जाँडरक्सी विरोधी चलचित्र 'मास्यो'

आश गुरुङ,

लमजुङ, फागुन १४ गते ।

गुरुङ समाजमा जाँडरक्सी विना कुनैपनि सामाजिक काम अघि बढ्न सक्दैन । विवाह संस्कारदेखि मृत्यूसंस्कारसम्म तथा पाहुनाको स्वागतसत्कारका लागि जाँडरक्सी प्रयोग गर्ने गरिन्छ ।

राम्रो खालको जाँडरक्सी मर्दापर्दा र पाहुनाको स्वागतमा खर्चिने गरेको गुरुङ समाजमा पछिल्लो समय ब्यवसाय नै संचालन गरेपछि जाँडरक्सीले नराम्रो प्रभाव पार्न थालेको छ । जाँडरक्सीसंगै जुवातासले गर्दा गाउँघर कुरुप बन्दै गएको भन्दै यसविरोधी अभियान गुरुङ कथानक चलचित्रवाट थालिएको छ ।

पछिल्लो समय निर्माण गरिएको गुरुङ चलचित्र 'मास्यो', गुरुङ समाजमा मौलाउँदै गएको विकृति र विसंगति विरुद्ध छ । गुरुङ समुदायमात्रै नभएर अन्य समुदायमा पनि विकृति र विसंगति मौलाउँदै गएको बेला निर्माण गरिएको गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'मास्यो'ले राम्रो बजार पाउनेमा निर्माणपक्ष ढुक्क छ ।

'मास्यो' मा कलिउडकी एक जना ख्यात्रि्राप्त मोडललाई नायिकामा उतारिएको छ । तनहुँ बन्दीपुर घर भएकी रुषा सिंजाली मगर 'मास्यो' की नायिका अर्थात चलचित्रकी 'मास्यो' हुन् । राजु लामाको 'पर्खाइमा भिज्यो सिरानी' बोलको गीतवाट चर्चा कमाएकी रुषा, गुरुङ भाषा र अभियनमा समेत पोख्त देखिएकाले गुरुङ चलचित्रमा उतारेको चलचित्र 'मास्यो' का निर्देशक गुञ्ज गुरुङ वताउँछन् ।

र्सार्क राष्ट्रकै नमुना घलेगाउँ र नजिकैको बगुम गाउँमा छायांकन गरिएको चलचित्र 'मास्यो' मा गुरुङ समुदायमा प्रचलित 'पुङ -विवाहका लागि चेलिबेटी माग्न केटापक्षद्धारा अभिभावकलाई ठेकीमा राखेर दिईने एक विषेश प्रकारको रक्सी) प्रथा' बाध्यात्मक पार्न नहुने तर्क प्रस्तुत गरिएको छ ।

चलचित्रकी मास्यो अर्थात नायिका क्याम्पस पढेर आएपछि शिक्षिका बन्छिन् । गाउँघरमा जुवातास र जाँडरक्सीले विकृतिविसंगति फैलिएपछि आमा समूहलाई एकढिक्का बनाएर यस विरुद्धको अभियान उनले शुरु गर्छिन् । एकजना अदृश्य पात्र लाहुरेको बाबुआमाले आफ्नो छोराको लागि भन्दै मास्योको हात माग्न पुङ लिएर मास्योको घरमा पुग्छन् । पुङ राखेर छोरीसंग सल्लाह गरि थाह दिने शर्तमा लाहुरेका आमाबाबुलाई फर्काइन्छ ।

मास्योको यसअघि एकजना गाउँले ठिटो अर्थात चलचित्रका नायक धर्मदेव घलेसंग मायाप्रेम हुन्छ । घरायसी परिस्थितिले खाडीमुलुक जान बाध्य धर्म कम्पनीमा झगडा भएपछि कुटपिट गरेको भन्दै कम्पनीले खालीहात नेपाल फर्काउँछ । घरमा उनले एक कौडी पनि दिन सक्दैन ।

