प्रधानमन्त्रीज्यू ! जवाफ पाऊँ ! गच्छदार देशका गृहमन्त्री कि लोकतान्त्रिक फोरमका ?

मधु लम्साल

मुलुकमा गृहमन्त्री छन् कि छैनन् ? यो प्रश्न अनुत्तरीत छ । किनकी, यो प्रश्नको जवाफ सायद गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छ कि छैन भने अरु कोसँग होला ?
हुनत डा. भट्टराई नेतृत्वको कामचलाउ सरकारमा गृहमन्त्री मात्रै नभएर उपप्रधानमन्त्री समेतको बिल्ला भिर्दै वरियताक्रममा दोस्रो रहेका बिजय कुमार गच्छदारको नाम उल्लेख छ । तर, उनी आफूले पाएको गृह प्रशासनको जिम्मेवारीप्रति कति जवाफदेहि छन् त ? प्रश्न उठेको छ । एघार वर्षे द्वन्द्वलाई पन्छ्याएर मुलुक शान्तिको ट्रयाक खोज्दै यतीबेला संक्रमणकालिन अवस्थामा गुज्रीरहेको छ । यस्तो अवस्थामा गृहमन्त्री र रक्षामन्त्रीको भूमिका कस्तो हुनु पर्छ ? उनीहरुबाट कस्तो दायित्व निर्वाह हुनु पर्छ ? त्यतातर्फ सम्वन्धित कसैको पनि ध्यान पुगेको जस्तो देखिएन । सायद यसैलाई भन्छन्, नालायकी र निकम्मापन ।

गृहमन्त्रीसमेतको जिम्मेवारीसहित उपप्रधानमन्त्रीमा नियुक्त भएलगत्तै प्रसिद्ध मनकामना पुगेर आफ्नो बिस वर्षदेखिको गृहमन्त्री हुने इच्छा पूरा भएकाले अब सफल गृहमन्त्री बन्दै राष्ट्रपति बन्ने सपना पूरा होस भन्ने कामना गर्न मन्दिर ढोकेर फर्केका बिजयकुमार गच्छदार आफ्नै कार्यशैली र व्यवहारका कारण दिनदिनै बद्नामी कमाउँदैछन् । देशको गृहमन्त्री, जसले देश र जनताको सुरक्षाको चिन्ता लिनु पर्ने व्यक्ति ! तर, जनतालाई नै तर्साएर, धम्क्याएर, गुण्डागर्दी गर्दै त्यसै लुटेर खान पल्केका डनको सल्लाह र सुझावमा चल्न थालेपछि त्यो देशको सुरक्षा संयन्त्र कसरी चलेको होला ? सम्झँदै कहाली लाग्छ कि लाग्दैन ?
प्रधानमन्त्री डा. बाबुराम भट्टराईप्रति एउटा जिज्ञांसा छ, कृपया झिँझो नमानी जवाफ मिल्थ्यो कि ? बिजय कुमार गच्छदार अर्थात् तपाईका सहयोगी मन्त्री देशका गृहमन्त्री हुन् कि मधेशी लोकतान्त्रिक फोरमका ? अनी, गृहमन्त्रीले आफ्नो दायित्व पूरा गरेका छन् कि छैनन् त ? यसमा तपाईंको ध्यान पुग्न सकेको छ कि छैन, प्रधानमन्त्रीज्यू ? प्रधानमन्त्रीसँग गरिएको प्रश्न सामान्य भए पनि अर्थ गम्भीर छ । यद्यपि, उहाँले कसरी लिनु हुन्छ, त्यो जवाफ प्राप्त भएकै खण्डमा मात्र पत्तो लाग्ला । सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री भट्टराईबाट जवाफको अपेक्षा गरिएको छ । गृहमन्त्री भनेको प्रहरी र प्रशासन परिचालन गर्न सक्ने भएकाले निकै शक्तिशाली पद मानिन्छ । शान र मानको यो पदको गरिमा आफ्नै कार्यशैलीले देखाउँछ । तर, किन गृहमन्त्री गच्छदारले पछिल्लो समय आफूलाई प्राप्त जिम्मेवारीतर्फ बेवास्था गरेका ? किन यसरी लत्तो छाडेका ? सुरक्षा संवेदनशिलतालाई ध्यानमा राख्दै आयोजना गरिएका महत्वपूर्ण क्षेत्रिय सुरक्षा सम्वन्धि गोष्ठी समेत बहिष्कार गर्न गच्छदारलाई कुन नैतिकताले दिएछ ? पूर्वतिर सुरक्षा गोष्ठी हुँदा पार्टीको कार्यकर्ता भेलामा सहभागी हुन सुदुरपश्चिमतिर लाग्ने, सय मिटरको डिस्टेन्समा सुरक्षाभेला भइरहँदा कार्यक्रम बहिष्कार गर्दै रिसोर्टमा आराम गर्ने ? त्यही हो गृहमन्त्रीको नैतिकता ? अनी त्यही हो देश र जनताप्रतिको जिम्मेवारी ? थोरै पनि नैतिकता बाँकी छ भने पदिय जिम्मेवारीप्रति लत्तो छाड्नु भन्दा पदबाटै राजीनामा दिनु पर्ने होइन र ? जनताले त प्रश्न गर्न थालिसिके, प्रधानमन्त्रीको पनि ध्यानाकर्षण हुनु पर्ने होइन र ?
प्रहरी महानिरीक्षक नियुक्त गर्ने सन्दर्भमा आफ्नो स्वार्थ पूरा हुन सकेन भन्दैमा संक्रमणकालिन अवस्थामा रहेको मुलुकको सुरक्षा संयन्त्रमा खलल पुग्ने गरी यसरी लत्तो छाडेर पार्टी कार्यक्रममा हिँड्ने गृहमन्त्रीलाई बर्खास्थ गर्नुको विकल्प छैन । त्यसो गर्न जति बिलम्व हुन्छ, त्यती नै सुरक्षा र प्रशासन संयन्त्रमा खरावी बढ्दै जानेछ । यसतर्फ प्रधानमन्त्रीको ध्यान पुगोस्, लाजै पचाएर सुरक्षा घेरामा रहने गच्छदारको पनि चेत खुलोस् ।


