हाईहाई तिलक

आश गुरुङ 'प्रतीक'




Bookmark and Share Subscribe

Untitled Document पाहुना भन्ने वित्तिकै भुत्तुकै हुने लमजुङका आमा समूह, आफूलाई सहयोग गर्नेहरुलाई देउतासरहै ठान्छन् । हुन पनि लमजुङको आमा समूहले गर्ने विकास निर्माणका कार्यहरु पाहुनाको सहयोगवाट नै धानिएको छ । धारापँधेरो निर्माण होस् या बाटोचौतारो बनाउन, आमा समूहले नाचगान गरि जम्मा पारेको रकम नै समस्याको एकमात्र समाधान हो । आमा समूह पनि पाहुनाले केही सहयोग दिन्छन् कि भनेर कहीँ पाहुनाको नाममा नाचगान गर्छन् त कहीँ भब्य स्वागत गर्छन् ।

केही हप्ताअघिमात्र लमजुङका एक प्रतिष्ठित समाजसेवीलाई भुलेभुले गाविस १, भँगेरी गाउँका आमा समूहले भब्य स्वागत गर्‍यो । लमजुङको सिम्पानी गाविस वडा नम्बर ४, सेग्लेमा जन्मेका समाजसेवी तिलक भण्डारीलाई स्थानीय आमा समूहले स्वागत गरे । रोजगारीको शिल्सिलामा हाल अफगनिस्थान हुनुभएका भण्डारी भँगेरी पुग्दा एक हुल आमा समूहले भब्य स्वागत गरेका थिए । आमा समूहले उहाँ र उहाँसंगै भँगेरी पुग्नुभएका नेपाली सेनामा कार्यरत खुदी १ तरापुका दीपक भण्डारीको नाममा नाचगान समेत गरेका थिए ।

गाउँमा पुगेका तिलक भण्डारी र दीपकलाई स्थानीय आमा समूहले आफ्नो गाउँलाई कहिल्यै नभुल्न समेत आग्रह गरेका थिए । आमा समूहको स्वागत र सत्कार देखेर खुसी भएका समाजेवी तिलक भण्डारीले आमा समूहलाई मन्दिर निर्माणको सहयोगार्थ ५ हजार रुपैँया नगद समेत सहयोग गरेका थिए ।

आफ्नो गाउँठाउँ र विशेष गरि जिल्लाका लागि ज्यानै दिएर समाज सेवामा लागि परेका तिलक भण्डारी आफू परदेशमा भएपनि आफ्नो सवै मन गाउँमै र समाजमै भएको वताउँछन् । गरीब, असाहय तथा अपांगहरुलाई सहयोग गर्दै आएका भण्डारीले लमजुङको तार्कुघाटमा निर्माणाधिन बृद्धश्रम र आयर्ुर्वेदिक शिक्षण अस्पतालमा यसअघि नै ५० हजार रुपैँया सहयोग गरिसक्नुभएको छ । त्यस्तै, चितवन रत्ननगर लौरीघोलका एक २४ वषिर्या शारीरिक अपांग रसिला तामाङलाई पनि सहयोग गर्दै आउनुभएको छ । उहाँले यसअघि लमजुङ आउँदा तत्कालीन प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेलमार्फ लत्ताकपडा र नगदसहित ६ हजार बढी सहयोग गर्नुभएको थियो । त्यतिमात्र नभएर सडक पेटी छेउ बसेका असहाय तथा अपांगहरुलाई पनि त्यतिकै सहयोग गर्दै आउनुभएको छ ।

बर्साईको शिल्सिलामा काठमाडौँमा रहेपनि आफ्नो जन्मगाउँ र जिल्लालाई उत्तिकै माया गर्ने समाजसेवी तिलक भण्डारी लमजुङ आउँदा यहाँका राजनीतिक दलदेखि लिएर सरकारी एवं गैरसरकारी निकायका कर्मचारीले पनि उत्तिकै भेटघाट गर्छन् । लमजुङका युवाहरुमाझ पनि उत्तिकै परिचित भण्डारी अत्यान्तै मिलानसार रहेको उहाँका प्रशंसकहरुको भनाई छ । उनी लमजुङ आएपछि सवैको हाइहाई मिल्छ ।
विकासको गतिले पछाडि पर्दै आएको लमजुङमा उहाँले धेरै योगदान पुर्‍याउनुभएको छ । वित्तिय क्षेत्रदेखि लिएर शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा समेत समाजसेवी तिलक भण्डारीको अतुलनीय योगदान छ । उहाँको योगदानले बित्तिय क्षेत्रवाट र्सवसाधारण जनताले आफ्नो आयआर्जनको बाटो बनाएकाछन् भने शैक्षिक क्षेत्रमा योगदान पुर्‍याएबापत र्सवसाधारणले पढ्ने अवसर पाएकाछन् । स्वास्थ्य संस्थामा गरीब जनताले स्वास्थ्य सेवा लिएकाछन् र लिनेछन् ।

