चौथो पुस्ताको घाँटू मोह

आश गुरुङ 'प्रतीक'
तस्वीरः लेखक
lamjungnews@gmail.com



Bookmark and 

Share Subscribe

घलेगाउँकी ७५ बषिर्या अगम गुरुङ, १२ बषिर्य शेषकुमारी गुरुङ र ११ बषिर्या कुमिनी गुरुङलाई हात समात्दै घाँटू सिकाई रहेकी छन् । पहिलोपटक भएकाले शेषकुमारी र कुमिनीलाई गाह्रो परेको छ ।

नयाँ पुस्ताले परम्परागत संस्कृतिलाई भुल्दै गएपछि घाँटुलाई बचाउन घलेगाउँमा अहिले घाँटू सिकाउने अभियान थालिएको छ । यसका लागि सिकाउन बृद्धबृद्धाहरु कस्सिएकाछन्, सिक्न भर्खरका स्कूले केटाकेटी । घलेगाउँमा घाँटू सिक्दै गरेका स्कूले केटाकेटी चौँथो पुस्ताका बालबालिका हुन् । घाँटूमा पुरुष गीत गाउन र महिला नाच्नमा प्रयोग हुन्छ ।

घलेगाउँ महोत्सव नजिकिँदै जाँदा नयाँ पुस्तालाई घाँटू सिकाउने अभियान पनि तीब्र पारिएको हो । र्सार्क भिलेजको रुपमा पनि परिचित घलेगाउँमा आन्तरिक तथा बाहृय पर्यटकले विशेष गरि घाँटू लगायतका संस्कृति हर्ेन रुचाएकाले बालवालिकालाई समेत घाँटू सिकाईएको हो । युवायुवतीलाई सिकाउँदा २/३ बर्षा गाउँबाट बाहिरिने गरेकाले वालवालिकालाई सिकाउने गरिएको घाँटू गुरु अगम गुरुङ वताउँछिन् ।

घाँटूको गुरुआमा अगम गुरुङलाई गणेशबहादुर गुरुङ, लिलबहादुर घले, चन्द्रबहादुर गुरुङ, सितमान गुरुङ, जंगी कुमारी गुरुङ, खगनसिङ गुरुङ, गोवरध्वज गुरुङ, शुकलाल गुरुङ लगाएतले गीत गाउन र नाच्न सर्घाईरहेकाछन् । हात समाउँदै सिकाउने, मादल बजाउने र गीत गाउनेहरु सवै उमेलर ६ दशक कटिसकेकाछन् । उनीहरुमाझ छन्, १०/१२ वर्षा वालवालिका । बालवालिकाहरु आफ्ना हजुर आमा र हजुरबासंग घाँटू सिक्न पाउँदा खुसी त छँदै छ, तर गाह्रो परेको छ । 'घाँटू अरु नाच जस्तो होईन' भर्खर घाँटू सिक्दै गरेकी कुमिनीले भनिन्, 'यो त एउटा नशा हो ।' नशा लागेपछि घाँटूले छोप्छ र घाँटू लाग्छ । गाउँवाट कला संस्कृति लोप हुँदै गएकाले घाँटू नाच्न थालेको वताउँछिन् अर्को घाँटूनी शेषकुमारी । घाँटू नाच्नेलाई घाँटूसरी भनिन्छ ।

घाँटू लगायतका सवै परम्पारगत संस्कृति जोगाउन घलेगाउँका वासिन्दा कम्मर कसेर लागिपरेकाछन् । पर्यटन व्यवस्थापन उप समिति ग्रामीण पर्यटन घलेगँाउका अध्यक्ष प्रेम घले भन्छन्, 'सवै कलासंस्कृतिलाई हामी ११ औँ घलेगाउँ महोत्सवमा देखाउँछौँ ।' 'बैशाख २३-२५ को घलेगाउँ महोत्सव यसपटक कलासंस्कृतिमय हुने छ ।' घलेले भने ।

हिमालको काखैमा रहेको घलेगाएँमा बर्षोनी हजारौँ आन्तिक तथा बाहृय पर्यटक पुग्ने गर्छन् । गुरुङ जातीको परम्परागत संस्कृतिमा आधारित कला संस्कृति घलेगाउँमा भएकाले यसको अध्ययनका लागि पुग्नेहरु पनि घाँटू हर्ेन छुटाउँदैनन् । घाँटूका गुरु एवं समाजसेवी लिलबहादुर घले भन्छन्, 'पाहुनाले जुन संस्कृति फर्माइस् गर्छन्, हामी त्यो देखाउन तयार छौँ ।' घलेगाउँमा आउने पर्यटकले कुनै पनि कला र संस्कृति हर्ेन चाहेमा १ हजार देखि १५ सय सम्म शुल्क लिने गरिन्छ ।

