Hari Saru
hrsaru@gmail.com
पाल्पा बैशाख ३१
प्रेमको प्रतिकको रुपमा परिचित नेपालको ताजमहल रानीघाट दरबारलाई रङ्ग रोगन गरी श्रृङ्गार गर्ने कार्य शुरु भएको छ । नेपालमा प्रेमको प्रतिकका रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको बेला पर्यटक कार्यालय भैरहवाबाट प्राप्त १० लाख रकमबाट दरबारको मुख्य भागको रङ्ग रोगन झ्याल ढोका मर्मत तथा शिशा लगाउने बाहिरी बाटाहरु बन्द गर्ने र वृक्षारोपण गर्ने कार्य भैरहेको छ ।
विभिन्न संचार माध्यमहरुले रानीघाटको संरक्षण र सम्बद्र्धनको बारेमा प्रकाशन प्रशारण गरेका समाचारहरुका कारणले पनि अहिले यो कार्यको थालनी भएको हो । यसअघि पनि स्थानीय समाज सेवा असल शासन क्लवको नेतृत्वमा यो दरवारको मर्मत कार्य र संरक्षण हुदै आएको क्लवका संयोजक दिपक पाण्डे बताउनु हुन्छ । यस्तै नेपाली सेनाको गरुणदल गण र जिल्ला प्रहरी कार्यालय पाल्पाका जवानहरुले केही समय अघि छुट्टा छुट्टै समयमा रानीघाट दरवारको सरसफाई गरेका थिए भने पाल्पाका सवै राजनीतिक दलका प्रतिनिधिहरुले सोही ठाउँमा गएर दरवारको संरक्षण र सम्बद्र्धनको विषयमा वैठक समेत बसेका थिए । जिल्ला बिकास समिति पाल्पाले पनि पछिल्ला दिनहरुमा समान्य रुपमा दरबारको मर्मत संभारको काम गरेका छ । नेपाल सरकारले सन २०११ लाई पर्यटन वर्षको रुपमा घोषणा गरेको अवस्थामा यस दरवारको संरक्षण र व्यवस्थापनले महत्वपूर्ण भुमिका खेल्ने स्थानीय विकास अधिकारी कृष्णचन्द्र घिमिरे बताउनु हुन्छ ।
उचित संरक्षण र सम्बद्र्धनको अभाबमा धरासायी र कमजोर अबस्थामा पुगेको रानीघाट दरबारको विस २०५४ साल देखि जिर्णौद्धार कार्य भए पनि पूर्ण रुपमा काम हुन सकेको थिएन । तानसेन सदरमुकाम देखि २५ किलोमिटर उत्तर पश्चिम बौघागुम्हा गाउ बिकास समितिको वडा नंं २ रानीघाटमा अबस्थित उक्त दरबारको विस १९४९ सालमा शिलान्यास गरी १९५४ सालमा निमार्ण कार्य सम्पन्न भएको थियो । ऐतिहासिक र धार्मिक रुपमा प्रसिद्ध यो दरबारको संरक्षण नहुदा त्यहाँको महत्वपूर्ण बस्तुहरु समेत चोरी भएका छन् । यसले पुराना धरोहर तथा ऐतिहासिक र धार्मिक रुपमा चर्चित रानीघाट दरबारको अस्तित्व नै संकटमा पारेको छ । यो दरबारलाई बिश्व सम्पदा सूचीमा राख्नको लागि काम भईरहेको सरकारी कार्यालयहरुले बताउदै आएपनि उचित संरक्षण नहुदा दरबार जीर्ण बन्दै गएको थियो ।
आज भन्दा १ सय १८ बर्ष पहिले राजा खड्ग शमशेरले आफ्ना पि्रय रानी तेजकुमारीको निधन पछि रानीको अन्तिम ईच्छा अनुसार उनको सम्झनामा प्रेमको प्रतिक स्वरुप रानीघाट दरबार निमार्ण गरेका थिए । रानीको ईच्छा अनुसार उतिबेला निमार्ण भएको उक्त दरबार भित्र पाटी पौवा धारा र मन्दिर सहितको दरबार मार्ग रहेको छ । तर पाटी पौवा धारा र मन्दिर अहिले नचिनिने अबस्थामा पुगेको छ । मन्दिर भित्रको मूर्ति र मन्दिरको गजुर समेत चोरी भईसकेको छ । फलामबाट निमार्ण भएका मुर्ति तथा अन्य महत्वपूर्ण धातुबाट बनेका बस्तुहरु हराएर गएका छन् । भित्री दरबार निमार्णमा प्रयोग भएका काठहरु समेत दाउरा बाल्न प्रयोग भईसकेका छन् भने दरबारको भित्तामा फलना प्लस फलना लेखिएर कोरिएको छ ।
