Rupee Exchange Rate
" target="_blank">Follow elamjung on Twitter
www.elamjung.com on Facebook

बच्चाले पनि नपत्याएको प्रहरी प्रशासन

- नवराज पथिक

प्रहरी प्रशासन जिल्लाको सुरक्षाको मुख्य निकाय हो । राज्यको कानुनको पालना गराउने । कानुनको पालना नगर्नेलाई कानुनको दायरामा ल्याई कारबाहीको प्रक्रियामा लैजाने । शान्ति सुव्यवस्था कायम गर्ने गराउने । यदि कहीँ कतैबाट सुरक्षा अवस्था र सामाजिक मर्यादा विपरितका काम भए भने त्यसलाई नियन्त्रण गर्ने र आम नागरिकको सुरक्षाको जिम्मेवारी वहन गर्ने दायित्व प्रहरी प्रशासनको हो ।

»More

१९८४ नोभेम्बर ३ यात्रा स्मरण र मानव हत्या

पुरुशोत्तम सुबेदी -बेल्जियम

कहिले काही कुनै समयका केही महत्वपूर्ण पल वा क्षणहरु ले मानस पटलमा डेरा जमाउछन । मानिसको जीवनमा बिर्सनै नसकिने गरी कुनै त्यस्तो दिन गुज्रिरहेको हुन्छ । जुन सम्बन्धित ब्यक्तीको नेरा फेरा सपनामा पनि कहिले काही स्मरण हुने गर्छ । नेपालका शासकहरुको अब्यवस्थित सत्ता संचालनको मारमा लाखौं बेरोजगार नेपाली रोजगार को सिलसिलामा भारतमा कार्यरत छन । रोजगारकै सिलसिलामा म पनि भारतको नयाँ दिल्लीमा एक्लै एउटा सानो जागिरमा संलग्न थिए ।

»More

अग्रगामी परिवर्तन र शान्ति प्रक्रियाको बाधक नबनौं

-दामोदरप्रसाद आचार्य
लुभेन, बेल्जियम

२०५२ साल फाल्गुण १ गतेबाट प्रतिरोध स्वरुप जनताको वास्तविक न्यायको पक्षमा उठेको दश वर्षो महान जनयुद्ध र त्यसको जगबाट विकशित महान जनआन्दोलन-२ को मर्म र भावना अनुसार संविधानसभाको पहिलो बैठकमार्फ नेपालले विश्वलाई नै नयाँ उदाहरण दिदै २४० वर्षो सामन्ती निरकुश राजतन्त्रलाई हार्दिकतापूर्बक समुल अन्त्य गर्दै नयाँ इतिहास कायम गरेको छ ।

»More

सपना

Maya Rijaal

सधैझैं आज पनि उनलाई त्यहीं उभिएको पाएँ । यसरी उनलाई रात्रिकाम सकेर बिहान घर र्फकंदा देख्ने गरेको आज ठयाक्कै दश दिन जति भएको थियो । सधैजसो फरक फरक पोसाकमा उनी एउटा हात्ते ब्याग छड्के भिरेर सधैँ एउटै ठाउँमा उभिएकी हुन्थिन् । जब म उनको नजिकबाट गुज्रन्थें, उनी मुस्कुराउने गर्थिन्, यद्यपि दुई चार दिन त भ्रममा परेको थिएँ

»More

ओवामाको जित, अवसर र चुनौती

ऋषि पाण्डेय
अर्घाखाँची, भवगती ५ हाल दुवई

अमेरिकी इतिहासमा पहिलो अफि्रकी अमेरिकन राष्ट्रपति चुनिनु आफैमा महत्वपूर्ण पक्ष हो । आफनो जीतलाई शुनिश्चित पार्न वाराक ओवामाले निकै ठुलो मेहनत र परिश्रम लगाएका छन । एकातिर आफनै जीवनका चुनैतिपूर्ण संघर्षहरु, अकोतर्फडेमोक्रेडिट पार्टी भित्रै बाट राष्ट्रपतिको पदमा उमेद्धारी दिएकी सिनेटर हिलारी क्लिन्टन संगको कडा प्रतिस्पर्धा ।

»More

जनगणतन्त्र वा नव अधिनायकवाद ?

-मोहनविक्रम सिंह

माओवादीहरुको जनगणतन्त्रको प्रचार "वामपंथी" लफ्फाजी हो । "वामपंथी" लफ्फाजी भन्नुको अर्थ हुन्छ, उनीहरुले इमान्दारितापूर्वक होइन, तर खालि प्रचारवाजीका रुपमा त्यो नारालाई अगाडि सारिरहेका छन् । उनीहरुको त्यसप्रकारको प्रचार, प्रथम, उनीहरुले लिंदै गैरहेको दक्षिणपंथी अवसरवादी दिशामा पर्दा हाल्ने र, द्वितीय, देशमा अधिनायकवाद कायम गर्ने उद्देश्यद्वारा प्रेरित छ । जति-जति उनीहरुले

»More