घाँटू गुरुङ जातीको परम्परागत एवं पौराणिक संस्कृति हो । सतिघाँटू श्रीपञ्चमीमा शुरु भई बैशाख पूणिर्मा अन्त्य गरिन्छ भने बाह्रमासे घाँटू जहिले पनि नाच्ने गरिन्छ । यी दुवै थरीको आकर्षा विन्दु भनेको कुसुन्डा हो । कुसुन्डा विनाको घाँटू नै हुँदैन । गीत र मादलको तालमा नाच्दै गर्दा नाच्नेहरु बेहोस् हुन्छन् । बेहोस भएकाहरुलाई गीत र मादलको तालले ब्युँझाउने गरिन्छ । लमजुङका ल्याईते राजा कालु शाहको छोरा प्रताप शाहको जीवनचरित्र र मृत्यूको वियोगमा यो गीत आधारित छ । घाँटूमा प्रतापलाई परशुराम र पत्नीलाई यम्फावती पात्रामा चयन गरिएको हुन्छ । नाचमा कम्तीमा दर्ुइ वा त्यो भन्दा बढी महिलाहरुको प्रयोग हुन्छ । शीरमा मुकुट, गुन्यु र चोली लगाएर नाच्ने घाँटूसरी एउटालाई राजा र अर्कोलाई रानी बनाईन्छ ।

Ghanto

Ghanto

Ghale gaun



Bookmark and 

Share Subscribe



Posted on:April 28, 2010, 12:48 am


Comments on above topic:

dudh_gurung

June 6, 2010, 2:19 pm
@89.211.134.159

dudh tamu

wel come to ghale gaun

June 6, 2010, 2:18 pm
@89.211.134.159

Mr. Dilli Jung Gurung

oho sachikai ramro kaam vayechha ghale gaunma.yasari nai aru gauko gurungharu ni afno sanskriti jogauna byuje katti ramro hune thiyo. ash pratik ji,ghatuko ajhai dherai fotoharu halnu na hai yo web sitema. k garnu afu bideshma chhu. foto herera vanepani chitta ta bujhaunu paryo.la la baisakh purnema ma khub ramailo garnu. hamro suvakamana chha sabailai.

May 14, 2010, 3:31 pm
@81.105.115.146

uma gurung

ghale gaun ko ama toli ra baba tolile asadhyai ramro kaam gareko rahechha. sarai khusi lagyo. ajhai aru ramro ramro gurung sanskriti ni byujaunu paye jhan ramro hune thiyo.ash pratik lai dherai dherai dhanyabad chha hai yo samachar websitema halekoma. ajhai nirantarta didai janu la.

May 14, 2010, 3:26 pm
@81.105.115.146

hi ash thanks bro i like your news yar

May 4, 2010, 8:15 am
@89.211.160.226

Surya ghale south korea

Oh yeshpalita ghale gaonko ghanto herna aaunu parlaki la haita shathi vai .....ghanto chyobari khoo hai nki ngasari.............

April 30, 2010, 2:56 am
@222.232.157.86

khemgurung

wel comun to ghale go

April 28, 2010, 9:27 am
@78.101.65.197

hju ggyy

April 28, 2010, 9:21 am
@78.101.65.197

Post your Comments

Your Name:

Your Email:

Verification Code: [Type the number from image]

verification image, type it in the box

Your Comment:




तिलक आउँदा......

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक

सवैले उनलाई नचिनेको पनि हुन सक्छ । तर, उनी युवाहरुमाझ लोकप्रिय छन् । बुढापाकाहरुले भने सजिलै चिन्छन् उनलाई । उनी समाजसेवा गर्न अधिक रुचाउँछन् । गरीब, निमुखा र उत्पीडितलाई सहयोग गर्नु उनको धर्म हो । उनी जो कोहीसंग मिलनसार ब्यबहार गर्छन् ।
रोजगारीको शिल्शिलामा अफगनिस्थानवाट हालै तीनहप्ताको विदा लिएर आफ्नो गृह जिल्ला लमजुङ आएका उनीसंग उनका साथीहरुले धेरै अंगालो