पैसा नभएपछि उनले आफ्नै प्रेमिका मास्योलाई विवाह गर्न सक्दैनन् । चरम आर्थिक समस्याका कारण विवाह गर्ने स्थितिमा नरहेको धर्म र घरपरिवारले पुङ राखिसकेको अवस्थाकी मास्योले भाग्नेबाहेक अरु केही सोँच्न सक्दैन । फलतः उनीहरु भागेर पोखरा जान्छन् ।

पोखरावाट गाउँ फर्केर घरभित्र हुल्ने क्रममा संघारवाटै मास्योलाई आफ्नो आमाले 'गरीबको छोरा'लाई छोरी दिन नसक्ने भन्दै खासेर लान्छन् । त्यसपछि धर्मको मन भाँचिन्छ । कुँढिएको मनलाई बुझाउन उसको साथीले ठूलो भूमिका निर्वाह गरेको हुन्छ ।

त्यसपछि घलेगाउँमा नाँसरकोँ बजार हुन्छ, बैशाख महिनामा । जहाँ हरेक गाउँका युवायुवतीहरुको जमघट हुन्छ । त्यहाँ भुजुङ गाउँका युवातीहरु आएका हुन्छन् । तिनैमध्येको एक युवतीलाई फकाएर धर्मले विवाह गर्छ । भुजुङकी युवतीको रुपमा देखिएकी चलचित्रकी सह नायिका ज्योति गुरुङ, बगुम घर भएपनि उनले राम्रो अभिनय गर्छिन् । त्यसपछि आईडीको चिठ्ठा परेर धर्म र ज्योति हङकङ जाँदै गर्दा बाटोमा धर्मको पुरानो मायालु मास्योको आगमन हुन्छ र गीतसंगीतसंगै क्षितिजमा पुगेर मास्यो चलचित्र अन्त्य हुन्छ ।

चलचित्र अवधिभर दर्शकले साढे २ घण्टा भरपुर मनोरञ्जन लिन पाउनेछन् । मूलधारको कथावस्तु यिनै भएपनि यसका पटकथाले चलचित्र एक पटक हर्ेर्नै पर्ने चलचित्र बनेको निर्देशक गुञ्ज गुरुङ वताउँछन् । चलचित्र आगामी फागुन २५ गते पहिलोपटक पोखराको बारही चलचित्र मन्दिरमा पर््रदर्शन हुदैछ । त्यसपछि लमजुङमा चैत तेश्रोसाता पर््रदर्शनको तयारी गरेको निर्माणपक्षले जानकारी दिएको छ ।

लर्फु फिल्मस् प्रालि पोखराको प्रस्तुतिमा बनेको चलचित्र 'मास्यो' लाई हिरादेवी घले, शुकुनदेवि घले, हरिकाशी घले र कमलादेवी घलेले निर्माण गरेका हुन् । झण्डै १८ लाख लगानीमा निर्माण भएको चलचित्रमा ठाकुर घलेको कथा छ । यसमा गुञ्ज गुरुङको छायांकन, खिमबहादुर गुरुङको सम्पादन, टप थापाको पटकथा, खुसवहादुर गुरुङको गीत र शिव पोखरेलीको नृत्य निर्देशन छ । चलचित्रमा धर्मदेव घले, रुषा सिंजालीमगर, ज्योति गुरुङ, गजेन्द्र गुरुङ, साइँला दाइ लगायतले अभिनय गरेकाछन् ।


Posted on:February 25, 2012, 11:16 pm




Comments on above topic:





बैर्ंकर्सका गोविन्दका 'पल'

आश गुरुङ,

'पलपल निष्ठुरीको सम्झनाले मलाई सताइ रहन्छ,
बैगुनीको छायाँले सापनीमा पनि झस्काइ रहन्छ '
     