पछिल्लोपटक आफ्नै गाउँठाउँ र्फकने सोँच बनाएका समासेवी तिलक भण्डारीले लमजुङको पर्यटन क्षेत्रलाई पनि विकास गर्ने योजना वनाएको छ । 'लमजुङको पर्यटन क्षेत्रलाई माथि उठाउने धोको छ' भण्डारी भन्नुहुन्छ, 'म अब आफ्नै गाउँठाउँ र्फकन्छु र समाजको सेवा गर्छर्ुु'

\





Bookmark and Share Subscribe


Posted on:May 14, 2010, 10:18 pm


Comments on above topic:

lil bahadur rimal chandistan vdc 2 ghayashora lamjung nepal know afghanistan sharana hob

दाजु ले गरेको काम राम्रो छ ल तेस्को लागि धन्यवाद छ ?

May 18, 2010, 5:10 am
@125.213.214.50

Hari Rimal (South Africa)

i am very glad when i read about Tilak Bhandari keep it up have a good day.

May 16, 2010, 1:05 pm
@216.118.252.57

bijay

wah vinaju congratulations.yestai kam le nai manis nami huna sak6 ra dharma bhanne kura tah 6adai cha...ok keep it up hope u will b blessed by god

May 16, 2010, 9:13 am
@113.199.140.198

rabi

i appreacet when i reade this news keep it up bhaniju rabi&bikash baniya

May 15, 2010, 12:59 pm
@195.229.242.57

DIL GURUNG

AJA ELAMJUNG MARFAT HAMMRO TILAK GAULA LE AFNO GAUTHAU KO LAGI GARNU BHAYEKO SAHYOG KO KHABAR PADNA PAUDA AKDAM KHUSI LAGYO AGAMI DIN HARU MA PANI YASTAI GARI LAIJANU PARCHHA HAI GAULA MA PANI TRY GARCHHU NAGAREKO TA HOINA TAR HAMMRO TA KAHA NAM AAUCHHA RA ELAMJUNG MA TAIPANI AFNO GAU THAULAI BIRSANE CHHAINA MA PANI LA GAULA AKDAM KHUSI LAGYO YASMA ELAMJUNG PARIWAR LAI PANI DHANYABAD NADIKAN BASNA SAKDINA SO THANKS ALOT ELAMJUNG.COM

May 15, 2010, 10:17 am
@85.115.76.19

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




तिलक आउँदा......

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक

सवैले उनलाई नचिनेको पनि हुन सक्छ । तर, उनी युवाहरुमाझ लोकप्रिय छन् । बुढापाकाहरुले भने सजिलै चिन्छन् उनलाई । उनी समाजसेवा गर्न अधिक रुचाउँछन् । गरीब, निमुखा र उत्पीडितलाई सहयोग गर्नु उनको धर्म हो । उनी जो कोहीसंग मिलनसार ब्यबहार गर्छन् ।
रोजगारीको शिल्शिलामा अफगनिस्थानवाट हालै तीनहप्ताको विदा लिएर आफ्नो गृह जिल्ला लमजुङ आएका उनीसंग उनका साथीहरुले धेरै अंगालो

»More

लमजुङ दूधपोखरी

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
तस्वीर : लेखक

Dudh-Pokhari दूधपोखरी भनेपछि हुरुक्कै हुन्छन् लमजुङका वासिन्दा । जव असार साउन महिना कामको माझमाझ हुन्छ, तब लमजुङ्गेहरु दूधपोखरीमा जाने सल्लाहमा जुट्छन् । गाउँगाउँको मेलापातदेखि लिएर चुलोचौको सम्म दूधपोखरीको महिमा गुञ्जिन्छ । त्यही गुञ्जाई शहरबजारमा पनि आईपुग्छ र जो कोही पनि दूधपोखरी जान तम्सिन्छन् । साँच्चिकै दूधपोखरी लमजुङको पर्यटकीय एवं धार्मिक स्थल मध्ये अग्रपक्तिंमा गनिन्छ ।