»More

लमजुङ दूधपोखरी

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
तस्वीर : लेखक

Dudh-Pokhari दूधपोखरी भनेपछि हुरुक्कै हुन्छन् लमजुङका वासिन्दा । जव असार साउन महिना कामको माझमाझ हुन्छ, तब लमजुङ्गेहरु दूधपोखरीमा जाने सल्लाहमा जुट्छन् । गाउँगाउँको मेलापातदेखि लिएर चुलोचौको सम्म दूधपोखरीको महिमा गुञ्जिन्छ । त्यही गुञ्जाई शहरबजारमा पनि आईपुग्छ र जो कोही पनि दूधपोखरी जान तम्सिन्छन् । साँच्चिकै दूधपोखरी लमजुङको पर्यटकीय एवं धार्मिक स्थल मध्ये अग्रपक्तिंमा गनिन्छ ।

»More

दुलही देखाउँदै देश विदेश

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

Gurung film Prenshyo पोखराका लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ -श्याम लाई अचेल भ्याई नभ्याई छ । पेशाले उनीहरु दुवै 'फिल्म मेकर' हुन् ।
झण्डै २ दशकदेखि गुरुङ भाषा, कला र संस्कृतिलाई जोगाउन लागिपरेका लोकबहादुरलाई पछिल्लो पटक वेदबहादुरको साथ मिलेपछि उनीहरुको जोडी अहिले निकै फापेको छ । उनीहरु अहिले आफैँद्धारा निर्मित तथा निर्देशित गुरुङ कथानक चलचित्र 'प्है्रँस्यो' अर्थात दुलही लिएर देशविदेश यात्रामा छन् ।

»More

आठ वर्षेखि सिंगो बस्ती उजाड

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक

Makaimarang-ghar लमजुङको एउटा सिङ्गो गाउँ आठबर्षेखि उजाड छ । गाउँका घरहरुमा ताल्चा मारिएको छ । हर्ेदा मनै कुँढिएर आउने बस्तीमा चराचुरुङ्गकिो आवाज सुन्दा लाग्छ, यो त मावन बस्ती नभई बनजंगल पो क्यार । बनपाखासंगै हरियाली बन्दै गएको मानव वस्ती एक्कासी उजाड भएपछि गाउँलाई पुरानो अवस्थामा फर्काउन धेरै मुस्किल छ । त्यही वस्तीका मानिसहरु अहिले सदरमुकाम वेसीशहर तथा आसपासका शहरबजारमा वस्दै आएकाछन् ।

»More

मगर समुदायको प्रमुख चाँड 'भुम्या'

देविका जि.एम.-र्घर्ती मगर

जेठको मसान्त तिर गाउँका सबै युवा युवती तथा केही बुढा बुढीहरुको एक हुँल ग्ााउँको नजिकैको एउटा खाली ठाउँमा जम्मा हुँन्छन् । त्यही ग्ााउँका दमाई थरका व्यक्तिहरु दमाहा, सहर्न्ाई, लगायतको बाजागाजा सहित आएर ग्ााउँका सबै जना जम्मा भएको ठाउँमा बाजा बजाउँन शूरु गर्छन ।

»More

संगसंगै गाए,संगसंगै खाए

Aash Gurung
lamjungnews@gmail.com
Photo: Aash Gurung

Bharate-mahila, Lamjung मञ्चमा गीत घन्किरहँदा पर्ूर्वी लमजुङको भारते गाविसको मुहार विस्तारै उघारिँदै थियो । बालवालिकादेखि बुढापाकासम्मका मानिसहरुको मुहारमा एउटा उत्साह र अठोट थियो, 'अव गाउँलाई नमुना बनाउनर्ुपर्छ ।' भारते २, ढोकेका सगरमाथा महिला समूहले सगरमाथाले झैँ देशलाई

»More

Buddha Purnima (Buddha Jayanti)

Source: internet

Buddha Jayanti 2010 Buddha Jayanti or also known as Buddha Purnima is the most sacred festivals of Buddhist. Buddha Purnima (Buddha Jayanti) is celebrated in remembrance Lord Buddha. Lord Buddha is the founder of Buddhism. This day is the birth anniversary of Lord Buddha.

»More

सिगारिदै छ नेपालको ताजमहल रानीघाट दरबार

Hari Saru
hrsaru@gmail.com

Rani Ghat Darbar प्रेमको प्रतिकको रुपमा परिचित नेपालको ताजमहल रानीघाट दरबारलाई रङ्ग रोगन गरी श्रृङ्गार गर्ने कार्य शुरु भएको छ । नेपालमा प्रेमको प्रतिकका रुपमा रहेको एकमात्र ताजमहल दिनप्रतिदिन जीर्ण बन्दै गएको बेला पर्यटक कार्यालय भैरहवाबाट प्राप्त १० लाख रकमबाट दरबारको

»More