Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

लमजुङको तातोपानी: माल पाएर चाल नपाएपछि

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com
तस्वीरः लेखक

पुस महिनाको यो छिप्पिँदो चिसो मौसम, यतिवेला तातोपानीमा पौडिन अनि नुहाउन कसलाई पो रहर जाग्दैन र - झनै प्रकृतिले दिएको बरदान तातोपानीमा नुहाउनुको मज्जा बेग्लै हुन्छ । त्यही तातोपानीमा नुहाउन अहिले मानिसहरुको भीड नै लागेको छ । छालासंवन्धि रोगब्याधी निको हुने विश्वास साथै मज्जाका लागि मात्रै कयौ पर्यटक यतिवेला लमजुङको तातोपानी पुगेकाछन् । तर, सोँचेजतिको ब्यवस्थापन हुन नसक्दा पोखरीमै पुगेका कतिपय पर्यटक भने रित्तो हात फर्किन बाध्य छन् ।
उत्तरी लमजुङको बाहुनडाँडा गाउँ विकास समिति वडा नम्बर ४ मा रहेको तातोपानी कुण्ड यतिवेला संरक्षण र सम्बर्द्धनको पर्खाईमा छ । प्रचारप्रसारमा जति ल्याएपछि कुनै निकायले पनि यसको संरक्षण र संवर्द्धनमा चासो देखाएको छैन ।

»More

बगुवामा साहित्य बगाएको दिन

आश गुरुङ 'प्रतीक', लमजुङ

नेपालीमा एउटा भनाई छ 'मादल बजाउनेहरुलाई जहाँ गएपनि मादल बजाउनै मन लाग्छ र नाच्नेलाई पनि ।' यो भनाई लमजुङका साहित्यकारहरुमा पनि लागु देखिएको छ । उनीहरु जहाँ गएपनि साहित्यको खेति गर्छन् । दुःख, सुख, हाँसो होस् खुसीको बखत जहाँ पुग्छन् त्यहीँ साहित्य सिर्जना गरेर बाचन गर्ने लमजुङका साहित्यकारहरुको राम्रो बानी छ र खुबी

»More

भेडीखर्के साइँला ओछ्यानमा

आश गुरुङ 'प्रतीक'

लमजुङ, मंसिर १३ गते - पछिल्लो पुस्ताले वास्ता नगर्दा पश्चिमाञ्चलकै बहुचर्चित ठाडो भाका यतिवेला लोप हुने अवस्थामा पुगेको छ । ठाडो भाकाका एकमात्र पर्याय मानिने भेडीखर्के साइँला चार महिनादेखि विरामी परेपछि लोप हुने चिन्ता झनै थपिएको हो । दमको रोगी भेडिखर्के साइँला गत साउनदेखि विरामी परेकाछन् । लामो समय विरामी परेकाले

»More

मनाङी कांसो

आश गुरुङ 'प्रतीक' lamjungnews@gmail.com Photo by Binod Gurung

विश्वविख्यात अन्नपूर्ण पदमार्गमा यतिवेला पर्यटकहरुको चहलपहल निकै छ । पर्यटकको चहलपहलसंगै मनाङका वासिन्दाले यसवर्षलाई गन्तब्य मनाङ २०१० को रुपमा मनाईरहेकाछन् । प्रकृति र संस्कृतिले धनी नेपाल, नेपालको पनि हिमालपारिको जिल्ला मनाङको कलासंस्कृति भिन्न छ । औँलामा गनेर पनि नसकिने कला संस्कृति साथै हिमालका श्रृङ्खलाहरु

»More

परिवारले सम्झन दिएनन् डाक्टर हर्क गुरुङलाई

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

Dr. Harka Gurung ठीक ४ बर्षअघि ताप्लेजुङको घुन्सामा हेलिकप्टर दर्ुघटना हुँदा भूगोलविद् डाक्टर हर्क गुरुङले यस संसारवाट विदा लिए । उनीसहित २४ जना स्वदेशी एवं विदेशीले आफ्ना् ज्यान गुमाए । उनको सम्झनामा जन्मस्थान लमजुङको तराँचे र सदरमुकाम वेसीशहरको शालिकस्थलमा विहिवार कोही देखा परेनन् । उनको जति सम्झना गरेपनि परिवारको नैतिक सहयोग नमिलेका कारण डाक्टर हर्क गुरुङलाई औपचारिक रुपमा

»More

तिलक आउँदा......

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com
तस्वीरः लेखक

सवैले उनलाई नचिनेको पनि हुन सक्छ । तर, उनी युवाहरुमाझ लोकप्रिय छन् । बुढापाकाहरुले भने सजिलै चिन्छन् उनलाई । उनी समाजसेवा गर्न अधिक रुचाउँछन् । गरीब, निमुखा र उत्पीडितलाई सहयोग गर्नु उनको धर्म हो । उनी जो कोहीसंग मिलनसार ब्यबहार गर्छन् ।
रोजगारीको शिल्शिलामा अफगनिस्थानवाट हालै तीनहप्ताको विदा लिएर आफ्नो गृह जिल्ला लमजुङ आएका उनीसंग उनका साथीहरुले धेरै अंगालो

»More

लमजुङ दूधपोखरी

आश गुरुङ 'प्रतीक',lamjungnews@gmail.com
तस्वीर : लेखक

Dudh-Pokhari दूधपोखरी भनेपछि हुरुक्कै हुन्छन् लमजुङका वासिन्दा । जव असार साउन महिना कामको माझमाझ हुन्छ, तब लमजुङ्गेहरु दूधपोखरीमा जाने सल्लाहमा जुट्छन् । गाउँगाउँको मेलापातदेखि लिएर चुलोचौको सम्म दूधपोखरीको महिमा गुञ्जिन्छ । त्यही गुञ्जाई शहरबजारमा पनि आईपुग्छ र जो कोही पनि दूधपोखरी जान तम्सिन्छन् । साँच्चिकै दूधपोखरी लमजुङको पर्यटकीय एवं धार्मिक स्थल मध्ये अग्रपक्तिंमा गनिन्छ ।

»More

दुलही देखाउँदै देश विदेश

आश गुरुङ 'प्रतीक', lamjungnews@gmail.com

Gurung film Prenshyo पोखराका लोकबहादुर गुरुङ र वेदबहादुर गुरुङ -श्याम लाई अचेल भ्याई नभ्याई छ । पेशाले उनीहरु दुवै 'फिल्म मेकर' हुन् ।
झण्डै २ दशकदेखि गुरुङ भाषा, कला र संस्कृतिलाई जोगाउन लागिपरेका लोकबहादुरलाई पछिल्लो पटक वेदबहादुरको साथ मिलेपछि उनीहरुको जोडी अहिले निकै फापेको छ । उनीहरु अहिले आफैँद्धारा निर्मित तथा निर्देशित गुरुङ कथानक चलचित्र 'प्है्रँस्यो' अर्थात दुलही लिएर देशविदेश यात्रामा छन् ।

»More