गीत सुन्दा निकै सरल लाग्छ, तर भित्री भाव भने पलपल मायाको याद र सम्झनामा तडि्पएको हुन्छ । त्यही सम्झनाको पललाई लिएर बैर्ंकर्स गोविन्द गुरुङ श्रोतामाझ आएका छन् । अहिले सिभिल बैंक लिमिटेडको कर्पोरेट कार्यालयमा वरिष्ठ कार्यकारी अधिकृत -महाप्रबन्धक तह) मा कार्यरत गुरुङको यो

»More

लमजुङको घलेगाउँमा ओईलिएको फूल

आश गुरुङ,

र्सार्क राष्ट्रकै नमुना मानिएको लमजुङको पर्यटकीय घलेगाउँमा गुरुङ भाषा, कला र संस्कृतिमा आधारित चलचित्र 'च्ह्याल्यबै ट' अर्थात ओइलिएको फूलको छायांकन गरिएको छ ।

गुरुङ समुदायमा पछिल्लो पटक परम्परा जस्तै बनेको विदेश जाने प्रथा र गाउँघरको विकृति विसंगतिलाई समेटेर तयार पारिएको कथालाई समेटेर निर्माण गर्न लागिएको चलचित्रको छायांकन घलेगाउँमा ९० प्रतिशत गरिएको चलचित्र युनिटले जनाएको छ ।

यसका साथसाथै घलेगाउँलाई विश्वसामु चिनाउनका लागि गरिएका प्रयासहरुलाई समेटेर चलचित्रको छायांकन गरिएको छ ।

»More

प्रधानमन्त्रीज्यू ! जवाफ पाऊँ ! गच्छदार देशका गृहमन्त्री कि लोकतान्त्रिक फोरमका ?

मधु लम्साल

मुलुकमा गृहमन्त्री छन् कि छैनन् ? यो प्रश्न अनुत्तरीत छ । किनकी, यो प्रश्नको जवाफ सायद गृहमन्त्री नियुक्त गर्ने प्रधानमन्त्री डा. बाबुराम भट्टराईसँग पनि छ कि छैन भने अरु कोसँग होला ? हुनत डा. भट्टराई नेतृत्वको कामचलाउ सरकारमा गृहमन्त्री मात्रै नभएर उपप्रधानमन्त्री समेतको बिल्ला भिर्दै वरियताक्रममा दोस्रो रहेका बिजय कुमार गच्छदारको नाम उल्लेख छ । तर, उनी आफूले पाएको गृह प्रशासनको जिम्मेवारीप्रति कति जवाफदेहि छन् त ? प्रश्न उठेको छ ।

»More

उत्पीडनको विरोध साम्प्रदायिकता होइन

पृथ्वी सुब्बा गुरुङ

नयाँ संविधान जारी गर्ने बेला नजिकिँदै गर्दा उत्पीडित समुदायहरूको गठबन्धन कसिँदो छ । आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिमलगायतका उत्पीडित समुदायलाई प्रतिनिधित्व गर्ने सभासदहरूको संयुक्त प्रतिबद्धता यसको उदाहरण हो । यसले भावी नेपालको नयाँ खाका प्रस्तुत गरेको छ । यसले राजनीतिक दल, समाज र सबै तहमा एक प्रकारको तरंग ल्याएको छ ।
तर पार्टी नेताहरू भने यसको अपव्याख्या गर्न तल्लीन छन् । उनीहरूले विशेष गरेर कांग्रेस र एमालेका शर्ीष्ा नेताहरूले पार्टीसँगको सरसल्लाहबिना पार्र्टर्ीको नीतिविपरीत मधेसी मोर्चासँग सहमति गर्न पुगेको भन्दै निन्दा गरेका छन् । त्यति मात्र होइन, आदिवासी, जनजाति सभासदहरूको समूह अर्थात् ककसलाई नै साम्प्रदायिक बनेको आरोप लगाएका छन् ।

»More

जाँडरक्सी विरोधी चलचित्र 'मास्यो'