Posted on:October 3, 2012, 4:54 am




Comments on above topic:





बैर्ंकर्सका गोविन्दका 'पल'

आश गुरुङ,

'पलपल निष्ठुरीको सम्झनाले मलाई सताइ रहन्छ,
बैगुनीको छायाँले सापनीमा पनि झस्काइ रहन्छ '
     
गीत सुन्दा निकै सरल लाग्छ, तर भित्री भाव भने पलपल मायाको याद र सम्झनामा तडि्पएको हुन्छ । त्यही सम्झनाको पललाई लिएर बैर्ंकर्स गोविन्द गुरुङ श्रोतामाझ आएका छन् । अहिले सिभिल बैंक लिमिटेडको कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत -महाप्रबन्धक तह) मा कार्यरत गुरुङको यो

»More

लमजुङको घलेगाउँमा ओईलिएको फूल

आश गुरुङ,

र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'च्ह्याल्यबै ट' अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ ।

गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटेर तयार पारिएको कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन घलेगाउँमा ९० प्रतिशत गरिएको चलचित्र युनिटले जनाएको छ ।

यसका साथसाथै घलेगाउँलाई विश्वसामु चिनाउनका लागि गरिएका प्रयासहरुलाई समेटेर चलचित्रको छायांकन गरिएको छ ।

»More

प्रधानमन्त्रीज्यू ! जवाफ पाऊँ ! गच्छदार देशका गृहमन्त्री कि लोकतान्त्रिक फोरमका ?

मधु लम्साल

मुलुकमा गृहमन्त्री छन् कि छैनन् ? यो प्रश्न अनुत्तरीत छ । किनकी, यो प्रश्नको जवाफ सायद गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छ कि छैन भने अरु कोसँग होला ? हुनत डा. भट्टराई नेतृत्वको कामचलाउ सरकारमा गृहमन्त्री मात्रै नभएर उपप्रधानमन्त्री समेतको बिल्ला भिर्दै वरियताक्रममा दोस्रो रहेका बिजय कुमार गच्छदारको नाम उल्लेख छ । तर, उनी आफूले पाएको गृह प्रशासनको जिम्मेवारीप्रति कति जवाफदेहि छन् त ? प्रश्न उठेको छ ।