भारतको आग्रामा रहेको ताजमहलको प्रतिकको रुपमा रहेको नेपालको पाल्पामा रहेको ताजमहल रानीघाट दरबार पे्रम र बचन बद्धताको प्रतिकको रुपमा समेत लिने गरेको पाईन्छ । करिब ६ रोपनी जग्घामा फैलिएको उक्त दरबार बेजाडे कलामा निमार्ण गरिएको छ । धार्मिक पर्यटकीय र ऐतिहासिक रुपमा नाम कमाएको पाल्पाले पर्यटकहरुका लागि यो स्थानलाई समेत केन्द्र बनाउन सकिनेमा कसैको दुईमत छैन । पाल्पा गुल्मी र स्याङजाको संगम स्थलमा रहेको रानीघाट दरबार अहिले बर्षको एक दिन पे्रम दिबसको दिन प्रेम पारखीहरु यस स्थानमा ३ घण्टा हिडरै भएपनि घुम्न र प्रेम साटासाट गर्न जाने गर्दछन् । यस बाहेक अन्य दिन पाल्पा र अन्य क्षेत्रका मानिसहरु यो स्थानमा घुम्न र दरबार अबलोकन गर्न कम मात्र जाने गरेका छन् । त्यहासम्म पुग्नलाई यातायातको सुबिधा नभएका कारण पर्यटकहरुले यो स्थानमा अबलोकन गर्न जाने ईच्छा गर्दा गर्दै पनि उनीहरु जान सकेका छैनन् । तरपनि राजधानी जोड्ने फास्ट ट्याकको रुपमा अहिले कालीगण्डकी लोकमार्ग निमार्ण कार्य भईरहेकोले र बौघागुम्हा गाविसमै होम स्टेको निमार्णले कालीगण्डगीको छेउमा रहेको ताजमहल रानीघाटमा पर्यटक भित्राउन सहयोग पुग्ने बिस्वास लिईएको छ । यसले गर्दा आगामी दिनमा उक्त दरबारको संरक्षण समेत हुने त्यहाँका स्थानिय बासिन्दहरुले विश्वास लिएका छन् । ऐतिहासिक धार्मिक र पर्यटकिय महत्व बोकेको रानीघाट दरवारमा आन्तरिक तथा बाह्य पर्यटक भित्राउन सकिएमा यसले पाल्पा लगायत अन्य छिमेकी जिल्लाहरुलाई समेत पर्यटन बिकासमा टेवा पुग्ने निश्चित छ ।














Posted on:May 15, 2010, 6:26 am
August 17, 2010, 3:33 am
@212.77.204.150
May 21, 2010, 2:36 am
@78.100.126.189
May 18, 2010, 12:14 pm
@89.211.106.39
May 15, 2010, 8:54 pm
@198.36.39.3
आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक
सवैले उनलाई नचिनेको पनि हुन सक्छ । तर, उनी युवाहरुमाझ लोकप्रिय छन् । बुढापाकाहरुले भने सजिलै चिन्छन् उनलाई । उनी समाजसेवा गर्न अधिक रुचाउँछन् । गरीब, निमुखा र उत्पीडितलाई सहयोग गर्नु उनको धर्म हो । उनी जो कोहीसंग मिलनसार ब्यबहार गर्छन् ।
रोजगारीको शिल्शिलामा अफगनिस्थानवाट हालै तीनहप्ताको विदा लिएर आफ्नो गृह जिल्ला लमजुङ आएका उनीसंग उनका साथीहरुले धेरै अंगालो
»More
आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
तस्वीर : लेखक