»More

दुलही देखाउँदै देश विदेश

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

Gurung film Prenshyo पोखराका लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ -श्याम लाई अचेल भ्याई नभ्याई छ । पेशाले उनीहरु दुवै 'फिल्म मेकर' हुन् ।
झण्डै २ दशकदेखि गुरुङ भाषा, कला र संस्कृतिलाई जोगाउन लागिपरेका लोकबहादुरलाई पछिल्लो पटक वेदबहादुरको साथ मिलेपछि उनीहरुको जोडी अहिले निकै फापेको छ । उनीहरु अहिले आफैँद्धारा निर्मित तथा निर्देशित गुरुङ कथानक चलचित्र 'प्है्रँस्यो' अर्थात दुलही लिएर देशविदेश यात्रामा छन् ।

»More

आठ वर्षेखि सिंगो बस्ती उजाड

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक

Makaimarang-ghar लमजुङको एउटा सिङ्गो गाउँ आठबर्षेखि उजाड छ । गाउँका घरहरुमा ताल्चा मारिएको छ । हर्ेदा मनै कुँढिएर आउने बस्तीमा चराचुरुङ्गकिो आवाज सुन्दा लाग्छ, यो त मावन बस्ती नभई बनजंगल पो क्यार । बनपाखासंगै हरियाली बन्दै गएको मानव वस्ती एक्कासी उजाड भएपछि गाउँलाई पुरानो अवस्थामा फर्काउन धेरै मुस्किल छ । त्यही वस्तीका मानिसहरु अहिले सदरमुकाम वेसीशहर तथा आसपासका शहरबजारमा वस्दै आएकाछन् ।

»More

मगर समुदायको प्रमुख चाँड 'भुम्या'

देविका जि.एम.-र्घर्ती मगर

जेठको मसान्त तिर गाउँका सबै युवा युवती तथा केही बुढा बुढीहरुको एक हुँल ग्ााउँको नजिकैको एउटा खाली ठाउँमा जम्मा हुँन्छन् । त्यही ग्ााउँका दमाई थरका व्यक्तिहरु दमाहा, सहर्न्ाई, लगायतको बाजागाजा सहित आएर ग्ााउँका सबै जना जम्मा भएको ठाउँमा बाजा बजाउँन शूरु गर्छन ।

»More

संगसंगै गाए,संगसंगै खाए

Aash Gurung
lamjungnews@gmail.com
Photo: Aash Gurung

Bharate-mahila, Lamjung मञ्चमा गीत घन्किरहँदा पर्ूर्वी लमजुङको भारते गाविसको मुहार विस्तारै उघारिँदै थियो । बालवालिकादेखि बुढापाकासम्मका मानिसहरुको मुहारमा एउटा उत्साह र अठोट थियो, 'अव गाउँलाई नमुना बनाउनर्ुपर्छ ।' भारते २, ढोकेका सगरमाथा महिला समूहले सगरमाथाले झैँ देशलाई

»More

Buddha Purnima (Buddha Jayanti)

Source: internet

Buddha Jayanti 2010 Buddha Jayanti or also known as Buddha Purnima is the most sacred festivals of Buddhist. Buddha Purnima (Buddha Jayanti) is celebrated in remembrance Lord Buddha. Lord Buddha is the founder of Buddhism. This day is the birth anniversary of Lord Buddha.

»More

सिगारिदै छ नेपालको ताजमहल रानीघाट दरबार

Hari Saru
hrsaru@gmail.com

Rani Ghat Darbar प्रेमको प्रतिकको रुपमा परिचित नेपालको ताजमहल रानीघाट दरबारलाई रङ्ग रोगन गरी श्रृङ्गार गर्ने कार्य शुरु भएको छ । नेपालमा प्रेमको प्रतिकका रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको बेला पर्यटक कार्यालय भैरहवाबाट प्राप्त १० लाख रकमबाट दरबारको

»More