»More

उत्पीडनको विरोध साम्प्रदायिकता होइन

पृथ्वी सुब्बा गुरुङ

नयाँ संविधान जारी गर्ने बेला नजिकिँदै गर्दा उत्पीडित समुदायहरूको गठबन्धन कसिँदो छ । आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायलाई प्रतिनिधित्व गर्ने सभासदहरूको संयुक्त प्रतिबद्धता यसको उदाहरण हो । यसले भावी नेपालको नयाँ खाका प्रस्तुत गरेको छ । यसले राजनीतिक दल, समाज र सबै तहमा एक प्रकारको तरंग ल्याएको छ ।
तर पार्टी नेताहरू भने यसको अपव्याख्या गर्न तल्लीन छन् । उनीहरूले विशेष गरेर कांग्रेस र एमालेका शर्ीष्ा नेताहरूले पार्टीसँगको सरसल्लाहबिना पार्र्टर्ीको नीतिविपरीत मधेसी मोर्चासँग सहमति गर्न पुगेको भन्दै निन्दा गरेका छन् । त्यति मात्र होइन, आदिवासी, जनजाति सभासदहरूको समूह अर्थात् ककसलाई नै साम्प्रदायिक बनेको आरोप लगाएका छन् ।

»More

जाँडरक्सी विरोधी चलचित्र 'मास्यो'

आश गुरुङ,

गुरुङ समाजमा जाँडरक्सी विना कुनैपनि सामाजिक काम अघि बढ्न सक्दैन । विवाह संस्कारदेखि मृत्यूसंस्कारसम्म तथा पाहुनाको स्वागतसत्कारका लागि जाँडरक्सी प्रयोग गर्ने गरिन्छ ।

राम्रो खालको जाँडरक्सी मर्दापर्दा र पाहुनाको स्वागतमा खर्चिने गरेको गुरुङ समाजमा पछिल्लो समय ब्यवसाय नै संचालन गरेपछि जाँडरक्सीले नराम्रो प्रभाव पार्न थालेको छ । जाँडरक्सीसंगै जुवातासले गर्दा गाउँघर कुरुप बन्दै गएको भन्दै यसविरोधी अभियान गुरुङ कथानक चलचित्रवाट थालिएको छ ।

»More

राजुले नचाए, विष्णुले रुवाए

आश गुरुङ,

लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको तेश्रो लमजुङ महोत्सव २०६८ को मुख्य आकर्षाको केन्द्रविन्दू राष्ट्रिय कलाकारको प्रस्तुति बनेको छ ।

वेसीशहरको त्रिवेणीफाँटमा आयोजना गरिएको महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आईतवार संचालित राष्ट्रिय लोकदोहरी गीतका हस्तीहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपूर

»More

पर्यटकको बर्साई लम्ब्याउन नारायणी, गण्डकी र लुम्बिनी प्याकेज

राजेश घिमिरे

विश्व मानचित्रमा सानो भएपनि पर्यटकीय दृष्टिले नेपाललाई विश्वमै उत्कृष्ट मानिने गरेको छ । प्राकृतिक स्रोतको खानी एवम् धार्मिक तथा सास्कृतिक विविधता हाम्रो पहिचान बनेको छ । हिमाल, पहाड र तर्राईबीचको निकटता तथा जातीय सद्भावले पर्यटक बढाउनमा ठूलै भूमिका निर्वाह गरिरहेका छन् । वर्षोनी लाखौं विदेशी पर्यटक भित्रनुको पछाडि यिनै मुख्य हुन् ।र्
पर्यटनका लागि आवश्यक नीति र योजना नै प्रभावकारी नहुदा पनि पर्यटकको ओइरो लाग्नुमा प्रकृतिले दिएको यहाको स्रोतकै भूमिका महत्वपर्ूण्ा छ । पर्यटन नीति-२०६५ को कार्यान्वयन हुन नसकेका र पर्यटन ऐन-२०५३ लाई परिमार्जन गर्नुपर्ने आवाज उठ्न थालेको अवस्था

»More

मध्य विन्दूमा साहित्य

आश गुरुङ,

तस्विरहरुः लेखक

जहाँ पुग्दैनन् रवी, त्यहाँ पुग्छन् कवि भन्ने त उत्ति नै छ । दुःख होस् या सुख, आनन्द होस् या अशान्ति, महल या झुपडि, जहाँ जसरी पनि साहित्यको सिर्जना भएकै हुन्छ । मेला पात र चाड पर्व त साहित्य सिर्जनाको थलो नै भईहाल्यो, त्यसबाहेक गाईवस्तु चराउन, गोठालो जाँदा होस् या खेतवारीमा समेत अहिले साहित्य फूल्न थालेको छ ।

नेपालकै मध्यविन्दू मानिने, लमजुङको रम्घा गाविसस्थित दर्ुइपिप्लेमा एक विहानै चहलपहल थियो । सँधै किसानले मात्रै गर्ने दाइँ,

»More