालकै मध्यविन्दू मानिने, लमजुङको रम्घा गाविसस्थित दर्ुइपिप्लेमा एक विहानै चहलपहल थियो । सँधै किसानले मात्रै गर्ने दाइँ,

»More