आश गुरुङ,

गुरुङ समाजमा जाँडरक्सी विना कुनैपनि सामाजिक काम अघि बढ्न सक्दैन । विवाह संस्कारदेखि मृत्यूसंस्कारसम्म तथा पाहुनाको स्वागतसत्कारका लागि जाँडरक्सी प्रयोग गर्ने गरिन्छ ।

राम्रो खालको जाँडरक्सी मर्दापर्दा र पाहुनाको स्वागतमा खर्चिने गरेको गुरुङ समाजमा पछिल्लो समय ब्यवसाय नै संचालन गरेपछि जाँडरक्सीले नराम्रो प्रभाव पार्न थालेको छ । जाँडरक्सीसंगै जुवातासले गर्दा गाउँघर कुरुप बन्दै गएको भन्दै यसविरोधी अभियान गुरुङ कथानक चलचित्रवाट थालिएको छ ।

»More

राजुले नचाए, विष्णुले रुवाए

आश गुरुङ,

लमजुङको सदरमुकाम बेसीशहरमा संचालन भइरहेको तेश्रो लमजुङ महोत्सव २०६८ को मुख्य आकर्षाको केन्द्रविन्दू राष्ट्रिय कलाकारको प्रस्तुति बनेको छ ।

वेसीशहरको त्रिवेणीफाँटमा आयोजना गरिएको महोत्सवले दर्शकहरुलाई कहिले हँसाएको छ त कहिले नचाएको अनि कहिले रुवाएको । सांगीतिक कार्यक्रमलाई निरन्तरता दिने क्रममा आईतवार संचालित राष्ट्रिय लोकदोहरी गीतका हस्तीहरुको प्रस्तुतिले दर्शकहरुलाई भरपूर

»More

पर्यटकको बर्साई लम्ब्याउन नारायणी, गण्डकी र लुम्बिनी प्याकेज

राजेश घिमिरे

विश्व मानचित्रमा सानो भएपनि पर्यटकीय दृष्टिले नेपाललाई विश्वमै उत्कृष्ट मानिने गरेको छ । प्राकृतिक स्रोतको खानी एवम् धार्मिक तथा सास्कृतिक विविधता हाम्रो पहिचान बनेको छ । हिमाल, पहाड र तर्राईबीचको निकटता तथा जातीय सद्भावले पर्यटक बढाउनमा ठूलै भूमिका निर्वाह गरिरहेका छन् । वर्षोनी लाखौं विदेशी पर्यटक भित्रनुको पछाडि यिनै मुख्य हुन् ।र्
पर्यटनका लागि आवश्यक नीति र योजना नै प्रभावकारी नहुदा पनि पर्यटकको ओइरो लाग्नुमा प्रकृतिले दिएको यहाको स्रोतकै भूमिका महत्वपर्ूण्ा छ । पर्यटन नीति-२०६५ को कार्यान्वयन हुन नसकेका र पर्यटन ऐन-२०५३ लाई परिमार्जन गर्नुपर्ने आवाज उठ्न थालेको अवस्था

»More

मध्य विन्दूमा साहित्य

आश गुरुङ,

तस्विरहरुः लेखक

जहाँ पुग्दैनन् रवी, त्यहाँ पुग्छन् कवि भन्ने त उत्ति नै छ । दुःख होस् या सुख, आनन्द होस् या अशान्ति, महल या झुपडि, जहाँ जसरी पनि साहित्यको सिर्जना भएकै हुन्छ । मेला पात र चाड पर्व त साहित्य सिर्जनाको थलो नै भईहाल्यो, त्यसबाहेक गाईवस्तु चराउन, गोठालो जाँदा होस् या खेतवारीमा समेत अहिले साहित्य फूल्न थालेको छ ।

नेपालकै मध्यविन्दू मानिने, लमजुङको रम्घा गाविसस्थित दर्ुइपिप्लेमा एक विहानै चहलपहल थियो । सँधै किसानले मात्रै गर्ने दाइँ,

»More