दूधपोखरी भनेपछि हुरुक्कै हुन्छन् लमजुङका वासिन्दा । जव असार साउन महिना कामको माझमाझ हुन्छ, तब लमजुङ्गेहरु दूधपोखरीमा जाने सल्लाहमा जुट्छन् । गाउँगाउँको मेलापातदेखि लिएर चुलोचौको सम्म दूधपोखरीको महिमा गुञ्जिन्छ । त्यही गुञ्जाई शहरबजारमा पनि आईपुग्छ र जो कोही पनि दूधपोखरी जान तम्सिन्छन् । साँच्चिकै दूधपोखरी लमजुङको पर्यटकीय एवं धार्मिक स्थल मध्ये अग्रपक्तिंमा गनिन्छ ।
»More
आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
पोखराका लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ -श्याम लाई अचेल भ्याई नभ्याई छ । पेशाले उनीहरु दुवै 'फिल्म मेकर' हुन् ।
झण्डै २ दशकदेखि गुरुङ भाषा, कला र संस्कृतिलाई जोगाउन लागिपरेका लोकबहादुरलाई पछिल्लो पटक वेदबहादुरको साथ मिलेपछि उनीहरुको जोडी अहिले निकै फापेको छ । उनीहरु अहिले आफैँद्धारा निर्मित तथा निर्देशित गुरुङ कथानक चलचित्र 'प्है्रँस्यो' अर्थात दुलही लिएर देशविदेश यात्रामा छन् ।
»More
आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक
लमजुङको एउटा सिङ्गो गाउँ आठबर्षेखि उजाड छ । गाउँका घरहरुमा ताल्चा मारिएको छ । हर्ेदा मनै कुँढिएर आउने बस्तीमा चराचुरुङ्गकिो आवाज सुन्दा लाग्छ, यो त मावन बस्ती नभई बनजंगल पो क्यार । बनपाखासंगै हरियाली बन्दै गएको मानव वस्ती एक्कासी उजाड भएपछि गाउँलाई पुरानो अवस्थामा फर्काउन धेरै मुस्किल छ । त्यही वस्तीका मानिसहरु अहिले सदरमुकाम वेसीशहर तथा आसपासका शहरबजारमा वस्दै आएकाछन् ।
»More
देविका जि.एम.-र्घर्ती मगर
जेठको मसान्त तिर गाउँका सबै युवा युवती तथा केही बुढा बुढीहरुको एक हुँल ग्ााउँको नजिकैको एउटा खाली ठाउँमा जम्मा हुँन्छन् । त्यही ग्ााउँका दमाई थरका व्यक्तिहरु दमाहा, सहर्न्ाई, लगायतको बाजागाजा सहित आएर ग्ााउँका सबै जना जम्मा भएको ठाउँमा बाजा बजाउँन शूरु गर्छन ।
»More
Aash Gurung
lamjungnews@gmail.com
Photo: Aash Gurung
मञ्चमा गीत घन्किरहँदा पर्ूर्वी लमजुङको भारते गाविसको मुहार विस्तारै उघारिँदै थियो । बालवालिकादेखि बुढापाकासम्मका मानिसहरुको मुहारमा एउटा उत्साह र अठोट थियो, 'अव गाउँलाई नमुना बनाउनर्ुपर्छ ।' भारते २, ढोकेका सगरमाथा महिला समूहले सगरमाथाले झैँ देशलाई
»More
Source: internet
Buddha Jayanti or also known as Buddha Purnima is the most sacred festivals of Buddhist. Buddha Purnima (Buddha Jayanti) is celebrated in remembrance Lord Buddha. Lord Buddha is the founder of Buddhism. This day is the birth anniversary of Lord Buddha.
»More
Hari Saru
hrsaru@gmail.com
प्रेमको प्रतिकको रुपमा परिचित नेपालको ताजमहल रानीघाट दरबारलाई रङ्ग रोगन गरी श्रृङ्गार गर्ने कार्य शुरु भएको छ । नेपालमा प्रेमको प्रतिकका रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको बेला पर्यटक कार्यालय भैरहवाबाट प्राप्त १० लाख रकमबाट दरबारको
»More